किर्ते नागरिकता खरेज गर्न माग

कृष्ण खनाल 
बुटवल, कात्तिक । 
भान्जीलाई छोरी बनाएर बनाईको किर्ते नागरिकता बदर गर्नु पर्ने रुपन्देही विष्णुपुरा गाविस वडा नं. १ की अकालमति अहिरनीले माग गरेकी छिन ।
बुधवार आफ्नै निवास विष्णुपुरा गाविसमा पत्रकार सम्मलेन गरी अहिरनीले सम्वन्धित निकायमा न्यायको लागि अपील गरेकी छन् । 
जिल्ला अदालत रुपन्देहीले समेत कृते कागज गरी नागरिकता बनाएकी  कपिलवस्तु दोहनी गाविस वस्ने केवला अहिरनीलाई   नागरिकताको आधारमा जग्गा दिनु भन्दै फैसला गरेपछि पिडीतले बुटवलको पुनारावेदन अदलातमा मुद्धा  समेतदायर गरेकी छिन् । अकालमति अहिरनीले आफ्नो बाबु राम समुझ अहिरलाई नाताले भान्जी पर्ने केवला अहिरनीले बाबु कायम गरी किर्ते नागरिकता बनाएको बताएकी छिन् ।
सबै प्रमाणको आधारमा नागरिकता कृर्तेगरी बनाएको  प्रमाणीत हुदाँ हुदै पनि यसको छानविन नगरी जिल्ला अदालते उल्टै कृर्ते गर्ने व्याक्तिलाई समान अंश दिनु भन्दै आदेश गरेपछि पिडीत झनै पिडीत बनेकी छिन् । ४ जना सन्तान महिला मात्र भएका अहिरको परिवारमा अन्य कुनै पनि सन्तान नभएको स्थानिय गाउका समाजसेवी भरथरी यादव बताउछन् । 
स्थानियहरु संग कुनै पनि सल्लाह विना नै अदालत र प्रशासनले कृर्ते काम गरेको उनको पनि दावी रहेको छ ।  
 जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट २०४६ साल जेठ महिना १६ गते जारी भएको केवला अहिरनीको ६९३ लु क ५६ नम्बरको नागरिकता निकालेकी छिन् । 
जुन नागरिकता निकाल्ने व्याक्ति आफुसंग सम्बन्धीत सन्तान नभएको पिडीत  अकालमति अहिरनीले बताएकी छिन् । 
२०४६ सालमा नागरिकता बनाएको कुरा मेरो पिताको मृत्यु पछि मात्र मलाई थाहा भयो, अकालमति अहिरिनले भनिन‘पिताको मृत्यु पछि सम्पत्तिको हक दाबी गर्न केवला अहिरनी आए पछि मात्र हामीले फुपुकी छोरीले किर्ते गरी छोरी नाता कायम गरी नागरिकता बनाएको थाहा पायौं  ।’
समुज अहिरको आफु एक्ली छोरी रहेको अकालमति अहिरनीले दाबी गरेकी छिन् । तर, केवला अहीरनी आफु पनि समुज अहिरको छोरी बनी नागरिकता बनाएकी छिन् । 
पत्रकार सम्मेलनमा केवला अहिरनीले झुठो विवरण सहित नागरिकता बनाइएको र यसमा न्याय चाहिएको बताएकी हुन । 

पत्रकार सम्मेलनमा उपस्थित  स्थानियहरु भरथरी यादव, शिवसंकर यादव, प्रदासी यादव तथा पुर्व गाविस अध्यक्ष मोतिलाल यादवले समेत झुडो विवरणको आधारमा केवला अहीरनीले नागरिकता लिएको र उनी समुज अहिरको छोरी नै नभएको दावि बताए । उनीहरुले प्रशासनले डिएनए टेष्ट समेत गर्न नमानी एकलौटी रुपमा झुठो नागरिकता लिएकी व्याक्तिलाई अंश  दिलाउने काम गरिएको आपत्तीजनाएका छन् । 
स्थानियय पुर्व गाविस अध्यक्ष मोतिलाल यादवका अनुसार  अनुसार अकालमति राम समुझ कि एक्ली छोरी हुन् । अकालमति बाहेक समुझको अरु कुनै सन्तान नभएको विष्णुपुरा गाविस १ का स्थानीय ६८ बर्षीय मख्खन पासीले बताए । झुठो विवरण दिएर केवलाले कपिलवस्तुवाट नागरीकता बनाएको विषयको पूर्ण छानविन छानविन हुनु पर्छ, अर्का स्थानीय बैजु हरिजनले भने’ 
पिडीतले किर्ते नागरिकता बदर गरी घटनामा संलग्न उपर कारवाहीको माग सहित जिल्ला प्रकाशसन कार्यालय कपिलवस्तु र प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । पीडीत परिवारले नागरिता बदरकालागि अदालतमा मुद्दा समते दर्ता गराएका छन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै