Posts

Showing posts from November, 2015

बुटवल टुडे फलोअप बधशाला सञ्चालन गर्न विस्तृत प्रतिवेदन आह्वान

Image
कृष्ण खनाल बुटवल, १५ मंसिर । निर्माण भएको ५ महिना सम्म अलपत्र परेको पशु–बधशाला सञ्चालनको लागि बुटवल उपमहानर पालिकाले मासु व्यवसायी संघ रुपन्देही संग विस्तृत कार्यक्रम माग गरेको छ । बुटवल उपमहानर पालिका र मासु व्यवसयी संघ रुपन्देहीका विचमा सम्झौ ता भई सञ्चालनमा आउने गरी निर्माण भएको बधशाला बुटवल उपमहानर पालिकाको उदासिनताको कारण यतिकै अलपत्र परेको थियो । केही दिन पहिला बुटवल टुुडे दैनिकमा ‘करोडौ लगानीको बधसाला अलपत्र’ शिर्षकको समाचार प्रकाशन भएपछि बुटवल उपमहानगर पालिकाले बधसाला सञ्चालनको लागि चासो देखाएको थियो । केही दिन पहिला बुटवल उपमहानर पालिका कार्यालयमा पशु बधसालाको विषयमा जानकारी लिन गएका संवाददाता संग बुटवल उपमहारनगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले कार्यवस्थता भएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् ।  तर पत्रिकामा समाचार प्रकासन भएकै दिन मासु व्यवासी संघका पदाधिकारीहरु  र बुटवल उपमहानर पालिकाका बरिष्ठ अधिकृतहरुको सहभागीतामा विशेष बैठक आह्वान गरेर मासु व्यवसायी संघलाई के कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रतिवेदन पेस गर्न आग्रह गरेको मासु व्यसायी

३ महिनामा बुटवलमा ‘झुम्साखानेपानी’

Image
कृष्ण खनाल बुटवल, १३ मंसिर ।  बुटवलवासीहरुको लागि ‘ बहुप्रतिक्षत’ योजनामा रहेको पल्पाको झुम्सा खोला खानेपानी योजना निर्माणमा कुनै अवरोध नभएमा ३ महिनामा बुटवल सम्म ल्याउन सकिने खानेपानी संस्थान बुटवलले जनाएको छ । यद्यपी बर्षौ देखि ‘बुटवलमो मेलम्ची’को उपमा पाएको यो योजना ३ महिनामा पुरा हुनेमा भने स्यवम उपभोक्ताहरु नै विश्वतहुन  सकेका छैनन् । आज भन्दा करिव १९ बर्ष पहिला वि.स.२०५३ सालमा सुरु गरिएको उक्त खानेपानी आयोजनाको अहिले ७० प्रतिशत काम पुरा भएको नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट बताउछन् । उनका अनुसार अहिले खानेपानीको लागि मुलमा टैकी निर्माण देखि लिएर पहिला नै  ५ किलोमिटर पाईप विच्याइएको छ । त्यस्तै पाईप विच्याउन बाँकी करिव ३ हजार २ सय ७० मिटर मध्ये २ हजार ८७ मिटर पाईप विच्याउने काम समेत सम्पन्न भएको छ । वि.स. २०५३ सालमा ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै विलाएर गएपछि सुरु भएको  झुम्सा खोला खानेपानी आयोजना केही महिनामा पुरा हुने अपेक्षा लिइएको हो । बुटवल वासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार

चुनौतिका अनगिन्ती शब्दबाणखेप्दै ६ बर्ष विताईयोः पत्रकार खनाल

Image
वि.स.२०४९ सालमा अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस–३ हरेनडाँडामा जन्मीएका कृष्ण खनाल जन्मीदा नै पोलियो रोगको कारण अपाङ्गताबनेका हुन । आफु शाररिक रुपमा अपाङ्गता भएर पनि रुपन्देहीको छापा माध्यमको पत्रकारितामा विगत ६ बर्ष देखि राम्रै छवि बनाउन सफल भएका छन् । फिचर लेखनमा अलि बढि दख्खल राख्ने खनाल हाल बुटवल टुडे दैनिक मा कार्यरत रहेका छन् । तिनै पत्रकार कृष्ण खनाल संग सवल नेपाल कर्मी अमृत पाण्डेयले गरेको कुराकानी ।  पत्रकारितामा कसरी आउनु भयो ? –म सानै छँदा देखि नै रेडियो सुन्ने लत बसेको थियो । रेडियो नेपाल देखि लिएर विभिन्न एफ एप स्टेशनहरुमा आउने कार्यक्रम, समाचार म नविराईकन सुन्थे । सानो देखि नै एक प्रकारको सञ्चार कर्मी बन्ने रेडियोमा बोल्ने मेरो रहर थियो । जुन रहर अहिले सम्म पनि पुरा हुन सकेको छैन । वि.स.२०६५ सालमा श्री विश्व उच्चमाविबाट प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उत्र्ती गरेर उच्च शिक्षाको लागि बुटवल आउनु प¥यो । एसएलसी दिएर बसेको बेला म रेडियो अर्घाखाँचीले प्रदान गरेको एक हप्ते पत्रकरिता तालिम लिएको थिए । प्रशिक्षक भरत भुषाल संग । वहाबाट प्रेरेणा पाएर पत्रकारितामा होमीए

सुरु भयो च्याउको मौसम

Image
कृष्ण खनाल बुटवल, १२ मंसिर ।  चिसो मौसममा बढि मात्रामा उत्पादन हुने च्याउ तराईका लागि मुख्यता मंसिरदेखि फागुनसम्मको सम्मको अबधिलाई उपयुक्त मानिन्छ । चिसो मौसमको पहाडि क्षेत्रमा जुनसुकै महिनामा पनि च्याउ खेती हुने भएपनि तराईका किसानहरु यहि मौसमको मौका छोप्दै च्याउ उत्पादनमा लागेका छन् । तराई क्षेत्रका च्याउ उत्पादक किसानहरुलाई अहिले काम गर्न भ्याई नभ्याई छ । उनिहरु यो मौसममा जति सक्दो च्याउको उत्पादन बढाएर बढि पैसा कमाउने तयारीमा छन् । च्याउ उत्पादनका लागि कोही सामुहिक त, कोही व्यक्तिगत रुपमा च्याउ खेतीमा व्यस्त छन् ।  यिनै च्याउ खेती गर्ने किसानमध्ये वैदेशिक रोजगारीबाट फर्किएका तिन जना युवा उद्यमीहरु समुह बनाएर च्याउ खेतीमा लागिरहेका छन् । करिव १ बर्ष पहिलेलाई उनिहरु आफ्नै लगानीको लुम्बिनी च्याउ तथा कृषि फर्ममा उनीहरु व्यस्त छन् । बुटवल–१४ कलुवामा करिव ५ कठ्ठा जमिन भाडा (लिज) मा लिएर च्याउ फर्म सुरु गरेका युवाहरुको समुहमा अहिले ५ जना भएका छन् । कोही पराल उसुन्ने काम त कोही च्याउ टिप्ने काम, कोहीले च्याउ प्याकिङ्ग गर्ने र कोहीले च्याउलाई बजार सम्म लैजाने काम गर्दछन् । विदेशक

अपाङ्गताभएका वालबालिकाहरुको लागि ‘समावेसी शिक्षा अभियान’

Image
कृष्ण खनाल बुटवल, ८ मंसिर ।  अपाङ्गता भएकै कारण विद्यालय शिक्षा बाट बञ्चित बालबालिकाहरुको लागि रुपन्देहीमा विशेष शिक्षा (ईन्सक्लुसीप एजुकेसन) अभियान सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार रुपन्देही र बर्दिया जिल्लामा सञ्चालन गरिएको यो  अभियान रुपन्देही जिल्लाको बुटवल उपमहानर पालिका र रुद्रपुर गाविसमा केन्द्रीत हुने छ । अभियान अन्र्तगत  सबै प्रकारका अपाङ्गता भएका वालविालकाहरुले आफ्नो अनुकुल हुने गरी घर जजिकैको विद्यालयमा गएर अन्य वालबालिकाहरु संगै पढ्ने वातावरण  सृजना हुनेछ ।  अहिले पनि रुपन्देहीका कयौ गाविसमा अपाङ्गता भएका वालवालिकाहरुलाई तिनका अभिभावकहरुले विद्यालय जानबाट बञ्चीत गर्ने गरेको पाईन्छ । शाररिक, मानसिक, बौद्धिक, दृष्टिदोष, बहिरोपन लगायतका अपाङ्गता भएका वालवालिकाहरुलाई कसरी उनीहरुलाई अनुकुल हुने विद्यालयको पहुँचमा पु¥याउन सकिन्छ भन्ने हेतुले अभियानको थालनी भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विशेष शिक्षा कार्यक्रम प्रमुख प्रशिक्षक लिलाधर पहाडी बताउछन् । उनका अनुसार अहिलेरुपन्देहीका दुई वटा क्षेत्र, बुटवल उपमहानर पालिका र रुद्रपुर ग

करोड लगानीको ‘बधसाला’ अलपत्र

Image
बुटवल उपमहानगर पालिका मुकदर्शक कृष्ण खनाल बुटवल, ७ मंसिर ।  पटक पटक अवरोधका विच निर्माण सम्पन्न भएको बुटवलको ‘पशु वधशाला’ अहिले अलपत्र अवस्थामा छ । सञ्चालनको लागि बुटवल उपमहानगर पालिकाले चासो नदिदाँ पशु वधसालाको भवन अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा आपसी सम्झौतापछि पशुबधशाला सञ्चालनमा ल्याउने भनिएपनि भवन निर्माण भएको ५ महिना वितीसक्दा पनि सञ्चालनको टुङ्गो लागेको छैन । आर्थिक बर्ष २०७० र ०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दे पुरस्कृत भएको बुटवल उपमहानगर पालिकाले बधशाला संचालनमा तदारुकता नदेखाउँदा उपमहानगरपालिकाको नियतमाथि नै आशंका गरिएको छ । ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी बुटवल उपमहानर पालिकालाई गत असार महिनामा हस्तान्तरण गरेको थियो । बधसालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ । पह

पुर्वाधार विना ‘लाईसेन्स परिक्षा’

Image
कृष्ण खनाल बुटवल, ६  मंसिर ।   गत बैशाख महिनामा मोटरसाईकलको मात्र सवारी चालक अनुमती पत्र (लाईसेन्स)को परिक्षा सञ्चालन गरेको ‘सवारीचालक अनमुती पत्र लुम्बिनी’ कार्यालयले मंसिर ६ गते (आईतबार)देखि नयाँ लाईसेन्सको लागि आवेदना खुला गरेको छ ।  सवारीसाधनलाई ६ प्रकारमा विभाजनगरी सवारी चालक अनुमती पत्रको लागि आवेदन माग गरेको हो ।  लुम्बिनी अञ्चलका अलवा नेपाल भरका जो कोही नेपालीहरुले समेत परिक्षाको लागि आवदेन दिन सक्ने जनाइको उक्त कार्यालयले अहिले सम्म भाडामा लिएको जग्गा (ट्रायल सेन्टर) मा काम चलाउँदै आएको छ । हजारौ  सवारीसाधन अनुमती पत्र वितरण गरेको कार्यालयको मातहतमा आफ्नो ट्रायल छैन । एथेष्ट भौतिक संरचना विना ‘कामचलाउ’ रुपमा अस्थाथी प्रकृतीको संरचना खडा गरी परिक्षा लिन थालेको बर्षौ भएको छ । तर यसको लागि  स्थायि प्रकृतीको भौतिक संरचना बनाउन तर्फ कसैको पहल भएको देखिदैन ।  नेपाल सरकार यातायता व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमती पत्र कार्यालय लुम्बिनीका कार्यालय प्रमुख वेद प्रकास अर्यालले ट्रायल सेन्टरको लागि जग्गा अभाव भएको भन्दै स्थायि प्रकृतीको संरचना निर्मा

संकटको बेला उर्जा जोगाउन ‘उर्जा अडीट’

Image
कृष्ण खनाल बुटवल, ३ मंसिर ।  रुपन्देहीको एक स्टील उद्योगमा बार्षिक ९० लाख बराबरको उर्जा यतिकै खेरा गईरहेको थियो । बुटवल उद्योग बाणिज्य संघको ‘उर्जा दक्ष ईकाई’ बाट गएका ईन्जिनियरको टोलीले उर्जा परिक्षण गरी प्राविधिक पाटोमा सुधार गरे । अहिले उक्त उद्योगले बार्षिक ९० लाख रुपैया बचाएको  छ ।  यस्ता रुपन्देही लगायत यस आस पासका जिल्लाका करिव ५१ वटा भन्दा बढि साना, मझौला र ठुला उद्योगहरुले  उर्जा अडिट गरी प्रविधिमा सुधार गरि करिब एक करोड रुपियाँको उर्जा बचत गरि विगतकै परिमाणमा उत्पादन गरिरका छन् ।  कुनै पनि उद्योग, कलकारखाना र व्यवसायीक प्रतिष्ठानहरुमा जडान गरिएको उर्जा के कती मात्रमा आवश्यक हो, आवश्यक भन्दा बढि उर्जा पो खपत भईरहेको छ भन्ने विषयमा उर्जा अडीटबाट थाहा हुन्छ । उर्जा संकटको बेला बढि उर्जा खपत गरी बढि विद्युत महसुल बुझाउन बाध्य उद्योगीहरुलाई उर्जा दक्षता ईकाई अन्र्ततको  उर्जा अडीटले फाईदा पु¥याउने देखिन्छ  ।  जिआईडको सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघले सञ्चालन गरेको उर्जा दक्षता ईकाई कार्यक्रम अहिले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरिहरहेको छ ।  सामान्यतया एक वटा उ

एक कृषी प्रविधिक ८ हजार कृषक परिवार निर्भर

Image
कृष्ण खनाल बुटवल, २ मंसिर ।  राष्ट्रिय  जनगणना २०६८ अनुसार रुपन्देहीको कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेको छ ।   पुरुषको संख्या  ४ लाख ३२ हजार १ सय ९३  जना र महिलाको संख्या ४ लाख ४८ हजार ३ जना रहेको छ । जिल्लामा कुल घरधुरीको संख्या १ लाख ६३ हजार ९ सय १६ रहेको छ ।  रुपन्देही जिल्लामा कृषि पेसामा लागेका मानिसहरुको संख्या ५ लाख ५९ हजार ४ सय १४ रहेको छ ।  तर रुपन्देही जिल्लामा कृर्षी प्राविधिकहरुको संख्या भने सक्रिय ग्रामिण कृषि कार्यकर्ता सख्या ४० जना र निस्कृय ग्रामिण कृषि कार्यकर्ताको संख्या २० जना रहेको छ । सोही अनुपातमा हेर्ने हो भने रुपन्देही जिल्लामा एक जना कृषि प्राविधिकले ८ हजार १३ जना कृषकलाई हेर्नु पर्ने बाध्यता रहेको छ  । धान उत्पादन र  गहुँको विउमा विस्तारै आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लामा कृषी प्राविधिकको अभाव भएको  महसुस गरिएको छ ।  जिल्ला कृर्षी विकास कार्यालय रुन्देहीका अनुसार जिल्लामा धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् ।  त्यस्तै देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडीमा ७ वटा कृषि सम्पर्क केन्द्

निःशुल्क औषधीको अभाव

Image
कृष्ण खनाल बुटवल, १ मंसिर ।   भारतले गरेको नाकाबन्दीको कारण पश्चिमाञ्चलमा नेपाल सरकारले प्रदान गर्ने ४० प्रकारका निःशुल्क औषधी अभाव हुने संकेत देखिएको छ । नेपाल सरकार स्वाथ्य मन्त्रालय अन्र्तगतको क्षेत्रीय मेडिकल स्टोर बुटवलका अनुसार अहिले स्टकमा रहेको करिव ५० प्रतिशत औषधीको अभाव सुरु भईसकेको छ । क्षेत्रीय मेडिकल स्टोर्स बुटवलका प्रमुख नारद प्रसाद साहनीका अनुसार नेपाल सरकारले उपलब्ध गराउँदै आएको औषधी मध्ये करिव ५० प्रतिशत औषधीको अभाव सुरु भएको हो ।  अहिले नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको औषधी आपुर्ती  विभागबाट यस क्षेत्रका विगत महिनाको तुलनामा करिव आधा मात्र औषधी आपुर्ती हुदै आएको छ । जसको कारणले गर्दा पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लामा जाने औषधीको आपुर्ती परिमाण पनि आधाले कमी आएको छ । पश्चिमाञ्द क्षेत्रीय मेडिकल स्टार्स प्रमुख सहानी भन्छन्–‘केन्द्रबाट औषधी आएको छैन, जसको कारणले गर्दा जिल्ला जिल्लामा पनि औषधी पहिलाको भन्दा आधा मात्र पठाएका छौं ।

माछा किसानलाई पोखरी निमार्ण गर्न प्रतिहेक्टर ३ लाख अनुुदानको अवसर

Image
  कृष्ण खनाल बुटवल, २४ कार्तिक ।  तपाई युवा कृषक हुनुहुन्छ  ?  स्वदेशमा नै बसेर कृषि क्षेत्रमा केही गर्ने सोँच छ ? अझ त्यसमा पनि माछा पालेर राम्रो आम्दानी गर्न चाहानुहुन्छ भने तपाईलाई नेपाल सरकार कृषि  विकास मन्त्रालय अन्र्तगतगको ‘मत्स्य विकास निर्देशनालय’ले अझै सुवर्ण अवसर जुटाइदिएको छ । व्यवसायीक रुपमा माछा पालन गर्न चाहाने कृषकहरुको लागि माछा पोखरी निर्माणको लागि प्रतिहेक्टर क्षेत्रफलमा नगद ३ लाख रुपैयाँ सम्म अनुदानको व्यवस्था गरेको छ ।  तराईका २० जिल्लालाई लक्षित गरि ल्याएइको कार्यक्रम अन्र्तगत नेपाल भर कुल १ हजार क्षेत्रफल मा माछा पोखरी निर्माण हुने लक्षय  निर्देशनालयले लिएको छ । यहि कार्तिक महिनाको १० गते निर्देशनालयले सूचना प्रकाशन गरि एक महिना भित्र तराईका सम्पूर्ण जिल्लाका किसानहरुले त्यो प्रस्तावनमा निवेदन दिन सक्ने व्यवस्था गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत  रमेश जैसवाल बताउछन् । उनी भन्छन्–‘तराईका अन्य जिल्लामा अहिले पनि विषम परिस्थीतिको कारण सरकारी कार्यालय सञ्चालन हुन सकेका छैनन्,रुपन्देहीका किसानलाई यो  ठुलो अवसर हो ।’

रुपन्देहीका किसानलाई करिव ४ करोड अनुदान

Image
कृष्ण खनाल बुटवल, २३ कार्तिक । जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक बर्षमा किसानले करिव  ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् । किसानलाई कृषि औजार–उपकरण,विउ विजन, मलखाद खरिद देखि लिएर युवा लक्षित कार्यक्रम अन्र्तगत विभिन्न व्यवसाय सञ्चालन र प्रर्वद्र्धनको लागि उक्त रकम प्रदान गर्न लागिएको हो ।   आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकोमा कुल बजेटको ६४.७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजित भएको कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए ।   चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ६ वटा शिर्षकमा किसानलाई अनुदान उपलब्ध गराउन लागेको छ । कृषि प्रसार कार्याक्रम अन्र्तगत  सबै भन्दा बढि १ करोड ८० लाख रुपैयाँ कृषकलाई अनुदानको रुपमा उलब्ध गराउन लागिएको छ । त्यस्तै सहकारी खेती साना सिंचाही कार्यक्रमको लागि ४८ लाख ९० हजार, विशेष कृषि कार्यक्रम अन्र्तगत ५३ लाख ४० हजार, सोही कार्यक्

समाचारले फेरिएको ‘विद्यालय’

Image
प्राविधिक शिक्षालय बनाउन ‘महायज्ञ लगाईदैं’ कृष्ण खनाल बुटवल, २१ कार्तिक ।   गत चैत महिनाको १३ गते बुटवल उपमहानर पालिका वडा नम्बर १९ मोतिपुरको रानगञ्जमा रहेको जनशक्ति प्राथमिक विद्यालयमा जाँदा विद्यालय भवन थियो, कम्पाउण्ड थिएन, वायरिङ्ग थियो, तर विद्युत थिएन,लेख्नलाई कालोपाटी थियो तर  चक डस्टर थिएन, विद्यार्थी थिए  तर विद्यार्थी बस्ने डेक्स बेन्च थिएन,  खानेपानी टंकी थियो तर पानी थिएन । तर त्यसको ठिक ७ महिना पछि उक्त विद्यलयमा  माथि उल्लेख गरिएका सबै सुविधा रहेका छन् ।  उपडखापडरुपमा रहेको विद्यालयको कम्पाउड सम्माइएको छ भने विद्यालयको भवन चिरिच्याट पारिएको छ, विद्यालय वरिपरि पर्खाल लगाएर घेरिएको छ ।  बुटवल टुडे दैनिकमा गत चैत १४ गत े‘उपमहानर भित्रकै सरकारी विद्यालयको विजोग’ शिर्षको समाचार प्रकासशित भएपछि स्थानिय संघ संस्था, क्लवव तथा सरकारी निकायबाट सहयोगीहातहरु जुटेर विद्यालयको मुहार फेरिएको छ । 

ई–रिक्सा ‘तुहाउन’ चलखेल

Image
कृष्ण खनाल बुटवल, २० कार्तिक ।  शुक्रवार बुटवलको गोलपार्कबाट विद्युतिय रिक्सा (ई–रिक्सा) चढेर राजमार्ग चौरहा गएकी नम्रता अधिकारीले मात्र २५ रुपैयाँ भाडा तिरिन् । उनी साधारण रिक्समा चढेको भए करिव १०० रुपैयाँ तिर्नुपदथ्यो माईक्रो बस चढेकी भई तिन स्थानमा १०÷१० मिनेट रोकेर १५ रुपैयाँ तिर्नुपर्दथ्यो । तर सहजरुपमा नै २५ रुपैयाँ भाडामा बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको यात्रा गर्दा अधिकारी खुसी देखीइन् ।  पछिल्लो समयमा ईन्धन अभावको कारणले नीजी सवारी थन्कीएको बेला उनी जस्ता सयौं सर्वसाधारणहरुको सारथी बनेको छ अहिले ‘विद्युतीय रिक्सा’ । बुटवल आस पासका क्षेत्रमा जाहाँ गएपनि २५ रुपैयाँ मात्र समान दरमा भाडा लिने गरेको कारण भित्री बाटो, माईक्रो नजाने स्थानका सार्वसाधारणहरु झनै लाभांवित भएका छन् ।  बुटवल उपमहानगर पालिका आसपास मात्र होईन रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा समेत विद्युतबाट सञ्चालनमा आएको रिक्सा सर्वासाधारणहरुको सारथी बनेको छ ।  भारतले गरेको नाकाबन्दीको कारण कोचिएर एउटै बसमा यात्रा गर्नुपर्ने यात्रुहरुको लागि अहिले ई–रिक्सा सहज भएको छ । बसको थप जो

धागो कारखानालाई मन्त्रीको ‘आश्वासन मात्र’

Image
कृष्ण खनाल बुटवल, १७ कार्तिक । चीन सरकारको सहयोगमा निर्माण भएको नेपालकै पहिलो र ठुलो ‘बुटवल धागो कारखाना’ पूर्णरुपमा बन्द भएको ८ बर्ष भएको छ । यस विचमा बन्द भएको धागो कारखाना सञ्चालनका लागि नयाँ सरकार परिर्वतनसंगै नयाँ उद्योग मन्त्रीहरु आएर ‘कारखाना पुनः सञ्चालन गर्ने आश्वासन मात्र’ बाढेर जाने गरेका छन् । तर उद्योगको अवस्था झनै जिर्ण बन्दै गएको छ ।   वि.स.२०६७ सालमा तत्कालिन उद्योग मन्त्री अनिल कुमार झा आएर उद्योगको निरिक्षण गर्दै उद्योगलाई ‘अविलम्ब धागो कारखानाकै रुपमा सञ्चालन गर्ने’ आश्वास बाढेर गएका थिए । सरकार परिर्वतन भयो मन्त्रीपनि फेरीए । २०७० सालमा उद्योग मन्त्रीमा कर्ण बहादुर थापा चुनिए । उनी पनि आएर बुटवल धगो कारखानालाई सञ्चालन गर्ने आश्वासन बाढेर काठमाण्डौ फर्किएका थिए ।  अघिल्लो सरकारमा रहेका उद्योग मन्त्री महेश बस्नेतले पनि २०७१ साल असोज महिनामा आएर उद्योगलाई सञ्चालन गर्ने भन्दै तत्परता देखाएका थिए । उनको तत्परतालाई ‘आश्वासन मा बाढिएको’ टिप्पणी गरिएको छ । सोही सृङ्खलाको निरन्तरता पुनः सोमबार पनि दोहोरिएको छ । गृह जिल्ला पाल्पा भएका नवगठीत सरकारका उद्योग मन्त्री स

इन्धन अभावले ‘मिल्क होली डे’

Image
कृष्ण खनाल बुटवल, १६ कार्तिक ।  ईन्धन अभावको कारण देखाउँदै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले किसानले उत्पादन गरेको दुध नियमित नउठाउने घोषणा गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुका किसानहरुबाट नियमित रुपमा दैनिक दुध संकलन गर्ने गरेको दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले  तिनदिन लगातार किसानको दुध संकलन नगर्ने गरी ‘मिल्क होलीडे’ सुरु गरेको छ ।  किसानहरुबाट दैनिक १८ हजार लिटर संकलन गर्ने गरेको दुग्ध वितरण  आयोजना रुपन्देहीले अवको केही दिन किसानको दुध लगातार संकलन नगर्ने गरी किसानलाई पत्र समेत पठाएको छ ।  किसानले उत्पादन गरेको दुध सहकारी मार्फत दुग्ध संकलन केन्द्रबाट दुध संकलन गर्दै आएको आयोजनाले ईन्धन अभावको कारण दुध ढुवानी र दुग्ध जन्य बस्तु उत्पादनका लागि फैक्टीमा समेत ईन्धन अभाव भएको कारण देखाउदै मिल्क होलीडे गरेको हो ।  दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजना बुटवलका प्रमुख  राजेन्द्रप्रसाद अधिकारीले ईन्धन अभावले गर्दा लगातार केही दिन किसानको दुध संकलन गर्न नसक्ने जानकारी गराए । उनले लागातार तिन दिन सम्म किसानको दुध संकलन गर्न नसक्ने बत