डेढ अर्व खर्चमा बन्ने भयो नेपालकै नमुना सडक


कृष्ण खनाल
बुटवल, मंसिर ।
विचमा नहर, छेऊ छाऊमा फोरलेन पक्की सडक,नहर छउमै हरियाली वातावरण, मंगलबार  पुर्व अर्थमन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु प्रसाद पौडेलले शिलन्यास गरेको बुटवल वेलबास–बेथरी सडकको परिकल्पना हो यो । निर्माणको ठेक्का सम्झौता भएको यो सडक नेपालकै नमुना सडकको रुपमा विकास गर्ने गरी योजना बनाइएको छ । 
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई नहरको पानीमा  मोटरबोट तथा ढुङ्गामार्फत बुटवल बेलबास हुदै  पाल्पाको नुवाकोट सम्म पु¥याउने गरी दिर्घकालिन योजनाका साथ अगाडी बढाइएको यो सडकको समयमा नै सम्झौता अनुसार काम भए अवको तिन बर्षमा पुरा हुने छ । 
दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ ।

नेपालका अन्य स्थानमा यस्तो प्रकृतिको सडक निर्माण नभएको सन्र्दभमा नेपालकै नमुना सडकको रुपमा यो सडकलाई लिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी बताउछन् । 
नेपालकै नमुना सडकको रुपमा लिइएको बुटवल उपमहानगरपालिका–१४ बेलबास देखि बेथरी सम्म  पुग्ने २१. ३८ किलोमिटर सडक  यस्तो प्रकृतिको सडक हुनेछ । 
दुईवटा प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको यो सडकको पहिलो प्याकेज अन्र्तगत ११ किलोमिटर र दोस्रो प्याकेज अन्र्तगत १०.३८ किलोमिटर गरी कुल २१.३८ किलोमिटर सडक निर्माण हुने छ । 
पहिलो प्याकेज  अन्र्तगत ६० करोड ९१ लाख ९० हजार ३ सय  ८३ रुपैयाँ ७५ पैसा लगातमा सडक निर्माण पुरा हुने छ । जसको निर्माण ठेक्का बज्रगुरु कान्छाराम जेभि सानेपा काठमाण्डौले जिम्मा पाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ मा  सुरु भएको यो नमुना सडक योजनाको ठेक्का सम्झौता २०७३ असार ३० गते भएको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी भन्छन्–‘२०७६ साल साउन १४ गते पहिलो प्याकेजको सडकको निर्माण पुरा गर्नुपर्ने गरी ठेकेदार संग सम्झौता भएको हो ।’
उनले अहिले सम्म विचमा नहर र छेउ छाउमा पक्की सडक सहितको सडक निर्माण नभएको परिपक्ष्यमा यसलाई नमुना सडकको रुपमा लिन सकिने  डिभिजन प्रमुख मरासेनीको भनाई रहेको छ । 
यस्तै दोस्रो प्याकेज अन्र्तगत  ६८ करोड ६२ लाख ६९ हजार ३ सय १० रुपैयाँ ८३ पैसामा रामन–जेजीईसीसीएल जेभिले निर्माणको जिम्मा लिएको छ ।  उक्त प्याकेज अन्र्तगतको सडक १०.३८ किलोमिटर सडक २०७६ साउन १५ गते पुरा गर्ने गरी निर्माण कम्पनी संग सम्झौता गरिएको छ । 

नहरपुर–मोतिपुर–अमवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिनेछ । दुवैतिर सात÷सात मिटर फराकिला सडक र त्यसबाहिर पौने दुई मिटरको साइकल लेनसमेत बन्नेछ । नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइनेछ । दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउनेछन् ।
नहरमा बानीको मात्रा बढाई र लामो दूरीक ¥याफ्टिङ्गवा बोटिङ्गसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ । यो सडकलाई विमानस्थलसँग जोड्ने महŒवपूर्ण पूर्वाधारमध्येको नमूना पूर्वाधार बनाउन खोजिएको  पुर्व अर्थमन्त्री पौडेलले बताउछन् ।  यो सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसँग जोड्ने महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको छ । 
दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल पुग्ने वा विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग निस्किने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक र व्यवस्थित सडकमध्ये महत्त्वपूर्ण सडकका रूपमा यसलाई लिइएको  छ । भविष्यमा यो सडकलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्ने लक्ष्य छ । लुम्बिनी आउने पर्यटक लुम्बिनीबाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमूना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।
शान्ती मार्गको सपना हुने भयो पुरा 
करिव आधा दशक पहिला देखि निर्माणको कुरा उठाइएको बुटवलको बेलाबस देखि पाल्पाको नुवाकोट हुदै झुम्सा सम्म जोड् शान्तीमार्गको सपना पुरा हुने भएको छ । मंगलबर  रुपन्देही क्षेत्र नम्बर ४ का संसाद तथा पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले  उक्त शान्तीमार्ग निर्माणको शिल्न्यास गरेपछि योजना पुरा हुनेमा यस क्षेत्रका स्थानियहरु विश्वक्त भएका छन् । 
बुटवल–बेलवास, नुवाकोट झुम्सा(शान्ती मार्ग)को महालक्ष्मी कन्र्टक्सन कम्पनीले निर्माणको ठेक्काको जिम्मा पाएको छ ।
 कुल १२ करोड ९३ लाख २२ हजार १ सय सत्ताईस रुपैयाँ ३७ पैसामा २०७५ साउन १५ गते पुरा गर्ने गरी सम्झौता गरिएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जीनियर जयलाल मरासेनीले जानकारी दिए ।  पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सडक समयमा नै पुरा गर्नको लागि कुनै पनि कसर बाँकी नराखिने  बताएका थिए । उनले भने–‘सडक निर्माणको लागि बजेट अभाव हुदैन, समयमा नै  पुरा गर्नको लागि  मेरो पहल जारी जहिले पनि सकारात्मक हुने छ  ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै