विदेश भोगेपछि स्वदेशमा च्याउ फर्म


कृष्ण खनाल
बुटवल, मंसिर । 
विहानै ३ बजे देखि ५ जना युवा उद्यमीको काम सुरु हुन्छ । कसैले च्याउ टिप्ने, कसैले प्याकिङ्ग गर्ने त कसैले बजार व्यवस्थापनको लागि हिड्ने । यो आर्थिक उपार्जनको लागि साउदी, कतार,मलेसिया, दुबई तथा भारतका विभिन्न स्थानमा गएका युवाहरुले विदेश नजाने प्रण गर्दैै बुटव बुटवल– १४ नयाँ गाउ कलुवामा खोलीएको लुम्बिनी च्याउ फर्मका सञ्चालकहरुको दैनिकी हो । 
वि.स.२०६९ सालमा स्थापना युवा उद्यमी रिसब पोखरेलको संयोजकत्वमा ३ जना  र पछि २ जना गरी ५ जना सञ्चालकहरुले खोलेको च्याउ फर्ममा अहिले भ्याई नभ्याई छ ।  जाडोको मौसममा उत्पादन हुने च्याउको उत्पादन, बजारीकरण तथा व्यवस्थापनको लागि लगानी कर्ता स्वयम ५ जना युवा उद्यमीहरु  लागिरहेका छन् । रिसव पोखरेल संगै मनोज पोखरेल, केदार पन्थी, हेमन्त मरासेनी र लिलाधर खनाल ले करिव ८ लाख लगानीमा च्याउ फर्म सुरुवात गरेका थिए । 
बार्षिक ४० हजार रुपैयाँ भाडा बझाउने गरी लिएको जग्गामा च्याउको लागि चाहिने संरचना निर्माण गरी च्याउ फर्म सुभारम्भ गरेको सञ्चालक रिसव पोखरेल बताउछन् । उनका अनुसार फर्ममा लागनी गरेका सबै जना वैदेशिक भुमिमा केही समय पसिना बगाएर स्वदेश फर्किएका हुन ।
अहिले फर्ममा ३ हजार ६ सय गोली च्याउको डल्ला छन् । जसबाट दैनिक  ८० किलो च्याउ उत्पादन भैरहेको छ । अवको करिव ४ महिना चैत सम्म पनि निरन्तर च्याउ उत्पादन गर्ने योजना बनाएको सञ्चालक पाखरेलको भनाई रहेको छ । अहिले फर्ममा ब्ल्याक वेस्ट मसरुम र ह्वाईट वेस्टर मसरुमा लगाएका उनीले अवको केही महिनामा त्यसको सट्टा पिंकी, बटम, सिताके च्याउ, पराले च्याउ, मिल्की च्याउ जस्ता च्याउ समेत उत्पादन गर्ने योजना बनाएका छन् । 
पुर्ण रुपमा अर्गानिक च्याउ उत्पादन गर्दै आएको उक्त फर्ममा २ सय रुपैयाँ प्रतिकिलो विक्रि हुदै आएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले च्याउ स्थापनको बर्ष १ लाख २० हजार रुपैयाँ अनुदान समेत उक्त फर्मलाई उपलब्ध गराएको छ । 
हाटबजार व्यवसायी संघ रुपन्देहीको कृषि संमन्वय समितिका संयोजक समेत रहेका रिसव पोखरेललले भने–‘पुर्णरुपमा अर्गानिक च्याउ उत्पादन गरी बजारीकरण गरको छौं, विदेशमा कमाएको भन्दा बढि सन्तुष्टी यहाँ मिलेको छ ।’
आफ्ने उत्पादन अफै बजारी करण भन्ने मुल नाराका साथ सुरु गरेको फर्ममा अहिले १० जन अतिरिक्त व्याक्तिहरुले समेत रोजगार पाएका छन् भने स्वयम् सञ्चालक ५ जनाले पनि रोजगारी पाएका छन् । च्याउको बजार व्यवस्थापनको लागि कृष्ण पोखरेलले हेर्दै आएका छन् । 
पछिल्लो समयमा मानिसहरुले मासु जन्य परिकार भन्दा पनि च्याउ तर्फ लम्कीदै गएको कारण च्याउको बजार भविश्य राम्रोे भएको  फार्म सञ्चालक लिलाधर खनाल बताउछन् । उनी भन्छन्–‘स्वाथ्यको लागि पनि उपयुक्त भएको कारण, मुटु रोगी, डाईबेटीज भएकाहरुले समेत खान उत्तम हुन्छ ।”
निकट भविश्यमा फर्म नजिकै च्याउका अन्य विभिन्न परिकारहरु समेत बनाएर विक्रि वितरण गर्ने रेस्टरेन्ट सञ्चालनको योजना बनाएको  फर्म सञ्चालक बताउछन् । 
त्यसको लागि अहिले केही पुर्वाधारहरु समेत निर्माण भैसकेको छ । ८ लाख रुपैयामा लगानीमा सुरु भएको च्याउ फर्ममा अहिले करिव १२ लाख बराबरको पुँजी पुगेको छ ।
उत्पादन भएको च्याउ खरिदको लागि स्थानियहरु  आफै विहानको समयमा फर्ममा नै आउने गरका छन् । यसको अतिरित्त फर्मबाट होलसेल पसलहरु, सपिङ्ग सेन्टरको अतिरिक्त होटल तथा रेस्टुरेन्टमा समेत जाने गरेको छ । 
होटलको परिकारकारको मेनुमा समेत च्याउको परिकारको  व्यवस्था पछिल्लो समयमा हुन थालेपछि यसको माग बढेको छ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै