Posts

Showing posts from July, 2015

मोवाईलबाटै खेतीपातीका कुरा

Image
कृष्ण खनाल बुटवल, १३ साउन । तपाईं विभिन्न किसिम बाली  रोप्दै हुनुहुन्छ ? वा बालीनालीमा रोग÷किरा लागेर सताईरहेको पो छ की ? या कुनै विज्ञसंग वालीनालीको विषयमा सल्लाह पो लिनु पर्ने हो ? यदि यी र यस्तै जिज्ञासा मन भित्र कुण्ठाईरहनुभएको छ भने तपाईको लागि खुसीको कुरा छ ।  यस्तै प्रकारको सल्लाह सुझाव लिनको लागि अव तपाईं न त कुनै सरकारी कार्यलयमा नै धानुपुपर्ने छ नत कुनै प्राविधिकलाई भेट्नु पर्ने छ । तपाईको मोवाईल नै काफि भैसकेको छ । तपाईको आफ्नै मोबाईलको  एक क्लीक मा नै यि र यस्ता जिज्ञासको समाधान पाउनुहुने छ ।  बढ्दो प्रविधिको विकास संगै नेपाल सरकार र अन्य विभिन्न संघ संस्थाहरुले किसानहरुलाई नै लक्षित गरेर विभिन्न नामका ‘कृषि एप’ हरु ल्याएका छन् । जुन एप तपाईंको मोवाईलमा ईनीष्टल गरेपछि सारा जानकारी घरमा नै बसिबसी थाहा पाउनुहुनेछ । जसको लागि साधारण मोवाईल होईन एन्ड्राईड भर्सनको (स्मार्ट फोन) मोवाईले भने आवश्यक पर्दछ ।  नेपाल सरकार कृषि सुचना व्यवस्थापन प्राणालीले हालै ‘एम किसान’ नामको कृषि एप लन्च गरेको छ भने त्यो भन्दा पहिला नै ‘स्मार्ट कृषि र किसान घर ’ नामका विभिन्न् कृषि एप सम

कर दाताहरुमा उत्साह बढ्यो एक बर्षमा २ अर्व ५० करोड राजश्व संकलन

Image
कृष्ण खनाल बुटवल, ११ साउन ।  पछिल्लो समयमा कर तिर्ने बा निको विकास हुदै गएको छ । व्याक्तिगत रुपमा पर्मानेट एकाउन्ट नम्बर लिनेहरुको संख्या समेत बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालय बुटवलमा अनुसार पछिल्लो समयमा  राष्ट्रलाई कर तिर्नुपर्दछ भन्ने बानीको विकास हुदै जाँदा पान नम्बर लिनेहरुको संख्या बढ्दै गएको  हो  । आन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख शरदचन्द्र पौडेलका  अनुसार गत आर्थिक बर्ष २०७१÷७२ मा  ३२ हजार ५ सय ८ जनाले पान नम्बर लिएका छन् । सोही अवधीमा २  मूल्य अभिवृद्धि कर सम्बन्धी काम गर्ने (मुअक) काम गर्ने ५ हजार ९ सय  जनाले पान नम्बर लिएका हुन । भने १२ हजार २  सय ३१  जनाले स्थायी लेखा नम्बर लिएका छन्  ।  जिल्ला गत विवरण अनुसार रुपन्देहीमा १३ हजार ७ सय,  नवलपरासीमा ४ हजार २ सय ४,  पाल्पामा ७ हजार ७ सय ९० र  गुल्मीमा ६ हजार ८ स ३२ जना ले पान  नम्बर लिएका हुन ।   रुपन्देही जिल्लाको बुटवल उपमहानगर पालिकाका सहित  ३ वटा नगरपालिका र ६ वटा गाविसहरु, नवलपरासीका  २ वटा नगरपालिका केही भाग र ५ गाविसहरु  र पाल्पा जिल्ला र गुल्मी जिल्लामा कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्या

अर्गानिक बस्तु बजारीकरणमा समस्या

Image
कृष्ण खनाल बुटवल, ९ साउन ।  बुटवल उप–महानगरपालिका–१७  (साविक सेमलार गाविस)का किसान रामनाथ माली अर्गानिक खेती प्राणलि सुरु गरेका करिव ३ बर्ष भएको छ । ३ विघा जग्गा भाडामा लिई २६ लाख रुपैँया बैंकबाट ऋण जुटाएर  अर्गानिक खेती प्रणालि अबलम्बन गरेका छन् ।  खेतीपातिको लागि प्रयोग हुने आर्गानिक जैविक मलको लागि उनले आफ्नै गाई फार्म समेत सञ्चालन  गरेका छन् । माटोलाई सुधार गरी पुर्णतया प्राङ्गगारिक बनाउनको लागि उले २० वटा गाईबाट आएको मल मुत्र त्यहि माटोमा नै मिलाउदै आएका छन् ।  कुनै पनि  विषादी प्रयोग  नगरी उत्पादन गरेको तरकारी  कृषिक माली ले बुटवल थोक बजारमा अन्य  किसानहरुले जस्तै गरी होलसेलमा  नै विक्री गर्दै आएका छन् । उनी भन्छन्–‘केही  समय पहिला बन्दागोभीले भाउ पाएन,२ रुपैयाँ किलोमा विचे,  १० कठ्ठा तिते करेला लगाएको थिए, नविकेपछि  ३, ४ रुपैया किलोमा बचे, अहिले पनि ११÷१२  १२ रुपैया मा अहिले पनि करेला बेच्दै आएको छु । ’ अर्गानिक बस्तु उत्पादन गरी स्वच्छ विषादीरहित तरकारी खुवाउने अभियानमा लागेका यी किसान प्रतिनीधी पात्र हुन ।  अर्गानिक तरकारीको सेवान गर्नुपर्दछ भन्ने मानसिकताको विकास

‘होमस्टे’ले बदलेको अमलटारी : –सेवा सत्कारबाटै बार्षिक १ करोड आम्दानी

Image
कृष्ण खनाल अमलटारी(नवलपरासी) २ साउन  । करिव ७ बर्ष पहिलानवलपरासी जिल्लाको अग्यौली गाविस–५(हाल कावासोती नगरपालिका–१४) बघखोरका स्थानियको दिनचर्या बन्य जन्तु धपाउँदैमा वित्थ्यो ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त गाउमा निकुञ्जबाट आउने विभिन्न जंगली जनाबारहरुबाट जहिले पनि हैरानी व्यहोर्ने गर्दथे ।  दिनमा बाँदरको र रातमा हात्ती, चितुवा र बाघ बस्तीमा बसेर कतिखेर हानी नोक्सानी गर्ने हुन् भन्ने चिन्ता थियो त्यहा स्थानियहरुलाई कयौ पटक स्थानिय पालेको घरपालुवा जनावार र बालिनाली जंगली जनावारको सिकार हुन पुगेको अतित अहिले पनि स्थानियको   मानस्पटलमा ताजै छ । यसरी पटक÷प टक जंगली  जनावारहरुको आक्रमण हुन थालेपछि स्थानियहरुले एउटा जुक्ति निकाले नजिकैको सामुदायिक वन संरक्षण गर्ने र गाउँमा आउने जंगली जनावारहरुलाई रोक्न करेन्ट सहितको तारबार  लगाउने । विस्तारै उनीहरुले घु्रद्रुक छाप सामुदायिक बन स्थापना गरे  । त्यहा वृक्षरोपण पनि गरेर हरियाली बनाउँदै गए । विगतका बर्षहरुमा तिनै जंगली जनावारहरुबाट हैरानी व्यहोर्ने गरेका स्थानियहरु  अहिले तिनै जंगली जनावारहरु देखाएर राम्रो आम

रुपन्देहीको खानेपानीमा करोडौंको लगानी

Image
कृष्ण खनाल बुटवल, ३१ असार ।   जिल्लामा सञ्चालित विभिन्न खानेपानीको लागि खनेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहबाट अघिल्लो आर्थिक बर्षमा करोडौ रुपैयाँ खर्च गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जीनियर देवी प्रसाद पाठकका अनुसार साना, तथा माझौला र ठुला खानेपानीको लागि  करोडौ रुपैया खर्च गरिएको छ । कयौ खानेपानी अयोजनाहरु पुरा भएका छन् भने कति खानेपानी योजना निर्माणाधीन अवस्तामा रहेका छन् ।  डिभिजन खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका अनुसार  ९ वपटा साना खानेपानी आयोजना हरु मध्ये एक वटा ९५प्रतिशत र अन्य सबै पुरा भएका छन् ।  मोतिपर खानेपानी, सैनामैना खानेपानी, सौ फर्साटिकर खानेपानी, केरवानी खानेपानी, तहेनुहवा खनेपानी, पर्सहवा खानेपानी, रुद्रपुर खानेपानी, मधवलिया खानेपानी आयोजना पुरा भएका छन् भने सैनामैना खानेपानी आयोजनाको ९५ प्रतिशत पुरा भएको छ ।  यि सबै खानेपानी आयेजानको लागि  ६ करोड ७५ लाख ९० हजार रुपैया खर्च भएको छ ।  उक्त कार्यालयको आयोजनामा २६ वटा मझौला  २६ वटा आयोजनामा २ वटा आयोजना बाहेक अन्य आयोजना पुरा भएका छन् । बासँगढी र तामनगर रा

रुपन्देहीका १९ हजार घर शौचालय विहिन

Image
कृष्ण खनाल बुटवल, ३१ असार ।  सन् २०१७ सम्म देशलाई खुला दिशा मुक्त घोषणा गर्ने अभियान चलिरहेको बेला रुपन्देही जिल्लालाई चालु आर्थिक बर्ष (०७३÷०७४) को पुस महिना भित्र नै खुला दिशा मुक्त जिल्ला घोषणा गरिने लक्ष्य निर्धारण गरिएको छ ।   नेपाल सरकारको लक्ष्य भन्दा एक बर्ष पहिला नै रुपन्देही जिल्लाका सबै घरहरुमा शौचालय निर्माण गरी खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गर्न लागिएको हो  । सोही लक्ष्य प्रप्तीको लागि  जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय  योगीकुटी रुपन्देहीले अभियानलाई तिब्रता दिइएको छ ।   आर्थिक बर्ष २०७२÷०७३ को अन्त्य सम्म २ वटा नगरपालिका र ३२ वटा गाउ विकास समितिलाई खुला दिशा मुक्त घोषणा भईसकेका छन् ।  अझै रुपन्देहीका १८ वटा गाविस, ३ वटा नगरपालिका र एक वटा उपमहानगर पालिका खुला दिशा मुक्त घोषणा हुन सकेका छैनन् । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय  बुटवल योगीकुटीका   ईन्जीनियर धुब्र धितालका अनुसार रुपन्देही जिल्लाको समग्र ८८.३८ प्रतिशत घरमा शौचालय बनेको छ भने अझै ११.६२६३ प्रतिशत जनताले सौचालय बनाएका छैन्न ।  इन्जिीनियर धितालका अनुसार रुपन्देहीमा १ लाख ६३ हजार

परिश्रमी किसानलाई अनुदान

Image
कृष्ण खनाल बुटवल,३१  असार ।    पैसा कमाउनको लागि विदेश नै जानु पर्छ भन्ने छैन । जसको लागि स्वदेशमा  नै आफ्नो जग्गा नभएर कसैको जग्गा भाडामा लिएर हुन्छ वा आफ्नै खेत बारीलाई कृृषि पेशा अलम्बन गरी  रुपन्देहीका हजारौ किसानहरुले राम्रो आम्दानी गरेका छन् । उनीहरुले आफ्नो आम्दानीको पाटोलाई बलियो मात्र बनाएका छैन्न  जिल्ला कृषि विकास कार्यालयबाट अनुदान स्वरुप उपकरण खरिद, विउ विजन खरिद लगायत विभिन्न शिर्षकमा अनुदान समेत पाउने गरेका छन् । यस आर्थिक बर्षको अन्त्य सम्म रुपन्देहीका जिल्ला कृषि विकास कार्यालयबाट एकिकृत वाली विकास तथा व्यस्थापन कार्याक्रम अन्र्तगत १२ वटा कृषिक समहु तथा कृषिकहरुले पावर टेलर मेसिन प्रति पावर टेलर ८० हजार रुपैया अनुदान भएका छन् । सोही कार्याक्रम अन्र्तगत १ वटा कृषक समुहले रोटाभेटर मिशिन, १ वटा उपभोक्ता समुहले थे्रेसर मेसिन, सिड ड्रिल मेशिन एक वटा, रिपर मेशिन १ वटा धान दाउने थ्रेसर मेसिन १ वटाको लागि अनुदान  पाएका छन् ।  जसमा  सिड ड्रिल मेसिनको लागि ६५ हजार, रिपरको लागि ६५ हजार र धान दाउने थ्रेसरको लागि पनि ६५ हजार अनुदान  किसानले प्राप्त गरेका हुन । युवा लक्षित

बुटवल उपमहानगरको: महत्वकांक्षी ‘मानवताको सहर’ बनाउने योजना

Image
कृष्ण खनाल बुटवल, २९ असार । रुपन्देहीको मोतिपुर र सेमलार गाविस गाभिएर बुटवल उप–महानगरपालिका भएसंगै उक्त क्षेत्र लगायत अन्य कयौं स्थानमा भौतिक पुर्वाधार निर्माण तत्काल गर्नुपर्ने आवश्यक छ । गाभिएका गाविसहरु लगायत अन्य स्थानका नागरिकहरुले ‘भौतिक पुर्वाधार सम्पन्न नगर’को रुपमा बुटवल उपमहानगर पालिकालाई विकास गर्नुपर्ने धारणा अगाडी ल्याईरहेको परिपेक्ष्यमा बुटवल उप–महानरपालिकाले भने ‘छुटै बजेट बिना नै’ ९ वटा सभ्यताको सुचांक सहित ‘‘मानवताको सहरः बुटवल उपमहानगर’’ को योजना अगाडी बढाएको छ ।   जुन योजनालाई महोत्वकांक्षि योजनाको रुपमा रहेको टिप्पणी समेत हुन थालेका छन् ।  नगरको आम्दानी सिमित भएको र नगरलेथेग्न नसक्ने भन्दै ८१  वटा साना–ठुला आयोजना बुटवल उप–महानगर पालिकाले आफुले थेग्न नसक्ने भन्दै  नेपाल सरकारका विभिन्न मन्त्रालय बजेट निकास गर्नको लागि अनुरोध गरेको छ ।   बजेट सिमितताको कारण भौतिक पुर्वाधारको काम अगाडी बढाउन नसकिरहेको  समयमा आर्थिक बर्ष ०७२÷०७३ को बार्षिक बजेट पुस्तीकामा दिर्घकालिन दृष्टिकोण अन्र्तगत  वालमैत्री शासनयुक्त शहर, पूर्ण खोपयुक्त शहर, पूर्ण साक्षरता शहर, वातावरण

कर्मचारीलाई ट्रयालमा मस्तीः सेबाग्राहीलाई सास्ती

Image
कृष्ण खनाल बुटवल, २८  असार ।  बुटवल–१५ बेलबासका तुलसी खनाल आईतबार दिउँसो करिव १ः२४ बजे मोटरसाईकलको राजश्व बुझाउनको लागि यातायात व्यवस्था कार्यालय सवारी चालक  अनुमती पत्र लुम्बिनी अञ्चल कार्यालय बुटवल–१० सुख्खानगरमा गए । राजश्व बुझाउने झ्यालको  नजिकै सुचना टाँसीएको थियो ‘ राजश्वः आईतबार देखि विहिवार सम्म १० बजे  देखि २ बजे सम्म, सुक्रबार १० देखि १२ बजे सम्म’ तर  दिउसो करिव १  बजेर २४ मिनेट जाँदा झ्यालमा पुगेका उनलाई कर्मचारीले राजश्व बुझन मानेन् ।  राजश्व बुझ्नको लागि भनेर बसेका कर्मचारीले भने–‘यतिखेर आउने, बुझीदैन तपाईको जानुस् ।’ ‘बाहिर  सूचनामा दिउँसो २ बजे सम्म लेखेको छ है किन बुझ्ने ? भनेर खनाले  प्रश्न गर्दा  कर्मचारीले उल्टै प्रतिबाद गर्दैै भने–‘बढि नबोल्नुस, अरुको पनि लिएको छैन ।’  खनाल मात्र होईन चितवनको पुलचोक नारायणगढबाट राजश्व बुझाउनको लागि  दिउसो करिव १ः ३० बजे कार्यालयमा गएका उत्तम थापालाई पनि कर्मचारीले काम गर्ने मान्छे नभएको भन्दै  फिर्ता पढाईदिए । उनी जस्तै नवलपरासीबाट आएका कमल बहादर शोमै को पानि कागजपत्र रुजू गरेपनि राजश्व बुझ्न मानेन्न । उनी भन्दै थिए–‘२ बजे

जग्गा भाडामा लिएर कृषि प्रणाली अपनाउने बढे

Image
कृष्ण खनाल बुटवल, २३ असार ।  ‘जग्गा छैन, के कृषिमा लाग्ने हो खै’ भन्नेहरुलागि रुपन्देहीका केही उर्जाशिल किसानहरुले जग्गा भाडामा लिएर कृषि प्राणाली अबलम्बन गरी मनग्य आम्दानी गरेर गतिलो उदाहरण पेश गरेका छन् ।  खेरा गएको बाँजो जग्गालाई खनजोत गरी हराभरा बनाएर ति किसानहरुले आफ्नो आम्दानीको पहिलो स्रोतको रुपमा कृषि प्रणालीलाई बनाएका छन् । आफ्नो नीजि जग्गा नभएपनि रुपन्देहीका विभिन्न स्थानहरुमा किसानहरुले सयौँ विघा ग्गा भाडा(लिज)मा लिएर कृषि प्राणाली अपनाईरहेका हुन । किसानहरुले यसरी भाडमा लिएको जग्गामा धान खेती, कुखुरा पालन, माछा पालन, पशु–पंक्षि पालन, तरकारी खेती लगायत विभिन्न प्रकृतीका  कृषि प्रणाली अपनाएका छन् ।  रुपन्देहीको सिक्टहन गाविसमा स्थानिय सिक्टहन माविको १८ विघ जग्गा (लिज)मा लिएर सामुहिक बहुउदेश्यि कृषि उत्पादन तथा वितरण समुहले तरकारी खेती, माछा पालन, धान खेती, मौरी पालन, कुखुरा पालन, लगायतका विभिन्न कृषि जन्य काम गरेको समुहका अध्यक्ष प्रकाश खनाल बताउँछन् ।   सिक्टहन–७ मा बाँझो रहेको जमिन अहिले भने कृषि  समुहले हराभरा बनाएको छ । सिक्टन माबिको १८ बिघा र नीजी व्याक्तिको ६

टोलबासी जुटे ‘एक चुलो एक झोला अभियानमा’

Image
कृष्ण खनाल बुटवल, १९ असार ।  करिव १६ बर्È पहिला ‘उपभोक्ता हक हित मञ्चको अभियानमा  ‘बुटवल नगरपालिका लाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने’ थला परेपपिछ  बुटवलको एक टोल समितिले आफै टोललाई प्लाष्टिक मुक्त गर्ने अभियान सुरु गरेको छ । स्थानिय निकायको अभाव र अभियान सञ्चालन गर्ने निकाय जिम्मेबार नहुदा सार्थकता पाउन नसकेको बुटवललाई प्लाष्टिक मुक्त गराउने अभियानलाई केही हद सम्म यसले टेवा पु¥याउने देखिएको छ ।  बुटवल उपमहानगर पालिका वडा नम्बर –११ तिलोत्तमा टोलका स्थानियहरुले ‘एक चुलो एक फाईबर झेला’ अभियान सुरु गरेका छन् ।  उपभोक्ता हकहित संरÔण मञ्चका अध्यÔ नर्वु लामाको संयोजकत्वमा आज भन्दा करिव १६ बर्ष पहिलातत्कालिन नगर प्रमुख मेयर भोजप्रसाद श्रेष्ठका अग्रसरतमा  बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा सुरु भएको थियो  तर अहिलेसम्म पनि उक्त अभियानको टुङ्गो छैन ।  प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्नस्थानहरुमा त्यतिबेला सयौ संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो ।  नगरमा प्लाष्टिकको प्रयोग जथाभावि गर्दा नगरनै प्रदुÈित हुन थालेपछि वि.स. २०५६ साल

‘आहाल’ बन्यो फोर लेन सडक

Image
कृष्ण खनाल बुटवल, १९ असार ।  नमूना सडकको रूपमा निर्माणाधीन बुटवलको फोर लेन सडक ‘हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे’ हुने कुरा सामान्य होईन । निर्माणधीन रूपमा रहेको केही अंश निर्माण पुरा भएपनि त्यसको उचित सम्बद्र्धन गर्न नसक्दा स्थानीयहरूले बर्षातको बेला झनै सास्ती व्यहोर्नु परेको छ ।  कारण ढलको पानी । सडक निर्माण गर्दा ढललाई उचित किसिमले सफाई नै नगरि ‘स्ल्याब’ राखिएको कारण बुटवलका विभिन्न स्थानमा अहिले ढलमय बनेका छन् । सडकको पानी तर्काउनको लागि भनेर निर्माण गरिएको ढल थुनिँदा ढलको सबै फोहर सडकमा आउँदा कतिपय स्थानमा दुर्गन्ध समेत फैलिएको छ ।  बुटवलको ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौरहा लगायतका स्थानहरूमा निर्माण गरिएको ढल सफाई नगरिँदा ढलको पानी सडकबाट नै बग्ने गरेको छ । जसको कारण एकातर्फ सडक प्रयोग गर्ने पैदल यात्री तथा सवारी चालकहरूले सास्ती व्यहोर्नु परेको छ भने अर्को तर्फ तिब्र गतिमा सडकबाटै बग्ने ढलको पानीले असर पार्ने गरेको कारण सडकको आयु समेत घट्ने गरेको सरोकारवालाहरूले बताएका छन् । शनिवार बुटवलको मिलनचोकबाट ढल थुनिएर बाटोबाटै ढल बग्दा राजमार्ग चौरहा सम्म पनि दु

आधा असारसम्म १६ प्रतिशत रोपाईं

Image
कृष्ण खनाल बुटवल, १६ असार ।  असार महिनाको मध्य समय किसानहरुको धान खेतमा पानी टल्पलाउने,झम् झम् बर्षा हुने महिना हो ।  किसानहरुले खेतको काम सकेर धुलो हिलो पखाली असार १५ मा दही चिउरा खाएर  रमाईलो गर्छन्,  यो बर्ष खेतबारीमा पस्न नपरोस भनेर धोई पखाली गरी रमाईलो गरी आराम गर्ने समयमा रुपन्देही लगायत यस क्षेत्रका किसानहरुको आँखा आकाशमा हेर्देमा जाने गरेको छ । सिंचाहीको लागि सहज पहुँच नपुेका किसानहरुले पछिल्लो समयमा पानी कतिखेर पर्छ र धान रोपौला भनेर कुरेर बसेका छन् ।  मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिईन्छ तर  पर्याप्त पानी नपर्दा आकाशे पानीमा भर पर्ने किसानहरु चिन्तित भएका हुन । रुपन्देहीका अझै अधिकांश किसानले अझै धान रोप्न पाएका छैनन । दुई साताअघि सामान्य समयभन्दा एक साता ढिलो पूर्वको ताप्लेजुङबाट प्रवेश भएको मनसुन अझै मुलुकभर सक्रिय भइसकेको छैन । ९ असारमै मनसुन देशभरि फैलिए पनि राम्रोसँग वर्षा हुन सकेको छैन । जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार अहिले रुपन्देहीमा मात्र १६ प्रतिशत रोपाई सम्पन्न भएको छ । कुनै स्थानमा कि