धकेल्दै दसैं यात्रा...


कृष्ण खनाल
बुटवल, असोज ।
गतवर्ष देशको विसम परिस्थितिका कारण अभावै अभावको दसैं यात्रा गर्न बाध्यभएका नेपालीहरुलाई यस बर्ष प्रकृतिले साथ नदिने छाँटकाट देखाएको छ ।
आफुभन्दा ठुला मान्यजनबाट टिका आसिरवातग्रहण गर्नको लागि  यात्रा गर्ने नेपालीहरुलाई प्रकृति वाधक बन्न सक्ने निश्चित भएको हो । खासगरी  पहाडी जिल्लाहरुमा यात्रा गर्ने यात्रुहरुको दसैं यात्रा हिले दसंै भएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा सल्यान  दाङ्ग र नवलपपरासी जिल्लाको केही भागमा यात्रा गर्ने यात्रुहरुले सडककै कारण सास्ती खेप्न बाध्य छन् । 
अर्घाखाँची
नेपालमा  सबै गाविसहरुमा सडक यातायात पुगेको पहिलो पहाडी जिल्ला अर्घाखाँची हो ।  जिल्लाको सबै गाविसमा मोटरवाटो(सडकयातायात)ले जोडीएको छ । तर जिल्ला सदरमुकाम सन्धीखर्क देखि गोरुसिङ्गे कपिलवस्तु बाहेक अन्य जिल्लाको सडक कालेपत्रो गरिएको छैन । सदरमुकाम देखि केही गाविसहरुमा जोड्ने मोटरबाटो ग्राभेल गरिएको भएपनि बर्सातको समयमा सडकको अवस्था दुरावस्तामा परिणात हुन्छ । पहिला ४२ हालः ३५ वटा गाविस र एक वटा नगरपालिका रहेको अर्घाखाँचीमा  एक गाविसमाकम्तिमा २२ वटा सम्म सडक खनिएका छन् । जुन सडक मौसमीसडक हुन । हिउदको केही महिनामा मात्र सञ्चालन हुने सडक बर्षातको समयमा सडक हो की पहिरो हो भन्न सकिन्दैन । 
सबै सर्वसाधारणलाई यातायातको सुविधा र्पुयाउने उद्देश्यले जिल्ला विकास सििमत, गाउ विकास सििमत र स्थानिय गाउलेहरुको लगानीमा बाटो खनिएको हो  । तर त्यहि बाटो स्थानिनियहरुको लागि गलपासो बन्ने गरेको छ ।
ठुला चार्डपर्वको समयमा स्थानिय बासिन्दाहरुले बाटोकै कारण सास्ती खेप्न बाध्य छन् । जिल्लामा निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक, २८ मुख्य सडक, ५० वटा गाउँ स्तरीय र जिल्ला स्तरीय ९६ वटा सडक छन । भने यो बर्ष १६ वटा सहायक सडकको निर्माण कार्य जारी छ भने ९ वटा जिल्लाका मुख्य सड्कको स्तान्नोत्तरी कार्य गरिएको छ । 

गुल्मीः
गुल्मी जिल्ला पनि सडक यातायातको सञ्जालले जेलिएको जिल्ला हो । तर सडकको स्तरउन्नती र दिगो सडक निर्माण कार्य नगरिएको कारण स्थानियहरुले सडककै कारण पटक पटक सास्ती खेप्न बाध्य छन् । 
गुल्मी जिल्लामा रिडीदेखि तम्घास सम्मको ४२ कि.मि. सडक कालोपत्रे भैसकेको छ भने जिल्लाको मेरुदण्डका रूपमा रहेका तम्घास–चौरासी–पुर्कोटदह मोटरबाटो र रिडी–रुद्रवेणी–वामी मोटरवाटो कालोपत्रे गर्नको लागि निर्माण कार्य अघि बढिरहेको छ ।
 यस जिल्लाका सबै वटै गा.वि.स.हरूमा प्राय हिउ“दमा जिप चल्न सक्ने मोटरवाटोले छोईसकेको छ भने करिव आधा जसो गाविसहरूमा हिउँदमा बस संचालन हुने गरेको छ । करिव ९ सय ४५ कि.मि. कच्ची सडक यस जिल्लामा निर्माण जिल्ला विकास समितिले जनाएको छ । 
जिल्लामा पक्की पुल ९ वटा रहेका छन् । एक दर्जन जति पक्की पुलहरू निर्माणाधिन अवस्थामा रहेको जिविसको वेभसाईटमा उल्लेख छ । सडकको अवस्था ‘मौसमी सडक’ सडक भएको कारण स्थानियहरुले सास्ती खेप्न बाध्य छन् । 

दाङ्गः
दाङ्ग जिल्लाको भित्री मधेस अन्र्तगत  पर्दछ । तर यस जिल्लाबाट केही पहाडी गाविस र जिल्लामा जाने सडकको अवस्था राम्रो छैन । कच्ची सडकको कारण स्थानियहरुले सासथी खेप्न बाध्य छन् । तुल्सीपुर सल्यान सडक  जिल्ला सडक समेत गरी ४७०० कि.मी. भन्दा वढी सडक रहेको जिल्ला विकास समितिले जनाएको छ । सवै गा.वि.स.तथा नगरपालिका सडक सञ्जालले जोडीएको छ । 
जिल्लाका ७ वटा गाविसहरु पहाडी क्षेत्रमा पर्दछन् । लक्ष्मीपुर, रामपुर, स्युजा, सैघा, काभ्रे, लोहरपानी, हासिपुर गाविसमा सडक सञ्जालले जोडीएपनि बर्षभरी यातायातका साधानहरु सञ्जालन हुन सक्दैनन् । रामपुर र लक्ष्मीपर गाविस तराई संग जोडीएका गाविस भएको कारण केही सहज भएपनि अन्य गाविसहरुम ६ महिना मात्र सवारी चल्न सक्दैनन् । ६ महिनामा ५ महिना बाटो  सञ्चालन हुने भएपनि बर्षातको समयमा पहिरोको कारण सडक पुरै ठप्प हुने स्थानियको भनाई रहेको छ ।   
रुकुमः 
प्रदेश नम्बर ५ को राप्ती अञ्चलमा पर्ने रुकुम जिल्ला पनि सडक सञ्जालले जोडीएको जिल्ला हो । तर यस क्षेत्रमा सदुरमुका जोड्ने सडक बाहेक अन्य सबै सडक कच्ची छन् । पहडी जिल्ला, कच्ची सडक भएको कारण सर्वसाधारणरुले बर्षभरी नै मोटर चढ्न पाउदैनन् । राष्ट्रिय लोकमार्ग (कालोपत्रे चरणमा) ३० कि.मि. रहेको छ भने मध्य पहाडी लोकमार्ग ८५ कि.मि.जिल्लामा रहेको छ । आरआरआरएसडीपि  परियोजानबाट  जिल्लामा कुल ५१.५३० कि.मी सडक निर्माण गरिएको छ । जिल्लामा ग्रामीण सडक २ सय ३५ कि.मी.रहेको छ । 
बर्षभरी नै गाडी गुड्ने सडक  १ सय ५० कि.मी र ट्याक्टर गुड्ने ५० कि.मी मात्र रहेको जिल्ला विकास समितिको वेभसाईटमा उल्लेख गरिएको छ । जिल्लामा अहिले झुलुङ्गे पुल (निर्माणधिन २ र  विस्तृत सर्भे ७ समेत) ९१ वटा रहेका छन् । 
रोल्पाः
 रोल्पा जिल्ला पनि सडक यातायातले हिसावले सुगम जिल्ला हो । तर अधिकांस सडक कच्ची छन् । जम्मा ५२ किलोमिटर मात्र सडक कालेपत्रे गरिएको जिल्लामा  गत बर्ष सम्म कुल ५ सय २५ किलो मिटर  कच्ची सडक खनिएको थियो । यस बर्ष कुल ५८  किलोमिटर गरी जिल्लामा कुल कच्चीसडकको अवस्था ५ सय ८३ किलोमिटर रहेको छ ।  जिल्लामा कुल ग्राभेल सडक ३८ किलोमिटर मात्र रहेको छ ।  जिल्ला विकास समितिको तथ्यांक अनुसार पक्की सडक — लिवाङ–खुंग्री (गा.वि.स.)सम्म ३८ कि.मि., ग्राभेल सडक , दाङको घोराही–नुवागाउँको तिला सम्म ५६ कि.मि ग्राभेल सडक , लिवाङ–दारबोट २५ कि.मि. ग्राभेल सडक,  तिला–दारबोट १० कि.मि. कच्ची सडक, दुई खोली राङकोट ३.५ कि.मि. कच्ची सडक, सुलिचौर— फुलिवन २७ कि.मि. रहेको छ । 
नवलपरासीः
नवलपरासी जिल्ला केही भाग तराईमा परेपनि १६ वटा गाविस पहाडी  क्षेत्रमा पर्दछन् । खासगरी चुरे पहाडको काखमा रहेको जिल्लामा पहाडी क्षेत्रमा जाने अधिकांस सडक कच्ची रहेका छन् । नवलपरासीको दलदले–बुलिङ्गटार, दुम्किबास–सर्दी, झ्यालबास–धौवादी लगायतका भित्री  जिल्लाको पहाडी गाविसहरु अर्खला, बुलिङ्गटार, धौंवादी, डेढगाउ, डाडाझेरी गाविसमा पनि जाने सडक कच्ची छ । 
प्युठानः
प्युठान जिल्लाका सडकहरु मध्ये केही किलोमिटर मात्र सडक कालेपत्रे गरिएको छ । पुर्वपश्चिम राजमार्गमा दाङ्गकोे भालुवाङ्ग देखि  प्युठान सदरमुकाम खलङ्गा सम्म ३१ किलोमिटर र भालुवाङ्ग देखि खलङ्गा सम्म ७६ किलोमिटर, बाग्दुला वाहने ४ किलोमिटर बाहेक अन्य सडकहरु कालेपत्रे हुन सकेका छैनन् । 
जिल्लामा  बाग्दुला देखि मच्छी सम्म १३ किलोमिटर, बाग्दुला देखि वहाने ९ किलोमिटर र सदरमुकाम खलङ्गा देखि  चुजाँठाटी सम्म कुल १३ किलोमिटर मात्र सडक ग्राभेल गरिएको छ । जिल्ला विकास समितिका अनुसार जिल्लाको कुल १ सय २  किलोमिटर सडक पक्की छ भने ७५किलोमिटर कच्ची र अन्य ३ सय ११  किलोमिटर सडक कच्ची छ । 
१७ वटा सडकले मात्र अस्थायी रुटप्रमिट पाएको जिल्लामा अधिकांस भित्री गाविसहरुरुमा चल्ने सडकहरुमा १२ महिना गाडी चल्दैनन् । बर्षातको समयमा गाडी नचल्ने सडको संख्या बढि  धेरै छ । जिल्लाको स्यालीवाङ्ग, रजवारा, पुजा, अर्खावाङ्ग, खुङ्ग, नारिकोट, डाम्री, खवाङ्ग, तुसरा, कोचिवाङ्ग लगायतका गाविसहरुमा बर्षमा आधा दिन मात्र गाडी जान्छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै