Posts

Showing posts from 2011

मानवअधिकार शिक्षा तालिम समापन

कृष्ण खनाल बुटवल १५ असोज– मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुराष्ट) रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार,  शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक–फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।  सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी, नेत्र पाण्डे र राजेन्द्र कु“वरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी,  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार , मिडिया र यसको महत्व  तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।  त्यसै गरी  सचिव राजे

हस्तानान्तरण भए पनी संञ्चालन हुन गह्रो

कृष्ण खनाल बुटवल ६ अशोज । विश्व स्थाथ्य संङगठना (डब्लु एच ओ )र एपिडिनियोलोजी रोग नियन्त्रण महासाखा काठमाडौबाट रक्त संञ्चार सेवा केन्द बुटवलमा हस्तानान्तरण गरिएको करिव २२ लाखको प्लेटिलेट्स सेपेरेटर मेशिन विद्युत नियमित नहुदा संञ्चालमा कडिनाई हुने भएको छ । सुक्रवारमात्रै सक्त संञ्चार सेवा केन्द्र बुटवलमा हस्तानान्तरण भएको उक्त मेसिन लोडसेडिङ्गको कारण संञ्चालन हुनमा अनौलता छाएको छ । विगत बर्षमा डेङ्गुरोगको कारण रुपन्देहीमा प्लेटिलेट्सका लागी काठमाडौ जानु पर्ने बाध्यता थियो । काठमाडौको सेवा बुटवलमा र यस आसपासका जिल्लाहरुका स्थानिय बासिन्दाहरुले पाउने भएको भए पनी अझै केहि समय कुर्नु पर्ने भएको छ । रक्तदाताबाट संकलन गरिएको रगतबाट रातो रक्तकोेष र प्लेटिलेट्स छु्ट्टउने मेशिन विद्युत आपुर्ती नियमीत  नहुदा संञ्चालमा शमस्या आएको रक्त संञ्चार केन्द्र  बुटवलका संयोजक प्रेमलाल उदासले जनाकारी दिए । उनका अनुसार उक्त मेशिनका संञ्चालनका लागी  २४ सै घण्टा विद्युत आवश्यक पर्दछ ।  विद्युत नियमित नभएको र घण्टौको लोडसेङ्गिका कारण रगतबाट छुट्याइएको  प्लेटिलेट्स बचाउन गाहे हुन्छ ।  प्लेटिलेसलाई  माईनस ४०

दशै मनाउन खसी बोका बेच्न बुटवलमा ।

कृष्ण खनाल बुटवल ११ असोज । यसबर्षको दशै मनाउनकालागी पाल्पाका व्यपारिहरु खसी ,बोकाको व्यापारका लागी बुटवल झरेका छन । पाल्पाका विभिन्न ग्रामिण ईलाकाबाट खसीबोका विक्रि गरेर दशै मनाउनकालागी उनीहरु बुटवल आसपासमा लाग्ने विभिन्न साप्ताहिक हाट बजारमा धारउने गरेका हुन  ।  यनै मध्ये एक हुन ,भुवनसिंह चिदि मगर । बुधवार  पाल्पाको कचल गाविसबाट विहान ४ बजे नै ७ वटा खसी र बोका लिएर हिडेका उनी ९ बजे पाल्पाको दोभानमा आईपुगेका थिए । बुटवल ६ मा रहेको हाटबजारमा भने साढे ९ बजे । विहानको करिव ११ बज्न लाग्दा उनले २ वटा खसीहरु बाहेक अन्य सवै खसी  बोका बेचर २१ हजार रुपैया आम्दानी गरिसकेका थिए । विगत ५ बर्ष यता  दशैको सिजनमा गाउमा खसि बोका खरिद गरेर बुटवलमा ल्याएर विक्रि वितरण गर्ने गर्दछन । उनले दशैको सिजमा खसीबोका विक्रिबाट आएको आम्दानीबाट यस पालीको दशै मनाउने योजना रेहको समेत बताए । उनले भने –‘खसीबोका बेचेर आएको पैसाले यस पालीको दशै खर्च जुटाउछु ’। उनीमात्र होईन अहिले दशैको मौकामा खसि बोका बेच्नको लागी बुटवका साप्ताहिक हाटबजारमा पाल्पाबाट दर्जनौ मानिसहरु बुटवलमा आउने गरेका छन । उनी जस्तै पाल्पाको दोभान

कहिले बन्ने सरकारी कार्यालय अपाङ्गमैत्री

कृष्ण खनाल बुटवल १३ असोज ।  रुपन्देही पर्रोहाकी मैया लम्सालले काम लिएर जिल्ला विकास समिती र गाउँ विकास समितिको कार्यालयमा जाँदा कैयन् पटक झन्झट भोग्न बाध्य भइन्् । स्थानिय निकायका कार्यालय भवन अपाङ्गमैत्री नभएका कारण हिवलचियरको सहायताले मात्र हिडडुल गर्ने लम्सालले अनेकन् पटक सास्ती व्यहोर्न परेको छ । लम्सालले भनिन्, ‘नवलपरासी जिल्लाको वेनिमणीपुरमा जन्मिए । अहिले अपाङ्गताका क्षेत्रमा काम गर्छु । जिल्ला विकास समिति, रुपन्देहीका सरकारी कार्यालय र गाउँ विकास समितिका कार्यालयमा जाँदा सम्बन्धित व्यक्तिलाई भेट्न मुश्लिक पर्छ ।’ जिल्ला विकास समिति रुपन्देहीको सामाजिक विकास शाखा माथिल्लो तलामा छ । अपाङ्गता हेर्ने यो सामाजिक विकास शाखामा हिवलचियर चढेर जान सम्भव छैन । सामाजिक विकास अधिकृतलाई भुईमा बोलाएर आफ्नो काम लिदैँ आएका अपाङ्गता भएकाहरू कार्यालय आफ्नो अनुकुल नरहेको बताउ“छन् । नवलपरासी अपाङ्ग पुर्नस्थापना केन्द्रकी अध्यक्षसमेत रहेकी लम्सालले कामका लागि स्थानीय विकास अधिकारीलाई उस्तै धौ हुने बताइन् । उनले भनिन् ‘हिवलचियर प्रयोगकर्तारूले की त हिवलचियर घरमा छाडेर सहयोगी लिएर जानुप¥यो,

सक्रिय छैनन् रुपन्देहीका अपाङ्ग संघ–संस्थाहरु

कृष्ण खनाल बुटवल १३  जेठ । अपाङ्गको हितमा काम गर्नें भनेर रुपन्देहीमा दर्जनौ संघ–संस्था स्थापना भएको भए पनी उनीहरुको ले अपाङ्गता क्षेत्रमा उल्लेखनिय काम गर्न सकेका छैन्न । चालु आर्थिक बर्षमा जिल्ला विकास समिती रुपन्देहीबाट छुट्याईएको  अपाङ्गविकास कोषको रकम आर्थिक बर्ष सामाप्त हुन एक महिना भन्दा कम  समय मात्र बा“की रहदा खर्च भएको रकम भन्दा दोब्बर रकम खर्च अपाङ्गको हितमा खर्च नहुनु  यसको एउटा गतिलो उदाहरण हो । जिल्ला विकास समिती रुपन्देही बाट अपाङ्ग विकास कोषको नाममा स्थापना भएको ९ लाख रुपैयाबाट आर्थिक बर्ष सामाप्त हुन केहि महिना बा“की रहदा  ३ लाख ८ हजार रुपैयामात्र खर्च भएको छ  । जिल्ला विकास समिती सामाजिक विकास अधिकृत दुुर्गा प्रंसााद श्रेष्ठका अनुसार  अपाङ्गता भएका संघ संस्था  सक्रिय नभएको कारण अपाङ्ग कोषको रकम खर्च हुन सकेको छैन ।  उनले बुटवल टुडे संगको कुराकानीमा भने  – हामि संग पैसा छ तर खर्च हुने ठाउ छैन ।   रुपन्देहीमा भएका केहि संस्थाले अपाङ्ग विकास कोषको रकम बाट केहि क्षेत्रका सिमित व्यक्तिहरुलाई तालिम प्रदान गर्ने गरेको भएपनी  अन्य लक्षित अपाङ्ग सम्म उक्त रकम पुग्न स

शिर्षक एकातिर काम अर्कातिर अपाङ्ग विकास कोषको रकम

शिर्षक एकातिर काम अर्कातिर अपाङ्ग विकास कोषको रकम कृष्ण खनाल बुटवल ११ जेठ । चालु आर्थिक बर्षमा जिल्ला बिकास समितीद्धारा अपाङ्ग विकास कोषको अन्तर्गत खर्च गरिएको रकम शिर्षक एकातिर काम अर्कातिर  भएको छ । आर्थिक बर्ष समाप्तहुन केहि महिना मात्र बाकि रहेको बेला खर्च गरिएको रकम को केहि हिस्सा जिल्ला परिषदबाट स्वीकृत कार्यक्रम भन्दा फरक ढङले खर्च गरिएको पाईएको हो । जिल्ला विकास समितीबाट अपाङ्ग विकास विकास कोष को नाममा चालु आर्थिक बर्षमा छुट्ट्इएको रकमको केहि भाग स्वीकृत बजेट शिर्षक भन्दा फरक शिर्षकका खर्च गरिएको छ । रुपन्देही जिल्लाको जिल्ला परिषद्बाट स्वीकृत बजेटमा स्पष्ट संग अपाङ्ग विकास कोृषकोे रुपन्देही जिल्ला परिषद्बाट स्वीकृत बजेट शिर्षकहरुमा खर्च नगरीएर अन्य शिर्षकहरुमा बजेट खर्च गरिएकोे हो । जिल्ला परिषद्बाट अपाङ्ग विकास कोषको रकम  अपाङ्गगता भएका व्यक्तिहरुको सिपमुलक तथा आयमुलक क्षेत्रमा खर्च गरिने भनेर स्पष्ट संग उल्लेख गरिएको छ । जिल्ला विकास समिती रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गाप्रसाद श्रेष्ठले अपाङ विकास काृषको रकम अपाङ्गता भएका व्यक्तिहरुकको सिप तथा आय मुलक क्षे

दशै तिहार :स्कीम र उपहारको वहार

कृष्ण खनाल बुटवल ८ अशोज । दशै तथा तिहार नजिकिदै जा“दा  विभिन्न व्यवसायीक संस्थास्थाहरु तथा बैङ्क तथा वित्तिय संस्थाहरुले विभिन्न स्कीहरु लाएका छन । दशै तथा तिहारको लागी भन्दै विभिन्न संघ संस्थाहरुले विभिन्न तरिकाका स्कीमहरु ल्याएका छन । विभिन्न व्यवायीक संस्था ,वित्तिय तथा बैङ्कहरुले विभिन्न उपहार ,दशै तिहार योजना ,हङ्गामा लगाएत नाम को स्कीम ल्याएका हुन । पछिल्लो समयमा  सडक छेउछाउ तथा विभिन्न संञ्चारमाध्यमहरुमा दशै तथा तिहार स्कीमका विज्ञापनहरु प्रसस्त्र मात्रामा देख्न पाईन्छ । विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका विभिन्न ब्रान्डका सामानहरुमा अहिले दशै तथा तिहार स्कीम योजना ल्याएका छन । कलर्स  एक्स ९ मोवाईले ले  ‘एक्स नाईन मोवाईलको झड्का बजारमा क्यास तपाईको हातमा ’भन्ने स्कीम ल्याएको छ । वोनिडा मोवाईलमो बुटवल डिलर सिद्धबाबा टे«डसका सैलेन्द्र कुमार यादवले नेपालीहरुको ठुलो चाड भएको कारण मोवाईलले यो योजना ल्याएको बताए । उनले अन्य समयमा भन्दा  चाड पर्वको समयमा  मानिसहरुले नया नया सामानहरु खरिद गर्ने भएको कारण विभिन्न स्कीम ल्याउने गरेको जनकारी दिए । उनले चाड पर्वको समयमा विभिन