Posts

Showing posts from February, 2015

उमेर ढल्केपछि आयुर्वेदको भर

Image
कृष्ण खनाल बुटवल, १७ फागुन ।  रुपन्देहीको मानमटेरिया गाविस–८ भगलापुरका ६५ बर्षिय बेचन चाई लाई ढाड दुख्ने समस्या छ । लामो समय देखि नै ढाड  दुख्ने समस्या भएका चाईले कयौ अस्पताल उपचारको लागि धाई सकेका छन् । ‘औषधी खाँदा सम्म निको होला झै हुन्छ, खान छोडेपछि फेरी उहि चाला ’–शनिवार खडवा बनगाई  गाविसमा आयोजना भएको निःशुल्क आयुर्वद्ध शिविरमा आएका चाई भन्दै थिए–‘  एक पटक यस्को उपचार गरौ के हुन्छ ।’ चाई मात्र होईन, खडवा बनगाई गाविस–६की  ६५ बर्षिय अनुवारी थारुको समस्या पनि चाईको जस्तै छ । बढेशकाल लागेपछि खुट्टाको जोर्नि दुख्ने समस्याले उनलाई सचाउने गरेको छ । उपचारको लागि विभिन्न स्थानमा गएको बताउने  थारुले एक पटक आयुर्वद्धिक उपचार गरौ भनेर शिविरमा आएको बताईन् । उनी संगै आएका पाल्पाको नानसेन घर भई खडवा बनगाई गाविस–३ मा बस्दै आएका  ८५ बर्षिय खिमानन्द भट्राईले पनि हड्डी दुख्ने समस्याले सताएको कारण आफु शिविरमा आएको बताए । शिविरमा आएका अधिकांस महिला तथा पुरुष ३५ बर्ष भन्दा माथिका थिए भने अधिकांस वृद्ध वृद्धाहरु उपचारको लागि आएका थिए । उमेर छदा सम्म दायाँबाया उपचार गरेको र निको नभएको कारण आयुर्वेद

प्रतिकुल मौसमको कारण ७ करोडको क्षती

Image
कृष्ण खनाल बुटवल, १५ फागुन ।   प्रतिकुल मौसमको कारण रुपन्देहीको कृषकले ७ करोड रुपैयाको बराबरको क्षती व्यहोर्नु परेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार फागुन  ६ गते राती अकत्मात परेको   असिनाको कारण  कृषकहरुले लगाएको गहुँ, तोरी, आलु, मकै, सुर्यमुखी र तरकारीमा गरी ७ करोड ५८ लाख १ हजार ९ सय ४० रुपैया घाटा लागेको हो । रुपन्देहीका २ वटा नगरपालिका तिलोत्तमा र देवदह नगरपालिका गरी अन्य ८ वटा गाविसमा असिनाले बढि मात्रामा क्षती पु¥याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणमा देखाएको छ ।  असिनाले किसानले लगाएको तोरीमा सबैभन्दा बढि क्षती पु¥याएको छ भने गहु र तरकारीममा पनि ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ । कृर्षि विकास कार्यालय भैरहवाका बाली विकास अधिकृत जयबहादुर महत्राका अनुसार  तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा किसानहरुले लगाएको तोरी पुर्णरुपमा नष्ट भएको छ । भने अन्य गाविसका विभिन्न स्थानका ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ । बाली विकास अधिकृत महत्रा भन्छन्–‘तोरीको पकेट क्षेत्र मानिएको क्षेत्रमा बढि क्षती पुगेको छ भने तरकारीमा आलुमा बढि मात्रमा क्षती पुगेको

५२ विगाहा जग्गा भाडामा लिएर व्यवसायीक खेती

Image
कृष्ण खनाल बुटवल, १४ फागुन । ‘आफ्नो जग्गा छैन खै कसरी खेतीपाती गर्ने’ ,‘अर्कोको जग्गामा गरेर कतिदिनलाई पो होला र?’ आफ्नो नीजि जग्गा नभएका अधिंकास किसानहरुले यस्ता वाक्य प्रयोग गर्ने गरेको पाईन्छ ।  तर आफ्नो नीजि जग्गा नभएरपनि सफल कृषक बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन रुपन्देहीको सुर्यपुरा गाविस–९ कुट्टाभाटाका किसान नारदमुनी यादव । ४५ बर्षमा लागेक किसान यादवले ५२ विगाहा क्षेत्रफलमा जग्गा लिज (भाडा)मा लिएर व्यवसायीक खेती गरेका छन् । २१ बर्ष सम्म सुर्यपुरा गाविसमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ता भएर काम गरेका उनलाई आफ्नो जग्गा नभएपनि भाडामा जग्गा लिएर भएपनि व्यवसायीक खेती गर्नुपर्दछ भन्ने सोँच जागेर कृषि पेशा तर्फ मोडिएको बताउँछन् । तिन बर्ष पहिला हसनापुर माध्यमिक विद्यालयको नाममा खाली रहेको बाँजो जग्गालाई उनले लीजमा लिएर अहिले हराभरा बनाएका छन् ।  ३ वटा प्लट भाडामा  उनले ४६ विगाहा क्षेत्रफल रहेको खेतको बगर, अर्को छुटै स्थानमा १० विगाहा र २ विगाहा क्षेत्रफल आँपको बगैचा समेत लिएका छन् । यसरी जग्गा भाडामा लिएबापत किसान यादवले ४७ विगाहाको क्षेत्रफलको बार्षिक १ लाख ३३ हजार, अन्य १० वि

किसानले भने–‘हामी झुत्रेलाई कस्ले हेर्ने’

Image
कृष्ण खनाल बुटवल, १०  फागुन ।  देवदह नगरपालिका–९ भलुहीका किसान लोचन भट्टराईले अक्रोसित हुदै भने–‘भनेको बेलामा मल पाईदैन, पशु विरामी हुँदा उपचार महङ्गो छ, किसानले  गाई भैसी पाल्ने, विचौलियाले खाने, खै हामी झुत्रे किसानलाई कस्ले हेर्ने सिडियो सा’प, हाम्लाई हेरिदिनुप¥यो ।’ उनले थपे–‘अहिले मैले, घाँस खेती गरेको छु, घाँस खेतिलाई खेती नै मान्दैनन्, विजुली महङ्गो भयो, कृर्षी मिटरजडानमा सहयोग गर्नु प¥यो ।’  धाराप्रवाह रुपमा करिव १० मिनेट उनले बोलेपछि फेरी अर्का किसान थपिए देवदह–३ बसन्तपुरका  श्याम बहादुर बि.क. । उनले पनि आफ्नो गुनासो पोख्न पछि परेन्न् । ‘साना किसानलाई कस्ले ऋण दिने, २÷४ वटा गाई भैसी पालेर के को फर्म दर्ता गर्ने, सरकारी कार्यालयमा जान आउनको मात्र दुःख, साना साना किसानलाई पनि हेरिदिए हुन्थ्यो ।’ ६ वटा गाई र भैसी पालेका उनले   थपे–‘सरकारी कार्यालयमा जाउँ किसानलाई हप्काएर पठाउछन् ।’ देवदह नगरपालिकाको आयोजनामा देवदह नगरलाई दुग्ध जन्य नगरको रुपमा विकास गर्न आयोजना गरिएको कार्यक्रममा केही प्रतिनिधि किसानहरुले पोखेको गुनासो हो यो ।  जिल्लाका प्रमुख व्याक्ति  प्रमुख जिल्ल

गरे के हुन्न ? कृत्रीम खुट्टाको सहायतले सफल व्यवसाय

Image
कृष्ण खनाल बुटवल, ८ फागुन । वि.स.२०४१ साल रुपन्देहीको पश्चिम अमुवा गाविस–१ मिलचोकका कमलराज सुवेदी अभिषाप बन्यो ।  आफ्नो पहाड घर बाग्लुङ्गको लागि हिडेका सुवेदी लाई बुटवलको ट्राफिक चोकमा गाडीले ठक्कर दियो । साथी संग रहेका उनीलाई  गाडीले नराम्रोसंग ठक्कर दिएको कारण उनले सदाको लागि एउटा खुट्टा नै गुमाउनु प¥यो । अहिले ४३  बर्षमा लागेका सुवेदी हरेश नखाई आफ्नो जिवन यात्रलाई अगाडी बढाईरहे  । फलस्वरुप केही बर्ष पहिला एउटा  गैर सरकारी संस्थाको अनुदानमा भैसी पालन गरेका उनलाई भैसीबाट खासै फाईदा नदेखेपछि अहिले आफै लगानीमा गाई फार्म खोलेर राम्रो आम्दानी गरेका छन् ।  करिव तिन बर्ष पहिला व्यवसायीक गाई पालन गरेका सुवेदीले अहिले ३ वटा माउ गाई र एउटा बाच्छी  पालेका छन् । ‘सुवेदी गाई फार्मा पश्चिम अमुवा –१ मिलनचोक’ दर्ता गरेर व्यवसायीकरुपमा गाई पालेर दुध विक्रि गरी मनग्य आम्दानी गर्दै समाजमा उदाहरणीय व्यक्ति समेत बनेका छन् । अपाङ्गता भएका व्याक्तिहरुले  मिहिनेत गरेमा राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण सुवेदीले देखाएका छन् । अपाङ्ग पुनस्थापना समाज रुपन्देहीका सचिव समेत रहेका उनले १

यसरी जन्मीयो टेरिया फाउण्डेसन

Image
कृष्ण खनाल बुटवल, ६  फागुन ।  केही महिना पहिला बुटवलमा एउटा उत्सव आयोजनाभयो । हजारौ मानिसहरु स्वतस्फुत सहभागी भए । सन्र्दभ थियो नेपाली छोरी रुपन्देहीको रुद्रपुर निवासी टेरिया फौजा मगर भारतको चर्चित टेलिभिजन जीटिभीको डिआडी लिटील मास्टर्स सिजन ३ को टप ५ मा पर्न सफल भएकी थिईन । जसको लागि उनी भोट माग्दै जी टीभिको टोली सहित नेपाल आएकी थिईन । उनको स्वागत र सम्मानमा भैरहवा विमानस्थल देखि उनको घर रुद्रपुर सम्म हजारौ मानिसहरु लामवद्व भएर स्वागत र सम्मान गरेका थिए ।  नभन्दै तिनै  ११ बर्षिय टेरिया फोजा मगरले करिव ७० हजार भन्दा धेरै प्रतिष्पर्धीलाई पछाडी पार्दै उपाधी हाता पारिन् । अहिले  टेरिया फौजा मगर बाल्य अवस्थामा नै छिन् ।  उनको बाल  मस्तिष्कमा  दाङ्गको एक कार्यक्रममा सहभागी हुन जाँदा उनले गिरी प्रसाद पुन(लाहुरेदाई) लाई आफ्नो ईच्छा प्रकट गरिन् । उनले भनिन्–‘मेरो कमाईबाट बचेको पैसा,  समाज सेवामा लगाउन चाहान्छु ।’  उनले यसो भनिरहदा उनका हुजुर बाबा बहादुर कृष्ण फौजा मगर जसले  टेरियालाई यो स्थान सम्म ल्याउन ठुलो भुमिका निर्वाह गरेका थिए । तिनै हजुरबुबा उनको  साथमा थिए । सोही अनुरुप विभि

सडकबत्ती व्यवस्थापन समुदायलाई

Image
कृष्ण खनाल बुटवल, ५ फागुन ।  बुटवल उप–महानगरपालिकाले न गर भित्रका केही टोलहरुका सडक बत्तीको जिम्मा समुदायलाई दिने भएको छ । जसलाई बुटवल नगरपालिकाबाट स्तरउन्नती भई उप–महानगरपालिका भएपछि पहिलो राम्रो कामको गरेको स्थानियको भनाई रहेको छ । बुटवल उप–महानगरपालिकाले पहिलो चरणमा बुटवल क्षेत्र अन्र्तगतका १५ वटा टोलहरुमा यस्तो प्रकारको सडक वत्ती व्यवस्थापन कार्य समुदायले गर्ने छन् ।  news butwal today 071/11/ बुटवल उपमहानगर नगरपालिका र स्थानिय टोल विकास संस्थाहरुको विचमा सम्झौता भएको छ । उपमहनगर पालिकाको ५६ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको एक विशेष कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख कार्यकारि अधिकृत धुब्र बहादुर खड्का र विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेका हुन ।  सम्झौता पछि अव १५ वटा टोल विकास संस्था अन्र्तगत समुदायले अहिले  सडकमा  बलिरहेको वत्ती र उक्त टोललाई आवश्यक वत्तीको संख्या एकिन गरि टोल वि कास संस्थाले बुटवल उमहानगर पालिकामा दिवेदन दिनु पर्ने छ ।  त्यपछि टोल विकास  संस्थाले अनिवार्य रुपमा सिएफएल वत्ती बाल्नु पर्नेछ । जसको लागि सिएफएल ब

अस्पताल जन्य फोहर मैला व्यवस्थान चुनौती

Image
कृष्ण खनाल बुटवल, २ फागुन ।  औद्योगीक र शैक्षिक नगरिको रुपमा आफ्नो पहिचान बनाएको बुटवले पछिल्लो समयमा स्वाथ्य क्षेत्रमा समेत आफ्नो पहिचान स्थापना गर्र्दै आ एको छ । बुटवल नगरपालिकाबाट स्तरउन्नती भई उपमहानगरपालिका बनेको छ । यस क्षेत्रमा दजनौं अस्पताल तथा मेडिकलहरु  सञ्चालनमा रहेका छन् । पछिल्लो सयममा अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौती पुर्ण बन्दै गएको छ । अस्पतालबाट निस्कने फोहर मैला व्यवस्थापन गर्ने तरिकाको आभावको कारण सहस्या जटिल बन्दै गएको हो । समस्या जटिल रहेको भएपनि यसरको सहज व्यवस्थापन गर्न सकिएमा अस्पताल लगायत  फोहरमैला व्यवस्थापनमा लागेका व्याक्तिहरले राम्रो आम्दानी गर्न  सक्ने लामो समय  देखि काठमाण्डौ  महानगर पालिकासंगको सहकार्यमा काम गरिरहेको एक गैर सरकारी संस्थाका फेन्ड सर्भिस नेपालका सदस्य तथा प्रशिक्षक लक्ष्मी प्रसाद घिमिरे बताउछन् । उनका अनुसार अस्पतालबाट निस्कने फोहर मैला लाई  दुई भागमा विभागजन गरि व्यवस्थापन गर्न सकेमा साच्चै नै राम्रो आम्दानी गर्न सकिन्छ ।   बुटवल उप महानगरपालिकाले पनि अस्पतालजन्य फोहर मैला व्यवस्थापनको लागि प्रयास थालनी गरेको छ

जेब्रा क्रसिङ्गमै त्रास !

Image
कृष्ण खनाल बुटवल, २९ माघ ।  विहिवार विहान बुटवल–११ मिलनचोकी सावित्रा  पौडेलले करिव १० बजे मिलनचोक प्रभु बैंक देखि शुख्खानगर जानने बाटो काट्दा करिव १० मिनेट कुर्नु प¥यो । मिलनचोक नजिकै जेब्रा क्रसिङको लागि सेतो पोतिएको स्थानबाट पहिलो लेनको  बाटो काट्न उनलाई करिव ५ मिनेर र दायाँ पट्टीको दोस्रोल लेन बाटो काट्न करिव ५ मिनेट लाग्यो ।  विहान, कार्यालय संघ संस्था र विदाद्यलयको सवारी साधानको कारण  सवारी साधनकोे चाँप भएको समयमा पछिल्लो समयमा बुटवलमा काटो काट्नको लागि १०÷२० मिनेट समय लाग्नु  कुनै नयाँ कुरा होईन । तर जेब्रा क्रसिङ्गको लागि छुटईएको स्थानबाट बाटो काट्दा समेत उनलाई सवारी साधान हुईक्याई झनै अफठ्रो पारिदियो ।   उनी जस्तौ हजारौ पैदल यात्र फोर लेनको सडक निर्माण संगै बनाइएको जेब्रा क्रसबाट सडक पार गर्दा  सास्ती खेप्ने गर्दछन् ।  करिव  १० मिनेटमा बाटे काटेपछि लामो सास फेर्दे उनले भनिन्–‘बल्ल बाटो काटीयो बल्ल ढुक्क भईयो ।’ उनले थपिन्–‘जेब्रा क्रसिङ्गबाट बाटो काट्दा पनि कतिखेर गाडीले हान्ला भन्ने पिर ।’  यो एउटा प्रतिनिधि पात्रको भोगाई हो ।  बुटवलमा सडक विस्तार संगै पछिल्लो

छोरीबुहारीले पढ्ने क्याम्पस !

Image
कृष्ण खनाल बुटवल, २९ माघ ।  चेलीवेटीलाई प्रविणता प्रमाणपत्र तह (+२ )   news butwal today 071/10/29  पास गरेपछि विहबारी गरेर पठाउने चलन अझै पनि हाम्रो समाजमा कायम छ । तर रुन्देहीको एक क्याम्पसमा छात्रहरुको तुलनामा छात्रा अर्थात छोरी बुहारीको संख्या ४ गुण बढि रहेको छ । छात्रहरुको तुलनामा सबैभन्दा छात्राले अध्ययन गर्ने क्याम्पस रुपन्देहीमा रहेको छ ।   नेपालमै सबैभन्दा बढि प्रतिशत छोरी बुहारीहरु अध्यन गर्ने  क्याम्पसको ‘यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस’ सौ. फर्साटिकर–७ रुपन्देहीले पहिचान बनाएको छ ।  उक्त क्याम्पसमा कुल विद्यार्थीहरुको संख्याको ७६ प्रतिशत छोरी बुहारीहरुले अध्ययन गर्ने क्याम्पसले जनाएको छ ।  वि.स.२०५९ सालमा महायज्ञ लगाएर यज्ञबाट उठेको शेसबाट स्थापना भएको  उक्त क्याम्पसमा ७६ प्रतिशत  छात्रा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । रोचक कुरा उक्त क्याम्पसको लागि जग्गा कसैबाट किनिएको होईन   ।  प्राचार्य खगुपती न्यौपानेका अनुसार सौ. फर्साटिकर–७ रमवापुरमा स्थापना भएको उक्त क्याम्पसलाई वि.स.२०५९ सालमा पहिलो महायज्ञ गर्दा स्थानिय दुधनाथ थारुले १ विगाहा क्षेत्रफ

लक्षित समुदायको रकम विकास निर्माणमा

Image
कृष्ण खनाल बुटवल, २६ माघ ।    देवदह नगरपालिकाले दोस्रो नगरपरिषद्बाट पारित गरेको लक्षित समुहको अधिकांस रकम विकास निर्माणमा खर्च गर्ने गरी पारित भएको पाइएको छ ।  आगामी आर्थिक बर्ष ०७२÷०७३ को आईतबार सार्वजनिक गरिएको लक्षित समुह अन्र्तगत महिला लक्षित कार्यक्रम, बालबालिका, जेष्ठ नागरिक, आदिबासी जनजाती कार्यक्रम, दलित बर्ग उत्थान कार्यक्रम, अपाङ्गता भएकाव्याक्तिहरुको कार्यक्रम, मधेसी मुस्लिम तथा पिछडा वर्ग उत्थान कार्यक्रम  र युवा लक्षिती कार्यक्रमको रकम विकास निर्माणमा खर्च  गर्ने  गरी पारित भएको हो । लक्षित बर्गको रकम सम्बन्धीत क्षेत्रका व्याक्तिहरुको आयमुलक, चेतनामुलक र सिपमुलक क्षेत्र र  प्रर्वद्र्धनमा खर्च गर्नुपर्नेमा भएपनि त्यो नगरिएको पाइएको हो ।  स्थानिय स्वायक्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार लÔित समुहको लागि विनियोजना गरिएको रकम उनीहरुको सीप विकास तथा प्रर्वद्धन कार्यको लागि प्रयोग गर्नु पर्दछ ।  तर देवदह नगरपालिका यसो गरेको पाइएको छैन ।  लक्षित समुहको रकम मन्दिर निर्माण, विद्यालयको वाल, विद्यालय, आमा समुह, विभिन्न संघ संस्थाको भवन निर्माण तथा भम्रण कार्यक्रममा स

दोहोरीमै खेती किसानीका कुरा...

Image
कृष्ण खनाल बुटवल, २४ माघ ।  केटीः तरकारी, बेच्छौ की चामलमा सटाउछौ  ?   सहर लगि कत्तिको कटाउछौं ? कालिपारे दाई ।। केटाः धेरै बाहिर पर्दैन हिन्नलाई  घरै आउछन् व्यापारी किन्नलाई,  कालिपारे दाई,  कालिपारे दाई मेरो मायाँलाई नविर्सनु है ।।। लोक दोहरी गीत  अधिंकांस मायाँ प्रेम नै आधारित हुन्छन् भन्ने मान्यता राखिन्छ ।  दिन रात समेत गएर समेत नटुङ्गीने लोक दोहोरी गीतको मध्यको केही अंश हो यो । तर यो गीत  मायाँ पिरतीबाट केही टाढा रहेर केही दिन  देखि बुटवल मण्डपमा गाईरहेको छ । अर्थात बुटवल मण्डप अहिले कृषिमय बनेको छ ।  कृर्षीकै परिकार, कृषी सम्बन्धी औजार, उपकरणको पर्दशनी र कृषीमै आधारित भएर प्रस्तुत हुने मनोरञ्जनका कार्यक्रमको कारण छैठौ कृर्षि मेला साच्चै  नै कृषी मय बनेको हो ।  ‘बजारमुखी कृषिको आधार सम्मुनत नेपालको पुर्वाधार ’ भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघ बुटवल र  उद्योग बाणिज्य महासंघ नेपालको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा दोहोरी गीत पनि कृषिको विषयमा नै आधारित भएर प्रस्तुत भईरहेका छन् ।  लोकसर्जक राधेश्यामराज भण्डारी, डिल्लीनारायण पाण्डेले प्रति

अनलाईन र एसएमबाट अदालती काम

Image
कृष्ण खनाल बुटवल, २४ माघ ।  punrabdean adlat butwal  तपाईले पुर्नरावेदन अदालत बुटवलको मतहातमा कुनै विषयमा मुद्धा खेपीरहनुभएको छ या कसै उपर मुद्धा  दायर गर्नुभएको छ ?  यदि यसो हो भने  अब तपाईको मुद्वाको प्रक्रिया कहाँ पुग्यो, मुद्वाको तारेख कहिले छ ? भनेर बुझ्नको लागि अदालतको ढोका ढकढकाउनु पर्दैन । घरमा नै बसेर तपाईले यसको सबै जानकारी लिन लिन सक्नुहुन्छ । Butwal today daily news, 2071/10/24   अर्थात तपाईको मोबाईलको एक एसएमएसले मुद्वाको बारेमा सम्पूर्ण जानकारी दिनेछ ।  सर्बोच्च अदालतले केही महिना पहिला अदालमा ई–सेवा लागु भएपछि अव कुनै पनि  सेवा ग्राहीले कुनै पनि प्रकारको मुद्वाको बारेमा घरमा बसेर नै जानकारी लिन सक्नेछन् भने अदालती प्रक्रियामा म्याद तामेली र तारेख पनि ई–सेवा बाट हुनेछन् ।  पुनारावेदन अदालत बुटवलमा पनि शुक्रवारबाट ई–सेवा लागु भएको छ ।   कुनै पनि मुद्वाको बादी तथा प्रतिवादीले आफ्नो मुद्वाको बारेमा जानकारी लिनको सुरुमा  अग्रेजी अक्षरमाआरईजी टाईप गरि एक स्पेस छोडेर मुद्धा नम्बर टाईप गरी ३०३०३ ( चभन  अगकभ लय)कभलम घण्घण्घ० मा पढाउनु पर्नेछ ।  यसरी एसएमएस पठाएक

मोवाईलमै कृषि घर

Image
कृष्ण खनाल बुटवल, २२ माघ ।  तपाई कुनै पनि प्रकारको बाली रोप्दै हुनुहुन्छ? वा बालीनालीमा रोग÷किरा लागेर सताईरहेको छ या नेपाल सरकारले प्रदान गरेको विभिन्न कृषि सम्बन्धी  अनुदानको बारेमा जानकारी लिनुपो छ की ।  यदि त्यसो हो भने तपाई प्रत्येक सरकारी कार्यालयमा पुगेर जानकारी, सेवा सल्लाह लिनु पर्ने बाध्याता अव हट्नेछ । तपाई मोबाईलमा एक क्लिक गरेर यसको सबै जानकारी पाउन सक्नुहुनेछ ।  काठमाण्डौमा रहेको सेन्टजेभियस कलेजका विएससीआईटी समुहका ७ जना विद्यार्थीहरुले किसानहरुलाई  बालिनालीमा लाग्ने रोग, सरकारले दिने सेवा सुविधा तथा वालीनाली, पशु चौपायामा लाग्ने रोगको दिनको साथै सरकारी कार्यालयहरुको सम्पर्क नम्बर सहितको ‘एप’ बजारमा ल्याएको छ ।  उक्त एप बजारमा आएको करिव एक महिना पनि भएको छैन ।  किसानले उक्त एप डान्लोड गर्नको लागि एनड्रोईड मोवाईल भर्जन भने अनिवार्य रुपमा चालउनुपर्दछ । गुगुल स्टोरमा गएर अंग्रजी अक्षरमा  कृषि घर (पचष्कजष्नजबच) टाईप गरेपछि   देखाउने  एप अपसनमा गएर उक्त एप डाउलोड गरी कृषकले अफलाईन मुड अर्थात नेटवर्क नभएको समयमा समेत जानकारीलिन सकिन यप निर्माण कर्ता गुप्रका एक विद्

मोफसलमा चलचित्र निर्माणक्रम बढ्दो

Image
कृष्ण खनाल बुटवल, १९ माघ ।  प्रमुख व्यापारीक नगरको रुप मा आफ्नो पहिचान बनाएको बुटवलमा पछिल्लो समयमा चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यस क्षेत्रका लगानीकर्ताहरुले निर्माण गरेको चलचित्रले राष्ट्रस्तरमा नै पहिचान बनाउन सफल भएका छन् । केही समय पहिला यस क्षेत्रका निर्देशक बाबुराम आचाार्यको निर्देशनमा बनेको नेपाली कथानक चलत्रि ‘हाम्री चेली’ले राष्ट्रिय स्तरकै अवार्ड प्राप्त गरेको थियो ।   यस क्षेत्रको पर्यटकिय स्थानको रुपमा पहिचान बनाएको बुटवल फुलवारी, हिलपार्क तथा सिद्धबाबा मन्दिर परिषर, लगायतका मन्दिर तथा धार्मिक र पर्यटकिय क्षेत्रहरुमा चलचित्रको छायांकन क्रममा लामो समय देखि जारी रहेको छ ।  बुटवलको तल्लो सिद्धबाबा मन्दिर पछिल्लो समयमा चलचित्रको शुभमुहुर्त गर्ने स्थालको रुपमा पहिचान बनाएको छ ।  केही समय पहिला ‘कलमको बाटो’ नामक  र  चलचित्र सुभमुहुर्त गरिएको मन्दिरमा सोमबार अर्को नयाँ चलचित्रको  शुभमुहुर्त गरिएको छ  ।  केही हप्ता अगाडी  ‘आई क्विट नामक चलचित्रको शुभमुहुर्त भएको थियो ।  केही समय पहिला ‘कस्लाई दिऊ“ यो जोवन’ बाट चलचित्र निर्माणमा हात हालेका निर्माता कृष्ण श्रेष्ठ

हाईब्रीड मकैमा दाना लागेन

Image
कृष्ण खनाल बुटवल, १८ माघ ।   रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ विष्णुपुरका किसान धर्मानन्द आचार्यले गएको कार्तिक महिनामा मकैको विउ लिन बुटवलमा आए । विगतका बर्षहरुमा एक विगाहा खेतमा स्थानिय जातबाट १ लाख भन्दा बढि आम्दानी गरिरहेका थिए । तर चार गुणा आम्दानी गर्ने उदेश्यका साथ बुटवलको अस्पताल लाईनमा रहेको नेपाल एग्रोभेटबाट १५ किलो मकैको बिउ किनेर  लगेर मकै रोपे  । कार्तिक महिनामा मकैको विउ लगेर रोपेका उनलाई एग्रोभेट सञ्चालकले ९० दिनमा मकै पाक्ने बताएका थिए । अरुण–२ जातको मकै लगाएका कृषक आचार्य अहिले विलखबन्दमा परेका छन् । कारण हाईब्रीड जातको विउबाट अहिले मकैको घोगामा दाना नलागेपछि उनी र उनका दाई षडानन्द आचार्य अहिले चिन्तामा परेका हुन ।  नेपालका पुर्वी क्षेत्रमा यस्तो खालको समस्या पहिलो पटक देखिए पनि  रुपन्देहीमा ठुलो परिमाणमा मकैको घोगामा दाना नलागेको पहिलो पटक हो ।  एउटा बोटमा ३ वटा घोगा लाग्ने भनेर ल्याएको हाईब्रीड जातको अरुण–२ ले मकैको घोगाा लाग्यो तर दाना लागेन जसको कारण किसानको  लाखौ रुपैया खेरा गएको छ । तिलोत्तमा नगरपालिका–४ विष्णुपुराका किसान धर्मानन्द आचार्य र षडाानन्द