लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्
कृष्ण खनाल बुटवल, २४ बैशाख । कुनै पनि यौनजन्य हिंसा तथा घरेलु हिंसाबाट पिडीत हुनुभएको छ, आवश्यक स्वाथ्य उपचार तथा मानोपरामर्स पाउनुभएको छैन भने अव तपाईहरुको लागि खुुसिको कुरा छ । पहिला लैङ्गिक हिंसामा परेका व्याक्तिहरु प्रहरी कार्यालयमा न्याय माग्न पुग्दछन् । तर त्यहाँबाट पनि उचित न्याय नपाएका, उचित उपचार तथा मनोपरामर्स पाउनबाट बञ्चिात भएकाहरुको लागि पनि लुम्बिनी अञ्चल अस्पातलमा नयाँ सेवा सुरु भएको छ । कुनै पनि प्रकृतिको लैङ्गिक हिंसाबाट पिडीत भएका महिला वा पुरुषहरुको लागि ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र’ सुरु भएको हो । जसमा कुनै पनि लैङ्गिक हिंसामा परेका महिला तथा पुरुष हरुले निःशुल्क रुपमा उचित स्वाथ्य उपचारको साथै अस्थायी तथा स्थायी प्रकृतिको आवासको समेत सुविधा पाउछन् । हिंसा पिडकलाई आवश्यक कारवाहीको लागि सोही केन्द्रमा खटिएको संमन्वय समितिबाट नै कार्य हुन्छ । यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा आईतबारबाट नयाँ सेवा थपीएको छ । नेपाल सरकार स्वाथ्य मन्त्रालयको केन्द्रीय कार्याक्रम अनुसार ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट