नयाँ मापदण्ड अनुसार नक्सा पास सुरु
२६ वटा कन्र्सटेन्सीले बनाएको नक्सा मात्र स्वीकृत २०५ जना डकर्मीले मात्र भवन बनाउन पाउने कृष्ण खनाल बुटवल, १२ असोज । नेपाल सरकारले गत बैशाख १२ गते गएको महाभुकम्पछि लागू गरेको नयाँ भवन निर्माण मार्गर्दशन अनुसार बुटवल उप–महानर पालिकामा नक्सा पास काम सुरु भएको छ । एक हप्ता देखि नगरपालिकाले उक्त कार्य सुरु गरेको बुटवल उप–महानरपालिका भुकम्प सुरक्षा नक्सा महाशाखाका प्रमुख ईन्जीनियर ज्ञानप्रसाद अर्यालले जानकारी दिए । नेपाल सरकारले गत बैशाख ११ गते गएको भुकम्पछि नयाँ मापदण्ड २०७१ असार ३१ गते देखि लागु गरेको थियो । तर बुटवल उपमहानरपालिकाले भने नयाँ मापदण्ड निर्माण भएको करिव ३ महिना पछि मात्र नयाँ मापदण्ड अनुसार नक्सा पास सुरु गरेको छ । केन्द्रबाट परिपत्र नआएको भन्दै नक्सा पास रोकीएको र अहिले सुरु भएको ईन्जीनियर अर्याल बताउँछन् । यता, बुटवल उमहानरपालिका का कर्मचारीहरुले तोकिएको कन्सल्टेन्सीहरुबाट नक्सा बनाएर आउने सेवाग्राहीहरुको काम छिटो गरिपदने र अन्य कन्सल्टेन्सीहरुमार्फत नक्सा बनाएर आएका सेवा ग्राहीहरुलाई ढिलो र काममा झन्झटीलो गराउने गरेको सेवा ग्राहीहरुले