समाचार संघ्रह

बाल दिवसले छोएन बाल मजदुरलाई कृष्ण खनाल
सन्र्दभः बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस,

कृष्ण खनाल
बुटवल, जेठ ३० ।

 भर्खर मात्र उमेरले १५ बर्षमा लागेका बुटवल –४ का धर्मेन्द्र चौधरी बुटवलको नयाँ बस पार्कबाट रिक्सामा ३ जना यात्रु लिएर गोलपार्क तर्फ जादै थिए ।
  प्रचण्ड गर्मीमा एक हातले रिक्साको ह्यान्डील र अर्को हातले पसिना पुछ्दै यात्रहरुलाई लिएर गन्तव्य तर्फजाँदै थिए ।

 गत एक बर्ष देखि उनको दैनिकी यसरी नै वितिरहेको छ ।  साहुको  रिक्सा भाडामा लिएर रिक्सा चलाउदै आएका उनि घर परिवारमा आर्थिक अभाव भएपछी विद्यालय जान पनि पाएन्न । घरमा एक जना दिदी ,आमा र आफु मात्रै भएका धर्मेन्द्र बुटवल– ४ मा बसोवास गर्दे आएका छन ।

विभिन्न संघ संस्थाहरुले ठुल–ठुला भाषण गर्दे बाल श्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनि भने उदेक लाग्दो प्रचण्ड गर्मिमा  रोजी रोटिकोलागि रिक्सामा  संघर्ष गर्दे थिए । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनलाई उक्त खिवसको बारेमा थाहा समेत थिएन । उनले भने –‘मलाई बाल दिवसको बारेमा केहि थाहा छैन ।’ बालश्रमिकको रुपमा काम गर्दै आएको धेरै समय भए पनि उनलाई अहिले सम्म सरकारी तथा गैर सरकारी निकायबाट कुनै पनि सहयोग गरेका छैन्न ।

उल्टै कहिलेकाही रिक्सामा चढेका यात्रुहरुले रिक्सामा चढेको  पैसा (भाडा) नै  नदिई जाने गरेको  दुखेसो पोखे । उनले भने –‘कहिलेकाही रिक्सामा यस्तो ठाँउ हिड भनेर लान्छन भाडा नै नदिई उल्लै थर्काएर पठाउने गरेका छन ।’ उनले कुनै कुनै यात्रुहरुले रिक्सामा चढेका रिक्सा भाडा पुरै भाडा नदिने गरेको समेत तितो यर्थाथता बताए ।
 उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।  उनी जस्तै उमेरले भर्खरै १५ बर्षमा लागेका बुटवलको कान्ति उच्च मावि बुटवल – ६ हाटबजारमा कक्षा ७ मा पढ्दै आएका देव चौधरीले बुटवलको नयाँ बर्षपार्क अगाडी उखुको जुस बेच्दै थिए ।

 विद्यालय नभएको समयमा दाजु र बुबा संग उखुको जुस बनाएर बेच्ने गरेका उनी बाल दिवसको दिन विद्यालयमा विदा भएको कारण दिनभर नै उखुको जुुस बेच्ने गरेको बताए । ‘बाल दिवस भएको कारण विद्यालय छुट्टी भएकोले काममा आएको’उनले भने ।
देव र धमेन्द्र  वाल मजदुरका उदाहररण मात्र हुन ।  उनिहरुजस्ता   हजारौ बाल मजदुरहरु कम पैसामा काम गरिरहेका छन । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा बालश्रमिकहरु यातायात, होटल, ईट्टाभट्टी, कल–कारखाना तथा घरेलु कामदारको रुपमा काम गर्न वाध्य छन ।

नेपालले आजभन्दा ठीक २० बर्È अगाडी अन्र्तराष्ट्रिय बालअधिकार महासन्धिमा हस्ताÔर गरेको थियो । बालअधिकार महासन्धीमा हस्ताÔर गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनु पर्ने अन्र्तराष्ट्रिय प्रावधान राखिएको छ । केन्द्रिय तथ्यांक विभागका नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेको  ३४ प्रतिशत बालबालिका श्रमिकका  रुपमा काम गर्दै आएका छन् । १ लाख २७ हजार बालबालिका बालश्रममा  लागेको बिभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनहरुले देखाएका छन् । बढ्दो गरिबी, अशिÔा र फितलो काननी व्यवस्थाका कारण पनि बालश्रममा  कमि आउन नसकेको बिज्ञहरुको भनाईरहेको छ ।

श्रममा आवद्ध बालबालिकामध्ये १२ प्रतिशत बालबालिकाले आफ्नो गाउ“घर तथा परिवारबाट टाढा भएर काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्रममा संलग्न बालबालिकामध्ये ५ देखि ९ वर्È उमेर समूहका २४ दशमलव ७ प्रतिशत, १० देखि १४ वर्Èका ५१ दशमलव ३ र १५ देखि १७ वर्È उमेर समूहका २४ प्रतिशत रहेका छन् ।

----------------------
 समाजिक समाचार

बुटवलको खानेपानीबैकल्पीक व्यवस्था नहुदा जहिले पनि समस्या
कृष्ण खनाल
बुटवल, २३ जेठ ।

गत सोमवार बुटवल १३ देवीनगरमा रहेको खानेपानी सप्लाई गर्ने बोरिङ्ग विग्रीयो । पानीको सतह घट्दै गएको कारण पानी कम आएपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलले केही मिटर गहिराईसम्म वोरिङ्गको मोटर पु¥याउने प्रयास गर्दा तार टुटेर करिव ३ दिन सम्म त्यहाका स्थानिय वासिन्दाहरुको घरमा खानेपानी आएन । जसको कारण स्थानियले खानेपानीको लागि घण्टौ सम्म लाईनमा बसेर मिलनचोक र देविनगरका विभिन्न वोरिङ्गहरुमा धाउन बाध्य भए । तिन दिनपछि उक्त समस्या समाधान भयो तर फेरी यो समस्या नदोहोरियाला भन्ने ढुक्क स्थीति छैन ।
पानीको सतह घटेको कारण  गहिराईसम्म मोटर पु¥याउने प्रयास गर्दातार टुटेको कारण मोटर नचल्दा खानेपानी वितरण(सप्लाइ)बन्द भएको थियो । गहिराईसम्म  पाईप पु¥याउनको लागि अर्को नया“ पम्प जडान गर्नुपरेको कारण खानेपानी बन्द भएको नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवले जनायो ।
घरमा पानी नआएपछि  उक्त क्षेत्रमा बसोवास गर्ने स्थानीयहरुले घण्टौ सम्म लाईनमा बसेर पानी भर्न बाध्य भएको गुनासो  गरेका थिए । यो समस्या अहिलेको मात्र होईन । बुटवलमा खानेपानीको समस्या समाधानको लागि भनेर विभिन्न स्थानमा १२ स्थानमा सरकारी क्षेत्रबाट बोरिङ्गहरु  गाडेको भएपनि कहिले मटर जल्ने त कहिले प्राविधिक त्रुटी आउने गरेको कारण पटक ÷पटक स्थानियहरुले खानेपानीको समस्या झेल्न बाध्य छन । यसरी कहिले खानेपानी सप्लाई गर्ने मोटर विग्रीयर त कहिले मोटरनै जलेर खानेपानी वितरणमा पटक÷पटक समस्या सृजना हुने गरेको छ । समस्या समाधानको लागि तत्काल कुनैपनि बैकल्पीक व्यवस्था हुन नसक्दा स्थानियहरुले लामो समय सम्म यसप्रकारको समस्या भोग्न बाध्य छन ।
बुटवल १३ देविनगरमा प्राविधिक कारणले खानेपानी वितरण बन्द भएको  बोरिङ्ग तिन दिनपछि विहिवारबाट सञ्चालनमा आएको छ । तर यस्तो समस्या पटक÷पटक नदोहोरिनको लागि नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलले आर्थिक भार बढि पर्ने गरेको कारण बैकल्पीक पम्पको जगेडा(स्टक) गर्न नसक्ने जनाएको छ ।
 नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलका प्रमुख गोविन्द गौचनले बुटवलआसस पासको क्षेत्रमा १२ वटा भुमिगत खानेपानी वितरण केन्द्र(वोरिङ्ग)हरु सञ्चालनमा आएको जानकारी दिदै यसको लागि बैकल्पीक स्टकको रुपमा पम्प राख्न बढि आर्थिक भार पर्ने जानकारी दिए । उनले कुनै कुनै वोरिङ्गहरुमा ५० एच्पी र कुनै मा ६० एच्पीको पम्प प्रयोग गरिएको कारण कतिखेर कुन विग्रन्छ भन्ने कुरा प्राविधिक कुरा भएको बताए ।  बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामीले सञ्चालन गरेका १२ वटा बोरिङ्गहरु छन् कुन कतिखेर विग्रन्छ भन्ने कुरा थाहै हुदैन अनि सबैको बैकल्पीक पम्प व्यस्था गर्ने कुुरा बजेटले भ्याउदैन ।’ उनले यसरी कुनैपनि कारणबाट विग्रीएका बोरिङ्गहरु सञ्चालनको लागि लामो समय नलम्बीने पनि दावि गरे ।उनले भने –‘हामीले लामो समय लम्बीन दिंदैनौ छिट्टै सञ्चालनमा ल्याउछौ ।’
यस क्षेत्रमा पम्पको उपलब्धता नभए काठमाण्डौबाट मगाएर भएपनि अबिलम्ब सञ्चालनमा ल्याउने उनको भनाई छ । यसरी प्राविधिक कारणबाट केही दिनको लागि खानेपानी बन्द हुदा स्थानिय बासीन्दाहरुलाई धैर्यरहन र बैकल्पीक पानीको व्यस्था गर्न समेत उनले सुझाए । ‘आफुलाई केही दिनको लागि पुग्ने गरी खानेपानीको स्टक राख्नुस् जसले गर्दा खानेपानीको लागि धेरै समस्या पर्दैन ।’–उनले भने । पछिल्लो समयमा भैरहेको अनियमित लोडसेडिङ्गको कारण पनि खानेपानी वितरणमा समस्या परेको र जसको कारण बोरिङ्गहरुमा पनि समस्या सृजना हुने गरेको पाईएको छ ।

उता, बुटवलको खानेपानी समाधानको दिगो समाधानको लागि भनेर वि.स. २०५३ सालमा सुरु गरिएको ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ अलपत्र परेपछि  ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर काम सुरु गरिएको  अर्को ‘झुम्सा खोला खानेपानी योजना’ पनि अहिले अलपत्रमा परेको छ जसको क्षेत्रमा खानेपानीको समस्या समाधानको  तत्काल समाधान हुने कुनैपनि विकल्प देखिएको छैन । सिस्नेखोला खानेपानी योजना  खानेपानी योजना अलपत्र परेपछि १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना २०७०  साल  लाग्दा समेत पुरा भएको छैन । नेपाल सरकार र संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतमा सुरु भएको खानेपानी योजना सुरु गरिएको थियो ।  बुटवलमा दैनिक ८० लाखदेखि एक करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको यो योजनाको अधुरो रहेको छ ।
खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १२ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।
एकातर्फ पहिला स्वीकृत भएको सिस्नेखोला खानेपानीको काम अगाडी बढेको भएपछि पछिल्लो समयमा आएर ‘झुम्सा खोला खानेपानी योजना’ खानेपानीले बुटवल बासिन्दाको खानेपानीकोलागि माग नधान्नेभएको कारण झुम्साखोला खानेपानी योजना सुरुगरिएको  नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलकोभनाई छ ।

पहिला एउटा योजनाको लागि आएको रकम तथा स्टीमेटपछि अर्को योजनाको लागि प्रयोग गर्ने निर्णय भएको कारण काममा ढिलाभएको खानेपानी कार्यालयको भनाई छ । खानेपानी समस्यालाई जमिनमुनिको पानीबाट वैकल्पिक रुपमा पूरा गर्न भन्दै बुटवलमा १२ वटा ट्युबवेल(बोरिङ्ग) सञ्चालनमा ल्याइएको छ । तर यसले पनि बुटवलको खानेपानीको समस्या सामाधान हुने संकेत देखिएको छैन ।

--------------------------------------------------------------------------------------------
 ‘कवाड संकलनकर्तालाई अनिवार्य पोशाक’
कृष्ण खनाल
बुटवल, २९ जेठ ।

‘बेच्नुस् फलाम प्लास्टीक सिसी बोतल कापी–किताब’ भन्दै तपाईंको टोल–टोलमा कवाड संकलनकर्ताहरु आउ“दा अब ख्याल गुर्नहोला ।’ किनभने कवाड संकलनको गर्ने व्याक्तिको भेषमा पछिल्लो सयममा विभिन्न व्याक्तिहरुले अपराधिक कृयाकलाप तथा चोरी डकैटीमासमेत  संलग्न हुने गरेको पाइएको छ ।
यसरी केही समयको लागि मात्र विभिन्न  क्षेत्रमा आएर साईकल भाडामा लिई केही टोल टोलमा डुली त्यहाको बस्तु स्थीति बुझेर चोरी गर्ने गरी विभिन्न व्याक्तिहरु फरार हुने गरेको प्रहरीको तथ्याङ्कमा देखाएको छ ।
यसरी कवाड संकलनको नाममा चोरी गर्ने गरेको तथ्यलाई मध्यनजर गर्दै विहिवारबाट नेपालमै पहिलो पटक नमुनाको रुपमा कवाड संकलनकर्ताको स्पष्ट पहिचान खुल्ने अनिवार्य पोसाकको व्यवस्था गरिएको छ ।
यसरी पोसाक नलगाई आउने कवाड संकलनकर्ताहरुलाई आए भने कवाडका सामाग्रीहरु नबेच्नुहोला । किनभने उनीहरु पोसाक विना आएका छन  भने उनीहरुको उदेश्य नै चोरी गर्ने या त्यहाको चोरी गर्नको लागि विशेष सुराकी गर्नको लागि यसरी डुल्ने गरेको प्रहरीले जनाएको छ ।
यसरी टोल टोलमा आउने कवाड संकलनकर्ताहरुले अनिवार्यरुपमा हल्का खैरो रङ्गको ‘नेपाल पुन प्रयोग बस्तु व्यवसायी संघ रुपन्देही, शंकलन कर्ता व्याज नम्बर’ भनेर उल्लेख गरीएको पोसाक लगाउने व्यवस्था गरिएको छ । प्रहरी प्रशासनको  सहयोगमा नेपाल पुन  प्रयोग  बस्तु व्यवासायी संघले यस्तो व्यवस्था नेपालमै पहिलो पटक रुपन्देहीमा  स्पष्ट पहिचान खुल्ने पोसाकको व्यवस्था सुरु गरेको हो ।
अव जुन टोल टोलमा आउने कवाड संकलनर्ताहरुले यस्तो प्रकारको पोसाक नलगाएको व्याक्तिहरुलाई कवाजका सामाग्रीहरु नबेच्नको  लागि समेत प्रहरीले  आग्रह गरेको छ । बुधवार बुटवलमा एक कार्यक्रमको अयोजना करिव ५ सय जना  पुन प्रयोग बस्तु संकलनतकर्ताहरुलाई उक्त पोसाक वितरण गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार बैदवारले कवाड संकलनकर्ताको नाममा विभिन्न चोरी तथा डकैटीमा समेत गर्ने गरेको कारण रुपन्देही जिल्लाबाट पहिलोपटक नमुना अभियानको सुरुवात गरिएको जानकारी दिए । उनले भने–‘हामीले कवाड संकलनको नाममा हिड्ने व्याक्तिहरुले ग्रील फोरेर पसलमा चोरी गरी फरार भएको समेत प्रमाण फेला पारेका छौ उनीहरुको पहिचानको लागि समेत यो अभियानको सुरुवात गरिएको हो ।’
यसरी अव कवाड संकलन कर्ताहरुको भेषमा आउने कवाड संकलनकर्ताहरुले अव अनिर्वाय रुपमा पहिचान स्पष्ट खुल्ले गरी व्याज नम्बर सहितको पोसाक लगाउनुपर्नेछ । उता, नेपाल पुन प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष जमिरलाल प्रसाद जयसवालले कवाड संकलन व्यसायीको व्यवस्थापनको लागि नेपालमै पहिलोपटक पोसाकको व्यवस्था गरिएको जानकारी दिए । उनले मनिसहरुले फोहर गर्नको लागि न हिचकिचाउने तर फोहर संकलन कर्ताहरुलाईभने नराम्रो व्यवहार गर्ने गरेको गुनासो गर्दै बुटवलको क्षेत्रमा नया कवाड संकलन तथा बेचविखनको लागि कवाड ग्रामको आवश्कयता रहेको समेत बताए । उनले भने–‘चोरी गर्नेहरुले कवाड संकलन कर्ताको नाममा आएर चोरी गर्ने गरेको कारण हाम्रो वदनाम समेत हुने गरेको छ ।’ उनले करिव ५ दिन सम्म कवाड संकलन गर्ने व्याक्तिहरुले कवाड संकलन नगर्ने हो भने सहरनै पुरै दुगन्धीत हुने बताउदै सरकारी क्षेत्रबाटै यसको व्यवस्थापन हुनुपर्ने समेत बताए ।
उता, कवाड संकलनबाटै विभिन्न कृर्षिजन्य औजारहरु उत्पादन गर्दै आएको विश्वकर्मा कृर्षि औजार उद्योगका सञ्चालक प्रेम लोहनीले खेरा गएका विभिन्न सामग्रीहरुबाट निर्माण गरिएको औजारहरुलाई सरकारी क्षेत्रबाटै पोत्साहन गर्नुपर्ने बताए । उनले भने–‘स्वदेशमै खेरा गईरहेको विभिन्न वस्तुहरुबाट निर्माण गरिएका बस्तुहरुबाट निर्माण गरेका कृर्षिजन्य निर्माण सामाग्रीहरुको लागि सरकारले हामीलाई प्रत्साहन गर्नुपर्दछ ।’
अहिले रुपन्देहीमा करिव ५ सय जना पुन प्रयोग वस्तु संकलन कर्ताहरु रहेका छन भने करिव ७० वटा कवा संकलन केन्द्रहरु रहेका छन ।
-----------------------------
 महत्वपूर्ण समाचार

समयमै कुलो निर्माण नहुदा २ सय विगाहा खेत बाझो हुने खतरा
कृष्ण खनाल
बुटवल, ८ जेठ ।

सिद्धार्थ राजमार्ग अन्र्तगत रुपन्देहीको योगीकुटी देखि मणिग्राम सम्मको बाटो विस्तार गर्नेक्रममा भत्काइएको भत्काईएको कुलो(नहर) समयमै निर्माण सम्पन्न नगरे मणिग्रामका किसानहरुले समयमै धानको विउ राख्न नपाउने संकेत देखिएको छ ।
सोह्र–छत्तिस  एकिकृत सिंचाही  प्राणाली अन्र्तगत रुपन्देहीको योगीकुटीबाट विशेषत मणिग्रामका विभिन्नस्थानहरु सिंचाहीको लागि भनेर निर्माण गरिएको कुलो अहिले सडक विस्तारको क्रममा भत्काइएर लथालिंङ्ग बनाइएको छ । योगीकुटी देखी  मणिग्रामक्षेत्र तर्फजाने ।मणिग्राम क्षेत्र १ नम्बर कुलो’को करिव १ किलोमिटर क्षेत्रमा सडक विस्तार गर्ने क्रममा पुरिएको छ भने कुनै स्थानमा भत्काइएको छ ।
होईराजन चोकदेखि पुर्वकोक्षेत्रमा कार्यक्षेत्र रहेको आएको छत्तिसमौजा सिंचाही प्राणाली आयोजनाका सभापती यज्ञ गैरेले सडक विस्तारको क्रममा अहिले भत्काईको कुलो अवको करिब एक हप्ता भित्र निर्माण सम्पन्न नभए किसानहरुले धानको व्याड(बीउ) राख्न नपाउने अवस्था आउन सक्ने जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनलेभने–‘अबको करिव एक हप्तामा धानको  व्याड(बीउ) राख्ने समय हुन्छ त्यतिबेला सम्म कुलोमा जसरी भएपनि पानी लैजानु पर्दछ ।’
उनले कुलो भत्काईको करिव १५÷२० दिन जती भईसकेको अवस्थामा सडक विस्तारको काम गरिरहेको ढिभिजन सडक कार्यालयले केही दिनमै कृत्रिम रुपमा भएपनि कुलो बनाईदिने सहमती भएको जानकारी दिदै यसको लागि आफुहरुले  पहल जारी राखेको बताए ।
उनले भने–‘ सडक डिभिजन प्रमुख संग कुराकानी गरेका छौ केही दिनमै पानी निकास हुनेगरी काम गरिदिने कुरा भएको छ हामी एक हप्ता भित्रमा पानी लैजान पाउनेमा ढुक्क छौ ।’ अवको केही दिनमा उक्त कुलो प्रयोग गरेर पानी लैजान नपाउने हो भने मणिग्राम क्षेत्रको करिव २ सय विगाहा क्षेत्रफलमा किसानहरुले धान रोप्न पाउनेछैन्न । यदि सडक डिभिजन कार्यालयले समयमै कुलो निर्माण नगरिदिएमा उपभोक्ताहरुले आफै कुलो निर्माण गरी पानी लौजाने समेत सभापती गैरेको भनाई छ । ‘पानी जसरी भएपनि लान्छौं हामीलाई सडक विग्रायोस या सप्रेयोस चिन्ता छैन’ उनले थपे–‘तर समयमै कुलो निर्माण गरिदिने सहमती भएको छ हामी त्यसो गर्न नपरोस्’
उता, स्रोह्र–छत्तिस सिंचाही प्राणली आयोजनाका सचिव धुब्र धितालले कुलो समयमै निर्माण गर्नको लागि दबाब दिइर्“को जानकारी दिए । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘सडक विस्तारको क्रममा नाली संगै कुलो पनि सञ्चालन गर्ने भनेर कुरा भएको छ तर त्यसको लागि केही समय लाग्ने भएकोले अहिलेलाई अन्य बैकल्पीक व्यवस्था गरेर पानी लैजाने काम गर्नुपर्दछ ।’ उनले सडक विस्तार गर्दा नहर भन्दा कुलो उच्च भएको स्थानमा बैकल्पीक व्यवस्था गरेर भएपनि पानी लैजानको लालि दाबाब दिएको उनले जानकारी दिए ।
उता, डिभिजन सिंचाही कार्यालय भैरहवा रुपन्देहीका प्रमुख देवानन्द उपाध्यायले समुदायबाट आएको कुराहरुलाई सहजिकरणको वातावरण निर्माण गर्नको लागि पहल गर्ने जानकारी गराए । उनले उक्त सिंचाही आयोजना पुर्णतया समुदायमा आधारित आयोजना भएको कारण समुदायबाट यसको लागि पहल हुनुपर्नै भन्दै उनले डिभिजन सिंचाही कार्यालयको योजना नभएकोले धेरै जानकारी समेत नभएको बताए । उनले भने–‘यो आयोजना समुदायमा आधारीत अयोजना हो यसमा डिभिजन सिंचाहीले केही गर्न मिल्दैन ।’
सोह्र–छत्तिस सिंचाही आयोजना जंगबहादुर राणा प्रधानमन्त्री भएको पालामा वि.स. १९०३ सालमा निर्माण गरिएको विभिन्न तथ्याङ्कमा पाइएको छ । समुदायमा आधारित जनश्रमदानबाट निर्माण गरिएको आयोजना हो । उक्त सिंचाही प्राणली जनश्रमदानबाट निर्माण गरिएको दक्षण एशियाकै नमुना नहर(कुलो)को रुपमा रहेको छ ।
-----------------------------
 वातावरण

सन्र्दभ २१ औ वातावरण दिवस: जलवायु परिर्वतनको प्रमुख कारण वन विनास
कृष्ण खनाल
बुटवल, २१ जेठ ।

जलवायु परिर्वतनको कारण पृथ्वीमा देखिने विभिन्नअसहरुको प्रमुख कारकत्वन वनविनास नै हुने गरेको पाइएको छ । विस्तारै पृथ्वीमा भएको वन जंगलको विनासको कारण माटोमा हुने कार्वन विरुवाहरुले उपयोग गर्न नपाउदा वायुमण्डलमा फैलीएर विस्तारै ओजनतह वाक्लीलिदै गएको कारण विभिन्न प्रकारको जलवायुका असरहरु देखा पर्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।
सूर्यबाट पृथ्वीमा आएका विभिन्न विकिरणहरु फर्केर जाने वाटो बन्द हुने भएको कारण जलवायुमा परिर्वतन आउने गरेको पाइएको छ । पृथ्वीमा कुनै स्थानमा अतिवृष्टी, अनावृष्ठी, खण्डवृष्ठी जस्ता बर्षाहरु हुनु र विस्तार तापक्रम वृद्धिहुदै जानुको कारण पृथ्वीको आयु विस्तारै कम हुदै गएको छ ।

विगत लामो समयदेखि वातावरणको क्षेत्रमा काम गर्दै आएको रुपन्तरण अभियानको संयोजक बालकृष्ण जमरकट्टेलले विश्वमा सन् १९८९ सालमा पहिलोपटक जलवायु परिर्वतन सम्बन्धी सम्मेलनभएको जानकारी दिदै पृथ्वीमा विस्तारै हरितगृह ग्यासको मात्र बढ्दै जानुले थप वातावरणीय असरहरु देखा पर्ने जानकारी दिए । नेपालमा कर्वनको मात्रा विस्तारै बढ्दै जानुकोकारण वन विनास, आगलागि, फोहर मैला उत्पादन र कृषिजन्य कार्यबाट जलवायु परिर्वतन हुने गरेको उनको भनाई छ । ‘पृथ्वीको तापक्रम विस्तारै बढ्नुको कारण नै जलवायु परिर्वतन नै हो । ’उनले थपे–‘हरितगृह ग्यास कार्वनडाईअक्साईड, मिथेन, नाईटक्साईड ग्यासहरुको उत्पादन र उत्संर्जनमा रोक्नु पर्दछ ।’

अहिले पृथ्वीमा कर्वानडाईअक्साईडको मात्र ७७ प्रतिशत छ भने मिथेन १४ प्रतिशत र नाईट्रक्सको मात्रा ८ प्रतिशत र अन्य रहेको तथ्याङ्कमा रहेको छ । विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा रुपान्तरण नेपालले संकलन गरेको तथ्याङ्कमा वितेको करिव एक सयबर्षमा विश्वमा १५.७४ प्रतिशतले तापक्रम बढेको छ । नेपालमा करिव १.७ प्रतिशत तापक्रम बढेको छ । विश्वको तुलनमा नेपालमा तापक्रम बढ्ने क्रम समेत विस्तारै बढ्दै गएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २००८ मा भन्दा सन् २००९ मा नेपालमा आगलागीको कारणबाट घटनाहरुम ५ प्रतिशतले तापक्रम वृद्धि भएको पाईएको छ ।

उता, सामुदायिक वन उपभोक्ता महासंघका कोषाध्यक्ष घनश्याम चालिसेले हरितगृहको उत्पादन कम गर्नको लागि वृक्षरोपण नै प्रमुख विकल्प भएको बताउदछन । बनजंगलको संरक्षण गरेमा माटोमा भएको कार्वनलाई रुखले पृथ्वी सम्म आउन नदिने भन्दै उनले वृक्षरोपणको माध्यामबाट पृथ्वीको आयु लम्बाउन सकिने धाराणा व्यक्त गरे ।

त्यस्तै जिल्ला वन कार्यालय रुप्न्देहीका प्रमुख जिल्ला वन अधिकृत दीपक ज्ञवालीले पछिल्लो समयमा धेरै बर्ष पुराना तथा माटोमा भएको कार्वनलाई सोस्न नसक्ने प्रकारका रुखहरु काटेर त्यसको सट्टामा नया रुखहरु रोपी कार्वनको मात्र घटाउन सकिने जानकारी दिए । उनले भने–‘पुराना तथा जिर्ण भएका रुखहरुलाई हटाएर नया रुखहरुलाई विकसित गर्नुपर्नेछ जसले गर्दा कार्वनको मात्र घटाउनलाई सहयोग पु¥याउदछ ।’ रुपन्देही जिल्ला वातावरणीय दृष्टिकोणबाट अत्यान्त जोखिममा रहेको जिल्ला भएको कारण पनि यस क्षेत्रको वन जंगल जोगाउनु प्रमुख कार्य भएको उनको भनाई छ । उनले अहिलेसम्म रुपन्देहीमा करिव १४ हजार विगाहा वन अतिक्रमण भएको भन्दै अव कुनै पनि जंगली क्षेत्रमा विभिन्न प्रकारका अस्पताल, भवनहरु निर्माण गर्दा त्यसको अनुपातमा अन्य स्थानमा जग्गा खरिद गरि वनलाई हस्तानान्तरण गर्नुपर्ने नीती आवश्यक रहेको बताए ।

लामो  समय देखि वन तथा वातावरणको क्षेत्रमा वलाकत गर्दै आएका अधिवक्ता केशमणी अर्यालले यसक्षेत्रको नदी नालामा अवैध रुपमा उखन्नको कार्यचलिरहेको भन्दै यसको नियन्त्रणको लागि सरोकारवाला निकाय गम्भिरताका साथ लाग्नुपर्ने बताए । उनले जिल्ला विकास समितिले तयार गरेको वातावरण मुल्याङ्कन प्रतिवेदन लागूगर्नको लागि प्रयास भएको भएपनि नदीजन्य बस्तुहरुको करिव १० बर्षसम्म उत्खनमा रोक लगाउनुपर्न उनको धारणा छ ।
आज  २१ औ विश्व वातावरण दिवस सोचेर खाउ , खाना खेरा नफालौ वातावरण जोगाऔ भन्ने मुला नाराका साथ विश्वभर मनाईदै छ । विश्व वातावरण दिवसको अवसरमा विभिन्न विद्यालय तथा  वातावरण संग समबन्धीत सरोकारवाला निकायहरुले विभिन्न रचनान्तमक कार्यत्रमहरुको आयोजना गरी मनाउदैछन  ।

))))))))))))))))))))))))
जलवायु परिर्वतन न्युनीकरणको लागि मिडियाको भुमिका महत्पुर्ण
बुटवल, २१ जेठ ।
जलवायु परिर्वतनाको लागि पृथ्वीमा देखिने विभिन्न खाले असरहरु न्यूनिकरणको लागि मिडियाको भुमिका महतपुर्ण हुने  एक कार्यक्रमका सहभागीहरुले बताएमा छन । मंगलबार जिल्ला विकास समितिको सहयोगमा नेपाल वातावरण पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘जलवायु परिर्वतनमा मिडियाको भुमिका विषयक’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै पृथ्वी भनेको सबैको सझा घर भएको कारण आ आफ्नो क्षेत्रबाट यसको लागि योगदान दिनुपर्ने बर्ताका हुन । विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण पत्रकार संघ रुपन्देहीका अध्यक्ष डिआर घिमिरेको अध्यक्षतामा भएको अन्र्तक्रियामा जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दीपक ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

बुटवलमा क्रियाशिल करिव एक दर्जन बढि सञ्चारकर्मीहरुको सहभागीता रहेको अन्र्तक्रियामा सामुदायि वन उपभोक्ता महासंघका घनश्याम चालिसे, रुपान्तरण अभियान नेपालका वालकृष्ण जमरकट्टेल,अधिवक्ता केशरमणी अर्यालय लगायतले सहजीकरण गरेका थिए । नेपाल वातावरण पत्रकार संघका सचिव मुकेश पोखरेलको सञ्चालनमा भएको कार्यक्रम भएको थियो ।

-----------------
 स्थानिय समाचार

केन्द्रीय अनुगमन टोलिको बुनपामा छड्के ‘ टोलिले होर्डिङ्गबोर्डनै भेटाएन’
कृष्ण खनाल
बुटवल, ६ फागुन ।

सरकारी निकायबाट सञ्चालमा आएका जुन सुकै योजनाहरुको अनिर्वाय रुपमा लागत, योजनाको नाम, सुरु तथा सम्पन्न हुने मिति तथा ठेकेदारको नाम सहितको  विवरण खुलाउनु पर्ने व्यवस्था भएपनि बुटवल नगरपालिका बाट त्यस्तो नभएको पाइएको छ ।

नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमन गर्दा नगरपालिकाबाट सञ्चालनमा रहेका कुनै पनि योजनाहरुमा होर्डिङ्ग बोर्ड (विवरण सुचना पार्टी ) नभएको पाइएको हो ।

विहिवार  नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमनको क्रममा त्यस्तो तथ्य फेला पारेको हो ।

 केही दिन यता यस क्षेत्रमा छड्के अनुगमन गरिरहेको टोलिले यस अघि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालीका, जिल्ला विकास समिति र जिल्ला प्रविधिक कार्याललयको अनुगमन गरेको थियो ।  कपिवस्तु जिल्लामा र नवपरासीको जिल्ला विकास समिति र परासी नगरपालिकामा अनुगमन गरिसकेको छ ।

टोलिले विहिवार दिउसो करिव पौन १२ बजे बुटवल नगरपालिकामा अनुगमन गरिएको थियो ।
क्षेत्रीय संयोजक शिव ब रामाझि, अञ्चल संयोजक रमेश कुमार के.सी. र जिल्ला संयोजक टेकराज पन्थी र  लेखा आयोगका अर्जुन आचार्यको विशेष टोलिले गरेको अनुगमनबाट नगरपालिकाबाट सञ्चालनमा आएका अधिकांस योजनाहरुको बारेमा सर्वसाधारणहरुलाई जानकारीको लागि योजनाको नाम, लागत, योजना सुरुभएको मिति, सम्पन्न हुने मिति तथा ठेकदारको नाम उल्लेख गर्नुपर्नेमा  होर्डिङ्ग बोर्ड नै नराखिएको पाइएको हो  ।

अनुगमन टोलिमा संलग्न जिल्ला संयोजक टेकराज पन्थीले नगरपालिकबाट सञ्चालनमा आएका कुनैपनि आयोजनाहरुमा होर्डिङ्ग बोर्ड नराखिएको पाईकोले यसको लागि अबिलम्ब  सञ्चालनमा आएका योजनाहरुमा अनिवार्य रुपमा होर्डिङ्ग बोर्ड राख्नको लागि निर्देशन  दिइएको जानकारी दिए ।
उनले आन्तरिक आम्दानी न्युन रहेको नगरपालिकाले २५ प्रतिशत भन्दा बढि खर्च गर्न नपाईने भएपनि बुटवल नगरपालिकामा भने बढि खर्च गरिएको पाइएको  जानकारी दिए ।
बुटवल नगरपालीका कार्यकारी अधिकृत खिम बहादुर रायमझिले १५ दिन भित्र नगरपालिकाले टोलिले दिएको सुझाब अनुसार नै सुधार गर्ने प्रतिवद्धता जनाएको जनाइएको छ ।
 
टोलिले नगरपालिकाले कान्जी हाउस निर्माण गरी छाडा चौपायहरुको व्यवस्थापन गर्न नसकेको भन्दै यसको लागि तुरुन्त छाडा चौपाय नियन्त्रण प्रक्रिया अगाडी बढाउनको लागि निर्देशन दिएको  टोलिका जिल्ला संयोजक टेकराज पन्थीले बुटवल टुडेलाई जानकारी दिए ।

उनले भने–‘ठ“ाउ –ठाउमा छाडा चौपायको कारण सडक अवरुद्व हुने गरेको फेला पारेका छौ जसले सवारी साधान सञ्चालनमा बाधा पु¥याएको छ यसको नियन्त्रणको लागि निर्देशन भएको छ । ’
अनुगमनको क्रममा नगरपालिकका १८ जना कर्मचारिहरुको अनुपस्थीति रहेको थियो । डिजिटल सिग्नेचर(आधुनिक हस्ताक्षर मेसिन) प्रयोग गरिएको नगरपालिकामा स्वीपर र गाडी चालहरुको हाजिरी नभएको फेला परेको हो ।

नगरपालिकामा कुल २ सय ९० जना कर्मचारिहरुको दरबन्दी भएकोमा २० जना कर्मचारिको कोटा खाली रहेको छ । नगरपालकाले ई बिडिङ्ग(अनलाईन टेन्डर)को व्यवस्था र  लेखा तथा प्रशासनको आर्थिक हिसाव किताबमा कुनै त्रुटि नभेटिएको अनुगमन टोलिले बताएका छ ।
यसको अलवा बुटवल नगरपालिकाको वेभ साईट पनि पुर्णरुपमा अपडेट नभएको पाइएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै