पानी जोगाउन थोपा सिचाईं

कृष्ण खनाल 
बुटवल, कात्तिक ।
 तपाईंले सिचाईंको लागि प्रयोग गर्ने पानीको स्रोत कम रहेको छ भने अहिले नयाँ प्रविधिमा आएको सिंचाइं प्राणाली ‘सित्तल’ सिचार्इं उपयुक्त सावित हुनेछ । खासगरी पहाडी जिल्लाहरुमा पानीको स्रोत कम भएको स्थानमा यो प्राणाली उपयुक्त देखिएको छ ।
कम खर्चमा किसानहरुले थोपा सिचाईंमार्फत तरकारी तथा अन्य तरकारीजन्य उत्पादनमा यो प्रविधि प्रयोग गर्न सक्नेछन् । सित्तल लघु सिचार्इं परियोजनाको साझेदारीमा पश्चिम नेपालका ११ जिल्लाहरु गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा, डोटी र अछाममा सित्तल लघु सिचाईं परियोजना विस्तार गरेको छ । युएसएडको सहयोगमा परियोजना सञ्चालन भएको छ । 
थोपा सिचाईं प्रविधि किसानको मागअनुसार २ रोपनी र त्यसभन्दा बढी जग्गाको लागि पनि थोपा सिचाईं प्रविधि जडान गर्न सकिन्छ । यस उद्योगले १८ बर्षभन्दा बढी समय देखि लघु सिचाईं प्रविधि आपूर्तिमा अग्रणी भुमिका खेल्दै आएको छ ।  नयाँ प्रविधिअनुसार एउटा टलेन हुन्छ करिव २२ देखि २५ सय रुपैयाँ मात्र खर्च हुन्छ ।  टैंकी सहितको जडान खर्च हो यो ।  किसानले एक  वृहत क्षेत्रमा एक रोपनीमा १२ देखि १५ हजार खर्चमा यो प्रविधि जडान गर्न सक्छन् । 
थोरै पानीको चापबाट पनि सिचाईं गर्न सकिने भएकाले थोपा सिचाईं र माइक्रो स्प्रिंकल प्रविधि बढी प्रभावकारी मानिने सित्तल थोपा सिचार्इं प्रविधि उद्योगका प्रविधि व्यवस्थापक राजन गैरेले जानकारी दिए ।  नेपालको पहाडी तथा तराई भु–भागमा यो प्रविधि निकै उपयुक्त मानिन्छ । किसानहरुले थोपा सिचार्इं प्राणलीबाट लाभ लिन सकिने व्यवस्थापक गैरेको भनाई  रहेको छ । 
‘११ जिल्लाका १० हजार, अहिले ६२ सय किसानसंग पुगेका छौं, १७ महिनामा, किसानहरुलाई लघु सिचाईं प्रविधि दिन्छौं, ५ सय वटा तालिम हुन्छ, एउटा तालिममा २० जना किसानहरु सहभागी हुन्छन् ।’– उनले भने । 
उनका अनुसार परियोजनाले सित्तल थोपा सिचार्इं प्रविधि उद्योगको शाखा बाँकेको कोहलपुरमा समेत विस्तार गरिएको छ । यस परियोजनाले कम्तीमा १० हजार कृषकहरु लाभान्वित गराउने उद्धेश्यअनुरुप अगाडि बढेको छ र  हालसम्म ६ हजार भन्दा बढी कृषकहरु लाभान्वित भैसकेका छन् ।

सित्तल थोपा सिचार्इं प्रविधि उद्योगद्धारा उत्पादित यी प्रविधिलाई सित्तल थोपा सिचार्इं र सित्तल माइक्रो स्प्रिङ्कल नाम दिइएको छ । यस उद्योगबाट उत्पादन गरिएका थोपा सिचार्इं प्रविधि विकसित देशहरुमा परम्परागत थोपा सिचाईंका बिशेषताहरु समेटेर विकास गरिएको कम लागतको सरलीकृत प्रविधि हो । कम चापमा संचालन, सामान्य ड्रिपर तथा पाइप जडान गर्ने सामाग्री साना साइजमा विभाजन गर्न सकिने प्रणाली नै यस प्रविधिका सरल पक्षहरु हुन् । 
प्राविधिक गैरेका अनुसार–‘सित्तल थोपा सिचार्इं प्रणाली सञ्चालन गर्न १ देखि २ मिटर हेड भए पुग्छ । जसका लागि यसका सबैजसो सामाग्रीहरु यसै उद्योगमा निर्माण गरिन्छ, सहजीकरण हुने खालका सित्तल थोपा तथा माइक्रो स्प्रिङकल सिचाईं प्रविधिहरुको उत्पादन तथा विक्रिवितरण गर्ने उद्धेश्यले सित्तल थोपा सिचाईं प्रविधि उद्योग स्थापना गरिएको हो।’
लक्षित ग्राहकहरु सन्तुष्ट हुने गरी गुणस्तरको थोपा सिचाईं किसानलाई सुहाउने मुल्यमा उपलब्ध गराएको र यसले उचित प्रतिफल पनि दिइरहको कुरामा आफु  विश्वस्त रहेको  सित्तल थोपा सिचार्इं प्रविधि उद्योगका प्रविधि व्यवस्थापक राजन गैरेले जानकारी दिए । 
उनका अनुुसार थोपा सिचाईं प्रणालीमा मुल तथा शाखा पाइपसँगै पानी झार्ने थोपा पाइप, पारदर्शी लेवल पाइप, इनप्लग, गेट भल्भ फिल्टर, खुट्टी टी आदि मुख्य सामाग्री पर्दछन् । पि.भि.सी. तथा एच.डि.पी. कच्चा पदार्थबाट निर्माण हुने यी सामाग्रीहरु कम्तीमा १० बर्षसम्म टिकाउ हुन्छन् ।यस उद्योगले सित्तल लघु सिचार्इं प्रविधिहरुको साइजअनुरुप बेमौसमी तरकारी खेतीका लागि महत्वपूर्ण पलाष्टिक घरको लागि सिल्पोलिन पलाष्टिकको आधिकारिक बिक्रेता बनी बिक्री वितरण गर्दै आएको छ । 
यस प्रविधिबाट प्रति घण्टा प्रत्येक प्वालबाट २ देखि २.२५ लिटर पानी झर्ने गर्दछ । यो प्रविधिको विभिन्न सामाग्री तथा पाइपहरु उच्चस्तरको पि.भि.सी. तथा पलाष्टिक सामाग्रीबाट बनेको हुँदा प्रविधि बनाउन, ढुवानी गर्न, जडान गर्न तथा थन्काउन सजिलो हुन्छ ।
पानीको मसिनो फोहोराव्दारा सिचार्इं गर्न माइक्रो स्प्रिङ्कल प्रविधि प्रभावकारी मानिन्छ । यो प्रविधिबाट कहिल्यै सिचाईं गर्न नसकिएका र भिरालो सँगै ढल्केका जमीनमा पनि सम्भव भएको छ । यो प्रविधि कम उचाइका तरकारीहरु, फलफूलहरु, जडिबुटीहरु, घाँस, चिया तथा कफी लगायतका बालीहरुको लागि उपयुक्त मानिन्छ । थोपा सिचाईं प्रविधिले माटोको उर्वरा शक्तिलाई कायम राख्न सकिने र थोरै पानीमा किफायती सिचाईं गर्न सकिने हुनाले पनि कृषकहरुको रोजाई बन्न सफल बन्न सकेको छ ।
सित्तल थोपा सिचार्इं प्रविधि उद्योगले वि.सं. २०५५ सालदेखि कम मूल्य पर्ने थोपा सिचाईं प्रविधि र माइक्रो स्प्रिङ्कल प्रविधिको उत्पादन तथा विस्तार गर्दै आएको छ । पानीको कमी भएका पहाडी क्षेत्रमा साना किसानको लागि गोरखा, तनहुँ र कास्की जिल्लामा करिब २ बर्षको कार्यमुलक अनुसन्धानपछि सरल, सस्तो, न्युनतम मानव श्रम चाहिने तथा साना इकाईमा विभाजन गर्न सकिने थोपा सिचाईं प्रणालीको विकास गरेको हो । ललितपुरको ग्वार्कोस्थित सित्तल थोपा सिचार्इं प्रविधि उद्योगले सित्तल थोपा सिचाईं तथा माइक्रो स्प्रिङ्कल सिचार्इं पाइपहरु, पाइप जडान गर्न प्रयोग हुने सामाग्रीहरु तथा उपकरणहरु उत्पादन गर्न दक्ष प्राविधिकहरु परिचालन गरेको छ । 
 एक लाख किसानहरुले प्रयोग गरेर आयआर्जन गरेका छन् । विकसित देशमा उपयोग भइरहको परम्परागत थोपा सिचाईं प्रविधि इजरायलमा विकास भएको हो । सो प्रविधि महंगो र जटिल भएकोले साना किसानमा विस्तार हुन सकेन । त्यसैले नेपालमा साना किसानका लागि उपयुक्त सरल तथा कम लागतका थोपा सिचार्इं प्रविधि विकास भएको हो । थोपा पाइपको ड्रिपरबाट पानी झार्नमा रोकावट नहोस् भन्ने कुरामा ध्यान दिइएको छ । जसले ड्रिपरबाट पानीको प्रवाह नियमित गर्दछ र बिरुवामा पानी सिँचनमा अड्चन रोकथाम गर्दछ । ड्रिपरबाट वाष्पिकरण तथा चुहावट नहुने गरी पानी सोझै बिरुवाको जरामा पर्दछ । थोपा सिँचाई प्रविधि पानी बचत गरी सिचार्इं गर्ने कृत्रिम तरिका पनि हो । सतह सिचार्इंको तुलनामा यस प्रविधिबाट ८० प्रतिशत भन्दा पानी बचत हुन्छ । पानी बचतको साथै यस प्रविधिबाट मलखाद र बिरुवालाई आवश्यक पोषणतत्व पानीमा घुलन गरेर विस्तारै विरुवाको जरामा हाल्न सकिने भएकोले जरालाई मल तथा बिरुवालाई आवश्यक पोषणतत्व पर्याप्त मात्रामा मिल्दछ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै