Posts

Showing posts from 2016

कृषिजन्य उत्पादन प्रर्वद्धन गर्दैै मेला महोत्सव

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  अहिले मेला महोत्सवको मौसम छ । मेला महोत्सवमा कृषि जन्य उत्पादनलाई अहिले  विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवहरुले प्रथमिकताको रुपमा राखेका छन् ।  बुटवलमा  बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ८ गते देखि  व्यापार महोत्सव आयोजना हुदै छ । उक्त मेलामा पनि कृषि जन्य उत्पादनलाई विशेष  प्रथमिकताको साथ अगाडी बढाईने बुटवल  उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउँछन् । उनका अनुुसार कृषिजन्य उत्पादनको प्रर्वद्धन लागि छुट्टै प्रर्दशनी पेभिलियनको व्यवस्थापन गरिने छ ।  यहि मंसिर २४ देखि पुस ४ गते सम्म तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम राष्ट्रिय औद्योगीक व्यापार मेला, कृषि एव्म पर्यटन प्रर्वद्धन महोत्सव–२०७३’ आयोजना हुदै छ । मेलाको कृषि तथा पर्यटन प्रर्वद्धन समितिका संयोजक राजकुमार पाण्डेका अनुसार मेलमा कृषिलाई पहिलो प्रथमिकता लिइएको छ ।  मेलामा  जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय र मत्स्य विकास केन्द्र तथा मत्स्य व्यवसायीहरुको संयोजनमा विभिन्न प्रतियोगीता, कृृषि ...

बुटवल–वेलहिया दुई बर्षमा सररर...

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  करिव ५ बर्ष पहिला सुरु भएको बुटवल–वेलहिया व्यापारिक मार्ग नदिजन्य पदार्थ प्राप्त मात्रामा  उपलब्ध भएमा अवको करिव २२ महिनामा पुरा हुने आयोजनाले जनाएको छ ।  आर्थिक बर्ष वि.स.२०६८÷०६९ मा मा सुरु भएको व्यापारिक मार्ग विस्तार आयोजनाले काम सुरु भएको करिव ५ बर्ष पुरा भएको छ । नदिजन्य पदार्थको अभावको कारण समयमा नै व्यापारिक मार्ग विस्तारमा अवरोध हुने भएको कारण ‘बुटवल –बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना’ले प्राप्त मात्रमा नदिजन्य  पदार्थको लागि माग समेत गरेको छ । करिव ७ बर्षमा पुरा गर्ने गरि आयोजना सुरु भएको  व्यापारिक  मार्ग विस्तार आयोजना प्रमुख सालिकराम रेग्मी बताउछन् ।  उनका अनुसार बुटवल देखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाका सम्म पुग्ने सिक्स लेनको सडक आर्थिक बर्ष ७५÷७६ मा सम्पन्न हुने छ ।   आयोजना प्रमुख रेग्मी भन्छन्–‘प्राप्त मात्रामा नदिजन्य पदार्थको आपुर्ती हुन सकेकमा अवको करिव २२÷२३ महिनामा आयोजना पुरा हुन्छ ।’ बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका ईन्जीनियर लिला बहादुर भण्डारीका अनुसार...

सिक्स लेन सडकका विरुवा, ‘जोगाउन हम्मे हम्मे’

Image
कृष्ण खनाल बुटवल,  पुस ।  केही दिन पहिला बुटवल–वेलहिया व्यापारिक मार्ग अन्र्तगत भैरहवाको डिभाईडरमा रोपीएका करिव ३० वटा विरुवा मानसिक सन्तुलन गुमाएका एक जना व्याक्तिले भटाभट भाँचे ।  लामो समय देखि रेखदेख गरी  हुर्किनै लागेका ति विरुवा भटाभट भाँचेको देखेपछि व्यापारिक मार्ग विस्तार आयोजनाका सुपरभाईजर कृष्ण प्रसाद पाण्डेले देखेपछि ति व्याक्तिलाई हप्काएर हटाए अन्यक्षतीहुन पाएन ।  यो एउटा उदाहरण मात्र हो, अहिले निर्माण सम्पन्न भएको करिव ८ किलोमिटर  सडक क्षेत्रका विभिन्न स्थानमा विरुवा रोपीएको छ । तर ति अधिकांस विरुवा जोगाउनको लागि व्यापारिक मार्ग विस्तार  आयोजना र सडक डिभिजन कार्यालय बुटवल लाई मुस्कील परेको छ ।  बुटवल–बेलहिया  व्यापारिक मार्ग विस्तार आयोजनका ईन्जीनियर लिला बहादुर भण्डारी भन्छन्–‘कहिले कस्ले क्षती पु¥याउछ, कहिले कस्ले, जोगाउन हम्मे हम्मे परेको छ ।’ निर्माण सम्पन्न भएको सडकको विभिन्न स्थानमा भिन्दा भिन्दै संघ संस्थाले ‘स्थान माग गरी’ विरुवा रोप्ने गरेको भएपनि रोपे पछी ‘फर्केर नर्हेने’ परिपाटीको कारण विरुवा संरक्षणमा अफ...

भष्ट्राचार विरुद्व गुञ्जीए साहित्यकार

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर ।  ‘हिजो जंगलमा पाडो चराउने हरु आज ‘प्राडो’ चढेर हुईकीन थाले । हिजो खेतबारीमा पतेरो धपाउनेहरु आज ‘पजेरो’ चढ्ेर सुईकीन थाले ।।’ यहाँ उल्लेख गरिएको कविताको वाक्यांस बुटवलमा भष्ट्राचार विरुद्वको रचना वाचन कार्यक्रममा एक जना साहित्यकारले प्रस्तुत गरिएको हो ।  कवितामा मानिसले भष्ट्राचार गरेर हिजो जंगलमा गाई बस्तु चराउदै गर्ने आज  सबैभन्दा  महङ्गो गाडी  चढेर हिड्न थालेको छ, त्यही अकुत सम्पत्तीको कारण मानिस हिजो खेतबारीमा थियो तर आज महङ्गो गाडी चढेर हुईकीन थालेको छ भनीएको छ । नेपाली समाजको स्पष्ट तस्वीरको एक अंशको रुपमा   प्रस्तुत गरिएको यो कविताले नेपाली समाजको भष्ट्राचार सम्बन्धी  प्रतिविम्ब गर्दछ ।  बुटवलमा शुक्रवार यस्तै प्रकृतीको कार्यक्रम आयोजना गरियो । गत बर्ष बुटवलको सडकमा सडक कविता बाचन कार्यक्रम आयोजना गरेको भष्ट्राचतार विरुद्ध कार्यरत संस्था पारदर्शी सरोकार समुहले ‘भष्ट्राचार विरुद्वको अन्र्तराष्ट्रिय दिवस’को अवसरमा रचना बाचन कार्यक्रम गरेको  हो   ।  रचना बाचन कार्यक्रममा नवपालुवा...

‘सडक लेन नमान्दा’ ट्राफिक समस्या

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर  ।  बुटवल देखि  सिद्धार्थनर नगरपालिका वेलहिया सम्म अहिले सिक्सलेन सडक निर्माणधीन छ । अहिले सम्म करिव ८ किलोमिटर सडक निर्माण पुरा भएको बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ । निर्माण सम्पन्नभ एको सडक प्रयोगकर्ताले लेन अनुसासन पालन नगर्दा विगत केही दिन देखि बुटवलमा ट्राफिक जाम सुरु भएको छ ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएस्पी अवधेश विष्टका अनुसार बुटवलको मिलनचोकमा  खासगरी विहान र साझँ ‘पिकआवर’ समयमा ट्राफिक जाम हुने गरेको हो । जसको लागि पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २ जना ट्राफिक प्रहरी समेत खटाएको छ ।  निर्माण सम्पन्नभ एको सिक्सलेन सडकमा सडक प्रयोग कर्ताहरले जथाभाविरुपमा  लेन अनुसासन पालन नगरेको कारण अहिले स्थानिय प्रहरी प्रशासन र ट्राफिक प्रहरीले सडक विभाग संग संमन्वय गरेर क्रसङ्गि चेक हटाएको छ ।  जसको कारण दुर्घटना न्युनीकरणमा आधा भन्दा बढि कमी आएको डीएसपी विष्ट बताउछन् । उनी भन्छन्–‘जथाभाविरुपमा वाटो काट्नेहरुको कारण सडक दुर्घटना जोखिम बढेकोले...

बुटवलबाट ‘हाईड्रोमा’लगानी बढ्दो

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर ।  बुटवलमा रहेको  नागरिक उर्जा बुटवल कम्पनीले पुर्ण स्वामित्वमा रहने गरी म्याग्दी जिल्लाको  घार र  सिख गाविसमा रहेको ‘घार खोला जलविद्युत आयोजना’ निर्माण प्रक्रिया सुरुवात गरेको छ ।  पुर्ण  लगानी बुटवलका व्यवसायीहरु रहेको उक्त आयो जनाको  प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदन(ईआईए) पनि सम्पन्न भएको छ ।  केही समय पहिला साहस हाइड्रो पावर कम्पनी ले निर्माण गरेको ५ मेघावटको गुल्मी जिल्लामा रहेको ‘माथिल्लो हुग्दी खोला’ जलविद्युत आयोजनामा बुटवलका व्यवसायीहरुले २० प्रशित लगानी गरेका थिए । सरकारी–निजी– सहकारी अवधारणामा निर्माण गरिएको यो आयोजनाको लागत ७७ करोड रुपैयाँ रहेको थियो । जसको परिक्षण उत्पादन समेत सम्पन्न भएर राष्ट्रिय प्रशारणमा समेत जोडीसकिएको छ । जसमा बुटवलका लगानी कर्ता व्यवासायी व्याक्ति, सहकारी तथा व्याक्तिगत रुपमा करिव  १५ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो ।  घार खोला जलविद्युत आयोजना ८.३ मेघावाट जलविद्युत उत्पादनको लागि स्वीकृत लिएको उक्त आयोजनालाई अपग्रेड गरी १४ मेघावाट जलविद्युत उत्पादन ग...

विदेश भोगेपछि स्वदेशमा च्याउ फर्म

Image
कृष्ण खनाल बुटवल, मंसिर ।   विहानै ३ बजे देखि ५ जना युवा उद्यमीको काम सुरु हुन्छ । कसैले च्याउ टिप्ने, कसैले प्याकिङ्ग गर्ने त कसैले बजार व्यवस्थापनको लागि हिड्ने । यो आर्थिक उपार्जनको लागि साउदी, कतार,मलेसिया, दुबई तथा भारतका विभिन्न स्थानमा गएका युवाहरुले विदेश नजाने प्रण गर्दैै बुटव बुटवल– १४ नयाँ गाउ कलुवामा खोलीएको लुम्बिनी च्याउ फर्मका सञ्चालकहरुको दैनिकी हो ।  वि.स.२०६९ सालमा स्थापना युवा उद्यमी रिसब पोखरेलको संयोजकत्वमा ३ जना  र पछि २ जना गरी ५ जना सञ्चालकहरुले खोलेको च्याउ फर्ममा अहिले भ्याई नभ्याई छ ।  जाडोको मौसममा उत्पादन हुने च्याउको उत्पादन, बजारीकरण तथा व्यवस्थापनको लागि लगानी कर्ता स्वयम ५ जना युवा उद्यमीहरु  लागिरहेका छन् । रिसव पोखरेल संगै मनोज पोखरेल, केदार पन्थी, हेमन्त मरासेनी र लिलाधर खनाल ले करिव ८ लाख लगानीमा च्याउ फर्म सुरुवात गरेका थिए ।  बार्षिक ४० हजार रुपैयाँ भाडा बझाउने गरी लिएको जग्गामा च्याउको लागि चाहिने संरचना निर्माण गरी च्याउ फर्म सुभारम्भ गरेको सञ्चालक रिसव पोखरेल बताउछन् । उनका अनुसार फर्ममा लागनी गरेका सब...

सन्दर्भ: अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गताको नाममा ब्रह्मलुट

Image
कृष्ण खनाल मंसिर १८, बुटवल ।   रुपन्देहीमा चालु आर्थिक बर्षमा जिल्ला विकास समितिको कुल बजेट १ अरब, १२ करोड ४९ लाख ७९ हजार  रहेको छ । जस मध्ये लक्षित समुदायको प्रर्वद्धन र विकासको लागि जिल्ला विकास समितिले विविध अन्य लक्षित समुह शिर्षक अन्र्तगत कुल २ करोड १३ लाख रुपैयाँ विनयोजना गरेको छ । लक्षित समुदायको अन्य शिर्षक अन्र्तगत अपाङ्गता, दलित, आदिवासी र जनजाती, जेष्ठ नागरिक, मधेसी, मुस्लिम, पिछडा बर्गलाई समेटिएको छ । कुल बजेटको ३५ प्रतिशत जिल्ला विकास समिति, गाविस तथा नगरपालिकाहरुले लक्षित समुदायको लागि छुटउनुपर्ने प्रावधान रहेको छ । अन्य लक्षित समुह अन्र्तगत  अपाङ्गता भएका व्याक्तिहरुले करिव १० प्रतिशत बजेट प्राप्त गर्दछन् ।  थप समाचार हेर्न यहा थिच्नुहोस जिल्ला विकास समितिको तथ्यांक अनुसार बार्षिक करिव १८ देखि २० लाख रुपैयाँ सम्म अपाङ्गता भएका व्याक्तिहरुले रकम पाउछन् । सोही अनुपातमा अन्य  रुपन्देहीका ६ वटा नगरपालिकाहरुले  आफ्नो कुल बजेटको ३५ प्रतिशत बजेटलाई लक्षित समुदायको  लागि ३५ प्रतिशत बजेट विनियोजना गर्दछन् । जसबाट बार्षिक करिव ५ लाख ...

चार दलका नेताले एउटै मञ्चबाट भने–प्रदेश आन्दोलन डग्दैन

Image
कृष्ण खनाल  बुटवल, १७ मंसिर ।  प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्षस्थ नेताहरुले विरोध गरेका छन् ।  बुटवल आयोजना गरिएको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा पुर्व अर्थ मन्त्री विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता तथा पुर्व उपप्रधान मन्त्री  टोप बहादुर  रायमाझी, नेपाली काग्रेसका केन्द्री सदस्य चन्द्र भण्डारी एमाले नेताहरु गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, बैजनाथ चौधरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्दै   प्रदेश नम्बर ५ बाट कुनै पनि जिल्लाहरु टुक्राउन नदिने बताएका हुन ।   संयुयक्त  विरोध शभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव, पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले सम्बोधन गर्दै संविधान कार्यान्वयको चरणमा रहेको बेला सरकारले संविधान संसोधानको विध्येक दर्ता गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेको टिप्पणी गरेका छन् । सरकार संविधान कार्...

यस बर्ष धेरै फल्यो धान

Image
कृष्ण खनाल   बुटवल, मंसिर ।  विगत केही बर्ष पहिलाको भन्दा यस बर्ष रुपन्देहीमा बढि धान उत्पादन भएको छ । अन्य बर्षहरुको तुलनामा १० प्रतिशत बढि खाद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार  गत वर्षको तुलनामा यस बर्ष धान रोप्ने बेलामा राम्रोे वर्षा हुनुका साथै रासायनिक मल प्रयाप्त रुपमा उपलब्ध भएपछि यस बर्ष  धानको उत्पादन १० प्रतिशतले वृद्धि भएका हो ।  रुपन्देहीमा २०७१ सालमा ३ लाख १४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष २०७२) मा बढेर तीन लाख २० हजार १६० मेट्रिक टन पुगेको थियो । गत वर्षमा प्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन भएको थियो भने यस वर्ष समय अनुकलताका कारण प्रति हेक्टर ५ मेट्रिकटन उत्पादन भएकोले यस वर्ष १० प्रतिशतले वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी जानकारी दिए ।  गत बर्ष रोपाइको समयमा लामो समय सम्म खडेरी परेका कारण उत्पादन घटेको थियो यस भने जेठको दोस्रो सातादेखि वर...

चार बर्षमा १ सय ६६ को मृत्यु, ८ सय ८८ संक्रमित

Image
सन्र्दभः २९ औं विश्व एड्स दिवस कृष्ण खनाल बुटवल, मंसिर ।  ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने मुल नाराका साथ विहिवार १९ औं विश्व एड्स  दिवस मनाई रहँदा पछिल्लो ४ बर्षमा रुपन्देहीमा मात्रै १ सय ६६  जनाले एचआईभी कै कारण ज्यान गुमाएका छन् ।  पछिल्लो समयमा एच्.आई.को जोखिम कम हुदै गएको भएपनि नयाँ एचआईभी संक्रमितहरुको संख्या केही नगन्य मात्राम समेत बढ्दै गएको  पाइएको छ । पछिल्लो समयमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको पहलमा गरिएका जनचेतनामुलक कार्यक्रमहरुले एचआईभी संक्रमण दरलाई न्युन गर्न सकेको छैन ।  विभिन्न लापरवाहीको कारण व्याक्ति एच्आईभी संक्रमि हुने गरेको छ । तर पनि एचआईभी संक्रमित भएका व्याक्तिहरुले नियमित रुपमा एआरबी औषधी नियमति रुपमा खाएमा संक्रमति व्याक्तिबाट अन्य व्याक्तिमा एच आईभी सर्ने संभावना करिव ९६ प्रतिशत कम रहेको पाइएको हो ।  विश्व स्वाथ्य संगठनले गरेको परिक्षणको आधारमा एआरबी सेवन कर्ताहरुबाट अन्य व्याक्तिमा  सर्ने संभावना न्युन रहेको एनएफए बुटवलका कार्यक्रम निर्देशक धर्मराज भट्राई बताउछन् । लुम्बिनी अञ्चल अ...

विदेशको सीपले स्वदेशमा पशु फर्म

Image
कृष्ण खनाल बुटवल, मंसिर । रोजगारीको शिलशिलामा जापान मा करिव १८ बर्ष विताएका एक जना  उद्यमीले  स्वदेशमा फर्किएर पशु फर्म  स्थपना गरेका छन् । रोजगारीको  शिलशिलामा  जापानमा रहेको बेला त्यहाँ  सिकेको सिपलाई सदुपयोग गरि स्वदेशमा नै गाई तथा भैसी फर्म स्थापना ग रेका हुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ नयाँमिलमा करिव १ करोडको लागतमा  उद्यमी राम बहादुर बस्नेत ले गाई भैसी फार्म सञ्चालन गरेका हुन ।  उनी संगै फर्ममा यमबहादुर थापाले समेत लगानी गरेका छन् ।  १ करोडको लागानी, भविश्यमा बायोप्लान्ट खोल्ने तयारी  वि.सं. २०७२ साल माघ महिनाबाट सञ्चालनमा आएको भएपनि हालै मात्र औपचारिक रुपमा शुभारम्भ भएको बस्नेत गाई भैंसी फार्ममा अहिले गाई र भैसी गरी ५० वटा रहेका छन् । सञ्चालक बस्नेतले जापानमा काम गर्दाको अनुभवलाई लिएर फार्म सञ्चालन गरेको बताए ।  मुर्रा, हरियाणा, जातका भैसी र होल्टोन र जर्सि गाई समेत फममा रहेका छन् ।  ४० वटा उन्नत भैसी भारतबाट ल्याइएको हो छ ।  सञ्चालक बस्नेत भन्छन्–‘विदेशमा सिकेको सीपलाई स्वदेशमा प्...

डेढ अर्व खर्चमा बन्ने भयो नेपालकै नमुना सडक

Image
कृष्ण खनाल बुटवल, मंसिर । विचमा नहर, छेऊ छाऊमा फोरलेन पक्की सडक,नहर छउमै हरियाली वातावरण, मंगलबार  पुर्व अर्थमन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु प्रसाद पौडेलले शिलन्यास गरेको बुटवल वेलबास–बेथरी सडकको परिकल्पना हो यो । निर्माणको ठेक्का सम्झौता भएको यो सडक नेपालकै नमुना सडकको रुपमा विकास गर्ने गरी योजना बनाइएको छ ।  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई नहरको पानीमा  मोटरबोट तथा ढुङ्गामार्फत बुटवल बेलबास हुदै  पाल्पाको नुवाकोट सम्म पु¥याउने गरी दिर्घकालिन योजनाका साथ अगाडी बढाइएको यो सडकको समयमा नै सम्झौता अनुसार काम भए अवको तिन बर्षमा पुरा हुने छ ।  दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ । नेपालका अन्य स्थानमा यस्तो प्रकृतिको सडक निर्माण नभएको सन्र्दभमा नेपालकै नमुना सडकको रुपमा यो सडकलाई लिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी बताउछन् ।  नेपालकै नमुना सडकको रुपमा लिइएको बुटवल उपमहानगरपालिका–१४ बेलबास देखि बेथरी सम्म  पुग्ने २१....

यो, नगर हो नगर होईन

Image
कृष्ण खनाल बुटवल, कात्तिक । वि.स.२०७१ मंसिर १६ गते सम्म बुटवल नगरपालिका थियो ।  नगरपालिकाबाट उप–महानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका सोही दिन नेपाल सरकारबाट घोषणा भएको थियो। बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा साविकका सेमलाल र मोतिपुर गाविसलाई गाभिएको थियो । वि.स. २०१६ सालमा स्थापना भएको नगर पञ्चायत अहिले उपमहानगरपालिका सम्म पुगेको छ ।  तर  नयाँ गाभिएका गाविसमा विकास निर्माणका गतिविधिहरु सुस्त भएको स्थानियहरुको गुनासो रहेको छ ।  बुटवल–२१ वडा समितिका वडा नागरिक मञ्चका  संयोजक राजु गौडेल भन्छन्–‘उपमहानगरपालिका भईयो तर नगर पालिका हो की ‘नगर’ पालिका हो खुट्याउनै अफ्ठारो छ ।’ उनका अनुसार नयाँ थपीएका वडाहरु १६, १७, १८, १९, २० २१ साविकका मोतिपुर र सेमलार गाविसमा पर्दछन् ।  अन्य नगरपालिकाका विभिन्न स्थानहरुका गल्ली गल्लीका समेत बाटो कालेपत्रो हुँदा सडकमा गुडेका तिनै गाडीको कारण धुलो हिलोले मुख थुनेर बस्नुपर्ने बाध्याता रहेको  नागरिक वडा मञ्च बुटवल–२१का संयोजक गौडेल बताउछन् । विकास निर्माणको अन्य स्थानमा प्रथमिकि...

सन्र्दभः विश्व सौचालय दिवस सार्वजनिक सौचालय आमा समुहको कार्यालय !!

Image
कृष्ण खनाल   बुटवल, मंसिर ।  सार्वजनिक सौचालय सौचको लागि प्रयोग हुनुपर्ने हो, तर  बुटवलको पुरानो बस पार्कमा रहेको सार्वजनिक सौचालय मासु पसल हुदै अहिले टोल विकास समितिको कार्यालयमा परिणत भएको छ । बुटवल उपमहानगरपालिकामा सार्वजनिक सौचालयको अभाव भएको बेला पहिला प्रयोगमा आएको सार्वनजिक सौचालय अहिले अघोषित रुपमा टोल विकास संस्था र आमा समुहको ‘कब्जामा’ रहेको छ ।  केही बर्ष पहिलो बुटवल उपमहानगरपालिको संरक्षकत्वमा रहेको  बुटवल–८ पुरानो बसपार्कमा रहेको सार्वजनिक सौचालयमा केही समय पहिला मासु पसल सञ्चालन गरिएको थियो । अहिले मासु पसललाई हटाएर‘माईती टोल विकास संस्था र माईती टोल आमा समुहको काार्यलय स्थापना भएको छ । पुरानो सार्वजानिक सौचालयको ‘बोर्ड’ मेटाएर  टोल विकास समिति र आमा समुहको भवनको बोड राखिएको छ । तर बुटवल उपमहानगरपालिकाले भने चासो देखाएको छैन ।  करिव ३ बर्ष पहिला ११ लाख २५ हजार रुपैयाँ मा बुटवल–४मा रहेको मणिमुकुन्द सेन उद्यान  फुलबारीमा राखिएको घुम्ती सौचालय पुर्णरुपमा प्रयोगमा छैन । वि.स. २०६९ असार १४ गते सम्झौता गरी नगरपालिकाको ७ लाख ५० ...

करोडौंको विकास गर्ने नगर ‘प्रयोगशाला विहिन’

Image
कृष्ण खनाल बुटवल, कत्तिक ।  बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष–२०७३÷०७४ मा  कुल ६१ करोड ३९ लाख २७ हजार २ सय ९ रुपैयाँ खर्च गर्ने गरी बार्षिक बजेट पुस्तिका तयार गरेको छ । गत बर्ष आर्थिक बर्ष २०७२÷०७३ मा ५९ करोड ६८ लाख ४४ हजार ९ सय ५० रुपैया खर्च गरेको थियो ।  चालु आर्थिक बर्षमा सार्वजनिक गरेको बार्षिक बजेट पुस्तिका अनुसार पूर्वाधार÷प्रबद्र्धनात्मक कार्यक्रमका लागि गत बर्षको बाँकी ७ करोड ८७ लाख १३हजार २ सय ९ रुपैया, पुर्वाधार विकास कार्यक्रम  शिर्षक अन्र्तगत  ४ करोड ७४ लाख र  प्रबद्र्धनात्मक कार्यक्रममा ३ करोड १३ लाख १ ३ हजार २ सय ९ रुपैयाँ गरी कुल पूर्वाधार÷प्रबद्र्धनात्मक कार्यमा ७ करोड,८७ लाख १३ हजार २ सय ९ रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।  यसरी खर्च गरिने विकास निर्माणका कार्यहरुको अनिवार्यरुपमा प्रयोगशालामा परिक्षण गरेपछि मात्र निर्माण सम्पन्न भएको भनि बुटवल उपमहानगरपालिकाले प्रमाण पत्र वा ‘निर्माण सम्पन्न’को कागज दिने गर्दछ ।  खासगरी पुर्वाधार निर्माण अन्र्तगत सडक, पुल, कल्र्भट तथा अन्य पुलेसो निर्माणको गुणस्तरियताको विषयमा...

आम्दानी उच्च, सेवा सुस्त

Image
कृष्ण खनाल बुटवल,  कात्तिक ।  लुम्बिनी अञ्चल अस्पतालको आर्थिक बर्ष २०७२÷७३ मा कुल  १७ करोड ९६ लाख २२ हजार ४ सय १० रुपैयाँ ७४ पैसा खुदआम्दानी गरेको छ । उक्त आर्थिक बर्षको पहिलो चौमासिकमा अस्पतालले विभिन्न शिर्षक अन्र्तगतमा कुल ६ करोड १३ लाख ५३ हजार ६ सय ४६ रुपैयाँ आम्दानी गरेको गरेको थियो ।  अहिले चालु आर्थिक बर्ष २०७३÷०७४को पहिलो चौमासिक मा कुल ३ करोड २५ लाख ९६ हजार ६ सय ३९ रुपैयाँ ७१ सञ्चित नाफा गरेको छ ।  आर्थिक बर्ष २०७१÷०७२ मा  अस्पताले कुल १ करोड २५ लाख २३ हजार ६  ससय ३४ रुपैयाँ २७पैसा आम्दानीगरेको छ । लुम्बिनी अञ्चल अस्पतल बुटवलका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीमा अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्त महिना सम्म  घरभाडावापत अस्पतालले कुल ४ करोड २६ लाख ८२ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ ।  अस्पतालको अम्दानी करोडौं रुपैयाँ भएपनि सेवा ग्राहीहरुले पाउने सास्ती भने उस्तै छ । अस्पतालमा केही विकास निर्माणका कामहरु गरिएपनि निर्माण पुरा हुन सकेको छै । अन्तरङ्ग सेवामा जहिले पनि विरामीहरुले  चिकित्सकलाई भ...

रुपन्देहीबाट ३८ प्रतिशत खाद्यान्न निर्यात

Image
कृष्ण खनाल बुटवल,  कात्तिक । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न जिल्लाह रुमा निर्यात गर्दै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार गत आर्थिक बर्षमा कुल ७३ हजार २ सय २५ मेट्रिक टन अर्थात कुल उत्पादनको ३८ प्रतिशत खाद्यान्न निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा उत्पादन भएको खाद्यान्न  यस क्षेत्रका पहाडी जिल्लाहरु लगायता तराईका अन्य जिल्लामा समेत निर्यात हुने गरेको छ । खाद्यान्नमा खासगरी धान, गहु उत्पादनमा जिल्ला अब्बल जिल्लाको रुपमा पहिचान बनाएको छ ।  देशमा झापा जिल्ला पछि सबैभन्दा बढि धान उत्पादन  हुने जिल्लाको रुपमा रुपन्देही जिल्ला पर्दछ । जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेको कारण यहि अनुपातमा जनसंख्याको वृद्धि भएमा अवको १५ बर्षमा खाद्यान्न अपुग हुन सक्ने अनुमान जिल्ला कृषि विकास कार्यालय ले गरेको छ ।  बरिष्ठ कृषि विकास अधिकृत सापाकोटा भन्छन्–‘यहि...

पानी जोगाउन थोपा सिचाईं

Image
कृष्ण खनाल  बुटवल, कात्तिक ।  तपाईंले सिचाईंको लागि प्रयोग गर्ने पानीको स्रोत कम रहेको छ भने अहिले नयाँ प्रविधिमा आएको सिंचाइं प्राणाली ‘सित्तल’ सिचार्इं उपयुक्त सावित हुनेछ । खासगरी पहाडी जिल्लाहरुमा पानीको स्रोत कम भएको स्थानमा यो प्राणाली उपयुक्त देखिएको छ । कम खर्चमा किसानहरुले थोपा सिचाईंमार्फत तरकारी तथा अन्य तरकारीजन्य उत्पादनमा यो प्रविधि प्रयोग गर्न सक्नेछन् । सित्तल लघु सिचार्इं परियोजनाको साझेदारीमा पश्चिम नेपालका ११ जिल्लाहरु गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा, डोटी र अछाममा सित्तल लघु सिचाईं परियोजना विस्तार गरेको छ । युएसएडको सहयोगमा परियोजना सञ्चालन भएको छ ।  थोपा सिचाईं प्रविधि किसानको मागअनुसार २ रोपनी र त्यसभन्दा बढी जग्गाको लागि पनि थोपा सिचाईं प्रविधि जडान गर्न सकिन्छ । यस उद्योगले १८ बर्षभन्दा बढी समय देखि लघु सिचाईं प्रविधि आपूर्तिमा अग्रणी भुमिका खेल्दै आएको छ ।  नयाँ प्रविधिअनुसार एउटा टलेन हुन्छ करिव २२ देखि २५ सय रुपैयाँ मात्र खर्च हुन्छ ।  टैंकी सहितको जडान खर्च हो यो ।  किसानले ए...

रुपन्देही डेंगुको उच्च जोखिममा, ७ बर्षमा ३ सय ४८ मा संक्रमण, ४ को मृत्यु

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार यो बर्ष ७ जनामा डेंगुको सक्रमण देखिएको छ ।  आर्थिक बर्ष २०६७÷०६८ साल देखि हाल सम्म ३ सय ४८  जनामा डेगुको सक्रमण देखिएको हो भने केही दिन यता २ जना विरामीमा डेगु देखिएको छ । शंक्रमित २ जना विरामीहरुको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपाचार भैरहेको छ ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाह भन्छन्–‘छिमेकि जिल्लाहरुमा डेगुंको शक्रमण देखिएको प्रमाणीत भएसंगै रुपन्देही जिल्ला पनि उच्च जोखिमा रहेको छ ।’जिल्ला जनस्वाथ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०६७÷०६८ देखि हाल सम्म कुल ३ सय ४८ जनामा डेंगु रोगको शंक्रमण देखिएको छ । जसबाट ४ जनाको मृत्यु समेत भएको छ ।  तथ्यांक अनुसार २०६७÷०६८ मा कुल २ सय ९० जनामा डेगु शक्रमण देखिएकोमा ४ जनाको ज्यान गएको थियो भने २०६८÷०६९मा कुल ५ जना ०६९÷७०मा २५ जना, ७०÷०७...

उपभोक्ताको रोजाई बन्यो माछाको मःम

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  बुटवलमाजारी तिहार महोत्सवमा अन्य स्टलहरुमा दर्शकहरुको उपस्थित त्यति सन्तोष जनक छैन । तर कृषि पेभिलियन अन्र्तगत पहिलो पटक राखिएको माछाको मःम उपभोक्ताहरुको रोजाई बन्न सफल भएको छ । पहिलो पटक मेलामा राखिएको  माछाको मःमको  परिकार बनाएर उपभोक्ताहरुलाई पु¥याउन सञ्चालकलाई हम्मे हम्मे परेको छ । सञ्चालक सन्तोष पौडेलले पहिलो पटक नयाँ परिकार भएको कारण उपभोक्ताहरुको आकर्षण बढि रहेको जानकारी दिए । उनले भने–‘माछाको मःम पु¥याउन नै हम्मेहम्मे परेको छ, हामी प्रयासरत रहेका छौं ।’  दैनिक  जिउदो माछा र माछाको मःम गरी करिव १६ हजार बराबरको कारोवार हुने गरको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने –‘हामीले विश्वास माछा तथा गाई फर्म संगको संमन्वयमा  जिउदो माछा मेला स्थलबाट विक्रि वितरण गर्दै आएको छौं । ’ जिउदो माछालाई प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि गर्दै आएको विश्वास माछा फर्मका सञ्चालक टंक प्रसाद ज्ञवालीले जानकारी दिए ।  रुपन्देहीको माछाको लागि प्रख्यात दयानगर गाविस–९ छपियामा १ हेक्टर(डेढविघा) क्षेत्रफलमा व्यवसायीक माछा पालन गरेका ज्ञव...

मेलाको कृषि पेलियनले किसानलाई सिक्ने अवसर’

Image
हुमनाथ  न्यौपाने संयोजक, कृषि पेभिलियन तिहार महोत्सव–२०७३ बुटवलमा अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही र केन्द्रीय कार्यालयको संयुक्त आयोजानमा  तिहार महोत्सव–२०७३ चलिरहेको छ । तिहार महोत्सवमा छुट्टै पेभिलियनको रुपमा कृषि पेभिलियन पनि निर्माण गरिएको छ । मेलाका विविध विषय तथा कृषि पेभिलियनका विषयमा केन्द्रीत रहेर कृषि वार्तामा बुटवल टुडेकर्मी कृष्ण खनाल ले गरेको कुराकानी ।  कृषिमा कतिवटा स्टल रहेका छन् ।  –३२ वटा कस्तो कस्तो प्रकृतिका कृषिजन्य उत्पादन प्रदर्शनको लागि राखिएको छ रु  –विशेष गरेर अर्गानिक तरकारी, खाद्यान्न, फलपूmल राखिएको छ । यस्तै नौलो प्रयोगको रुपमा मेलामा पहिलो पटक माछाको मःम राखिएको छ । जुन उपभोक्ताको आकर्षणको केन्द्र बनेको छ । यस्तै केराको मःमः, केराको चिप्स, अचारलगायत पनि उपभोक्ताले मन पराउनुभएको छ । च्याउको मःम र जुम्लाको स्याऊ पनि राखिएको छ ।  कृषिमा उपभोक्ताहरुको प्रमुख आकर्षण केमा छ  ? – प्रमुख आकषणको रुपमा केराको मःम र माछाको मःम रहेको छ । किनभने यो मेलामा पहिलो पटक माछाको मःमः राखिएको कार...

तिहार महोत्सवको बाल उद्यानमा के के खेल्ने, के घुम्नेर?

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  अहिले बुटवलमा जारी तिहार महोत्सवमा वाल उद्यानमा पनि विगतका मेलाहरुमा भन्दा फरक फरक बस्तुहरु राखिएका छन् । ति सबै कुरा मेलामा जाने जो कोहीलाई पनि जानकारी नहुन सक्छ । तर विगता मेलाहरुमा भन्दा फरक केही मनोरञ्जनका साधानहरु राखिएका छन् । नेपालमै पहिलो पटक र्दुइ तल्ला भएको स्टीलले छाएको मौतका कुवा राखिएको छ । जुन यस क्षेत्रका लागि  नयाँ हो भने  विगतमा मेलाहरुमा एक साईडमा मात्र रेन्जर खेल राखिएकोमा अहिले दबै साईडमा खेल्न मिल्ने गरी रेन्जर पनि राखिएको छ ।  सोनी हरिष ईमजमेन्ट कम्पनी कम्पनी काठमाण्डौका हरिष भट्टलेका अनुसार  मेलामा रोटेपिङ्ग, नाउ, क्रस झुला, ब्रक डान्स, जादु, नागीन, बच्चाहरुकोलागि ३० वटा जति बच्चाहरुको , जम्मा ३८ वटा आईटम  राखिएको छ । मेलामा वाल उद्यानको सम्पूर्ण जिम्मा लिएका भट्ट भन्छन्–‘दर्शहरुले बढि मन जितेको युवा पुस्ताहरुले मन पराएको रेन्जर हो, पहिलो पटक हामीले ल्याएका छौ । मौतका कुवा पनि  आर्कषण कै केन्द्र छ ।’ उनी थप्छन्–‘बच्चाहरुको लागि स्वीमिङ्ग खेल पनि महत्वपूर्ण छ,जुन बुटवलमा पहिलो पटक ल्याएका...

फुर्सदको समय सदुपयोग गरी घरमै रोजगारी

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  खाली रहेको समयलाई सुदपयोग गर्ने हो भने दैनिक जिविको पार्जनको लागि अर्काको मुख ताक्नु पर्दैन । महिनाभरमा घरमै समयको सदुपयोग गरियो भने मनग्य नै आम्दानी गर्न सकिन्छ । सोही उदाहरण पेश गरेकी छिन् रुपन्देहीको सैनामैना–५ कुस्माकी स्थानिय परिया थरुले । कुस्मा चौकमा सानो पसल सञ्चालन गरेकरी थारुले पसल संग संगै स्थानिय खेरा गएको खर(बाबियो)बाट कलात्मक ढकिया निर्माण गरी राम्रो आम्दानी गरेकी छिन् । विहास साँझ घरको कामा व्यस्थ हुने उनले दिउसोको समया पसल(खोका)मा बसेको समयमा ढकिया बुन्दै आएकी छिन् । बनबाट बा बियो काट्ने देखि लिएर त्यसलाई सुकाउने, सानो ठुलो आकार विभाजन गर्ने र ढकिया बुन्ने सबै काम एक्लै गर्दै आएकी उनले ढकियालाई विभिन्न रङ्गमा रङ्गाउने काम समेत आफै गर्दै आएकी छिन्  ।उनी भन्छिन्–‘पसलमा ग्राहक नआएको बेला यसैमा भुल्ने गरेकी  छु ।’ बनमा खेरा गएको बाँबियोलाई काटेर घरमा सुकाएपछि ढकिया बुन्न सुरु गर्ने उनको भनाई रहेको छ । उनका अनुसार दैनिक एक वटा सम्म बुन्न सकिन्छ । सानो र ठुलो आकारमा गरी दुई प्रकारका ढकिया बुन्दै आएका छिन् उनले । सानो ढकिया...

सिस्नो बेचर मासिक ८ लाख !, ७१ जना प्रत्यक्ष रोजजगार

Image
कृष्ण खनाल बुटवल, कत्तिक ।  गाउँघरमा खेरा गैरहेको सिस्नोलाई बेचेर दाङ्गका केही महिला उद्यमीहरुले राम्रो आम्दानी गरेका छन् । खेरा गएको सिस्नुलाई हस्तकलाको माध्यमबाट विभिन्न बस्तु निर्माण गरी स्वरोजगार बन्नुको साथै राम्रो आम्दानी गरेका हुन ।  बुटवलमा जारी तिहार महोत्सवमा सि स्नोबाट बनेका विभिन्न बस्तुको विक्रिका लागि आएकी प्रेम नि.श.अल्लो(पुवा)धागो तथा तयारी पोशाक उद्योगकी अध्यक्ष प्रेम कुमारी पुनका अनुसार सिस्नो प्रजातिको अल्लोबाट बनेका विभिन्न बस्तु उत्पादन गरी समुहले राम्रो आम्दानी गरेको हुन् । द्वन्द्वको समयमा गाउँबाट विस्तापित भई रोल्पाको राङ्गकोट गाविसबाट दाङ्ग झरेका पुन  परिवारले सुरु गरेको  सिस्नोलाई प्रशोधन गरी विभिन्न प्रकारका  हस्तकलाका सामाग्रीहरु विक्रि वितरण बाट मासिक ८ लाख रुपैयाँ सम्म आम्दानी गर्नेै गरेको अध्यक्ष प्रेम कुमारी पुनले जानकारी दिईन् । उनले उद्योगबाट आफुमात्र स्वरोजगार नभई अन्य  महिला उद्यमीहरुलाई रोजगार समेत दिन सफल भएको जानकारी दिईन् ।  २३ बर्ष सम्म शिक्षण पशामा सलंग्न भएकी पुन वि.स.२०५८ सालमा दाङ्ग जिल्ला झरे...

मापदण्ड मिच्दै गाडी कुदाउँदा एकातिर बनाउँदै, अर्कोतिर भत्किदै

Image
कृष्ण खनाल   बुटवल, ७ कार्तिक । सडकमा मापदण्ड विपरीतका गाडी चल्दा सडकको आयु छोटिँदै गएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिँदा पिच भएका चिल्ला लोभलाग्दा सडक महिनादिनमै भत्किने गरेका छन् । यसको उदाह रण बुटवल बेलहिया व्यापारीक सडकको अवलोकन गरे पुग्दछ ।  निर्माणाधीन बुटवल–वेलहिया व्यापारिक सडकमा गुड्ने आधाभन्दा बढि यातायातका साधनहरूले ओभरलोड बोक्ने गरेको कारण सडक बिग्रीदै गएको हो । बुटवलदेखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाकासम्म अहिले फोरलेन सडक निर्माण भैरहेको छ । निर्माणाधिन सडकको केही खण्ड पुरा भएको भएपनि ओभरलोड बोक्ने गाडीको कारण सडक पहिला नै विग्रीएको बेलहिया बुटवल व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिला बहादुर भण्डारी बताउँछन् ।  उनी भन्छन्–‘ओभरलोडले सडकको आयु कसरी र कति क्षति गर्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ, जिल्ला प्रसासन सँग पनि यस विषयमा कुरा भएपनि अझै ओभरलोड बोक्ने गाडीहरू रोकीएका छैनन् ।’ परियोजानका ईन्जीनियर भण्डारीका अनुसार हाल वेलहिया–बुटवल सडकमा सुनौली भन्सार नाकाबाट नेपाल भित्रने मालवाहक सवरी साधनले ल्याउने लोड ५५ हजार किलोदे...

‘टमाटार खेती गर्दा यि कुरामा ख्याल गरौ’

Image
कृषि वार्ता युवराज आचार्य निमित्त प्रमुख, कृषि सेवा केन्द्र पर्रोहा रुपन्देही वि.स.२०७० साल मंसिर २३ गते देखि नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगतको कृषि सेवा केन्द्रमा  खैरेनीबाट सेवा सुरभम्भ गरेका युवाराज आचार्य अहिले रुपन्देहीको  सैनामैना नगरपालिका पर्रोहामा रहेको कृषि सेवा केन्द्रमा निमित्त प्रमुखको रुपमा कार्यरत रहेका छन् । अवको किसानहरुले टमाटर लगाउने समय हो । यो मौसममा के कसरी टामाटर खेती गर्नुपर्दछ भन्ने विषयमा केन्द्रीत रहि  नावय प्राविधिक साहायक निमित्त कार्यालय प्रमुख आचार्य संग बुटवल टुडेकर्मी कृष्ण खनाल ले गरेको कुराकानी ।  कृषि सेवा केन्द्रले किसानको लागि के के काम गर्दछ ?  –अहिले हाम्रो कृषि सेवा केन्द्र पर्रोहा अन्र्तगत युवा  लक्षित तरकारी उत्पादन कार्यक्रम अन्र्तगत आवेदन खुलेको छ, आईडब्लुआरएपी र  कृषि प्रसार कार्यक्रम अन्र्तगत २ वटा क्षेत्रका किसानहरुकोलागि अनुदान कार्यक्रमको फारम संकलन, सिफारिस तथा आवश्यक परामर्सको काम गरिरहेका छौं । यस्तै विउको लागि सिफारिस गर्ने काम भैरहेको छ भने जैविक मलको लागि किसानहरुको कति आवश्य...

कृषि कर्मबाट सफल महिला समुह, बार्षिक १ करोड बढि आम्दानी

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  वि.स. २०६८  साल भन्दा पहिला रुपन्देहीको सैनामैना–५ (साविक पर्रोहा गाविस–७ ) कुस्मा की सतकली चौधरीको घरमा शौचालय पनि थिएन ।  सौचको लागि बाटो, खेतमा जानुको विकल्प थिएन् । उनी विगत सम्झीदै भन्छिन्–‘कसैले देख्लाकी भन्ने डरले छिटोछिटो शौच गरिन्थ्यो, अध्याँरोमा जाँदा कयौपटक लडियो, सर्प र जुकाको  पनि समस्या थियो ।’  तर अहिले उनको दैनिक परिर्वतन भएको छ । उनी संगै जय दुर्गा महिला समुहमा आवद्व भएका महिलाहरु  कुनै पनि सौचको लागि खेत, बाटोमा जादैन, घरमा नै सौचालय बनाएका छन्  ।  यति मात्र होईन्, समुहमा आवद्व भएका केही महिलाहरुले राम्रो आम्दानी गरेका छन्, भने आफ्नै पहलमा प्रत्येक शनिवार गाउमा हाटबजार समेत लगाउदै आएका छन् । आफुले उत्पादन गरेको सामान विक्रिका लागि हाटबजार लगाउने गरेको जय दुर्गा समुहकी अध्यक्ष शारदा शर्मा बताउछिन् । उनी भन्छिन्–‘गाउँमा उत्पादन भएको बस्तु विक्रिका लागि बजार जानुपर्ने बाध्याता अन्त्यको लागि आफ्नै हाटबजारको सुरुवात गरेका हौं  ।  प्रत्येक शनिबार साप्ताहिक रुपमा लाग्ने हाटबजारमा समुहमा...

किर्ते नागरिकता खरेज गर्न माग

Image
कृष्ण खनाल  बुटवल, कात्तिक ।   भान्जीलाई छोरी बनाएर बनाईको किर्ते नागरिकता बदर गर्नु पर्ने रुपन्देही विष्णुपुरा गाविस वडा नं. १ की अकालमति अहिरनीले माग गरेकी छिन । बुधवार आफ्नै निवास विष्णुपुरा गाविसमा पत्रकार सम्मलेन गरी अहिरनीले सम्वन्धित निकायमा न्यायको लागि अपील गरेकी छन् ।  जिल्ला अदालत रुपन्देहीले समेत कृते कागज गरी नागरिकता बनाएकी  कपिलवस्तु दोहनी गाविस वस्ने केवला अहिरनीलाई   नागरिकताको आधारमा जग्गा दिनु भन्दै फैसला गरेपछि पिडीतले बुटवलको पुनारावेदन अदलातमा मुद्धा  समेतदायर गरेकी छिन् । अकालमति अहिरनीले आफ्नो बाबु राम समुझ अहिरलाई नाताले भान्जी पर्ने केवला अहिरनीले बाबु कायम गरी किर्ते नागरिकता बनाएको बताएकी छिन् । सबै प्रमाणको आधारमा नागरिकता कृर्तेगरी बनाएको  प्रमाणीत हुदाँ हुदै पनि यसको छानविन नगरी जिल्ला अदालते उल्टै कृर्ते गर्ने व्याक्तिलाई समान अंश दिनु भन्दै आदेश गरेपछि पिडीत झनै पिडीत बनेकी छिन् । ४ जना सन्तान महिला मात्र भएका अहिरको परिवारमा अन्य कुनै पनि सन्तान नभएको स्थानिय गाउका समाजसेवी भरथरी यादव बताउछन् ।  स्था...

आर्थिक सक्षमताको लागि कृषिमा लगानीः राज्यमन्त्री तामाङ्ग

Image
बुटवल, कात्तिक ।  कृषि राज्य मन्त्री राधिका तामाङ्गले आर्थिक परनिर्भरताको लागि कृषिमा लगानीको विकल्प नभएको बताएकी छिन् । उनले कृषिको विकास विना राज्यले आर्थिक छलाङ्ग मार्न नसक्ने भन्दै यसको लागि सामुदायिक स्तरबाट कृषिमा लगानी गर्नुपर्ने धारणा राखिन् ।  हेफर इन्टरनेशन नेपालको आयोजनामा क्षेत्रीय स्वणीम प्रतिभा पुरस्कार वितरण समारोहलाई  रुपन्देहीको रानीवगीयामा सम्बोधन गर्दै राज्यमन्त्री तामाङ्ग भनिन्–‘कृषिको आधुनिककीरणको लागि सरकारले ल्याएका  विभिन्न योजनाले थप टेवा पुग्ने छ ।’ कुनैपनि िव्याक्ति आर्थिक संक्षमताको लागि कृषिमा लाग्नुको विकल्प नभएको भन्दै उनले  बैदेशिक रोजगारीका लागि विदेशीने युवाहरुको श्रम स्वदेशमा नै लगाउनुपर्नेमा सुझाव समेत दिईन् ।  पछिल्लो समयसमा महिला नेतृत्व अगाडी बढिरहेको भन्दै उनले देशका प्रमुख तिन उच्च निकायमा महिलाहलाहरुको सहभागीताले महिला सक्षमताको उदाहरण पेश गरेको बताएकी थिईन् । किसानले कृषि कर्म गर्ने वानी छोड्न नहुने भन्दै उनले सरकारले ल्याएको प्रधानमन्त्री कृषिक पेन्सन योजना किसानहरुकै योजना भएको बताएकी थिईन् । उनले भनिन्–‘...

‘बुटवल प्लाष्टिक निषेध क्षेत्र’ १७ बर्ष देखिको अभियान व्यर्थ

Image
कृष्ण खनाल  बुटवल, ३० असोज ।  आजभन्दा१७ बर्ष पहिला उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले ‘बुटवल उप–महानगरपालिकालाई प्लाष्टिक मुक्तनगर बनाउने’ अभियानको थालनी गरेको थियो ।  मञ्चका अध्यक्ष नर्वु लामाको नेतृत्वमा रुपन्देही जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन नगरपालिका मेयर भोजप्रसाद श्रेष्ठको सहयोगमा बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा थालन भएको पाईन्छ ।   उक्त अभियान अन्र्तगत प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्न स्थानहरुमा त्यतिबेला सयौं संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो । नगरमा प्लाष्टिकको प्रयोग जथाभावीगर्दा नगरपालिका नै प्रदुषित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो । तर उक्त सुईरो अभियान ३ बर्ष पछि बन्द भयो, २०५९ सालमा सुईरो अभियान बन्द भएपछि अहिले सम्मपनि बुटवललाई  प्लाष्टिक मुक्त  शहर बनाउने  योजना अगाडी बढेको छैन ।  प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पुनः प्रयोगमा ल्याउन सकियोस भन्ने हेतुले सञ्चालनमा ल्याइएको सुईरो अभियान ब...

धकेल्दै दसैं यात्रा...

Image
कृष्ण खनाल बुटवल, असोज । गतवर्ष देशको विसम परिस्थितिका कारण अभावै अभावको दसैं यात्रा गर्न बाध्यभएका नेपालीहरुलाई यस बर्ष प्रकृतिले साथ नदिने छाँटकाट देखाएको छ । आफुभन्दा ठुला मान्यजनबाट टिका आसिरवातग्रहण गर्नको लागि  यात्रा गर्ने नेपालीहरुलाई प्रकृति वाधक बन्न सक्ने निश्चित भएको हो । खासगरी  पहाडी जिल्लाहरुमा यात्रा गर्ने यात्रुहरुको दसैं यात्रा हिले दसंै भएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा सल्यान  दाङ्ग र नवलपपरासी जिल्लाको केही भागमा यात्रा गर्ने यात्रुहरुले सडककै कारण सास्ती खेप्न बाध्य छन् ।  अर्घाखाँची नेपालमा  सबै गाविसहरुमा सडक यातायात पुगेको पहिलो पहाडी जिल्ला अर्घाखाँची हो ।  जिल्लाको सबै गाविसमा मोटरवाटो(सडकयातायात)ले जोडीएको छ । तर जिल्ला सदरमुकाम सन्धीखर्क देखि गोरुसिङ्गे कपिलवस्तु बाहेक अन्य जिल्लाको सडक कालेपत्रो गरिएको छैन । सदरमुकाम देखि केही गाविसहरुमा जोड्ने मोटरबाटो ग्राभेल गरिएको भएपनि बर्सातको समयमा सडकको अवस्था दुरावस्तामा परिणात हुन्छ । पहिला ४२ हालः ३५ वटा गाविस र एक वट...

किसानलाई दसैं भन्दा खेती स्याहार्ने चटारो

Image
कृष्ण खनाल बुटवल, असोज ।  नेपालीहरुकै ठुलो पर्वको रुपमा रहेको दसैं  टुपलुक्कै आएको छ । अधिकांस किसानहरुको खेतमा अहिले धान पहेलपुर बनेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  अनुसार रुपन्देहीमा अहिले करिव १० प्रतिशत भन्दा माथि किसानहरुले लगाएको धान काट्ने अवस्थामा रहेको छ । भने कतिपय किसानहरुले धान काटछाँट गरी भित्र्याई सकेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा अहिले १०  प्रतिशत किसानले लगाएको धान पाकीसकेको छ भने कतिपय किसानहरुले अहिले धान भित्र्याउदै छन् त कतिपयले काट्ने तरखरमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत सापकोटाका अनुसार रुपन्देहीमा धान काट्नको लागि त्यती समस्या छैन । जिल्लामा करिव ६० देखि ७० प्रतिशत यान्त्रीकरण भएको कारण किसानहरुले धान काट्नको लािग आधुनिक यन्त्रहरुको प्रयोग गर्नेगरेका छन् । उनी भन्छन्–‘धान काट्नको लागि अव कामदार नै खोज्नुपर्ने, कामदार नै नपाउने स्थिति छैन । ’ रुपन्देही जिल्लाको भौगोलीक वातावारण अनुकुल भएको कारण...