बुटवलबाट ‘हाईड्रोमा’लगानी बढ्दो


कृष्ण खनाल
बुटवल, २९ मंसिर । 
बुटवलमा रहेको  नागरिक उर्जा बुटवल कम्पनीले पुर्ण स्वामित्वमा रहने गरी म्याग्दी जिल्लाको  घार र  सिख गाविसमा रहेको ‘घार खोला जलविद्युत आयोजना’ निर्माण प्रक्रिया सुरुवात गरेको छ ।  पुर्ण  लगानी बुटवलका व्यवसायीहरु रहेको उक्त आयोजनाको  प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदन(ईआईए) पनि सम्पन्न भएको छ । 
केही समय पहिला साहस हाइड्रो पावर कम्पनी ले निर्माण गरेको ५ मेघावटको गुल्मी जिल्लामा रहेको ‘माथिल्लो हुग्दी खोला’ जलविद्युत आयोजनामा बुटवलका व्यवसायीहरुले २० प्रशित लगानी गरेका थिए । सरकारी–निजी– सहकारी अवधारणामा निर्माण गरिएको यो आयोजनाको लागत ७७ करोड रुपैयाँ रहेको थियो । जसको परिक्षण उत्पादन समेत सम्पन्न भएर राष्ट्रिय प्रशारणमा समेत जोडीसकिएको छ । जसमा बुटवलका लगानी कर्ता व्यवासायी व्याक्ति, सहकारी तथा व्याक्तिगत रुपमा करिव  १५ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो । 

घार खोला जलविद्युत आयोजना ८.३ मेघावाट जलविद्युत उत्पादनको लागि स्वीकृत लिएको उक्त आयोजनालाई अपग्रेड गरी १४ मेघावाट जलविद्युत उत्पादन गर्ने गरी योजना  अगाडी बढेको नागरिक उर्जा बुटवल प्रालिका अध्यक्ष होम बहादुर गलामी बताउछन् । उनका अनुसार यस भन्दा पहिला व्याक्तिगत रुपमा उर्जामा लगानी गरेका व्यवसायीहरुले अहिले संस्थागत रुपमा उर्जा (जलविद्युत)मा लगानी गर्ने पहिलो कम्पनी हो । 


 म्याग्दी हाईड्रोपावर कम्पनीको स्वामित्वमा रहेको १४ मेघावाट जलविद्युत उत्पादन हुने उक्त आयोजनाको पुर्ण लगानी नागरिक उर्जा  बुटवल प्रालि रहेको छ । जसको लागि बुटवल नागरिक उर्जा कम्पनी प्रालिबाट भरत नेपाल अध्यक्ष रहने गरी अन्य गम प्रसाद रेस्मी सञ्चालक र  ईन्जीनियर अर्जुन प्रसाद पौडेल निर्देशक रहेको सञ्चालक कमिटि समेत निर्माण भएको छ । 
८.३  मेघावाट जलविद्युत क्षमताको लागि स्वीकृत लिएको र अन्य ५.७ मेघावट उत्पादनको लागि सरकारबाट स्वीकृत लिने कार्य अन्तीम चरण्मा पुगेको म्याग्दी हाईड्रो पावर कम्पनी प्रा.लि (घारखोला जलविद्यूत)का अध्यक्ष भरत नेपालले जानकारी दिए । 
उनका अनुसार  उक्त परियोजनाको लागि वातावरण, स्थानिय भौगोलीक अवस्थाका साथै सबै प्रकृतीले उपयुक्त  छ । 
आगमी बर्ष २०७४ साल बैशाख महिनाम  आयोजना निर्माण कार्य सुरुवात गरी २०७६ मंसिर ३० गने राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम अगाडी बढेको होम बहादुर गलामीको भनाई रहेको छ । 
जसको लागि बुटवलका करिव ३३ सय सदस्यहरुले  लगानी गरेका छन् ।
स्थानिय स्तरमा बुटवलका व्यवासायी, सर्वसाधारण देखि लिए विभिन्न व्याक्तिहरुले न्युनतम ५० हजार देखि ५० लाख सम्म लागानी गरेका छन् । सर्वसाधारणहरुको समेत सहभागीता हुने गरी उक्त आयोजनामा ५० हजार रुपैयाँको समेत शेयर राखिएको जनाइएको छ । एकै जना व्याक्तिले १० करोड रुपैयाँ सम्म  लगानी गर्न ईच्छा देखाएपनि जनसहभागीतालाई जोड दिएर ५० हजार देखि ५० लाख सम्म मात्र लगानी गर्न दिइएको उनको भनाई रहेको छ । 

कुल लागत २ अर्व ४१ करोड ५८ लाख रुपैयाँ रहेको यो आयोजनामा  आयोजनामा बैंकबाट ऋण अनुदान ७० प्रतिश तर शेयर मार्फत ३० प्रतिशत लगानी रहेको छ । बार्षिक ४२ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सकिने यो आयोजनाबाट एक जना सेयर सदस्यले बार्षिक २१.७७ प्रतिशत लगानीको प्रतिफल पाउने आयोजनाका  अध्यक्ष भरत नेपालले जानकारी दिए । 
 आयोजना सञ्चालनको लागि पावर हाउस सम्म बाटो पुगेको साथै, भौगोलीक वातावरण, ड्याम देखि डरवाईन को लागि उचाई सबै भन्दा उत्तम रहेको कारण आयोजना निर्माणको  लािग सहज रहेको आयोजनाका निर्देशक ईन्जीनियर अर्जुन प्रसाद पौडेल बताउछन् । 
म्याग्दी जिल्लाको घार गाविसको वडा नम्बर ९ मा पावर ड्याम निर्माण गरी सिख गाविस–८ करिलो बगर देखि करिव साढे ४ किलोमिटर  टनेलमा पानी ल्याएर पावर हाउस निर्माण गरिने छ ।
जलविद्यूतको हेड ४ सय ९० मिटर को रहेको छ । जसको कारण आयोजना  निर्माण तथा जलविद्यूत उत्पादनको लागि सहज हुने ईन्जीनियरले जानकारी दिए । १२ सय मिटर लामो १.४०  मिटरको पाईपबाट पानी पावर हाउसमा ल्याएर निर्माण गरिने छ । पानीको वाहव अहिले ३३१ प्रति क्युसेक  रहेको छ । 
आज भन्दा करिव ३ बर्ष पहिला ३० प्रतिशत रकम नागरिक उर्जा प्रालि बुटवलले  उठाएको थियो । जसबाट लागानीको वातावरण सुभारम्भ भएको जनाइएको छ । 

यस अघि बुटवलका व्यवसायीहरुको २० प्रतिशत लगानी रहेको गुल्मी जिल्लाको  रुपाकोट गाविसमा रुरु हाईड्रो पावरले कम्पनी प्रालि जलविद्यूत उत्पादनगरेको छ । 
यो आयोजना नेपालमा बनेका जलविद्युत आयोजनामध्ये सबैभन्दा धेरै ८ सय ६२ जना प्रवर्द्धकबाट सुरु गरिएको हो । २०६९ फागुनमा शिलान्यास भएको आयोजनाका लागि गुल्मीको रुपाकोट खसीमारामा पावरहाउस (विद्युत गृह), हरेवा गाविसमा २० मिटरको बाँध र इन्टेक निर्माण गरिएको छ । यो आयोजनाले नेपाल विद्युत प्राधिकरणको गुल्मी वीरबासस्थित सवस्टेसनसम्म जोडेको छ ।
आयोजनाले १२ किलोमिटर ट्रान्समिसन लाइन बनाएको थियो । आयोजनाबाट हिउँदमा २ .५ मेगावाट र वर्षायाममा ५ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । कुल लागत ८१ करोड ५० लाख रुपैयाँ रहेको भएपनि लक्ष्य भन्दा चार महिना अघि नै काम सकिएकोले ७७ करोड मात्रै लगानी भएको आयोजनाका कम्पनी सचिव परितोष पौडेलले बताउछन् ।  कुल लगानीमध्ये साहस हाइड्रो पावर कम्पनी लिमिटेडको २३ करोड ११ लाख सन्तानब्बे हजार तीन सय रुपैयाँ (८५ प्रतिशत) र प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भरत नेपालको चारकरोड ३८ लाख २ हजार ७ सय (१५ प्रतिशत) लगानी रहेको छ । यसैगरी क्लिन इनर्जी डेभलपमेन्ट बैंको नेतृत्वमा पाँचवटा वाणिज्य बैंकले आयोजनामा लगानी गरेका छन् ।
प्रवर्द्धकहरुको २७ करोड ५० लाख रुपैयाँ लगानी छ भने बाँकी रकम पाँचवटा बैंकहरुले ऋण लगानी गरेका छन् । जसमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, भिबोर बैंक र सेन्चुरी बैंकको लगानी रहेको छ । साहसमा अहिलेसम्म ८ सय ६२ जना शेयरधनीहरुको लगानी रहेको छ । ५० करोड अधिकृत पुँजी रहेको छ भने चुक्ता पूँजी २५ करोड १९ लाख रुपैयाँ छ । यो कम्पनीले नेशम खोलामा पनि लगानी गरेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
भनाई
होम बहादुर गलामी
अध्यक्ष, नागरिक उर्जा बुटवल प्रालि । 

हाईड्रो पावरमा लगानीको संभावना बलियो छ । गरेको लगानी खेला नजाने आफुले गरेको लगानीले देश उज्यालो समेत हुने भएको कारण स्थानिय स्तरबाट समेत  यसमा लगानी गर्नेको संख्या बढ्दै गएको हो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै