चार बर्षमा १ सय ६६ को मृत्यु, ८ सय ८८ संक्रमित


सन्र्दभः २९ औं विश्व एड्स दिवस

कृष्ण खनाल
बुटवल, मंसिर । 
‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने मुल नाराका साथ विहिवार १९ औं विश्व एड्स  दिवस मनाई रहँदा पछिल्लो ४ बर्षमा रुपन्देहीमा मात्रै १ सय ६६  जनाले एचआईभी कै कारण ज्यान गुमाएका छन् । 
पछिल्लो समयमा एच्.आई.को जोखिम कम हुदै गएको भएपनि नयाँ एचआईभी संक्रमितहरुको संख्या केही नगन्य मात्राम समेत बढ्दै गएको  पाइएको छ । पछिल्लो समयमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको पहलमा गरिएका जनचेतनामुलक कार्यक्रमहरुले एचआईभी संक्रमण दरलाई न्युन गर्न सकेको छैन । 
विभिन्न लापरवाहीको कारण व्याक्ति एच्आईभी संक्रमि हुने गरेको छ । तर पनि एचआईभी संक्रमित भएका व्याक्तिहरुले नियमित रुपमा एआरबी औषधी नियमति रुपमा खाएमा संक्रमति व्याक्तिबाट अन्य व्याक्तिमा एच आईभी सर्ने संभावना करिव ९६ प्रतिशत कम रहेको पाइएको हो ।
 विश्व स्वाथ्य संगठनले गरेको परिक्षणको आधारमा एआरबी सेवन कर्ताहरुबाट अन्य व्याक्तिमा  सर्ने संभावना न्युन रहेको एनएफए बुटवलका कार्यक्रम निर्देशक धर्मराज भट्राई बताउछन् । लुम्बिनी अञ्चल अस्पताल हाताभित्र रहेको एचआईभी रोकथाम युनिटमा कार्यरत भट्राईले जानकारी दिए । 
उनका अनुसार एच आईभी पोजिटीभ कुनै पनि व्याक्तिले नियमित रुपम एआबी औषधी सेवन गर्नुपर्दछ, जसले गर्दा अन्य व्याक्तिमा सर्ने दरमा न्युन हुनुको साथै  शंक्रमीतको आयु समेत लामो बताउने काम गर्दछ । 
 राष्ट्रिय  एड्स तथा यौन रोग महाशाखाका अनुसार नेपालमा करिव ३९ हजार ३ सय ९७ जना एच आईभी भी संक्रमित रहेका छन् । भने प्रमाणीत भैसकेका एचआईभी संक्रमितहरुको संख्या २८ हजार ८ सय ६५ जना रहेका छन् । भने औषधी सेवनकर्ताहरु १२ हजार ४ सय ४६ जना रहेका छन् । भने अझै १६ हजार ४ सय १९ जना संक्रमितिहरुले औषधी सेवनबाट बञ्चित रहेका छन् । 
रुपन्देहीमा एआटी  सेवा केन्द्र बुटवलका अनुसार रुपन्देहीमा ८ सय ८८ जना एआरटी एचआईभी संक्रमतिहरु रहेका छन् ।  एआरटी औषधी सेवन गर्ने  पुरुषहरुको संख्या ४ सय १८ जना, महिला ४ सय ७ जना र तेस्रो लिंगीको संख्या  ५ जना रहेका छन् । बच्चा संख्या ३७ जना र  बालिकाको संख्या २७ जना रहेका छन् । 
रुपन्देहीका मात्रै एचआईभी संक्रमितहरुको संख्या ३ सय ३७ जना पुरुष, ३ सय १९ जना महिला र तेस्रो लिंगीको संख्या ४ जना रहेका छ । 

६८ जना वालवालिकाहरुले मासिक १ हजार रुपैयाँको दरले  सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।  सन् १०१२ देखि सन् २०१६ सम्म ४ बर्षमा रुपन्देहीमा १ सय ६६ जना एच आईभी संक्रमितको  निधन समेत भैसकेको छ ।  
एचआईभी सम्बन्धी काम गर्ने गैरसरकारी संस्था आस्था समुह बुटवलका अध्यक्ष केशव पुनमगरका अनुसार पछिल्लो समयमा एचआईभी संक्रमितहरुलाई हेर्ने दृष्टि
कोणमा विस्तारै परिर्वतन आउदै गएको छ । उनी भन्छन्–‘पहिला जस्तो छैन, अहिले विस्तारै परिर्वतन हुदै गएको छ ।’
उनका अनुसार पहिला एचआईभी संक्रमित व्याक्तिले दैनिक ५२ वटा सम्म ट्याव्लेट खानुपर्ने  बाध्यता थियो, हाल आएर एउटा मात्र ट्याब्लेट खाए पुग्ने गरी एड्भान्स औषधी(एआरबी) बजारमा उपलब्ध भएको छ । जुन औषधी निःशुल्क रुपमा पाईन्छ । 
शंक्रमित आमाबाट जन्मीएको बच्चामा विशेष चिकित्सको सल्लाह बमोजिम औषधी र ख्याल गर्न सकेमा पुर्ण स्वथ्य  हुन्छ ।  संक्रमित आमाबाट जन्मीएको बच्चालाई  एचआईभी संक्रीत हुनबाट जोगाउनको लागि पीएटीसिटी पद्धती प्रयोग गरिन्छ । 
लुम्बिनी अञ्चल अस्पतालमा गत आर्थिक बर्ष २०७२÷०७३ मा ७ जना शंक्रमति आमाबाट स्वथ्य बच्चा जन्मीएको तथ्यांकमा पाइएको  छ ।
निकट भविश्यमा नै लुम्बिनी अञ्चल अस्पतालाई एचआईभी संक्रमित आमाबाट स्वाथ्य बच्चा जन्मीने संस्थाको रुपमा घोषणा गर्ने कार्यक्रम समेत तय गरिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकडर अधिकृत तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मी बताउछन् । उनी भन्छन्–‘एचआईभी संक्रमित आमाबाट ७ जना स्वथ्य बच्चाले जन्म लिईसकेको छ, जुन यसको प्रमाण हो ।’
नेपालमा पहिलो पटक चितनमा रहेको भरतपुर मेडिकल कलेजले यस्तो प्रकृतिको घोषणा गरिसकेको छ, भने निकट भविश्यमा एआटी सेवा लिनको लागि  भैरहवाको भीम अस्पतालले समेत प्रक्रिया अगाडी बढाएको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै