Posts

Showing posts from December, 2016

कृषिजन्य उत्पादन प्रर्वद्धन गर्दैै मेला महोत्सव

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  अहिले मेला महोत्सवको मौसम छ । मेला महोत्सवमा कृषि जन्य उत्पादनलाई अहिले  विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवहरुले प्रथमिकताको रुपमा राखेका छन् ।  बुटवलमा  बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ८ गते देखि  व्यापार महोत्सव आयोजना हुदै छ । उक्त मेलामा पनि कृषि जन्य उत्पादनलाई विशेष  प्रथमिकताको साथ अगाडी बढाईने बुटवल  उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउँछन् । उनका अनुुसार कृषिजन्य उत्पादनको प्रर्वद्धन लागि छुट्टै प्रर्दशनी पेभिलियनको व्यवस्थापन गरिने छ ।  यहि मंसिर २४ देखि पुस ४ गते सम्म तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम राष्ट्रिय औद्योगीक व्यापार मेला, कृषि एव्म पर्यटन प्रर्वद्धन महोत्सव–२०७३’ आयोजना हुदै छ । मेलाको कृषि तथा पर्यटन प्रर्वद्धन समितिका संयोजक राजकुमार पाण्डेका अनुसार मेलमा कृषिलाई पहिलो प्रथमिकता लिइएको छ ।  मेलामा  जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय र मत्स्य विकास केन्द्र तथा मत्स्य व्यवसायीहरुको संयोजनमा विभिन्न प्रतियोगीता, कृृषि जन्य उत्पादन लाई प्रर्दशनीमा राखिने छ । यस्तै मेल

बुटवल–वेलहिया दुई बर्षमा सररर...

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  करिव ५ बर्ष पहिला सुरु भएको बुटवल–वेलहिया व्यापारिक मार्ग नदिजन्य पदार्थ प्राप्त मात्रामा  उपलब्ध भएमा अवको करिव २२ महिनामा पुरा हुने आयोजनाले जनाएको छ ।  आर्थिक बर्ष वि.स.२०६८÷०६९ मा मा सुरु भएको व्यापारिक मार्ग विस्तार आयोजनाले काम सुरु भएको करिव ५ बर्ष पुरा भएको छ । नदिजन्य पदार्थको अभावको कारण समयमा नै व्यापारिक मार्ग विस्तारमा अवरोध हुने भएको कारण ‘बुटवल –बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना’ले प्राप्त मात्रमा नदिजन्य  पदार्थको लागि माग समेत गरेको छ । करिव ७ बर्षमा पुरा गर्ने गरि आयोजना सुरु भएको  व्यापारिक  मार्ग विस्तार आयोजना प्रमुख सालिकराम रेग्मी बताउछन् ।  उनका अनुसार बुटवल देखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाका सम्म पुग्ने सिक्स लेनको सडक आर्थिक बर्ष ७५÷७६ मा सम्पन्न हुने छ ।   आयोजना प्रमुख रेग्मी भन्छन्–‘प्राप्त मात्रामा नदिजन्य पदार्थको आपुर्ती हुन सकेकमा अवको करिव २२÷२३ महिनामा आयोजना पुरा हुन्छ ।’ बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका ईन्जीनियर लिला बहादुर भण्डारीका अनुसार अहिले  सम्म करिव ४० प्रतिशत सडक निर्मा

सिक्स लेन सडकका विरुवा, ‘जोगाउन हम्मे हम्मे’

Image
कृष्ण खनाल बुटवल,  पुस ।  केही दिन पहिला बुटवल–वेलहिया व्यापारिक मार्ग अन्र्तगत भैरहवाको डिभाईडरमा रोपीएका करिव ३० वटा विरुवा मानसिक सन्तुलन गुमाएका एक जना व्याक्तिले भटाभट भाँचे ।  लामो समय देखि रेखदेख गरी  हुर्किनै लागेका ति विरुवा भटाभट भाँचेको देखेपछि व्यापारिक मार्ग विस्तार आयोजनाका सुपरभाईजर कृष्ण प्रसाद पाण्डेले देखेपछि ति व्याक्तिलाई हप्काएर हटाए अन्यक्षतीहुन पाएन ।  यो एउटा उदाहरण मात्र हो, अहिले निर्माण सम्पन्न भएको करिव ८ किलोमिटर  सडक क्षेत्रका विभिन्न स्थानमा विरुवा रोपीएको छ । तर ति अधिकांस विरुवा जोगाउनको लागि व्यापारिक मार्ग विस्तार  आयोजना र सडक डिभिजन कार्यालय बुटवल लाई मुस्कील परेको छ ।  बुटवल–बेलहिया  व्यापारिक मार्ग विस्तार आयोजनका ईन्जीनियर लिला बहादुर भण्डारी भन्छन्–‘कहिले कस्ले क्षती पु¥याउछ, कहिले कस्ले, जोगाउन हम्मे हम्मे परेको छ ।’ निर्माण सम्पन्न भएको सडकको विभिन्न स्थानमा भिन्दा भिन्दै संघ संस्थाले ‘स्थान माग गरी’ विरुवा रोप्ने गरेको भएपनि रोपे पछी ‘फर्केर नर्हेने’ परिपाटीको कारण विरुवा संरक्षणमा अफ्ठारो भएको व्यापारिक मार्ग विस्तार आयोजानका

भष्ट्राचार विरुद्व गुञ्जीए साहित्यकार

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर ।  ‘हिजो जंगलमा पाडो चराउने हरु आज ‘प्राडो’ चढेर हुईकीन थाले । हिजो खेतबारीमा पतेरो धपाउनेहरु आज ‘पजेरो’ चढ्ेर सुईकीन थाले ।।’ यहाँ उल्लेख गरिएको कविताको वाक्यांस बुटवलमा भष्ट्राचार विरुद्वको रचना वाचन कार्यक्रममा एक जना साहित्यकारले प्रस्तुत गरिएको हो ।  कवितामा मानिसले भष्ट्राचार गरेर हिजो जंगलमा गाई बस्तु चराउदै गर्ने आज  सबैभन्दा  महङ्गो गाडी  चढेर हिड्न थालेको छ, त्यही अकुत सम्पत्तीको कारण मानिस हिजो खेतबारीमा थियो तर आज महङ्गो गाडी चढेर हुईकीन थालेको छ भनीएको छ । नेपाली समाजको स्पष्ट तस्वीरको एक अंशको रुपमा   प्रस्तुत गरिएको यो कविताले नेपाली समाजको भष्ट्राचार सम्बन्धी  प्रतिविम्ब गर्दछ ।  बुटवलमा शुक्रवार यस्तै प्रकृतीको कार्यक्रम आयोजना गरियो । गत बर्ष बुटवलको सडकमा सडक कविता बाचन कार्यक्रम आयोजना गरेको भष्ट्राचतार विरुद्ध कार्यरत संस्था पारदर्शी सरोकार समुहले ‘भष्ट्राचार विरुद्वको अन्र्तराष्ट्रिय दिवस’को अवसरमा रचना बाचन कार्यक्रम गरेको  हो   ।  रचना बाचन कार्यक्रममा नवपालुवा साहित्यकारहरु देखि साहित्यको क्षेत्रमा लागेर कपाल फुल

‘सडक लेन नमान्दा’ ट्राफिक समस्या

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर  ।  बुटवल देखि  सिद्धार्थनर नगरपालिका वेलहिया सम्म अहिले सिक्सलेन सडक निर्माणधीन छ । अहिले सम्म करिव ८ किलोमिटर सडक निर्माण पुरा भएको बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ । निर्माण सम्पन्नभ एको सडक प्रयोगकर्ताले लेन अनुसासन पालन नगर्दा विगत केही दिन देखि बुटवलमा ट्राफिक जाम सुरु भएको छ ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएस्पी अवधेश विष्टका अनुसार बुटवलको मिलनचोकमा  खासगरी विहान र साझँ ‘पिकआवर’ समयमा ट्राफिक जाम हुने गरेको हो । जसको लागि पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २ जना ट्राफिक प्रहरी समेत खटाएको छ ।  निर्माण सम्पन्नभ एको सिक्सलेन सडकमा सडक प्रयोग कर्ताहरले जथाभाविरुपमा  लेन अनुसासन पालन नगरेको कारण अहिले स्थानिय प्रहरी प्रशासन र ट्राफिक प्रहरीले सडक विभाग संग संमन्वय गरेर क्रसङ्गि चेक हटाएको छ ।  जसको कारण दुर्घटना न्युनीकरणमा आधा भन्दा बढि कमी आएको डीएसपी विष्ट बताउछन् । उनी भन्छन्–‘जथाभाविरुपमा वाटो काट्नेहरुको कारण सडक दुर्घटना जोखिम बढेकोले हामीले  नचाहिदो स्थानका रोड क्रसङ्गी ह

बुटवलबाट ‘हाईड्रोमा’लगानी बढ्दो

Image
कृष्ण खनाल बुटवल, २९ मंसिर ।  बुटवलमा रहेको  नागरिक उर्जा बुटवल कम्पनीले पुर्ण स्वामित्वमा रहने गरी म्याग्दी जिल्लाको  घार र  सिख गाविसमा रहेको ‘घार खोला जलविद्युत आयोजना’ निर्माण प्रक्रिया सुरुवात गरेको छ ।  पुर्ण  लगानी बुटवलका व्यवसायीहरु रहेको उक्त आयो जनाको  प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदन(ईआईए) पनि सम्पन्न भएको छ ।  केही समय पहिला साहस हाइड्रो पावर कम्पनी ले निर्माण गरेको ५ मेघावटको गुल्मी जिल्लामा रहेको ‘माथिल्लो हुग्दी खोला’ जलविद्युत आयोजनामा बुटवलका व्यवसायीहरुले २० प्रशित लगानी गरेका थिए । सरकारी–निजी– सहकारी अवधारणामा निर्माण गरिएको यो आयोजनाको लागत ७७ करोड रुपैयाँ रहेको थियो । जसको परिक्षण उत्पादन समेत सम्पन्न भएर राष्ट्रिय प्रशारणमा समेत जोडीसकिएको छ । जसमा बुटवलका लगानी कर्ता व्यवासायी व्याक्ति, सहकारी तथा व्याक्तिगत रुपमा करिव  १५ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो ।  घार खोला जलविद्युत आयोजना ८.३ मेघावाट जलविद्युत उत्पादनको लागि स्वीकृत लिएको उक्त आयोजनालाई अपग्रेड गरी १४ मेघावाट जलविद्युत उत्पादन गर्ने गरी योजना  अगाडी बढेको नागरिक उर्जा बुटवल प्

विदेश भोगेपछि स्वदेशमा च्याउ फर्म

Image
कृष्ण खनाल बुटवल, मंसिर ।   विहानै ३ बजे देखि ५ जना युवा उद्यमीको काम सुरु हुन्छ । कसैले च्याउ टिप्ने, कसैले प्याकिङ्ग गर्ने त कसैले बजार व्यवस्थापनको लागि हिड्ने । यो आर्थिक उपार्जनको लागि साउदी, कतार,मलेसिया, दुबई तथा भारतका विभिन्न स्थानमा गएका युवाहरुले विदेश नजाने प्रण गर्दैै बुटव बुटवल– १४ नयाँ गाउ कलुवामा खोलीएको लुम्बिनी च्याउ फर्मका सञ्चालकहरुको दैनिकी हो ।  वि.स.२०६९ सालमा स्थापना युवा उद्यमी रिसब पोखरेलको संयोजकत्वमा ३ जना  र पछि २ जना गरी ५ जना सञ्चालकहरुले खोलेको च्याउ फर्ममा अहिले भ्याई नभ्याई छ ।  जाडोको मौसममा उत्पादन हुने च्याउको उत्पादन, बजारीकरण तथा व्यवस्थापनको लागि लगानी कर्ता स्वयम ५ जना युवा उद्यमीहरु  लागिरहेका छन् । रिसव पोखरेल संगै मनोज पोखरेल, केदार पन्थी, हेमन्त मरासेनी र लिलाधर खनाल ले करिव ८ लाख लगानीमा च्याउ फर्म सुरुवात गरेका थिए ।  बार्षिक ४० हजार रुपैयाँ भाडा बझाउने गरी लिएको जग्गामा च्याउको लागि चाहिने संरचना निर्माण गरी च्याउ फर्म सुभारम्भ गरेको सञ्चालक रिसव पोखरेल बताउछन् । उनका अनुसार फर्ममा लागनी गरेका सबै जना वैदेशिक भुमिमा केही समय

सन्दर्भ: अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गताको नाममा ब्रह्मलुट

Image
कृष्ण खनाल मंसिर १८, बुटवल ।   रुपन्देहीमा चालु आर्थिक बर्षमा जिल्ला विकास समितिको कुल बजेट १ अरब, १२ करोड ४९ लाख ७९ हजार  रहेको छ । जस मध्ये लक्षित समुदायको प्रर्वद्धन र विकासको लागि जिल्ला विकास समितिले विविध अन्य लक्षित समुह शिर्षक अन्र्तगत कुल २ करोड १३ लाख रुपैयाँ विनयोजना गरेको छ । लक्षित समुदायको अन्य शिर्षक अन्र्तगत अपाङ्गता, दलित, आदिवासी र जनजाती, जेष्ठ नागरिक, मधेसी, मुस्लिम, पिछडा बर्गलाई समेटिएको छ । कुल बजेटको ३५ प्रतिशत जिल्ला विकास समिति, गाविस तथा नगरपालिकाहरुले लक्षित समुदायको लागि छुटउनुपर्ने प्रावधान रहेको छ । अन्य लक्षित समुह अन्र्तगत  अपाङ्गता भएका व्याक्तिहरुले करिव १० प्रतिशत बजेट प्राप्त गर्दछन् ।  थप समाचार हेर्न यहा थिच्नुहोस जिल्ला विकास समितिको तथ्यांक अनुसार बार्षिक करिव १८ देखि २० लाख रुपैयाँ सम्म अपाङ्गता भएका व्याक्तिहरुले रकम पाउछन् । सोही अनुपातमा अन्य  रुपन्देहीका ६ वटा नगरपालिकाहरुले  आफ्नो कुल बजेटको ३५ प्रतिशत बजेटलाई लक्षित समुदायको  लागि ३५ प्रतिशत बजेट विनियोजना गर्दछन् । जसबाट बार्षिक करिव ५ लाख रुपैयाँ सम्म अपाङ्गता भएका व्याक्त

चार दलका नेताले एउटै मञ्चबाट भने–प्रदेश आन्दोलन डग्दैन

Image
कृष्ण खनाल  बुटवल, १७ मंसिर ।  प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्षस्थ नेताहरुले विरोध गरेका छन् ।  बुटवल आयोजना गरिएको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा पुर्व अर्थ मन्त्री विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता तथा पुर्व उपप्रधान मन्त्री  टोप बहादुर  रायमाझी, नेपाली काग्रेसका केन्द्री सदस्य चन्द्र भण्डारी एमाले नेताहरु गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, बैजनाथ चौधरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्दै   प्रदेश नम्बर ५ बाट कुनै पनि जिल्लाहरु टुक्राउन नदिने बताएका हुन ।   संयुयक्त  विरोध शभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव, पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले सम्बोधन गर्दै संविधान कार्यान्वयको चरणमा रहेको बेला सरकारले संविधान संसोधानको विध्येक दर्ता गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेको टिप्पणी गरेका छन् । सरकार संविधान कार्यान्वय  र निर्वाचनको कुरालाई थाती राखेर संवि

यस बर्ष धेरै फल्यो धान

Image
कृष्ण खनाल   बुटवल, मंसिर ।  विगत केही बर्ष पहिलाको भन्दा यस बर्ष रुपन्देहीमा बढि धान उत्पादन भएको छ । अन्य बर्षहरुको तुलनामा १० प्रतिशत बढि खाद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार  गत वर्षको तुलनामा यस बर्ष धान रोप्ने बेलामा राम्रोे वर्षा हुनुका साथै रासायनिक मल प्रयाप्त रुपमा उपलब्ध भएपछि यस बर्ष  धानको उत्पादन १० प्रतिशतले वृद्धि भएका हो ।  रुपन्देहीमा २०७१ सालमा ३ लाख १४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष २०७२) मा बढेर तीन लाख २० हजार १६० मेट्रिक टन पुगेको थियो । गत वर्षमा प्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन भएको थियो भने यस वर्ष समय अनुकलताका कारण प्रति हेक्टर ५ मेट्रिकटन उत्पादन भएकोले यस वर्ष १० प्रतिशतले वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी जानकारी दिए ।  गत बर्ष रोपाइको समयमा लामो समय सम्म खडेरी परेका कारण उत्पादन घटेको थियो यस भने जेठको दोस्रो सातादेखि वर्षा सुरु भयो र समयमै कृर्षकहरुले र

चार बर्षमा १ सय ६६ को मृत्यु, ८ सय ८८ संक्रमित

Image
सन्र्दभः २९ औं विश्व एड्स दिवस कृष्ण खनाल बुटवल, मंसिर ।  ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने मुल नाराका साथ विहिवार १९ औं विश्व एड्स  दिवस मनाई रहँदा पछिल्लो ४ बर्षमा रुपन्देहीमा मात्रै १ सय ६६  जनाले एचआईभी कै कारण ज्यान गुमाएका छन् ।  पछिल्लो समयमा एच्.आई.को जोखिम कम हुदै गएको भएपनि नयाँ एचआईभी संक्रमितहरुको संख्या केही नगन्य मात्राम समेत बढ्दै गएको  पाइएको छ । पछिल्लो समयमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको पहलमा गरिएका जनचेतनामुलक कार्यक्रमहरुले एचआईभी संक्रमण दरलाई न्युन गर्न सकेको छैन ।  विभिन्न लापरवाहीको कारण व्याक्ति एच्आईभी संक्रमि हुने गरेको छ । तर पनि एचआईभी संक्रमित भएका व्याक्तिहरुले नियमित रुपमा एआरबी औषधी नियमति रुपमा खाएमा संक्रमति व्याक्तिबाट अन्य व्याक्तिमा एच आईभी सर्ने संभावना करिव ९६ प्रतिशत कम रहेको पाइएको हो ।  विश्व स्वाथ्य संगठनले गरेको परिक्षणको आधारमा एआरबी सेवन कर्ताहरुबाट अन्य व्याक्तिमा  सर्ने संभावना न्युन रहेको एनएफए बुटवलका कार्यक्रम निर्देशक धर्मराज भट्राई बताउछन् । लुम्बिनी अञ्चल अस्पताल हाताभित्र रहेको एचआईभी रोकथाम यु

विदेशको सीपले स्वदेशमा पशु फर्म

Image
कृष्ण खनाल बुटवल, मंसिर । रोजगारीको शिलशिलामा जापान मा करिव १८ बर्ष विताएका एक जना  उद्यमीले  स्वदेशमा फर्किएर पशु फर्म  स्थपना गरेका छन् । रोजगारीको  शिलशिलामा  जापानमा रहेको बेला त्यहाँ  सिकेको सिपलाई सदुपयोग गरि स्वदेशमा नै गाई तथा भैसी फर्म स्थापना ग रेका हुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ नयाँमिलमा करिव १ करोडको लागतमा  उद्यमी राम बहादुर बस्नेत ले गाई भैसी फार्म सञ्चालन गरेका हुन ।  उनी संगै फर्ममा यमबहादुर थापाले समेत लगानी गरेका छन् ।  १ करोडको लागानी, भविश्यमा बायोप्लान्ट खोल्ने तयारी  वि.सं. २०७२ साल माघ महिनाबाट सञ्चालनमा आएको भएपनि हालै मात्र औपचारिक रुपमा शुभारम्भ भएको बस्नेत गाई भैंसी फार्ममा अहिले गाई र भैसी गरी ५० वटा रहेका छन् । सञ्चालक बस्नेतले जापानमा काम गर्दाको अनुभवलाई लिएर फार्म सञ्चालन गरेको बताए ।  मुर्रा, हरियाणा, जातका भैसी र होल्टोन र जर्सि गाई समेत फममा रहेका छन् ।  ४० वटा उन्नत भैसी भारतबाट ल्याइएको हो छ ।  सञ्चालक बस्नेत भन्छन्–‘विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरौ भनेर फर्म स्थपाना गरेका हौं ।’ अहिले ६ जनाले प्रत्यक्ष

डेढ अर्व खर्चमा बन्ने भयो नेपालकै नमुना सडक

Image
कृष्ण खनाल बुटवल, मंसिर । विचमा नहर, छेऊ छाऊमा फोरलेन पक्की सडक,नहर छउमै हरियाली वातावरण, मंगलबार  पुर्व अर्थमन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु प्रसाद पौडेलले शिलन्यास गरेको बुटवल वेलबास–बेथरी सडकको परिकल्पना हो यो । निर्माणको ठेक्का सम्झौता भएको यो सडक नेपालकै नमुना सडकको रुपमा विकास गर्ने गरी योजना बनाइएको छ ।  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई नहरको पानीमा  मोटरबोट तथा ढुङ्गामार्फत बुटवल बेलबास हुदै  पाल्पाको नुवाकोट सम्म पु¥याउने गरी दिर्घकालिन योजनाका साथ अगाडी बढाइएको यो सडकको समयमा नै सम्झौता अनुसार काम भए अवको तिन बर्षमा पुरा हुने छ ।  दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ । नेपालका अन्य स्थानमा यस्तो प्रकृतिको सडक निर्माण नभएको सन्र्दभमा नेपालकै नमुना सडकको रुपमा यो सडकलाई लिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी बताउछन् ।  नेपालकै नमुना सडकको रुपमा लिइएको बुटवल उपमहानगरपालिका–१४ बेलबास देखि बेथरी सम्म  पुग्ने २१. ३८ किलोमिटर सडक  यस्तो प्रकृतिको सडक ह

यो, नगर हो नगर होईन

Image
कृष्ण खनाल बुटवल, कात्तिक । वि.स.२०७१ मंसिर १६ गते सम्म बुटवल नगरपालिका थियो ।  नगरपालिकाबाट उप–महानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका सोही दिन नेपाल सरकारबाट घोषणा भएको थियो। बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा साविकका सेमलाल र मोतिपुर गाविसलाई गाभिएको थियो । वि.स. २०१६ सालमा स्थापना भएको नगर पञ्चायत अहिले उपमहानगरपालिका सम्म पुगेको छ ।  तर  नयाँ गाभिएका गाविसमा विकास निर्माणका गतिविधिहरु सुस्त भएको स्थानियहरुको गुनासो रहेको छ ।  बुटवल–२१ वडा समितिका वडा नागरिक मञ्चका  संयोजक राजु गौडेल भन्छन्–‘उपमहानगरपालिका भईयो तर नगर पालिका हो की ‘नगर’ पालिका हो खुट्याउनै अफ्ठारो छ ।’ उनका अनुसार नयाँ थपीएका वडाहरु १६, १७, १८, १९, २० २१ साविकका मोतिपुर र सेमलार गाविसमा पर्दछन् ।  अन्य नगरपालिकाका विभिन्न स्थानहरुका गल्ली गल्लीका समेत बाटो कालेपत्रो हुँदा सडकमा गुडेका तिनै गाडीको कारण धुलो हिलोले मुख थुनेर बस्नुपर्ने बाध्याता रहेको  नागरिक वडा मञ्च बुटवल–२१का संयोजक गौडेल बताउछन् । विकास निर्माणको अन्य स्थानमा प्रथमिकिरण पाउदा नयाँ गाभीएका गाविसमा रहेक

सन्र्दभः विश्व सौचालय दिवस सार्वजनिक सौचालय आमा समुहको कार्यालय !!

Image
कृष्ण खनाल   बुटवल, मंसिर ।  सार्वजनिक सौचालय सौचको लागि प्रयोग हुनुपर्ने हो, तर  बुटवलको पुरानो बस पार्कमा रहेको सार्वजनिक सौचालय मासु पसल हुदै अहिले टोल विकास समितिको कार्यालयमा परिणत भएको छ । बुटवल उपमहानगरपालिकामा सार्वजनिक सौचालयको अभाव भएको बेला पहिला प्रयोगमा आएको सार्वनजिक सौचालय अहिले अघोषित रुपमा टोल विकास संस्था र आमा समुहको ‘कब्जामा’ रहेको छ ।  केही बर्ष पहिलो बुटवल उपमहानगरपालिको संरक्षकत्वमा रहेको  बुटवल–८ पुरानो बसपार्कमा रहेको सार्वजनिक सौचालयमा केही समय पहिला मासु पसल सञ्चालन गरिएको थियो । अहिले मासु पसललाई हटाएर‘माईती टोल विकास संस्था र माईती टोल आमा समुहको काार्यलय स्थापना भएको छ । पुरानो सार्वजानिक सौचालयको ‘बोर्ड’ मेटाएर  टोल विकास समिति र आमा समुहको भवनको बोड राखिएको छ । तर बुटवल उपमहानगरपालिकाले भने चासो देखाएको छैन ।  करिव ३ बर्ष पहिला ११ लाख २५ हजार रुपैयाँ मा बुटवल–४मा रहेको मणिमुकुन्द सेन उद्यान  फुलबारीमा राखिएको घुम्ती सौचालय पुर्णरुपमा प्रयोगमा छैन । वि.स. २०६९ असार १४ गते सम्झौता गरी नगरपालिकाको ७ लाख ५० हजार र मणिमुकुन्द सेन उद्यान को ३ लाख ७

करोडौंको विकास गर्ने नगर ‘प्रयोगशाला विहिन’

Image
कृष्ण खनाल बुटवल, कत्तिक ।  बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष–२०७३÷०७४ मा  कुल ६१ करोड ३९ लाख २७ हजार २ सय ९ रुपैयाँ खर्च गर्ने गरी बार्षिक बजेट पुस्तिका तयार गरेको छ । गत बर्ष आर्थिक बर्ष २०७२÷०७३ मा ५९ करोड ६८ लाख ४४ हजार ९ सय ५० रुपैया खर्च गरेको थियो ।  चालु आर्थिक बर्षमा सार्वजनिक गरेको बार्षिक बजेट पुस्तिका अनुसार पूर्वाधार÷प्रबद्र्धनात्मक कार्यक्रमका लागि गत बर्षको बाँकी ७ करोड ८७ लाख १३हजार २ सय ९ रुपैया, पुर्वाधार विकास कार्यक्रम  शिर्षक अन्र्तगत  ४ करोड ७४ लाख र  प्रबद्र्धनात्मक कार्यक्रममा ३ करोड १३ लाख १ ३ हजार २ सय ९ रुपैयाँ गरी कुल पूर्वाधार÷प्रबद्र्धनात्मक कार्यमा ७ करोड,८७ लाख १३ हजार २ सय ९ रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।  यसरी खर्च गरिने विकास निर्माणका कार्यहरुको अनिवार्यरुपमा प्रयोगशालामा परिक्षण गरेपछि मात्र निर्माण सम्पन्न भएको भनि बुटवल उपमहानगरपालिकाले प्रमाण पत्र वा ‘निर्माण सम्पन्न’को कागज दिने गर्दछ ।  खासगरी पुर्वाधार निर्माण अन्र्तगत सडक, पुल, कल्र्भट तथा अन्य पुलेसो निर्माणको गुणस्तरियताको विषयमा प्रयोगशालामा परिक्षण गरेपछि मात्र बजेट