Posts

Showing posts from December, 2015

दुर्घटनापश्चात हुने मृत्युबाट जोगाउन‘क्वीक रेस्क्यु युनिट’

Image
कृष्ण खनाल बुटवल, १६ पुस ।  रुपन्देहीको सबैभन्दा बढि दुर्घटना स्थल देवदहमॉ क्वीक ईमेरजन्सी रेक्यु युनिट’  स्थापना गर्न सबै यातायात व्यवसायीहरुले प्रतिवद्वता जनाएका छन्  । सुरक्षित यात्रा अभियान नेपालको  संमन्वयमा निकट भविश्यमा स्थापना हुने उक्त युनिटको लागि यस क्षेत्रका यातायात व्यवसायी तथा यातायात क्षेत्र संग सम्बन्धी व्याक्तिहरुले चसो देखाएका हुन । पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले दुर्घटना भएर भन्दा पनि दुर्घटनापछि समयमा नै उपचार पाएर मानिसको मृत्यु हुने गरेको भन्दै यसको लागि तिब्र रुपमा उृद्धार गर्ने व्याक्ति साधान र संयन्त्रको आवश्यकता रहेको बताउछन् । नेपालमा  नै सबै भन्दा बढि  बस सञ्चालन गर्दे  आएको व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी संघमा करिव २२ सय बसहरु गुड्ने गर्दछन् भने सोही अनुपातमा व्यवसायीहरु आवद्व रहेका छन् ।  संघका अध्यक्ष खरेले भन्छन्–‘दुर्घटनापछि  व्याक्तिको उद्धार भन्दा पनि दुर्घटना नै हुन नदिनको लागि विभिन्न यातायता व्यवसायी र सम्बन्धीत निकाय लाग्नु पर्दछ ।’ उनले थपे –‘दुर्घटना  हुन नदिनको लागि नै पहिला सडक सुरक्षाको विषयमा चालक, म

रोगी माटो–उत्पादन कम

Image
कृष्ण खनाल बुटवल, १४ पुस । अयन्त्रत्रिरुपमा प्रयोग भैरहेको विषादीको कारण रुपन्देहीको कुल उत्पादनशिल  माटोको करिव ५० प्रतिश माटो प्रदुशित बन्दै गएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको अधिकांस माटोमा अम्लीय पनि र क्षयरियपनको मात्रा बढ्दै गएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार अहिले रुपन्देहीको अधिकांस माटोमा अम्लीयर र क्षारिय पदार्थ बढि पाइएको छ । रुपन्देही जिल्ला कृषि विकास कार्यालयमा स्थापना भएको माटछो परिक्षण ईकाईबाट कम पि.एच. अर्थात अम्लिय माटोः करीब २० प्रतिशत माटो रहेको पाइएको छ भने बढि पि.एच. अर्थात क्षारीय माटोः करीब २५ प्रतिशत  माटो रहेको पाईएको छ । यस्तै  प्रागांरिक पदार्थ १ प्रतिशत भन्दा कम भएको माटोः करीब ७७ प्रतिशत रहेको छ । जुन रुपन्देहीको कृषि क्षेत्रको लागि ठुृलो चुनौतिको विषय हो ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सापकोटा भन्छन्–‘रुपन्देहीको माटोको उर्वराशक्ति नास हुदै गएको छ, अवको केही बर्षमा माटोमा सुधार गर्न सकिएन भने

सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले

Image
कृष्ण खनाल बुटवल, १६ पुस ।   ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनुकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ ।जुन भवनको मंगलबार नेपाल सरकारका  उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझिले उद्घाटन गरे ।   केही बर्ष पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको थियो । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम तकेन्द्रको तथा आश्रय    स्थलको रुपमा रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका हुन । 

कृषि पकेट क्षेत्र संभाव्यता अध्ययन सुरु

Image
कृष्ण खनाल  बुटवल, १५ पुस ।  खाद्यान्न बीउ उत्पादनमा आत्मनिर्भ बन्दै गएको रूपन्देही जिल्लामा कृषिको थप विकासको लागि विभिन्न क्षेत्रमा पकेट क्षेत्रको संभाव्यता अध्ययन सुरु गरिएको छ । यस भन्दा पहिला पकेट क्षेत्रको रूपमा रहेका विभिन्न स्थानको अलवा अन्य क्षेत्रमा पनि यसको विकासको लागि थप अन्य क्षेत्रमा पकेट क्षेत्रको स्थापना संभाव्यता सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रूपन्देहीको देवदह नगरपालिका, पर्रोहा, सालझण्डि, सैनामैना नगरपालिकामा च्याउ, मौरीको लागि पकेट क्षेत्रको संभावना रहेको क्षेत्र रहेको छ । यस्तै धान, गँहुको पकेट क्षेत्रको रूपमा धकधई, गंगोलिया, प्रांगारिक तरकारीको पकेट क्षेत्रको रूपमा धमौली, सिक्टहन, देवदहलाई संभाव्यता स्थानको रूपमा छनोट गरिएको छ ।  यस्तै, माछाको थप पकेट क्षेत्रको लागि पर्रोहा, गंगोलियालाई लिइएको छ । त्यस्तै तेलहनवालीको लागि करहिया, आनन्दवन, भगवानपुर क्षेत्रलाई लिइएको छ । 

समस्यमा डेरी व्यवसाय लागत बढ्दो,दक्ष कामदार अभाव

Image
कृष्ण खनाल बुटवल, ११ पुस ।  स्वदेशमा काम गर्ने दक्ष कामदारहरु विदेश पलायन भएसँगै डेरी व्यवसायमा काम गर्ने दक्ष कामदारहरूको अभाव सुरु भएको छ । स्वदेशमा नै कृषि कर्मगरी मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने धारणाको विकास नभएको कारण पछिल्लो समयमा कृषि कार्यको लागि कामदार अभाव भएसँगै डेरी व्यवसाय पनि प्रभावित भएको नेपाल डेरी एशोसियसनका केन्द्रीय अध्यक्ष सुमित केडिया बताउँछन् । उनका अनुसार अहिले पछिल्लो समयमा डेरी व्यवसायमा कटिबद्ध भएर लाग्ने मानिसको अभाव छ ।  कृषि क्षेत्रमा बढेको लागत सँगै डेरी व्यवसाय समेत संकटमा रहेको नेपाल डेरी एशोसियसनले जनाएको छ । पछिल्लो समयमा कृषि क्षेत्रबाट मानिसहरू पलायन हुने क्रम बढे सँगै डेरी व्यवसायमा लागत बढ्दै गएको हो। किसानहरूले समयमा नै दाना तथा अन्य कृषिजन्य उत्पादनको अभावको कारण कृषिमा विस्तारै लागत बढ्दै गएको छ । यसको अलवा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेर बजेट भाषणमा पटक पटक उल्लेख गरेपनि कृषि क्षेत्रको लगि एथेष्ट लगान हुन नसक्दा दुग्ध व्यवसाय समस्यामा परेको नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव प्रल्हाद दाहल बताउँछन् । उनी भन्छन्–‘क

आकाशेपुलको आशमा बुटवलवासी

Image
कृष्ण खनाल बुटवल , ११  पुस ।   बुटवल उपहानरपालिकाले आफ्नो बार्षिक कार्ययोजनामा सात बर्षदेखि आकाशेपुल निर्माणलाई योजनामा राख्दै आएको छ । योजनामा राखिने गरेको आकाशे पुलले भने मूर्त रुप लिन सकिरहेको छैन् । अकाशे पुल नबन्नुको जवाफ उपमहानगर पालिकाले सहजै दिने गर्छ– भौतिक योजना तथा निर्माण मन्त्रालयमा माग गरेको हो बजेट स्वीकृत भएन बनेन । आर्थिक बर्ष  ०६५÷०६६ बाट उपमहानगर पालिकाले आकाशे पुललाई योजनामा राख्ने र नबनको जवाफ दिने क्रम चलिरहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा पनि नगरपालिकाको निर्णय नम्बर ६० को बुँदा नम्बर ११ मा आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक चोक, मिलन चोक र राजमार्ग चौराहामा को लागि केन्द्रीय मन्त्रालय संग बजेट माग गर्ने  भनेर निर्णय गरेको थियो । यो क्रम चालु आर्थिक बर्ष ०७२÷०७३ को मा पनि चलिरहेको छ । नगरपालिकाको बार्षिक बजेट कार्ययोजनाको निर्णय नम्बर ६५ को बुँदा नम्बर ९ मा सोही बुँदा दो¥याएको छ ।  नगरपालिकाले प्रत्येक बर्षिक योजनामा आशेपुल निर्माणको लागि पहल गर्ने  गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।   आकासेपुलको अभावमा पैदल यात्रुहरुले जोखिम मोल

आँखै अगाडी डाईनोसर ! ! (भिडियो सहित)

Image
कृष्ण खनाल बुटवल, ८ पुस ।  बुधवार बुटवलको कालिका उमावि कक्षा ८ मा पढ्दै गरेका अनिस क्षेत्री बुटवलमा सुरु भएको मेलामा पुगे ।  करोडौं बर्ष  पहिला पृथिवीबाट लोप भएको डाईनोसर राखिएको छ,भन्ने प्रचार सुनेका उनी सिधैउक्त स्थानमा गए । टिकट काटेर डाईनोसर राखिएको स्थानमा प्रवेश गरेका उनले अचम्मीत हुदै भने–‘यस्तो पो हुदो रहेछ डाईनोसर ।’ सुनको र  किताबमा बढेको आधारमा अनुमन लगाउदै गएका उनले भिन्दै अनुभव गरेको प्रतिक्रिया दिए । उनले भने–‘घर भन्दा ठुलो हुन्छ डाईनोसर भन्ने सुनेका थियौँ ।’  अहिले  बुटवलमा जारी मेलामा युर्निर्भसल एमेन्मेन्ट प्रालिले डाईनोसर जस्तै देखिने गरी ईलेक्टोनिक्स प्रतिमा बनाएको छ । डाईनोसर जस्तै देखिने गरी  ईन्जीनियरिङ्गका व्याक्तिहरुले बनाएको हेर्नको लागि दर्शकहरुको घुईचो लागेको छ । नेपालमा नै पहिलो पटक प्रर्दशनीमा राखिएको उक्त दृश्य साच्चै वास्तविक जस्तै बनाइएको छ । विज्ञान प्रविधि मार्फत सेन्सर प्रयोग गरी निर्माण गरिएको उक्त डाईनोसरको आकृती निर्माण गरिएको छ । 

मेलामा पहिलोपटक च्याउको मःमको स्वाद

Image
कृष्ण खनाल बुटवल, ८ पुस ।  तपाई च्याउमा विशेष रुची राख्नुहुन्छ ?  च्याउका अन्य विभिन्न परिकारहरु खानेगर्नुभएको छ तर अहिले सम्म च्याउको मःमको स्वाद लिन पाउनुभएको छैन भने त पाईको लागि बुटवलमा आयोजना गरिएको लुम्बिनी एक्पो–२०१५, अन्र्तराष्ट्रिय व्यापार मेला  एउटा विशेष अवसर हुनेछ । यस भन्दा पहिला गजेडी–२ बेलभरियामा स्पीन्जर च्याउ फर्म स्थापना गरि च्याउका विभिन्न परिकार निर्माण गरी विक्री गर्दै आएका उद्यमी गंगाधर शर्माले यस पटक बुटवलमा मेलामा च्याउको मःम विक्रि सुरुवात गरेका हुन ।  रुपन्देहीमा नै पहिलो पटक च्याउको मःम बनाएर विक्रि सुरु गरिएको दावि गर्ने उनले भने–‘फर्ममा पहिला देखि नै च्याउको अचार, च्याउको पकौडा, मःम बनाएर विक्रि गर्दै आएका थियौं व्यवसायीक रुपमा विक्रि पहिलोपटक हो  ।’ मेलामा १ सय रुपैयाँ प्रति प्लेट च्याउको मःम विक्रि राखिएको उनले जानकारी दिए ।  गजेडी गाविस–२ बेलभरियामा ७ वटा टलेल निर्माण गरी आज भन्दा ४ बर्ष पहिला च्याउ फर्म स्थापना गरी व्यवसायीक खेती गरेका थिए । 

खुम्चीदै रुपन्देहीको सिमसार क्षेत्र

Image
कृष्ण खनाल बुटवल, ७ पुस ।   सिमसार क्षेत्रको दिर्घकालिन महत्व बुझ्न नसक्दा स्थानिय उपभोक्ताहरुबाट नै रुपन्देहीका सिमसार क्षेत्र अतिक्रमणमा पर्दै गएका छन् । उपभोक्ताहरुले  क्षणिक लाभमा ध्यान दिई दिर्घकालिन महत्व बोकेका रुपन्देहीका अधिकांस सिमसार क्षेत्र संरक्षणको अभावमा ओझेलमा परेका छन । जिल्लामा के कती क्षेत्र सिमसार क्षेत्र रहेको छ भन्ने विषयमा एकिन तथ्यांक नभएपनि अतिक्रमण, विभिन्न विनासकारी झारका कारण अधिकांस सिमसारको क्षेत्र खुम्चीदै गएको छ । जिल्ला वन कार्यालय रुपन्देही अन्र्तगतगको सेक्टर बन कार्यालय बुटवलका प्रमुख  यज्ञमूर्ती खनालका अनुसार रुपन्देहीमा भएका अधिकांस सीमसार क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेका छन् ।  प्रमुख खनालका अनुसार  स्वामित्व र व्यवस्थापनमा विवाद,स्थानियको चासो कम हुनु, ज्ञान, शिप, दक्षताको कमी, अतिक्रमण तथा अत्यधिक दोहन र वातावरणीय सेवा सुविधा तथा महत्वमा कम ध्यान पुगेको करण रुपन्देही सिमसार क्षेत्र मासिदै गएका हुन ।  सिमसार क्षेत्र भन्नाले रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन, जहाँ पानी सुक्दैन त्यस्तो स्थानलाई सिमसार क्षेत्र भनिन्छ । सामान्यतया, सिमसार भ

मेरो नजरमा कलिका उमाविको यात्रा

Image
कृष्ण खनाल   भुपु विद्यार्थी तथा पत्रकार बुटवल टुडे दैनिक –कालिका उमावि एउटा यस्तो पाठशाला हो जस्ले आफ्नो नाम नेपालका केही उत्कृष्ठ विद्यालयहरुको  सुचीमा आफ्नो नाम दर्ता गराउन सकेको छ । वि.स.२०६५ सालमा कालिका उच्च माविमा मेरो प्रवेश एक व्यवस्थापन संकायको विद्यार्थीको रुपमा भएको छ ।

कृषिः संभावना नै संभावना

Image
कृष्ण खनाल कृषि क्षेत्रमा लागेर विदेशको भन्दा पनि बढि आम्दानी गर्न सकिन्छ भन्ने मानसिकताको विकास अझै हुन सकेको छैन । यद्यपी कृषि क्षेत्रमा नै लागेर केही किसानहरुले नाम मात्र होईन दाम पनि राम्रै कमाएका छन् । यसबाट केही पाठ सिक्न सकिन्छ ।  राष्ट्रिय जनगणना २०६८ अनुसार पश्चिमाञ्चल विकास क्षेत्रको कुल जनसंख्या ४९ लाख २६ हजार ७ सय ६५ मध्ये कृषिमा आश्रीत जनसंख्या ३२ लाख २२ हजार ७  सय ७३ छ । अर्थात पश्चिमाञ्चलका १६ जिल्लामा कुल ६५ दशमलब ४ प्रतिशत मानिसहरु कृषिमा आश्रीत रहेका छन् । पश्चिमाञ्चलका आधा भन्दा बढि जनसंख्या कृषिमा आश्रीत भएपनि यो विकास क्षेत्र अझैपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । यद्यपी संभावना भने नभएका होईनन् । विद्यमान स्रोत र साधनको उच्चतम प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरी आत्मनिर्भरताको बाटो पहिल्याउनु पहिलो आवश्यकता हो ।  जिल्लामा रहेका कृषि कार्यालयहरुले प्रत्येक बर्ष करोडौ रुपैयाँ अनुदान स्वरुप कृषकहरुलाई प्रदान गर्दछन् । तर त्यसको उपयोग भएपनि लक्षित प्रगति प्राप्त हुन सकेको पाईदैन । गत आर्थिक बर्षमा क्षेत्रीय कृषि निर्देशनालय पोखराका कृषि प्रसार अधिकृत प्रका

ई–रिक्सा रुटमा चलाउने तयारी

Image
कृष्ण खनाल बुटवल, २  पुस । बुटवलमा अहिले सञ्चालनमा आएका ईलेक्ट्रिक रिक्सा जथाभावी रुपमा सञ्चालन आएपछि व्यवस्थित गर्न रुट निर्धारणको  पहल सुरु भएको छ ।  आवश्यकताभन्दा बढि ई–रिक्सा सडकमा गुड्दा स्वरोजगार बनेका रिक्साचालक मजदुर, बेरोजगार हुने खतरा बढ्दा र सबै क्षेत्रमा यात्रुहरुलाई यातायातको सुविधा दिन भन्दै लुम्बिनी ई रिक्सा डिलर्स एशोसियनको पहलमा रुट निर्धारणको लागि पहल सुरु गरिएको हो । अहिले ई–रिक्साहरु आफुखुसी रुपमा जुनसुकै रुटमा संचालन हुदै आएका छन् ।  आवश्यकता भन्दा बढि रिक्सा सञ्चालन भएपछि ट्राफिक व्यवस्थापनामा समेत समस्या भएको बताइएको छ । ट्राफिक समस्या देखिन थालेपछि प्रहरी प्रसासन, स्थानिय निकाय र व्यवसायीहरुको विचमा साझा धारणा विकास गरी अवको केही दिनमा रुट निर्धाणको प्रक्रिया सुरु गरिने  लुम्बिनी ई रिक्सा डिलर्स एशोसियसनका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । 

मेलामा कृषकलाई दोहोरो फाईदा मनोरञ्जन संगै कृषि तालिमको व्यवस्था

Image
कृष्ण खनाल   बुटवल, १ पुस ।  तपाईं बेरोजगार हुनुहुन्छ ? कृषि क्षेत्रमा लागेर नाम र दाम कमाउने योजनामा हुनहुन्छ । तर कृषि क्षेत्रमा के कस्तो संभावना छ र कृषि सम्बन्धीत विभिन्न विधामा तालिम पो लिन मन लागेको छ की ? यदि यस्तो हो भने तपाईंको लागि यहि पुस ८ गतेबाट बुटवलमा लाग्ने  मेला एउटा सारथ बन्न सक्छ ।  मेलामा आएर मनोरञ्जन, व्यापारसंगै तपाईंले कृषि तालिमको समेत अवसर पाउनुहुनु पक्का पाएको छ । मुल आयोजक संस्था रुपन्देही व्यपार संघले यसको चाँजोपाँजो मिलाएको छ ।  लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारीका सन्दर्भमा कृषि तथा प्रविधि व्यवस्थापन उप–समितिको बैठकले मेला अवधिमा विभिन्न प्रकारका कृषि तालिम आयोजना गर्ने निर्णय गरेको छ । संयोजक पर्शुराम पन्तलका अनुसार केरा, च्याउ, मह तथा माछाका विभिन्न परिकार बनाउने तालिम दिने कृषकलाई प्रदान गरिनेछ ।

यस पटकको मेला ‘कृषिमा विशेष’ मेला हुनेछ ।

Image
पर्शुराम पन्त  संयोजक, कृषि पेभिलियन, लुम्बिनी एक्पो–२०१५ रुपन्देही व्यापार संघमा वि.स.२०५६ सालमा साधारण सदस्य बनेका फर्सराम पन्त वि.स.२०६९ साल देखि कार्यसमित पदमा रहेका छन् । रुपन्देही व्यापार संघले यस भन्दा पहिला २०६९ सालमा आयोजना गरेको मेलामा समेत कृषि संयोजकको रुपमा जिम्मेबारी पुरा गरेका थिए । रुपन्देही व्यापार संघको आयोजना यहि पुस ८ गते देखि बुटवलमा लुम्बिनी एक्सो–२०१५ अन्र्तराष्ट्रिय व्यापार मेला लाग्दैछ । यस सन्र्दभमा कृषि पेभिलियन र किसानले पाउने सुविधा लगायत विविध विषयमा केन्द्रीत रही बुटवल पत्रकार कृष्ण खनाल ले गरेको कुराकानीको सम्पादीत अंसः–स यस पटकको मेलामा कती कृषि स्टल रहेनेछन ? –यस पटक हामीले करिव ८० वटा स्टल कृषि संग सम्बन्धीत राखिने व्यवस्था गरेका छौ । हामीले आवश्यकता परेमा बढाउन पनि सक्छौ ।  पहिला भन्दा फरक के छ ?  –विगतका बर्षहरुमा हामीले कृषि पेभिलियनलाई छुट्टै पेभिलियनको रुपमा विकास गरेका थियौं । यस बर्ष पनि सोही हुन्छ । तर सुरु देखि नै अन्तय सम्म देखिने गरी ठाडो लरहमा यस बर्ष कृषि जन्य उत्पादन प्रर्दशनको लागि राखिने  छ । रुपन्देही व्यापार संघको मुल

१ सय ७ किलोमिटर सडक ‘कालेपत्रो गर्न बाँकी’

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर ।   रुपन्देही जिल्ला सुगम र अन्य जिल्ला भन्दा विकसीत जिल्लाको रुपमा चिनिन्छ । तर रुपन्देहीमा अझैपनि १ सय ७ किलोमिटर सडक फुस्रो सडक अर्थात कालेपत्रे गर्न बाँकी छ । जुन  सडक जिल्ला विकास समितिले बनाएको सडक हो ।  जिल्ला विकास समिति रुपन्देहीका अनुसार रुपन्देहीमा अझै १ सय ७ दशमलभ ४७ किलोमिटर सडक कालेपत्रो हुन सकेको छैन । जिल्ला विकास समिति रुपन्देही अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयका ईन्जिीनियर हरि प्रसाद ओझाका अनुसार अहिले सम्म रुपन्देहीमा कुल १ सय ३ दशमलभ ६५ किलोमिटर सडक ओटासिल गरिएको छ भने १ सय ४६ दशमलभ ८७ किलोमिटर कालेपत्रो र ९ सय ४९ दशमलभ २४ किलोमिटर सडक  ग्राभेल गरिएको छ । उनी भन्छन्–‘अझै रुपन्देहीमा १ सय ७ .४७ किलोमिटर सडक कच्ची नै छ ।’ जुन तथ्यांक जिल्ला विकास समितिले आफ्नो बजेटमा निर्माण गरेको हो । यसको अलवा विभिन्न गरपालिका र स्थानिय उपभोक्ता स्वम्ले पनि सडक निर्माण गर्दै आएका छन् ।  गत आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला विकास समितिले सडक निर्माणको लागि करिव १० करोड ८० लाख  रकम खर्च गरेको छ । यद्यपी जिविसले  खर्च गरे अनुसार सडक उत्कृष्ठ नभएको

फोरलेन सडकमा आफुखुसी -याम

Image
ट्राफिक प्रहरीको ध्यान नपुगेको पैदल यात्रीको गुनासो   कृष्ण खनाल बुटवल, २८ मंसिर ।  निर्माणपुरा नहुँदै भत्कीन सुरु भएको बुटवलको फोरलेन सडक व्यापारीहरुको बलमिच्याईंको कारण थप जिर्ण बन्ने खतरा बढेको छ ।  आफ्नो व्यापारीक प्रतिष्ठान अगाडी उनिहरुले सडक सडक मापदण्ड विपरीत आफुखसी फलामको ¥याम राखेका कारण सड्क जिर्ण बन्ने खतरा बढेको हो । यही कारणले फुटपाथमा हिड्ने पैदल यात्री समेत असुरक्षित बन्ने गरेका छन् । तर सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेको ट्राफिक प्रहरीको भने यसतर्फ ध्यान पुग्न सकेको छैन् ।  खासगरी मोटरसाईक, रिक्सा तथा साना गाडीहरु कुनै पनि फुटपाथबाट हिडाउन पाईदैन । तर बुटवलका अधिकांस व्यापारीहरुले आफु अनुकुलताको लागि व्यवसायीक प्रष्ठिान अगाडी आफै फलामको ¥याम राखेर फुटपाथमा गाडी गुडाउने देखि लिएर फुटपाथमै माल सामान ढुवानी गराउने गरेको पाईएको छ ।  आवश्यक स्थानमा मात्र सडक विभागले आफै सिमेन्टको ¥यामको व्यवस्था गरेको भएपनि अत्यावश्यक वाहेक अन्य स्थानमा यस्तो प्रकारको ¥ययामा राखेको छैन । तर बुटवल क्षेत्रका साथै आसपासका बजार क्षेत्रको अधिकांस सडकको दाय

प्राविधिक शिक्षालय बनाउन स्थानिय जुटे

Image
महायज्ञ सुरु नहँुदै दानविर बढे कृष्ण खनाल बुटवल, २५ मंसिर ।  स्थानियहरु कुनै मण्डप बनाउन जुटीरहेका छन्, कुनै तुल व्यानर टास्न त कुनै सोभा कलस यात्राको लागि कल सजाउन । कुनै कुनै स्थानियहरु आफै सरसफाईमा जुटेका छन् त कुनै स्वागतद्वार बनाउन । झट्ट हेर्दा लाग्छ यहा कुनै  मेला महोत्व नै लाग्दै त छैन । केही महिना पहिला वेवारिसे विद्यालय, नगर भित्रको गरिव विद्यालयको उपमा पाएको बुटवल–१९ रानगञ्जमा रहेको ‘जनशक्ति नमुना प्राथमिक विद्यालय’मा शुक्रवार पुग्दा माहोल बेग्लै थियो ।  स्थानिय आफै यज्ञको मण्ड बनाउने, स्वागतद्वार बनाउने देखि लिएर स्टेज पनि आफै बनाउन कस्सीएका थिए । जसमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रअ ग्यामलाल भुषाल सर्मा र शिक्षक शिक्षीकाहरु समेत सहभागी थिए । 

पचास प्रतिशत लागत बढ्ने संकेत

Image
कृष्ण खनाल बुटवल, २३ मंसिर । ईन्धन अभावको कारण समयमा धान स्याहार्न नपाएका रूपन्देहीका किसानहरूलाई फेरी अर्को पिरलो थपीएको छ । धान जसोतसो भित्र्याएका किसानहरूले अव खेत जोत्ने र गहुँ कसरी छर्ने भन्ने विषयमा थप पिरमा परेका छन् । धान स्याहारे पनि ईन्धन अभावको कारण समयमा नै खेत जोत्ने पावर टे«लर र ट्याक्टर अभावमा समयमा नै किसानहरूले गहुँ छर्न नपाउने निश्चित भएको छ । ईन्धन अभावको कारण छिमेकी देशबाट कालोबजारीको रूपमा भित्रीएको ईन्धन प्रयोग गर्न किसानहरू बाध्य छन् । महङ्गोमा खरिद गरिएको ईन्धन ९डिजल० को कारण यस बर्ष रूपन्देही लगायत सबै जिल्लाका किसानहरूको कृषि लागत बढ्ने निश्चित भएको छ । एकातर्फ समयमा नै गहुँ छर्न किसानहरूले नपाउने निश्चित छ भने अर्को तर्फ कृषि लागत बढ्दै जाँदा थप समस्यामा पर्ने देखिएको हो । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले यस बर्ष ईन्धन अभावको कारण चर्को मुल्यमा ईन्धन खरिद गरी कृषि कार्य गर्नु पर्दा किसानको ४०–५० प्रतिशत लगानी बढ्ने निश्चित भएको बताउछन् । उनी भन्छन्–‘ईन्धन अभावको कारण कृषिकार्यको लागि यस बर्ष किसानको लाग

अख्तियारमा शिक्षाका उजुरीको चाप

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर । अख्तियारको बुटवल कार्यालयमा सबैभन्दा बढि शिक्षासंग सम्बन्धीत उजुरी परेका छन् । लुम्बिनी अञ्चल कार्यक्षेत्र रहेको अख्तियारको सम्पर्क कार्यालयमा तराईका तीन जिल्लामध्ये सबैभन्दा बढि रुपन्देहीबाट उजुरी दर्ता भएका छन् भने पहाडी जिल्लामध्ये अर्घाखाँचबाट बढि उजुरी दर्ता भएका छन् । कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक उमेशराज जोशिका अनुसार हाल सम्म सबैभन्दा बढि रुपन्देहीमा २ सय १० वटा उजुरी दर्ता भएका छन् भने अर्घाखाँची जिल्लाबाट ४० वटा उजुरी दर्ता भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रीय कार्यालय पोखराको मातहतमा रहि बुटवल कार्यालयले काम गर्दै आएको छ । उजुरी दर्ताको संख्याका आधारमा दोस्रो जिल्लाको रुपमा नवलपरासी परेको छ । तेस्र्रो जिल्लाको रुपमा कपिलवस्तु, चौथोमा अर्घाखाँची, पाचौमा पाल्पा र छैठौ जिल्लाको रुपमा गुल्मी रहेको छ । हालसम्म रुपन्देही जिल्लाबाट २ सय १० वटा, नवलपरासीबाट १ सय ३३ वटा, कपिलवस्तुबाट १ सय १६, अर्घाखाँचीबाट ४०, पाल्पाबाट ३९, गुल्मीबाट मात्र ३१ वटा उजुरी दर्ता भएका छन् ।

साना उद्योग दर्ता हुने क्रम घट्यो

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर । दुई महिना पहिला रुपन्देहीको घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्ने उद्योगी व्यवसायीहरुको  उपस्थिती बाक्लो हुन्थो । घरेलु तथा तर अहिले देशमा आएको विषम परिस्थीतीका कारण उद्योग दर्ता गर्ने उद्योगीहरुमा पनि नैरस्यता छाएको छ । विगत २ महिना देखि भारतले गरेको नाकाबन्दीको कारण  ईन्धन अभाव हुँदा स्वदेशमा भएका साना उद्योगहरुले कच्च पदार्थ नपाउँदा उद्योग बन्द हुने अवस्थामा छन् । जसको असर नयाँ उद्योग दर्ता गर्ने उद्योगीहरुमा पनि परेको छ । रूपन्देहीमा आर्थिक वर्ष २०७१र७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका थिए ।  अघिल्लो आर्थिक बर्ष २०७०÷०७१ मा जिल्लामा १ हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । केही महिना पहिला सम्म जिल्लामा ७५वटा सम्म उद्योग दर्ता हुने गरेकोमा अहिले ३० वटा पनि उद्योग दर्ता नहुने अवस्था आएको कार्यालय प्रमुख भुषाल बताउछन् । उनी भन्छन्–‘अहिलेको परिस्थीतिको कारण उद्योगीहरुमा उत्साह कमै मात्रामा पाएको छु, जसको असर उद्योग दर्तामा पनि देखिएको छ । ’

सामान्य नियम पनि पालना गर्दैन्न चालक

Image
कृष्ण खनाल बुटवल, २० मंसिर ।  तस्वीरमा देखाइएको ट्राफिक चिन्ह सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडक अन्र्तगत सिद्धबाबा क्षेत्रमा राखिएको सडक  सवारी चिन्ह हो । तस्वीरमा देखाईएजस्तै कुनै पनि सवारीचालकलाई यात्राको लागि सहजता प्रदान गर्न यसरी  सडक क्षेउ–छाउमा विभिन्न संकेत राखिएको हुन्छ ।  तर अधिकांस चालकहरुले सडक छेउछाउमा राखिएका यस्ता चिन्ह पालना नगर्ने गरेको पाइएको छ ।  नेपाल सरकार सडक विभागले प्रत्येक बर्ष पुल, तथा सडकको अवस्था हेरीकन त्यहाँ सडढक चिन्ह राख्ने गर्दछ । तर ति सडक चिन्हरुलाई समान्य रुपमा पालना नगर्दा कतिपय दुर्घटना हुने गरेको पाइएको छ ।  सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल –पाल्पा सडक खण्डमा यस्तासयौ स्थानमा सडक चिन्ह राखिएको छ । आईतबार त्यहि सडक चिन्हको पालना नर्गदा पाल्पाबाट बुटवल तर्फ आउदै गरेको ट्रिप्पर नालिमा खस्यो । बुटवल बाट पाल्पातर्फ जाँदै गरेको ट्रकले सडक छेउमा राखिएको चिन्ह नै ख्यान नगरी हुईक्यो भने पाल्पाबाट बुटवलको लागि हिडेको टिप्परले पनि घुमाउरो घुम्तीमा हर्न नबजाईकन हुईक्यो । जसको कारण टिप्पर एक्कासी ब्रेक हान्दा नालिमा गयो । यो कुनै नौलो घटना होईन ।

अपाङ्गता भएको व्यक्तिसँग छैन ‘परिचय पत्र’

Image
कृष्ण खनाल बुटवल, १६ मंसिर ।  ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताका ब्यक्तिहरुकालागी पहुँच र सशक्तिकरण’ भन्ने मुल नाराका साथ आज (विहिवार) २४ औं अन्र्तरिाष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाईदिदै छ । दिवसको अवसरमा रुपन्देहीमा पनि विभिन्न संस्थाहरुले औपचारिक कार्यक्रम गरिदैछन् । तर रुपन्देहीमा अझै कैयन अपाङ्गता भएका व्यक्तिहरुले नेपाल सरकाले उपलब्ध गराउने परिचय पत्र समेत लिन सकेका छैनन् ।   जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्ने करिव २ दर्जन बढि संघ–संस्था रहेका छन् । ति संस्थाहरु समेत शहरकेन्द्रित र राजनैतिक रुपमा विभाजित देखिन्छन् । लक्षित वर्गसम्म पुग्न नसकेका धेरैजसो संघ–संस्थाहरु दिवस र ‘असारे बजेट सक्न बाहेक’ अन्य समयमा क्रियाशिल हुन सकेका छैनन् । महिला विकास कार्यालय रुपन्देहीका अनुसार अहिलेसम्म रुपन्देहीमा ५ हजार ५८ जना विभिन्न प्रकृतीका अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र लिएका छन् । रुपन्देही जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको यथार्थ तथ्यांक नभएपनि  आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा ५ हजार ७ सय ५२ जना अपाङ्