सन्दर्भ: अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गताको नाममा ब्रह्मलुट

कृष्ण खनाल
मंसिर १८, बुटवल ।
 रुपन्देहीमा चालु आर्थिक बर्षमा जिल्ला विकास समितिको कुल बजेट १ अरब, १२ करोड ४९ लाख ७९ हजार  रहेको छ ।
जस मध्ये लक्षित समुदायको प्रर्वद्धन र विकासको लागि जिल्ला विकास समितिले विविध अन्य लक्षित समुह शिर्षक अन्र्तगत कुल २ करोड १३ लाख रुपैयाँ विनयोजना गरेको छ । लक्षित समुदायको अन्य शिर्षक अन्र्तगत अपाङ्गता, दलित, आदिवासी र जनजाती, जेष्ठ नागरिक, मधेसी, मुस्लिम, पिछडा बर्गलाई समेटिएको छ ।
कुल बजेटको ३५ प्रतिशत जिल्ला विकास समिति, गाविस तथा नगरपालिकाहरुले लक्षित समुदायको लागि छुटउनुपर्ने प्रावधान रहेको छ । अन्य लक्षित समुह अन्र्तगत  अपाङ्गता भएका व्याक्तिहरुले करिव १० प्रतिशत बजेट प्राप्त गर्दछन् । 
थप समाचार हेर्न यहा थिच्नुहोस
जिल्ला विकास समितिको तथ्यांक अनुसार बार्षिक करिव १८ देखि २० लाख रुपैयाँ सम्म अपाङ्गता भएका व्याक्तिहरुले रकम पाउछन् । सोही अनुपातमा अन्य  रुपन्देहीका ६ वटा नगरपालिकाहरुले  आफ्नो कुल बजेटको ३५ प्रतिशत बजेटलाई लक्षित समुदायको  लागि ३५ प्रतिशत बजेट विनियोजना गर्दछन् । जसबाट बार्षिक करिव ५ लाख रुपैयाँ सम्म अपाङ्गता भएका व्याक्तिहरुले पाउछन् । 
यसरी सरकारी निकाय जिल्ला विकास समिति, उपमहानगरपालिका, नगरपालिका तथा अन्य गाविसहरुबाट विनियोजन भएको लक्षित समुदाय अन्र्तगतको रकम अपाङ्गताको नाममा कामगर्ने भन्दै दर्ता गरिएका केही टाउके संघ संस्थालेहरुले लगेर कागजी काम गरी लाखौ रुपैयाँ झ्वाम पार्ने गरेको पाइएको छ ।
अपाङ्गताको क्षेत्रमा काम गर्नै भन्दै  जिल्ला प्रशासन कार्यालय र समाजकल्यण मन्त्रालयमा दर्ता गरिएका यस्ता संघ संस्थाहरुले लक्षित बर्गको बजेट सिध्यानकै लागि दर्ता गरिएको पाईएको हो । रुपन्देहीमा अपाङ्गताको क्षेत्रमा काम गर्ने भन्दै करिव दुई दर्जन संघ संस्थाहरु दर्ता भएका छन् । 
ति संघ संस्थाहरुले बजेट सिध्यानकै लागि मात्र काम गर्ने गरेको पाइएको छ । 
अपाङ्गताको क्षेत्रमा प्रत्येक बर्ष एउटै प्रकृतिको कार्यक्रम आयोजना हुन्छ, जुन कार्यक्रमले केही टाठाबाठा अपाङ्गता भएका व्याक्तिहरु बाहेक अन्यले त्यसको लाभ प्राप्त गरेका छैनन् । 
अपाङ्गता सम्बन्धी हेर्दै आएको जिल्ला विकास समितिका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठ पनि यसमा सन्तुष्ट छैनन् । उनी भन्छन्–‘लक्षित समुदायको बजेट विनियोजन हुनु राम्रो हो, तर यसको समायनुकल सदुपयोग भएको छैन् ।’
एउटा अपाङ्गता भएका व्याक्तिको नाममा गठन भएका संघ संस्थाले प्रकृति हेरीकन २ वटा सम्म मात्र कार्यक्रम गर्न पाउने प्रावधान रहेको छ । तर रुपन्देहीमा गत आर्थिक बर्षमा एउटा अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाले एकै दिन, एउटा स्थानमा ३/३ वटा व्यानर राखेर कार्यक्रम गरेको थियो । सांकेती भाषा, गमनशिलात, नेतृत्व विकास तथा अभिमुखिकरणको नामममा प्रत्येक बर्ष एउटै व्याक्ति मात्र कार्यक्रममा सहभागी गराउने गरी कार्यक्रम गरिएको छ । 
अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका पुर्व उपाध्यक्ष  समेत रहेका सरकारी शिक्षक हुमनाथ अधिकारीले अघिल्लो आर्थिक बर्षमा करिव आधा दर्जन भन्दा बढि कार्यक्रम गरेको जिल्ला विकास समितिको तथ्यांक रहेको छ । नेपाल दृष्टिविहिन उत्थान संघ नामक संस्था बुटवलमा दर्ता गरी उनले अधिकांस  कार्यक्रम हरु आफु पायक पर्ने स्थान सालझण्डीमा गर्दै आएका छन् । 
उनी  एउटा उदाहरण मात्र हुन, उनी जस्ता रुपन्देहीका दर्जन भन्दा बढि संस्था संस्थाहरु रहेका छन् । जसले प्रत्येक बर्ष एउटा प्रकृतिको कार्यक्रमको लागि जिल्ला विकास समिति, नगरपालिका तथा गाविस मार्फत रकम लगेर कार्यक्रम गर्ने गरेका छन् । 
अपाङ्गता सम्बन्धी काम गर्ने भन्दै जिल्ला विकास समितिमा सुचिकृत भएका संघ संस्थाहरुमा रुपन्देही नेत्रहिन संघ, नेत्रहिन युवा संघ रुपन्देही, रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र, सुस्त मनःस्थिति वाल विद्या मन्दीर, दृष्टिविहिन क्रिकेट संघ लुम्बिनी, नेपाल दृष्टिविहिन उत्थान संघ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बुटवल, रुपन्देही  पश्चिमाञ्चल बाल तथा  सुस्तश्रवण केन्द्र लगायतका संस्थाहरु रहेका छन् । 
यि संस्थाहरुले बार्षिक रुपमा  पहुँचको आधारमा जिल्ला विकास समिति,  गाविस तथा नगरपालिकाहरुबाट लक्षित समुदायको रकम लगेर प्रत्येक बर्ष एउटै प्रकृतिका व्याक्तिहरु सहभागी गराई एउटै प्रकृतिको कार्यक्रम गर्दै आएका छन् । जसको ठोस उपलब्ध हासिल हुन सकेको छैन । 
एकिन तथ्यांक छैनजिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको लागि काम गर्नै भन्दै दर्जनौं संस्थाहरु रहेपनि ति संघ संस्थाहरुले रुपन्देहीमा अपाङ्गता भएका व्याक्तिहरुको एकिन तथ्यांक संकलन तथा उनीहरुको पहिचानको लागि परिचय पत्र समेत प्रदान गर्न सकेका छैनन् ।
अपाङ्गता भएका व्याक्तिहरुको लागि परिचय पत्र प्रदान गर्ने महिला तथा वालवालिका कार्यालय रुपन्देहीका अनुसार ५ हजार ५८ जना विभिन्न प्रकृतीका अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र लिएका छन् ।
 रुपन्देहीमा के कती अपाङ्गता भएका व्याक्तिहरु छन् भन्ने विषयमा एकिन तथ्यांक छैन । आज भन्दा करिव ४ बर्ष पहिला  आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्यक्तिहरु भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
 त्यस्तै रुपन्देहीमा कार्यरत रहेको रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले सन् २०१० मा सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन मात्र रहेको जनाएको छ । 
अपाङ्गता जिल्ला संमन्वय समितिले सार्वजनिक गरेको तथांक र नेत्रहिन संघले सार्वजनिक गरेको तथ्यांक मेल खादैन । नेत्रहिन संघका अनुसार जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । जुन पुर्ण रुपमा सेतो छडी प्रयोग कर्ताहरु हुन ।
उनीहरु सबैको ‘ख’ बर्गको निलो  परिचयन पत्र रहेको छ । ति सबै अपाङ्गता भएका व्यक्तिहरुले अहिलेसम्म अपाङ्गता परिचय पत्र लिन सकेका छैनन् । कयौ पटक जिल्ला विकास समितिको बजेटमा अपाङ्गता भएका व्यक्तिहरुको लागि घरमा नै गएर घुम्ती कार्यक्रम मार्फत अपाङ्गता परिचय पत्र प्रदान गर्ने गरिएको भएपनि त्यो पूर्णरुपमा कार्यान्वयन हुन नसकेको तथ्यांकले देखाएको छ । 
केही अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्थाले केही घुम्ती परिचय पत्र वितरणको लागि भन्दै काम गरेको भएपनि त्यो काम कागजी काम मात्र भएको छ । नाम मात्रको घुम्ती शिविर सञ्चालन  गरिदिँदा अपाङ्गता भएका व्याक्तिहरुले परिचय पत्र पाउन नसकेका हुन । 
अपाङ्गता भएका संघ संस्थाहरुको साझा संगठनको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ हो । यसले पनि प्रभावकारी रुपमा आफु मातहातका संघ संगठनहरुलाई क्रियाशिल बनाउन सकेको छैन , जसको कारण अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता गरिएका संस्थाहरु‘मौसमी असारे बजेट सक्नका लागि मात्रै’ खोलीएको जस्तो छन् । 
बजेट पहुँचवालालाई चालु आर्थिक बर्ष २०७२/०७३ मा जिल्ला विकास समिति रुपन्देहीबाट कुल १९ लाख रुपैयाँ बजेट अपाङ्गताको को उत्थानको लागि विनियोजना गरिएको छ । 
रुपन्देही जिल्लामा क्रियाशिल रहेका अधिकांस अपाङ्गता सम्बन्धी काम गर्ने संघसंस्था शहर केन्द्रीत छन् । जसको कारण ग्रामिण क्षेत्रमा जनु अपाङ्गता भएका व्याक्तिलाई बास्तविक सहयोग, तालिम, सहायक सामग्रको आवश्यक पर्ने गरेको छ, त्यस्ता व्याक्तिहरुलाई शहर केन्द्रीत संघ संस्थाहरुले समेट्न सकेका छैनन् । 
 । बुटवल उपमहानरपालिका भित्र करिव एक दर्जन, अन्य क्षेत्रमा करिव १ दर्जन संघ संस्था रहेका छन् । तर ति संस्थाहरुले आफ्नो क्षेत्र ग्रामिण भेगमा पुग्न सकेका छैनन् । राष्ट्रिय अपाङ्ग महासं संग आवद्व भएका संस्थाको संख्या १० वटा छ तर अन्य १२/१५ वटा संस्थाहरु जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा दर्ता भएको पाईएको छ । 
न परिचय पत्र न भत्तारुपन्देहीमा करिव ७ हजार बढि अपाङ्गता भएका व्याक्तिहरु रहेका छन् । तर महिला विकास कार्यालयबाट जिल्ला प्रसासन कार्यालयको संमन्वयमा प्रदान गर्ने अपाङ्गता परिचय पत्र लिने  अपाङ्गता भएका व्याक्तिहरुको संख्या न्युन छ ।
 महिला तथा वालवालिका कार्यालयकी प्रमुख उषा रावलका अनुसार जिल्लामा कुल ५ हजार ५८ जना अपाङ्गता भएका व्याक्तिहरुले परिचय पत्र लिएका छन् । जसमा महिला १३ सय ५७ जना, पुरुष १९ सय ६४ जना र वालक १ सय २५ जना र वालिका ७२ जना रहेका छन् । 
पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु महिला १ सय ६, पुरुष १ सय ७७ जना, ख बर्गको निलो कार्ड लिने महिला ३ सय ५ जना, पुरुष ४ सय २७ जना र ‘ग’ बर्गको पहेलो कार्ड पाउने महिला २ सय ५ र पुरुष ५ सय ३१ जना रहेका छन् । त्यस्तै ‘घ’ बर्गको सेतो परिचय पत्र लिने मा महिला १ सय ६८ जना र पुरुष ३ सय ८ जना रहेका छन् । 
जिल्ला विकास समिति रुपन्देहीका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा २ सय १२ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् ।  जिल्ला विकास रुपन्देहीका पञ्जाधिकारी कृष्ण प्रसाद पाण्डेका अनुसार रुपन्देहीमा पुर्ण अशक्त महिला ७० जना र पुरुष १ सय ४२ गरी कुल २ सय १२ जनाले ‘क’ बर्गको रातो कार्ड मार्फत सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । 
त्यस्तै ‘ख’ बर्गको निलो परिचय पत्र बनाएका ७७ जना महिला र १ सय ३३ जना पुरुष गरी कुल २ सय १० जनाले पाउने गरेका छन् । उनीहरुले मासिक ३ सय रुपैयाँ सामाजिक सुरक्षा वापतको भत्ता पाउने गरेका हुन । 
महिला विकास कार्यालयका अनुसार ‘क’ बर्गको परिचय पत्र पाउने मानिसहरुको संख्या २ सय ८४ जना  छन् भने आंश ‘ख’ बर्गको निलो परिचय पत्र लिने ७ सय ३२ जना रहेका छन् । यसबाट  के प्रष्ट हुन्छ भने रुपन्देहीमा अझै ५ सय ९६ जना अपाङ्गता भएका व्याक्तिहरु सामाजिक सुरक्षा भत्ता बाट बञ्चित छन् । जुन तथ्यांकबाट  अपाङ्गता भएका अझै आधा भन्दा बढि व्यक्तिहरुले परिचय पत्र लिएका छैनन् । 
 नेपाल सरकारले अपाङ्गता भएका व्याक्तिहरु पर्ण अपाङ्गतालाई अहिले थप परिमार्जन गरी २ हजार र आंशिक  अपाङ्गताई ६ सय सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । 
राष्ट्रिय अपाङ्ग माहासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष  कल्पना ढकालले सबै अपाङ्गता भएका व्याक्तिहरुले अपाङ्गता परिचय पत्र पाउन नसकेको स्वीकार गर्दछन् । उनी भन्छन्–‘सुचना प्रसारमा त्यति पहुँच नपुगेको कारण पनि अझै अपाङ्गता भएका व्याक्तिहरुले परिचय पत्र पाउन सकेका छैनन् ।’ 
नेपाल नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष बालकृष्ण मरासीनले अपाङ्गता कुनै पनि व्यक्तिको रहर नभएर बाध्यता भएको भन्दै  मानिस जुन सुकै अवस्थामा पनि अपाङ्गता हुन सक्ने भन्दै समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनको लागि आग्रह गर्दछन् । उनले भने–‘दृष्टिविहिनता भनेको अझ बढि संबेदनशिलता हो, यसमा सरकार थप जिम्मेबार हुनुपर्दछ  । 
पहुँचमा परिचय पत्रपुर्णरुपमा अपाङ्गता भएका व्याक्तिहरु, जुन अर्काको सहारामा मात्र बाच्दछन्, तिनिहरुलाई मासिक २ हजार भत्ता दिने गर्दछ । रुपन्देहीमा अपाङ्गता उत्थान जिल्ला संमन्वय समितिका पुर्व उपाध्यक्षहरुको पहुँचको आधारण माहिला तथा वालवालिकाकार्यलयले सामान्य व्याक्तिलाई समेत रातो परिचय पत्र प्रदान गर्ने गरेको पाइएको छ ।  रुपन्देहीमा केही सरकारी सेवामा नियुक्ति पाएका व्याक्तिहरुले समेत रातो परिचय पत्र लिएको पाइएको छ । 
सरकारी क्षेत्रमा लागेका शिक्षक तथा अन्य सेवामा समेत लागेका केही व्याक्तिहरुले आफुले पनि ‘क’ वर्गको परिचय पत्र लिएका छन् भने पहुँचकै आधारमा अन्य कतीपय व्याक्तिलाई समेत यस्तो परिचय पत्र प्रदान गराएका छन्, जुन गैर कानुनी कार्य हो ।  यस्तालाई कारवाहीको लागि सरोकार वाला निकायले ठोस कदम चाल्न सकेको छैन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै