विद्यालयमा पोल छ तर विजुली छैन
कृष्ण खनाल बुटवल, जेठ । विद्यालयको कम्पाउण्डमा वि जुलीको पोल गाडिएको छ । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । चर्को गर्मीमा नजिकैको घरमा पङ्खा चल्छ, गर्मीमा फ्रिज चलाएर चिसो पानि खान्छन् । तर विद्यालयमा भने विद्यार्थी ४२ डिग्रीको चर्को गर्मीमा टिनको छानो मुनी असिन पसिन हुदै पढ्छन्, शिक्षकहरुसमेत गर्मीको सिकार भएका छन् । यो अवस्था रुपन्देहीको लुम्बिनी सास्कृतीक नगरपालिका –१२ साविक एकला गाविसमा रहेको अधियारी निम्न माध्यमिक विद्यालयको हो । वि.स.२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले सम्म विजुली जोडीएको छैन । तराईको उच्च गर्मी हुने स्थानमा विद्यालयमा करिव करिव ५ सय जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । त्यसमा सबैभन्दा बढि छात्राहरुको संख्या बढि छ । विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभाव भएको भन्दै विद्यालयले विद्युत जडान गरेको छैन । जसको कारण गर्मीको मौसममा विद्यार्थीहरुले पसिना काड्दै अध्ययन गर्न बाध्य छन् भने शिक्षकहरुलेपनि सोही व्यथा भोग्न बाध्य छन् । विद्यालयका सहायक प्रध्यानाध्यापक पुरन प