सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले
कृष्ण खनाल बुटवल, १५ असार । ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ । केही समय पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको छ । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम केन्द्रको रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका छन् । रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार अहिले सम्म करिव ३५ लाख रुपैया खर्च भएको छ । जसमा ७ लाख ३० हजार रुपैया