यो, नगर हो नगर होईन

कृष्ण खनाल
बुटवल, कात्तिक ।

वि.स.२०७१ मंसिर १६ गते सम्म बुटवल नगरपालिका थियो ।  नगरपालिकाबाट उप–महानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका सोही दिन नेपाल सरकारबाट घोषणा भएको थियो। बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा साविकका सेमलाल र मोतिपुर गाविसलाई गाभिएको थियो । वि.स. २०१६ सालमा स्थापना भएको नगर पञ्चायत अहिले उपमहानगरपालिका सम्म पुगेको छ ।  तर  नयाँ गाभिएका गाविसमा विकास निर्माणका गतिविधिहरु सुस्त भएको स्थानियहरुको गुनासो रहेको छ । 
बुटवल–२१ वडा समितिका वडा नागरिक मञ्चका  संयोजक राजु गौडेल भन्छन्–‘उपमहानगरपालिका भईयो तर नगर पालिका हो की ‘नगर’ पालिका हो खुट्याउनै अफ्ठारो छ ।’ उनका अनुसार नयाँ थपीएका वडाहरु १६, १७, १८, १९, २० २१ साविकका मोतिपुर र सेमलार गाविसमा पर्दछन् । 
अन्य नगरपालिकाका विभिन्न स्थानहरुका गल्ली गल्लीका समेत बाटो कालेपत्रो हुँदा सडकमा गुडेका तिनै गाडीको कारण धुलो हिलोले मुख थुनेर बस्नुपर्ने बाध्याता रहेको  नागरिक वडा मञ्च बुटवल–२१का संयोजक गौडेल बताउछन् । विकास निर्माणको अन्य स्थानमा प्रथमिकिरण पाउदा नयाँ गाभीएका गाविसमा रहेका वडाहरुमा ठोस विकास निर्माणको काम अझै हुन सकेको छै । 
बुटवल उप–महानगरमा गाभिएको दुई बर्ष वित्दा समेत सेमलार र मोतिपुरवासीहरुले नगवासी भएको वास्तविक अनुभव गर्नै पाएका छैनन् । 
बुटवल नगरपालिकाबाट उपमहानरपालिका भएको करिव २ बर्ष भन्दा पढि भैसक्यो । भौगोलीक दुरीका हिसावले पनि टाढा रहेको सेमलार र मोतिपुर क्षेत्रमा अहिले पनि  स्थानियहरुले ठोस विकासको अनुभव गर्न पाएका छैनन् । 
पहिलागाविस हुँदा गरिएको विकास भन्दा अहिले उप–महानगरपालिका भएपनि थप विकास निर्माणका कामले तिब्र गती लिन नसकेकेको बताउँछन् । सामन्य विकास निर्माणको पाटोमा पनि बर्षौ सम्म पुरा नहुने आधार भुत आवश्यकताहरु सडक, सडक वत्ती, ढल निकास तथा निर्माण सम्पन्न भएको बाटोलाई कालेपत्रो गर्न तर्फ पनि  उपमहानगरपालिकाले ठोस कदम अगाडी नबढाएको स्थानियहरुको गुनासो रहेको छ ।
पानी,विजुली दिइएन्

पहिला गाविस हुँदा नयाँ व्लगबाट निर्माण भएका घरहरुमा समेत पानी, विजुली तथा टेलिफोन जडानको लागि सीफारिस गर्ने  गरेको भएपनि अहिले उपमहानगरापालिका भएपनि नयाँ ब्लगबाट निर्माण गरिएका घरमा पानी तथा विजुलीको सिफारिस नपाएको बुटवल–१७ का स्थानिय राम खड्का बताउछन् । उनी भन्छन्–‘घरमा पानी विजुली छैन, जडानको लागि सिफारिस पनि पाइएको छैन, विकास कुरा त परै जाओस् ।’ नेपाली टेलिकमका ल्याडलाईन टेलिफोन जडानको लागि समेत थप समस्या भएको  उनको गुनासो रहेको छ । विद्युतको मिटर समेत नपाउँदा स्थानियहरु अन्य मिटर जोडीएको घरबाट महङ्गदरमा विजुली  ल्याएर वाल्न बाध्य छन् । 
नगरपालिका भित्र नगर भाडादर छैन
उपमहानगरपालिका भएको दुई बर्ष वित्दा समेत बुटवलको सेमलार, मोतिपुर क्षेत्रका विभिन्न वडामा बस्ने स्थानियहरुले  नगरयातायातको सुविधा लिन पाएका छैनन् । अन्य स्थान फार्साटिकर, मानपकडी लगायतका स्थानबाट आउने सार्वजनिक यातायातका साधानहरु  प्रयोग गर्दै आएका भने पनि त्यस्को प्रायाप्तता छैन ।
 स्थानियका अनुसार नगरपालिका भित्र रहे पनि नगरयातायातको सुविधा छैन भने नगरमा लाग्ने भाडादर भन्दा बढि यातायात व्यवसायीहरुले लिदै आएका छन् । सामान्य तया बुटवल उपमहानगरपालिकामा पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालनमा आएको माईक्रोले १५ रुपैया र आरक्षण सिटमा १० रुपैयाँ प्रतिव्याक्ति लिदै आएको छ । तर मोतिपुर, समेलारबाट आउने सार्ववनिक सवारी साधानका यातायातले २५ देखि ३० रुपैयाँ सम्म लिने गरेको स्थानिय बताउछन् । 
मोतिपुर र सेमलारको लागि छुट्टै यातायातको साधानको व्यवस्थापन हुनुपर्ने र त्यसको भाडादर नगरक्षेत्रमा जस्तै निर्धारण हुनुपर्ने उनीहरुको माग रहेको छ । 
नगरपालिकामा कुल जनसंख्या १ लाख ८ हजार ७ सय ५५, स्थायी जनसंख्या ७० हजार २ सय ५६ तथा विभिन्न पेसा व्यवसाय र अध्ययन कार्यमा बाहिरबाट आई बसोबास गर्नेको संख्या ३८ हजार ४ सय ९९ रहेको राष्ट्रिय जनगणना २०५८मा उल्लेख छ । बुटवल क्षेत्रमा जनसंख्या वृद्धिदर ६ दशमलव १ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभाले जनाएको छ । नगरपालिकाको क्षेत्रफल ७ हजार ९ सय ५३ हेक्टर, बसोवास क्षेत्र २ सय ५० हेक्टर, कृषि क्षेत्र ९ सय हेक्टर, बजार क्षेत्र २ सय हेक्टर, वन क्षेत्र ५ हजार ५ सय ६७ हेक्टर र अन्य १ हजार ३५ हेक्टर छ ।
बुटवल पश्चिममा सैनामैना  नगरपालिका  र पुर्वमा बुटवल नगरपालिकाको विचमा रहेका सेमलार र मोतिपुर गाविस कुनै एकमा गाभिनुको विकल्प नभएको कारण बुटवल नगरतर्फ गाभिएको हो । अहिले गाभिएको मोतिपुरमा गाविसमा  नेपालको जनगणना  २०६८ अनुसार कुल घर धुरीको संख्या २ हजार २ सय ५९रहेको छ । कुल जनसंख्या १० हजार १ सय ९८ जना रहेका छन ।  जसमा पुरुषको संख्या  ५ हजार ८ सय २३ जना र महिलाको संख्या  ५ हजार ३ सय ७५  जना रहेका छ ।त्यस्तै अर्को गाविस समेलारमा कुल घरधुरी संख्या  २ हजार १ सय ७६  रहेको छ । कुल जनसंख्या १० हजार ८२ रहेकोमा पुरुषको जनसंख्या ४ हजार ६ सय ५७ जना र महिलाको जनसंख्या ५ हजार ४ सय २५ रहेको छ ।
यता, बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामलाल श्रेष्ठले  विकासको मामिलामा सबै वडा तथा क्षेत्रमा कुनै पनि विभेद नगरिएको बताउछन् । उनी भन्छन्–‘सबै क्षेत्रका समान विकासका योजनाहरु अगाडी बढाउने हो, नयाँ थपीएका वडा भएको कारण आधारभुत कार्य गर्न केही बाँकी रहेको हुन सक्छ, यसमा हाम्रो ध्यान जानेछ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै