उपभोक्ताको रोजाई बन्यो माछाको मःम
कृष्ण खनाल
बुटवल, कात्तिक ।
बुटवलमाजारी तिहार महोत्सवमा अन्य स्टलहरुमा दर्शकहरुको उपस्थित त्यति सन्तोष जनक छैन । तर कृषि पेभिलियन अन्र्तगत पहिलो पटक राखिएको माछाको मःम उपभोक्ताहरुको रोजाई बन्न सफल भएको छ । पहिलो पटक मेलामा राखिएको माछाको मःमको परिकार बनाएर उपभोक्ताहरुलाई पु¥याउन सञ्चालकलाई हम्मे हम्मे परेको छ । सञ्चालक सन्तोष पौडेलले पहिलो पटक नयाँ परिकार भएको कारण उपभोक्ताहरुको आकर्षण बढि रहेको जानकारी दिए । उनले भने–‘माछाको मःम पु¥याउन नै हम्मेहम्मे परेको छ, हामी प्रयासरत रहेका छौं ।’
दैनिक जिउदो माछा र माछाको मःम गरी करिव १६ हजार बराबरको कारोवार हुने गरको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने –‘हामीले विश्वास माछा तथा गाई फर्म संगको संमन्वयमा जिउदो माछा मेला स्थलबाट विक्रि वितरण गर्दै आएको छौं । ’ जिउदो माछालाई प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि गर्दै आएको विश्वास माछा फर्मका सञ्चालक टंक प्रसाद ज्ञवालीले जानकारी दिए ।
रुपन्देहीको माछाको लागि प्रख्यात दयानगर गाविस–९ छपियामा १ हेक्टर(डेढविघा) क्षेत्रफलमा व्यवसायीक माछा पालन गरेका ज्ञवालीले मेलामा स्थानिय उत्पादनको रुपमा रहेको बैखि जातको माछा विक्रि गर्दै आएको जानकारी दिए । जिउदो माछा उपभोक्ताहरुको आँखा अगाडी नै झिकी काटेर विक्रि गर्दै आ एको उनको भनाई रहेको छ ।
प्रति किलो ३ सय रुपैयाँमा माछा दैनिक करिव १५ किलो भन्दा बढि विक्रि हुदै आएको उनको भनाई रहेको छ । मःमको परिकारको लागि दैनिक १६ किलो भन्दा बढि प्रयोग हुदै आएको सञ्चालक ज्ञवालीको भनाई रहेको छ । उनले आफ्नो माछा फर्ममा कमन कार्भ, रहुँ, सिल्भर कार्भ, ग्रास गार्भ, नैनी लगायतका विभिन्न जातका माछाहरु पाल्दै आएका छन् । विगत १० बर्ष देखि माछा पाल्दै आएका उनले केही समय पहिला मात्र आधाकारिक रुपमा माछा फर्म दर्ता गरेका हुन ।
बैखि माछा काडा नहुने माछामा पर्दछ । जसको किमा बनाएर मःमको परिकार बनाउन सहज मानिन्छ । मासु तथा अन्य सुकुटी, सुप र फ्राईको लागि कार्भ जातका माछाहरु उपयुक्त मानिने कृषि प्राविधिकहरुको भनाई रहेको छ ।
फरक स्वादको रुपमा माछाको मःम रहेको कारण उपभोक्ताहरुले एक पटक उपभोग गरेपछि पुनः दोस्रो पटक पनि आउने गरेको माछाको मःम सञ्चालक गरेका सञ्चालक सन्तोष पौडेलले जानकारी दिए । अर्को मेला तथा महोत्सवमा माछाको फ्राई, ग्रेभि,सुकुटी लगायत मःम समेत रख्ने सोँच आफुले बनाएको उनको भनाई रहेको छ ।
निकट भविश्यमा बुटवलमा माछाका परिकारहरु मात्रै विक्रि गर्ने गरी ‘फिस क्याफे’ सञ्चालन गर्ने सोँच रहेको पौडेलले जानकारी दिए । उनले भने–‘यस बुटवल क्षेत्रमा छपियाको माछालाई प्रयोग गरि माछाको मात्र परिकार पाईने गरी क्याफे सञ्चालनगर्ने सोँच बनाएको छु,’ ।
