Posts

Showing posts from October, 2016

रुपन्देही डेंगुको उच्च जोखिममा, ७ बर्षमा ३ सय ४८ मा संक्रमण, ४ को मृत्यु

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार यो बर्ष ७ जनामा डेंगुको सक्रमण देखिएको छ ।  आर्थिक बर्ष २०६७÷०६८ साल देखि हाल सम्म ३ सय ४८  जनामा डेगुको सक्रमण देखिएको हो भने केही दिन यता २ जना विरामीमा डेगु देखिएको छ । शंक्रमित २ जना विरामीहरुको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपाचार भैरहेको छ ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाह भन्छन्–‘छिमेकि जिल्लाहरुमा डेगुंको शक्रमण देखिएको प्रमाणीत भएसंगै रुपन्देही जिल्ला पनि उच्च जोखिमा रहेको छ ।’जिल्ला जनस्वाथ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०६७÷०६८ देखि हाल सम्म कुल ३ सय ४८ जनामा डेंगु रोगको शंक्रमण देखिएको छ । जसबाट ४ जनाको मृत्यु समेत भएको छ ।  तथ्यांक अनुसार २०६७÷०६८ मा कुल २ सय ९० जनामा डेगु शक्रमण देखिएकोमा ४ जनाको ज्यान गएको थियो भने २०६८÷०६९मा कुल ५ जना ०६९÷७०मा २५ जना, ७०÷०७१मा १२ जना, ०७१÷०७२ मा ९

उपभोक्ताको रोजाई बन्यो माछाको मःम

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  बुटवलमाजारी तिहार महोत्सवमा अन्य स्टलहरुमा दर्शकहरुको उपस्थित त्यति सन्तोष जनक छैन । तर कृषि पेभिलियन अन्र्तगत पहिलो पटक राखिएको माछाको मःम उपभोक्ताहरुको रोजाई बन्न सफल भएको छ । पहिलो पटक मेलामा राखिएको  माछाको मःमको  परिकार बनाएर उपभोक्ताहरुलाई पु¥याउन सञ्चालकलाई हम्मे हम्मे परेको छ । सञ्चालक सन्तोष पौडेलले पहिलो पटक नयाँ परिकार भएको कारण उपभोक्ताहरुको आकर्षण बढि रहेको जानकारी दिए । उनले भने–‘माछाको मःम पु¥याउन नै हम्मेहम्मे परेको छ, हामी प्रयासरत रहेका छौं ।’  दैनिक  जिउदो माछा र माछाको मःम गरी करिव १६ हजार बराबरको कारोवार हुने गरको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने –‘हामीले विश्वास माछा तथा गाई फर्म संगको संमन्वयमा  जिउदो माछा मेला स्थलबाट विक्रि वितरण गर्दै आएको छौं । ’ जिउदो माछालाई प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि गर्दै आएको विश्वास माछा फर्मका सञ्चालक टंक प्रसाद ज्ञवालीले जानकारी दिए ।  रुपन्देहीको माछाको लागि प्रख्यात दयानगर गाविस–९ छपियामा १ हेक्टर(डेढविघा) क्षेत्रफलमा व्यवसायीक माछा पालन गरेका ज्ञवालीले मेलामा स्थानिय उत्पादनको रुप

मेलाको कृषि पेलियनले किसानलाई सिक्ने अवसर’

Image
हुमनाथ  न्यौपाने संयोजक, कृषि पेभिलियन तिहार महोत्सव–२०७३ बुटवलमा अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही र केन्द्रीय कार्यालयको संयुक्त आयोजानमा  तिहार महोत्सव–२०७३ चलिरहेको छ । तिहार महोत्सवमा छुट्टै पेभिलियनको रुपमा कृषि पेभिलियन पनि निर्माण गरिएको छ । मेलाका विविध विषय तथा कृषि पेभिलियनका विषयमा केन्द्रीत रहेर कृषि वार्तामा बुटवल टुडेकर्मी कृष्ण खनाल ले गरेको कुराकानी ।  कृषिमा कतिवटा स्टल रहेका छन् ।  –३२ वटा कस्तो कस्तो प्रकृतिका कृषिजन्य उत्पादन प्रदर्शनको लागि राखिएको छ रु  –विशेष गरेर अर्गानिक तरकारी, खाद्यान्न, फलपूmल राखिएको छ । यस्तै नौलो प्रयोगको रुपमा मेलामा पहिलो पटक माछाको मःम राखिएको छ । जुन उपभोक्ताको आकर्षणको केन्द्र बनेको छ । यस्तै केराको मःमः, केराको चिप्स, अचारलगायत पनि उपभोक्ताले मन पराउनुभएको छ । च्याउको मःम र जुम्लाको स्याऊ पनि राखिएको छ ।  कृषिमा उपभोक्ताहरुको प्रमुख आकर्षण केमा छ  ? – प्रमुख आकषणको रुपमा केराको मःम र माछाको मःम रहेको छ । किनभने यो मेलामा पहिलो पटक माछाको मःमः राखिएको कारण उपभोक्ताहरुको आकर्षण बढेको हो भन

तिहार महोत्सवको बाल उद्यानमा के के खेल्ने, के घुम्नेर?

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  अहिले बुटवलमा जारी तिहार महोत्सवमा वाल उद्यानमा पनि विगतका मेलाहरुमा भन्दा फरक फरक बस्तुहरु राखिएका छन् । ति सबै कुरा मेलामा जाने जो कोहीलाई पनि जानकारी नहुन सक्छ । तर विगता मेलाहरुमा भन्दा फरक केही मनोरञ्जनका साधानहरु राखिएका छन् । नेपालमै पहिलो पटक र्दुइ तल्ला भएको स्टीलले छाएको मौतका कुवा राखिएको छ । जुन यस क्षेत्रका लागि  नयाँ हो भने  विगतमा मेलाहरुमा एक साईडमा मात्र रेन्जर खेल राखिएकोमा अहिले दबै साईडमा खेल्न मिल्ने गरी रेन्जर पनि राखिएको छ ।  सोनी हरिष ईमजमेन्ट कम्पनी कम्पनी काठमाण्डौका हरिष भट्टलेका अनुसार  मेलामा रोटेपिङ्ग, नाउ, क्रस झुला, ब्रक डान्स, जादु, नागीन, बच्चाहरुकोलागि ३० वटा जति बच्चाहरुको , जम्मा ३८ वटा आईटम  राखिएको छ । मेलामा वाल उद्यानको सम्पूर्ण जिम्मा लिएका भट्ट भन्छन्–‘दर्शहरुले बढि मन जितेको युवा पुस्ताहरुले मन पराएको रेन्जर हो, पहिलो पटक हामीले ल्याएका छौ । मौतका कुवा पनि  आर्कषण कै केन्द्र छ ।’ उनी थप्छन्–‘बच्चाहरुको लागि स्वीमिङ्ग खेल पनि महत्वपूर्ण छ,जुन बुटवलमा पहिलो पटक ल्याएका हौं ।’ युवा युवतीहरुको लागि रोटे

फुर्सदको समय सदुपयोग गरी घरमै रोजगारी

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  खाली रहेको समयलाई सुदपयोग गर्ने हो भने दैनिक जिविको पार्जनको लागि अर्काको मुख ताक्नु पर्दैन । महिनाभरमा घरमै समयको सदुपयोग गरियो भने मनग्य नै आम्दानी गर्न सकिन्छ । सोही उदाहरण पेश गरेकी छिन् रुपन्देहीको सैनामैना–५ कुस्माकी स्थानिय परिया थरुले । कुस्मा चौकमा सानो पसल सञ्चालन गरेकरी थारुले पसल संग संगै स्थानिय खेरा गएको खर(बाबियो)बाट कलात्मक ढकिया निर्माण गरी राम्रो आम्दानी गरेकी छिन् । विहास साँझ घरको कामा व्यस्थ हुने उनले दिउसोको समया पसल(खोका)मा बसेको समयमा ढकिया बुन्दै आएकी छिन् । बनबाट बा बियो काट्ने देखि लिएर त्यसलाई सुकाउने, सानो ठुलो आकार विभाजन गर्ने र ढकिया बुन्ने सबै काम एक्लै गर्दै आएकी उनले ढकियालाई विभिन्न रङ्गमा रङ्गाउने काम समेत आफै गर्दै आएकी छिन्  ।उनी भन्छिन्–‘पसलमा ग्राहक नआएको बेला यसैमा भुल्ने गरेकी  छु ।’ बनमा खेरा गएको बाँबियोलाई काटेर घरमा सुकाएपछि ढकिया बुन्न सुरु गर्ने उनको भनाई रहेको छ । उनका अनुसार दैनिक एक वटा सम्म बुन्न सकिन्छ । सानो र ठुलो आकारमा गरी दुई प्रकारका ढकिया बुन्दै आएका छिन् उनले । सानो ढकियालाई स्थानिय बज

सिस्नो बेचर मासिक ८ लाख !, ७१ जना प्रत्यक्ष रोजजगार

Image
कृष्ण खनाल बुटवल, कत्तिक ।  गाउँघरमा खेरा गैरहेको सिस्नोलाई बेचेर दाङ्गका केही महिला उद्यमीहरुले राम्रो आम्दानी गरेका छन् । खेरा गएको सिस्नुलाई हस्तकलाको माध्यमबाट विभिन्न बस्तु निर्माण गरी स्वरोजगार बन्नुको साथै राम्रो आम्दानी गरेका हुन ।  बुटवलमा जारी तिहार महोत्सवमा सि स्नोबाट बनेका विभिन्न बस्तुको विक्रिका लागि आएकी प्रेम नि.श.अल्लो(पुवा)धागो तथा तयारी पोशाक उद्योगकी अध्यक्ष प्रेम कुमारी पुनका अनुसार सिस्नो प्रजातिको अल्लोबाट बनेका विभिन्न बस्तु उत्पादन गरी समुहले राम्रो आम्दानी गरेको हुन् । द्वन्द्वको समयमा गाउँबाट विस्तापित भई रोल्पाको राङ्गकोट गाविसबाट दाङ्ग झरेका पुन  परिवारले सुरु गरेको  सिस्नोलाई प्रशोधन गरी विभिन्न प्रकारका  हस्तकलाका सामाग्रीहरु विक्रि वितरण बाट मासिक ८ लाख रुपैयाँ सम्म आम्दानी गर्नेै गरेको अध्यक्ष प्रेम कुमारी पुनले जानकारी दिईन् । उनले उद्योगबाट आफुमात्र स्वरोजगार नभई अन्य  महिला उद्यमीहरुलाई रोजगार समेत दिन सफल भएको जानकारी दिईन् ।  २३ बर्ष सम्म शिक्षण पशामा सलंग्न भएकी पुन वि.स.२०५८ सालमा दाङ्ग जिल्ला झरेकी थिईन् । दाङ्ग झरेकी उनले विस्ता

मापदण्ड मिच्दै गाडी कुदाउँदा एकातिर बनाउँदै, अर्कोतिर भत्किदै

Image
कृष्ण खनाल   बुटवल, ७ कार्तिक । सडकमा मापदण्ड विपरीतका गाडी चल्दा सडकको आयु छोटिँदै गएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिँदा पिच भएका चिल्ला लोभलाग्दा सडक महिनादिनमै भत्किने गरेका छन् । यसको उदाह रण बुटवल बेलहिया व्यापारीक सडकको अवलोकन गरे पुग्दछ ।  निर्माणाधीन बुटवल–वेलहिया व्यापारिक सडकमा गुड्ने आधाभन्दा बढि यातायातका साधनहरूले ओभरलोड बोक्ने गरेको कारण सडक बिग्रीदै गएको हो । बुटवलदेखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाकासम्म अहिले फोरलेन सडक निर्माण भैरहेको छ । निर्माणाधिन सडकको केही खण्ड पुरा भएको भएपनि ओभरलोड बोक्ने गाडीको कारण सडक पहिला नै विग्रीएको बेलहिया बुटवल व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिला बहादुर भण्डारी बताउँछन् ।  उनी भन्छन्–‘ओभरलोडले सडकको आयु कसरी र कति क्षति गर्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ, जिल्ला प्रसासन सँग पनि यस विषयमा कुरा भएपनि अझै ओभरलोड बोक्ने गाडीहरू रोकीएका छैनन् ।’ परियोजानका ईन्जीनियर भण्डारीका अनुसार हाल वेलहिया–बुटवल सडकमा सुनौली भन्सार नाकाबाट नेपाल भित्रने मालवाहक सवरी साधनले ल्याउने लोड ५५ हजार किलोदेखि ७० हजार किल

‘टमाटार खेती गर्दा यि कुरामा ख्याल गरौ’

Image
कृषि वार्ता युवराज आचार्य निमित्त प्रमुख, कृषि सेवा केन्द्र पर्रोहा रुपन्देही वि.स.२०७० साल मंसिर २३ गते देखि नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगतको कृषि सेवा केन्द्रमा  खैरेनीबाट सेवा सुरभम्भ गरेका युवाराज आचार्य अहिले रुपन्देहीको  सैनामैना नगरपालिका पर्रोहामा रहेको कृषि सेवा केन्द्रमा निमित्त प्रमुखको रुपमा कार्यरत रहेका छन् । अवको किसानहरुले टमाटर लगाउने समय हो । यो मौसममा के कसरी टामाटर खेती गर्नुपर्दछ भन्ने विषयमा केन्द्रीत रहि  नावय प्राविधिक साहायक निमित्त कार्यालय प्रमुख आचार्य संग बुटवल टुडेकर्मी कृष्ण खनाल ले गरेको कुराकानी ।  कृषि सेवा केन्द्रले किसानको लागि के के काम गर्दछ ?  –अहिले हाम्रो कृषि सेवा केन्द्र पर्रोहा अन्र्तगत युवा  लक्षित तरकारी उत्पादन कार्यक्रम अन्र्तगत आवेदन खुलेको छ, आईडब्लुआरएपी र  कृषि प्रसार कार्यक्रम अन्र्तगत २ वटा क्षेत्रका किसानहरुकोलागि अनुदान कार्यक्रमको फारम संकलन, सिफारिस तथा आवश्यक परामर्सको काम गरिरहेका छौं । यस्तै विउको लागि सिफारिस गर्ने काम भैरहेको छ भने जैविक मलको लागि किसानहरुको कति आवश्यकता हो भन्ने विषयमा डिमाण्ड संकलनक

कृषि कर्मबाट सफल महिला समुह, बार्षिक १ करोड बढि आम्दानी

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  वि.स. २०६८  साल भन्दा पहिला रुपन्देहीको सैनामैना–५ (साविक पर्रोहा गाविस–७ ) कुस्मा की सतकली चौधरीको घरमा शौचालय पनि थिएन ।  सौचको लागि बाटो, खेतमा जानुको विकल्प थिएन् । उनी विगत सम्झीदै भन्छिन्–‘कसैले देख्लाकी भन्ने डरले छिटोछिटो शौच गरिन्थ्यो, अध्याँरोमा जाँदा कयौपटक लडियो, सर्प र जुकाको  पनि समस्या थियो ।’  तर अहिले उनको दैनिक परिर्वतन भएको छ । उनी संगै जय दुर्गा महिला समुहमा आवद्व भएका महिलाहरु  कुनै पनि सौचको लागि खेत, बाटोमा जादैन, घरमा नै सौचालय बनाएका छन्  ।  यति मात्र होईन्, समुहमा आवद्व भएका केही महिलाहरुले राम्रो आम्दानी गरेका छन्, भने आफ्नै पहलमा प्रत्येक शनिवार गाउमा हाटबजार समेत लगाउदै आएका छन् । आफुले उत्पादन गरेको सामान विक्रिका लागि हाटबजार लगाउने गरेको जय दुर्गा समुहकी अध्यक्ष शारदा शर्मा बताउछिन् । उनी भन्छिन्–‘गाउँमा उत्पादन भएको बस्तु विक्रिका लागि बजार जानुपर्ने बाध्याता अन्त्यको लागि आफ्नै हाटबजारको सुरुवात गरेका हौं  ।  प्रत्येक शनिबार साप्ताहिक रुपमा लाग्ने हाटबजारमा समुहमा आवद्व भएर उद्यममा लागेका महिलाहरुले आ आफ्नो उत्प

किर्ते नागरिकता खरेज गर्न माग

Image
कृष्ण खनाल  बुटवल, कात्तिक ।   भान्जीलाई छोरी बनाएर बनाईको किर्ते नागरिकता बदर गर्नु पर्ने रुपन्देही विष्णुपुरा गाविस वडा नं. १ की अकालमति अहिरनीले माग गरेकी छिन । बुधवार आफ्नै निवास विष्णुपुरा गाविसमा पत्रकार सम्मलेन गरी अहिरनीले सम्वन्धित निकायमा न्यायको लागि अपील गरेकी छन् ।  जिल्ला अदालत रुपन्देहीले समेत कृते कागज गरी नागरिकता बनाएकी  कपिलवस्तु दोहनी गाविस वस्ने केवला अहिरनीलाई   नागरिकताको आधारमा जग्गा दिनु भन्दै फैसला गरेपछि पिडीतले बुटवलको पुनारावेदन अदलातमा मुद्धा  समेतदायर गरेकी छिन् । अकालमति अहिरनीले आफ्नो बाबु राम समुझ अहिरलाई नाताले भान्जी पर्ने केवला अहिरनीले बाबु कायम गरी किर्ते नागरिकता बनाएको बताएकी छिन् । सबै प्रमाणको आधारमा नागरिकता कृर्तेगरी बनाएको  प्रमाणीत हुदाँ हुदै पनि यसको छानविन नगरी जिल्ला अदालते उल्टै कृर्ते गर्ने व्याक्तिलाई समान अंश दिनु भन्दै आदेश गरेपछि पिडीत झनै पिडीत बनेकी छिन् । ४ जना सन्तान महिला मात्र भएका अहिरको परिवारमा अन्य कुनै पनि सन्तान नभएको स्थानिय गाउका समाजसेवी भरथरी यादव बताउछन् ।  स्थानियहरु संग कुनै पनि सल्लाह विना नै अदाल

आर्थिक सक्षमताको लागि कृषिमा लगानीः राज्यमन्त्री तामाङ्ग

Image
बुटवल, कात्तिक ।  कृषि राज्य मन्त्री राधिका तामाङ्गले आर्थिक परनिर्भरताको लागि कृषिमा लगानीको विकल्प नभएको बताएकी छिन् । उनले कृषिको विकास विना राज्यले आर्थिक छलाङ्ग मार्न नसक्ने भन्दै यसको लागि सामुदायिक स्तरबाट कृषिमा लगानी गर्नुपर्ने धारणा राखिन् ।  हेफर इन्टरनेशन नेपालको आयोजनामा क्षेत्रीय स्वणीम प्रतिभा पुरस्कार वितरण समारोहलाई  रुपन्देहीको रानीवगीयामा सम्बोधन गर्दै राज्यमन्त्री तामाङ्ग भनिन्–‘कृषिको आधुनिककीरणको लागि सरकारले ल्याएका  विभिन्न योजनाले थप टेवा पुग्ने छ ।’ कुनैपनि िव्याक्ति आर्थिक संक्षमताको लागि कृषिमा लाग्नुको विकल्प नभएको भन्दै उनले  बैदेशिक रोजगारीका लागि विदेशीने युवाहरुको श्रम स्वदेशमा नै लगाउनुपर्नेमा सुझाव समेत दिईन् ।  पछिल्लो समयसमा महिला नेतृत्व अगाडी बढिरहेको भन्दै उनले देशका प्रमुख तिन उच्च निकायमा महिलाहलाहरुको सहभागीताले महिला सक्षमताको उदाहरण पेश गरेको बताएकी थिईन् । किसानले कृषि कर्म गर्ने वानी छोड्न नहुने भन्दै उनले सरकारले ल्याएको प्रधानमन्त्री कृषिक पेन्सन योजना किसानहरुकै योजना भएको बताएकी थिईन् । उनले भनिन्–‘यो योजना किसानहरुको योजना हो,

‘बुटवल प्लाष्टिक निषेध क्षेत्र’ १७ बर्ष देखिको अभियान व्यर्थ

Image
कृष्ण खनाल  बुटवल, ३० असोज ।  आजभन्दा१७ बर्ष पहिला उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले ‘बुटवल उप–महानगरपालिकालाई प्लाष्टिक मुक्तनगर बनाउने’ अभियानको थालनी गरेको थियो ।  मञ्चका अध्यक्ष नर्वु लामाको नेतृत्वमा रुपन्देही जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन नगरपालिका मेयर भोजप्रसाद श्रेष्ठको सहयोगमा बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा थालन भएको पाईन्छ ।   उक्त अभियान अन्र्तगत प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्न स्थानहरुमा त्यतिबेला सयौं संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो । नगरमा प्लाष्टिकको प्रयोग जथाभावीगर्दा नगरपालिका नै प्रदुषित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो । तर उक्त सुईरो अभियान ३ बर्ष पछि बन्द भयो, २०५९ सालमा सुईरो अभियान बन्द भएपछि अहिले सम्मपनि बुटवललाई  प्लाष्टिक मुक्त  शहर बनाउने  योजना अगाडी बढेको छैन ।  प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पुनः प्रयोगमा ल्याउन सकियोस भन्ने हेतुले सञ्चालनमा ल्याइएको सुईरो अभियान बारे नत कसैलाई थाहा छ, नत अहिले प्रयोगमा आएको

धकेल्दै दसैं यात्रा...

Image
कृष्ण खनाल बुटवल, असोज । गतवर्ष देशको विसम परिस्थितिका कारण अभावै अभावको दसैं यात्रा गर्न बाध्यभएका नेपालीहरुलाई यस बर्ष प्रकृतिले साथ नदिने छाँटकाट देखाएको छ । आफुभन्दा ठुला मान्यजनबाट टिका आसिरवातग्रहण गर्नको लागि  यात्रा गर्ने नेपालीहरुलाई प्रकृति वाधक बन्न सक्ने निश्चित भएको हो । खासगरी  पहाडी जिल्लाहरुमा यात्रा गर्ने यात्रुहरुको दसैं यात्रा हिले दसंै भएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा सल्यान  दाङ्ग र नवलपपरासी जिल्लाको केही भागमा यात्रा गर्ने यात्रुहरुले सडककै कारण सास्ती खेप्न बाध्य छन् ।  अर्घाखाँची नेपालमा  सबै गाविसहरुमा सडक यातायात पुगेको पहिलो पहाडी जिल्ला अर्घाखाँची हो ।  जिल्लाको सबै गाविसमा मोटरवाटो(सडकयातायात)ले जोडीएको छ । तर जिल्ला सदरमुकाम सन्धीखर्क देखि गोरुसिङ्गे कपिलवस्तु बाहेक अन्य जिल्लाको सडक कालेपत्रो गरिएको छैन । सदरमुकाम देखि केही गाविसहरुमा जोड्ने मोटरबाटो ग्राभेल गरिएको भएपनि बर्सातको समयमा सडकको अवस्था दुरावस्तामा परिणात हुन्छ । पहिला ४२ हालः ३५ वटा गाविस र एक वटा नगरपालिका रहेको अर्घाखाँचीम

किसानलाई दसैं भन्दा खेती स्याहार्ने चटारो

Image
कृष्ण खनाल बुटवल, असोज ।  नेपालीहरुकै ठुलो पर्वको रुपमा रहेको दसैं  टुपलुक्कै आएको छ । अधिकांस किसानहरुको खेतमा अहिले धान पहेलपुर बनेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  अनुसार रुपन्देहीमा अहिले करिव १० प्रतिशत भन्दा माथि किसानहरुले लगाएको धान काट्ने अवस्थामा रहेको छ । भने कतिपय किसानहरुले धान काटछाँट गरी भित्र्याई सकेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा अहिले १०  प्रतिशत किसानले लगाएको धान पाकीसकेको छ भने कतिपय किसानहरुले अहिले धान भित्र्याउदै छन् त कतिपयले काट्ने तरखरमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत सापकोटाका अनुसार रुपन्देहीमा धान काट्नको लागि त्यती समस्या छैन । जिल्लामा करिव ६० देखि ७० प्रतिशत यान्त्रीकरण भएको कारण किसानहरुले धान काट्नको लािग आधुनिक यन्त्रहरुको प्रयोग गर्नेगरेका छन् । उनी भन्छन्–‘धान काट्नको लागि अव कामदार नै खोज्नुपर्ने, कामदार नै नपाउने स्थिति छैन । ’ रुपन्देही जिल्लाको भौगोलीक वातावारण अनुकुल भएको कारण किसानहरुले कम्बाईन्ड हा

रुपन्देहीकी महिलालाई १ लाखको अन्तरष्ट्रिय पुरस्कार

Image
कृष्ण खनाल बुटवल, असोज । १२ बर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाधिँएकी  रुपन्देहीको साविक केरवानी गाविस–९ हाल देवदह–५ केरवानीकी निर्मला थारु (चौधरी)ले अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । ग्रामिण भेगमा काम गर्ने महिलाहरु मध्ये ‘एशियाका उत्कृष्ट ग्रामिण १ सय जना महिला’ मध्ये एकमा परेकी चौधरीलाई स्विटजरल्यान्डका ओमन्स वर्ल्ड समिट फाउन्डेसनले जनही एक हजार ड लर अर्थात् झन्डै एक लाख छ हजार राशिको पुरस्कार प्रदान गर्न लागेको हो ।  उक्त पुरस्कार अन्तर्रा्ष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते प्रदान गर्ने कार्यक्रम  तय गरिएको जनाइएको छ । केही समय पहिला ‘एसियन् रुलर वुमन कलेक्सन’ नाम अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले एशियाका १०० जना उत्कृष्ट महिलाको रुपमा सम्मान समेत गरेको छ । निर्मला चौधरी अहिले परिर्वतनका लागि कार्यरत महिला समुह(वाच)को अध्यक्ष, महिला जागरण समुहकी अध्यक्ष आदिवासी जनजाती महासंघ जिल्ला संमन्वय समितिको कोषाध्यक्ष,  नगरसंमन्वय समितिको अध्यक्ष लगायत एक दर्जन भन्दा बढि संघ संस्थामा आवद्व भएकी छिन् । Nirmala chaudhari  आफ्नो विगत सम

दसैं बसलाई ५० लिटर तेल

Image
कृष्ण खनाल बुटवल, असोज । नेपालकै सबैभन्दा धेरै यातायात व्यवसयायीहरु आवद्व रहेको पश्चिम नेपाल बस व्यवसायीहरुले आफु मातहतका सवारीसाधनहरु राहत दिने भएको छ । दसैंका लािग काठमाण्डौबाट लामो रुटमा यात्रु ओर्साने यातायातका साधनहरुलाई  लक्षित गरी प्रति बस ५०÷५० लिटर तेल प्रदान गर्न लागेको पश्चिम नेपा बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । उनका अनुुसार काठमाण्डौबाट लामो रुटका लागि लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा र अर्घाखाँचीका लागि राहत सहित तेल उपलब्ध गराउने निर्णय गरेको हो ।  संघले १९ गते देखि २५ गते सम्म चल्ने रुटमा चल्ने आफु मातहातका सावारीसाधनको लागि ५०÷५० लिटर डिजल उपलब्ध गराउने गरी निर्याण गरेको हो ।   खासगरी काठमाण्डौंबाट लुम्बिनी अञ्चल पहाडी जिल्लाहरु, पाल्पाको रामपुर, गुल्मी, अर्घाखाँचीको सन्धीखर्क लगायतका स्थानमा सञ्चालन  हुने बसलाई ५०÷५० लिटर तेल उपलब्ध गराउने निर्णय गरिएको हो ।   संघका पदाधिकारीहरुको आईतबार साँझ बसेको बैंकले एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने भएको कारण यस्तो निर्णय गरिएको अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।