Posts

Showing posts from March, 2015

उद्योगी विद्युत विना महशुल तिर्न बाध्य

Image
सहुलियत विजुली‘कागलाई बेल पाक्यो हर्स न विस्मात्’ कृष्ण खनाल बुटवल, १७  चैत । सरकारी नितीतिगत समस्याको कारण उद्योगीहरुले  विद्युत नै प्रयोग नगरी विद्युतको महसुल तिर्न बाध्य भएका छन् । बुटवल औद्योगीक क्षेत्रका उद्योगहरु लगायत  यस क्षेत्रमा स्थापना भएका उद्योगहरुले डिमान्ड चार्ज मार्फत  नेपाल विद्युत प्राधिकरणलाई विद्युतको महसुल वुझाउन बाध्य भएका छन् ।  उद्योग स्थापना गर्दा नेपाल विद्युत  प्राधिकरण संग उद्योगलाई चाहिने आवश्यक विद्युत बापत (डिमान्ड चार्ज) मार्फत विद्युतको महसुल वुझाउने सम्झौता गरिएको हुन्छ । तर पछिल्लो समयमा १३÷१३ घण्टा सम्म  लोडसेर्डिङ्ग हुने गरेको छ । उद्योगीहरुले लोडसेर्डिङ्गको बेला विद्युत नै खपत नगरी नेपाल विद्युत प्राधिकरणलाई विद्युतको शुल्क तिर्न बाध्य रहेका छन् ।  बुटवल उल्द्योग बाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले विद्युत नै खपत गरेपनि वा नगरेपनि अनिवार्य रुपमा डिमाण्ड चार्ज बापत उद्योगीहरुले प्राधिकरणलाई  महसुल बुझाउनु पर्ने बाध्यता रहेको बताए । उनले भने–‘उद्योग नचलेको समयमा त किन विद्युतको महसुल तिर्नुप¥यो, तर नीतिनै उद्योगीमा

कार्यान्वय भएन सुर्तिजन्यपदार्थ नियन्त्रण ऐन

Image
धुम्रपान र  सुर्तीसेवनले प्रतिबर्ष १५ हजारको मृत्यु  कृष्ण खनाल बुटवल, १६ चैत ।   नेपालमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ लाई कार्यान्वय गर्ने नियमावली २०६९ पारित भएको ४ बर्ष भन्दा बढि भएको छ । तर उक्त ऐनको पुर्णरुपमा कार्यान्वयन नहुँदा प्रत्येक बर्ष सुर्तीजन्य पादार्थ सेवनबाट मृत्युहुनेहरुको संख्यामा कमि आएको छैन । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वाथ्य अधिकृत ऋषिप्रसाद लामिछानेका अनुसार २७ वटा दफाहरु रहेका ऐनको सबै दफाहरु प्रारम्भ भै सकेका छन् । मुुख्यतः धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोक्ताहरुलाई यसले लक्षित गरेको उक्त ऐन पुर्ण रुपमा कार्यान्वन हुन सकेको छैन ।  नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार नेपालमा  धुम्रपान तथा सूर्ति सेवनबाट प्रति वर्ष १५,००० मानिसहरुको मृत्यु हुन्छ भने  धुम्रपान तथा सूर्ति सेवनबाट विश्वमा प्रति वर्ष ६० लाख  मानिसहरुको मृत्यु हुने गरेको छ । विश्वमा धुम्रपान र सुर्तीजन्य बस्तुको सेवनबाट मर्नेहरुमा १० प्रतिशत दक्षिणपूर्वी एशियाली क्षेत्र रहेका छन् । उक्त क्षेत्रमा १२ लाख मानिसहरु मृत्यु

वनलाई पुर्नरजिवित गर्न बैज्ञानिक वन व्यवस्थापन

Image
कृष्ण खनाल बुटवल,१५ चैत ।  वैज्ञानिक वन व्यवस्थापनको अव धारण वि.स.२०५७  सालमा सुरु भएको हो । नेपालमा नै पहिलो पटक वनको उपयोगीता संगै त्यसको वैज्ञानिक तवरले व्यवस्थापन गरी आर्थिक आम्दानीको पाटो दरिलो बनाउनको लागि आर्थिक बर्ष २०६८÷०६९ कपिलवस्तुको तिलौराकोट सामुदायिक साझेदारी बनमा बैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएको मानिन्छ ।  त्यस पश्चात रुपन्देहीमा आर्थिक बर्ष  आर्थिक बर्ष २०६९÷७० मा लुम्बिनी साझेदारी वनमा बैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु गरिएको  छ । जुन कार्य अहिले पनि जारी छ । सेक्टर वन कार्यालय बुटवलमा प्रमुख तथा लुम्बिनी साझेदारी वन कार्यक्रमका कार्यक्रम संयोजक यज्ञमुर्ती खनालका अनुसार अहिले विभिन्न चरणमा उक्त वनको बैज्ञानिक व्यवस्थापन कार्य जारी रहेको छ । उनी भन्छन्–‘सामाजिक, आर्थिक तथा वातावरणीय हिसावले उपयुक्त र वनले प्रदान गर्ने बस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै बैज्ञानिक वन व्यवस्थापन हो ।’  एक तथ्यांक अनुसार रुपन्देही जिल्लाको २६५११ हेक्टर  क्षेत्रफल (२०.२८ प्रतिसत) वन क्षेत्र मध्ये १५१५१  हेक्टर (५७.१५ प्रतिसत) वन क्षेत्र च

प्रविधि सुधार गरे ३० प्रतिशत विद्युत बचत

Image
कृष्ण खनाल बुटवल, १४ चैत ।  बुटवल उद्योग बाणिज्य संघ बुटवलमा उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले केही बर्ष पहिला आफ्नो उद्योगमा उत्पादन भएका बस्तु हिटमा राख्न ६ हजार वाटको हिटर प्रयोग गर्दथे । उद्योगबाट उत्पादन भएका वस्तुहरु ठिक अवस्थामा राख्नको लागि महङ्गो मुल्यमा खदिर गरेर हिटर सञ्चालन गरेका थिए । तर अहिले उक्त हिटर काम विहीन भएको छ । कारण उनले उद्योगको प्रविधिमा सुधार गरे  ।  उद्योगबाट निस्कने तापक्रमलाई विशेष प्रविधि मार्फत उक्त तातो कोठामा ल्याएर उनले उत्पादीत बस्तुहरु राख्ने गरेका छन् । जसको करण उनको उद्योगले ६ हजार वाटको हिटर प्रयोग गर्नु परेन भने  हिटरले खपत गर्ने विद्युत समेत बचत भयो । यो एउटा उदाहरण मात्र हो ।  यसरी नेपालमा सञ्चालनमा आएका उद्योगहरुले आफ्नो उद्योगको प्रविधिलाई सुधार गर्न नसक्दा र उत्पादन भएको प्रविधिलाई समेत उपयोग गर्न नसक्दा करिव १० देखि २५ प्रतिशत सम्म विद्युत खेरा गईरहेको विगत १८ बर्ष देखि उर्जा क्षेत्रमा कार्यरत उर्जाविज्ञ ईन्जिनियर भिष्मराज पण्डीतको भनाई रहेको छ ।  नेपालका उद्योगहरुको प्रविधीमा सुधार गर्न सकेमा करिव २५ प्रतिशत विद्युत बचत हुने

तालले फेरेको एउटा युग

Image
कृष्ण खनाल बुटवल, १३ चैत ।  071/12/13 in butwal today daily  शेर बहादुर माझि आफ्नो गृह जिल्ला सिन्धुलीबाट कास्की जिल्लाको पोखरा आएको करिव ५ बर्ष नाघ्यो । उमेरले ३५ बर्षकाटेका माझि ५ बर्ष देखि पोखराको फेलातालमा डुङ्गा खियाउने काम गर्दछन् । उनको दैनिक आम्दानीमा हुन्छ ९ सय । जुन उनको समितिले दिने  ज्यालाको आम्दानी  मात्र हो । कुनै कुनै पर्यटकहरुले उनलाई छुट्टै ‘ट्रीप ’ दिन्छन् । यसरी उनको मासिक तलव महिनामा करिव ३० हजार भन्दा बढि हुन्छ । उनी संगै फेवातालमा डुङ्गा खियाएर आम्दानी गर्ने  माझिहरुको संख्या अहिले ३ सय ५५ जना रहेका छन् । दैनिक ७ सय २४ वटा डुङ्गा क्यु सिस्टमका साथ सञ्चालन हुने डुङ्गालाई व्यवस्थीत गर्न फेवा डुङ्गा व्यवसायी समिति समेत गठन गरिएको छ ।  जसबाट प्रत्येक दिन एक रुपैया व्यवसायीहरुले व्यवसायीलाई दिने गर्दछन् । वि.स.२०५१ सालमा आधिकारीक रुपमा दर्ता भएर अहिले डुङ्गा व्यवसायीहरुले विदेशमा भन्दा पनि राम्रो आम्दानी गरेका छन् । फेवा डुङ्गा व्यवसायी संघका सचिव कृष्ण गिरीका अनुसार फेवा तालमा  स्वदेशी पर्यटकले प्रतिघण्टा ३ सय रुपैया, विदेशीले ६ सय ५० मा डुङ्गा सयर गर्न

नगरभित्रको सरकारी विद्यालयकोे यो विजोग

Image
कृष्ण खनाल बुटवल, १३ चैत । विद्यालय भवन छ, कम्पाउण्ड छैन, वायरिङ्ग छ, तर विद्युत छैन, लेख्नलाई कालोपाटी छ, चक डस्टर छैन , विद्यार्थी छन् तर डेक्स बेन्च छैन, खानेपानी टंकी छ तर पानी छैन । यि उल्लेख गरेका समस्याहरु शैक्षिक नगरीको रुपमा पहिचान बनाएको बुटवल उप–महानगरपालिका भित्रको एक सरकारी विद्यालयको हालत हो ।  बुटवल उप–महानगरपालिका–१९ मोतिपुरको रानीगञ्ज (साविक मोतिपुर गाविस–१) मा रहेको जनशक्ति नमुना प्राथमिक विद्यालयको दयनिय अवस्था बर्णन गर्न साध्य छैन ।  वि.स.२०६२  सालमा स्थानियको पहलमा स्थापना भएको उक्त जनशक्ति नमुना प्रा.वि. शिक्षा क्षेत्रमा भन्दा पनि गरिब विद्यालयको रुपमा आफ्नो नमुना बनाएको छ । गरिब तथा विपन्न  परिवारका विद्यार्थीहरु अध्यायन गर्दै आएका उक्त विद्यालयमा शिक्षकहरुले तलब खान नपाएको ४ महिना भन्दा बढि भएको छ ।  जनताले तिरेको करबाट आफ्नो तलब थाप्ने  शिक्षा क्षेत्रको हाकीम हुँ भन्नेहरु देखि लिएर डलरको खेती गर्ने एन्जीओ आईएनजीओ को ध्यान उक्त विद्यालयमा जान सकेको छैन ।  ०७१ साल भन्दा पहिला कुनैपनि स्थायी दरबन्दी नभएको उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयले

थुप्रीयो रुपन्देहीका सहकारीमा बचत रकम

Image
कृष्ण खनाल बुटवल, १२ चैत ।  रुपन्देहीमा बचत तथा ऋण सहकारीहरुहरुले लगानीको स्पष्ट रणनीतिक योजना तयार नगर्दा बचतकर्ताहरुको रकम  थुप्रीएको छ सहकारी चालकहरुले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने बाहेका अन्य ठोस रणनीतिक योजनाको निर्माण नर्गदा बचतकर्ताहरुको बचत रकम चाङ् लाग्दै  गएको छ ।  पछिल्लो समयमा जथाभावी रुपमा खुलेर कतिपय सहकारीहरु बदनाम हुदै गएका छन् । सहकारी भन्दा पनि साहुँकारी बन्ने परिपाटीको कारण करिव १ सय सहकारीहरु खारेजीमा छन् ।  डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार करिव १ सय भन्दा बढि सकारीहरु खारेजीमा परेका छन् भने केही खारेजी प्रक्रियामा छन् ।   जिल्लामा ६ सय ५५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु छन् ।   जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद  नेपालका अनुसार  यो आर्थिक बर्षको असार मसान्त सहकारीको शेयर पुँजी १ अरव २५ करोड १२ लाख १ हजार रुपैयाँ संकलन भएको छ भने कुल निक्षेप संकलन ३ अरव ९८ करोड ८८ लाख ९० हजार रुपैया रहेको छ । भने अहिले सम्म जिल्लामा रहेका सहकारीहरुले जम्मा ६ अरव ५० करोड ४० लाख ५२ हजार रुपैया ऋण लगानी गरेका छन् ।  जुन रकम नितान्त ऋणको रुपमा मात

लुम्बिनी अञ्चल अस्पताल : शैक्षिक संस्थानको रुपमा सञ्चालन हँुदै

Image
कृष्ण खनाल बुटवल, ८  चैत ।  यस क्षेत्रकै गहनाको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने चर्चा गरिरहदा  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) र लुम्बिनी अञ्चल अस्पतालको बीचमा लुम्बिनी अञ्चल अस्पताललाई पनि चिकित्सा शास्त्रको शैक्षिक संस्थानको रुपमा पनि प्रयोग गर्ने गरी सम्झौता भएको छ । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल)बाट डिग्री स्तरको अध्यानको लागि काठमाण्डौ उपत्यताका भित्र मात्रै  अध्यायपन हुने गरेकोमा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक लुम्बिनी अञ्चल अस्पतालमा यस्तो प्रकारको शैक्षिक कार्यक्रम सरु  हुन लागेको हो । आईतबार मात्रै  समझदारी पत्रमा संयुक्त हस्ताक्षर सम्पन्न भएको छ  भने  अगामी आर्थिक बर्षबाट यसको कार्यान्वयन हुने अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा. प्राश्चित  श्रेष्ठले जानकारी दिए  ।  उनका अनुसार  २०७१ चैत्र ८ गतेदेखि ४ वर्षको लागि कायम रहने छ ।  समझदारीमा पत्रमा  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) का तर्फबाट डिन प्राध्यापक डा.यहुनचन्द्र शिवाकोटी र लुम्बिनी अञ्चल अस्पतालको तर्फब

प्रवेशिका सुरु लुम्बिनीमा ८ सय बढि अनुपस्तित

Image
कृष्ण खनाल  बुटवल, ५ चैत ।  बुधवारबाट सुरु भएको  यस बर्षका प्रवेशिका परिक्षाको पहिलो दिन लुम्बिनी अञ्चलमा शान्तीपूर्ण  रुपमा सम्पन्न भएको छ । पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंंग्रेजी विषयको परिक्षा दिएका छन् । जिल्ला शिक्षा कायालय रुपन्देहीका प्रमुख  जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रुपन्देहीमा पहिलो दिनको पक्षिा सामान्य र शान्तीपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । रुपन्देही लगायत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु र नवलपरासीमा पनि  परिक्षा सामान्य रुपमा सम्पन्न भएको छ ।   सम्बन्धित जिल्ला शिक्षा कार्यालयले  दिएको जानकारी अनुसार लुम्बिनी अञ्चलबाट पहिलो दिनको एसएलसी परीक्षामा  ८ सय भन्दा बढि विद्यार्थी अनुउपस्थित भएको बताएका छन् । नियमित तर्फ  १ सय ८६ र एग्जाम्टेड तर्फ ६ सय ३२ जना गरी कुल ८ सय १८ जना विद्यार्थी अनुउपस्थित भएका हुन । पहिलो दिनको अंगथ्रेजी परीक्षामा नवलपरासी जिल्लामा  सवैभन्दा बढि विद्यार्थी अनुस्थित  भएको बताइएको छ । जिल्लामा नियमित तर्फ ६८ विद्यार्थी र आंशिक तर्फ १ सय ५६ गरी २ सय २४ जना विद्यार्थी अनुपस्थित रहेको  जनाइएको छ । रुपन्देहीमा

आजबाट प्रवेशिका : लुम्बिनीबाट ५० हजार बढि विद्यार्थी सहभागी

Image
कृष्ण खनाल बुटवल, ४ फागुन ।  आजबाट एसएलसी परिक्षा  प्रवेशिका परिक्षा अर्थात एसएली सुरु हुदै छ । लुम्बिनी अञ्चलमा परिक्षाको  सबै तयारी  पुरा भएको विभिन्न जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।  जिल्ला–जिल्लामा परिक्षा मर्यादित बनाउनको लागि अचार संहिता र अनुगमन टोली समेत गठन गरिएको छ । केन्द्र, जिल्ला र स्थानिय स्तरबाट समेत अनुगमन हुने जनाइएको छ । परिक्षाको लागि जिल्लाका सबै परिक्षा केन्द्रहरुमा  प्रश्न–पत्र र उत्तर पुस्तीका सिट पुगीसकेको समेत जनाइएको छ । यस बर्षको प्रवेशिका परिक्षामा लुम्बिनी अञ्चलबाट ५० हजार बढि विद्यार्थीहरु सहभागी हुदै छन् ।  लुम्बिनी अञ्चलका ६ जिल्लाहरु कपिलवस्तु, रुपन्देही , नवलपरासी , पाल्पा, गुल्मी र अर्घाखाँचीबाट  ५० हजार ४ सय ९२ जना विद्यार्थीले एलएलसी परीक्षा सहभागी हुदै छन् ।  जसमा नियमित तर्फ ४० हजार ७ सय ५० रहेका छन् भने, आंशिक ९ हजार ७ सय ४२ जना रहेको बताइएको छ ।   परिक्षार्थी मध्ये लुम्बिनी अञ्चलमा  सबैभन्दा बढी रुपन्देहीका  विद्यार्थीहरु सहभागी हुदै छन् ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थाप

गाउलेको नाडी छाम्दै कोरियाली डाक्टर

Image
कृष्ण खनाल बुटवल, ३ चैत ।  रुपन्देहीको भगलापुर  गाविस–१ का मुलाई  चाईमा लामो समय देखि पेटको समस्या छ । ६२ बर्षमा लागेका उनको   पेटमा जहिले पनि  गाँठो परिरहने समस्या रहेको चौधरी बताउछन् । विभिन्न  अस्पतालमा उपचार गराएपनि उनको पेटको रोग नीको भएको  छैन ।   उक्त रोग के हो यसको निदान कसरी होला भनेर उनी भगलापुर देखि करिव २ घण्टा लगाएर उनी मंगलबार दयानगर गाविको छपियामा आए । कोरियाली डाक्टर आउने भन्ने खबर सुनेका चौधरी जस्तै मानपकडी गाविस–६ का ६१ बर्षिय  बलराम चौधरीमा पनि खुट्टाको घोडा सुन्निने र घोडा दुख्ने समस्या रहेको छ ।  उनी पनि लामो समय देखि देशका विभिन्न हस्पताल सहित भारतमा समेत गएर उपचार  गराउदै आएका छन् । औषधी खाँदा सम्म निको हुने र औषधी खान छोडेपछि पुन उक्त समस्या बल्झीने उनको समस्या हो । उनी मात्र होईन मंगलबार मानव अधिकारी तथा सस्स्कृतीक विकास मन्च नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वाथ्य शिविरमा हजारौ सर्वसाधारणहरुले कोरियाबाट आएका विशेषज्ञ डाक्टरहरुबाट आफ्नो स्वाथ्य परिक्षण गराए ।  दोभासेको व्यवस्था गरिएको उक्त शिविरमा विरामीहरुले पहिलो  पटक कोरियन डा

मुआब्जा लिएपनि सडक अतिक्रमण नहटाएनपछी घरमा डोजर

Image
कृष्ण खनाल बुटवल, ३०  फागुन । रुपन्देहीको बसन्तपुर गाविस १ का प्रतापनारायण पाण्डेले एशियाली विकास बैंकको सहयोगमा रुपन्देहीको भैरहवा देखि नवलपरासीको परासी–भुमही सम्मको सडक विस्तारको क्रममा आफ्नो सडक क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जा लिईसकेका थिए ।  सरकारी निकायबाट मुआब्जा लिएको भएपनि उनले सडक अतिक्रम गरेर घर बनाए  ।  तर उनको घरमा शुक्रवार सडक डिभिजन कार्यालय बुटवलबाट गएको टोलीले डोजर चलायो । उनी संगै बसन्तपुर गाविस १ का एमकेमियाले पनि सडकले चर्चेको क्षेत्रबापत पहिला नै मुआब्जा लिएका थिए ।  पेट्रोल पम्प  सडक क्षेत्राधिकार बाहिर बनाए पनि घरको रेलिङ्गभने उनले सडकको जग्गा अतिक्रमण गरेर बनाएका थिए ।  उनको रेलिङ्गमा समेत सडक डिभिजन कार्यालय बुटवलबाट गएको टोलिले डोजर चलायो । यि केही उदाहरणमात्र हुन । अहिले केही समय देखि रुपन्देहीको भैरहवा देखि नवलपरासीको  सरदमुकाम परासी  र भुमही सम्मको सडकमा भएको अतिक्रमण हटाउनको लागि डिभिजन सडक कार्यालय बुटवलबाट ईन्जिीनियर निरज शाक्यको टोलि खटिएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा आर्थिक वर्ष २०६२÷०६३ मा सुरु भई आर्थिक वर्ष २०६७ मा सम्पन्न भएको २९ दश

कृषिले धानेको रुपन्देहीको हाटबजार

Image
कृष्ण खनाल बुटवल, २८ फागुन । रुपन्देहीमा  करिव ४० बर्ष पहिला हाटको सुरुवात भएको ईतिहासमा पाईन्छ । रुपन्देहीको सुर्यपुरा बजारमा त्यहाका स्थानियहरुले आफ्नो घरमा उत्पादन भएको तरकारी, दुध लगायतका कृषि जन्य बस्तु  विक्रि गर्नको लागि एक  स्थानमा जम्मा हुन्थे  । सोही क्रम बढ्दै जाद यस क्षेत्रको हाटबजारको रुपमा विकास भएको यसको ईतिहासमा पाईन्छ । हाटबजारको ईतिहास कृषि जन्य बस्तुको विक्रिबाट  सुरुभएको किम्बदन्ती अनुसार अहिले पनि यस क्षेत्रमा लाग्ने अधिकांस हाटबजारमा ६० प्रतिशत भन्दा बढि कृर्षीजन्य बस्तुको  विक्रि वितरण हुने गरेको हाटबजार व्यवसायी संघको तथ्यांकमा पाईन्छ । बुटवल र यस आसपासको  आज भन्दा करिव १० बर्ष पहिला पाल्पा जिल्लाका कृÈकले तरकारीलगायत अन्य कृÈिजन्य उपजहरु  विक्री गर्ने राम्रो  बजार बुटवललाई बनाएका थिए । खासगरी पाल्पाली कृषकहरुबाट  यस क्षेत्रमा साप्ताहिक रुपमा लाग्ने हाटबजार सुरु भएको पाईन्छ ।  रुपन्देहीमा लाग्ने यस्ता साप्ताहिक हाटबजारमा पाल्पाबाट आउने कृÈकको उत्पादनले झन्डै २५ प्रतिशत बजार स्थान  ओगट्ने  गरेको छ ।  पहाडी Ôेत्रबाट आउने तरकारी तथा फलफूल लगायतको दैनिक उपभोग्य वस

स्वीकृत विना अवैध हाटबजार सञ्चालन

Image
कृष्ण खनाल बुटवल, २६ फागुन ।  बुटवल उपमहानगर पालिका भित्र सञ्चालनमा आएका अवैध हाटबजार बन्द गराउनको लागि सम्बन्धीत निकायले चासो देखाएको छैन । एक पटकमा लाखौ रुपैयाको कारोवार गर्ने  यस्ता हाटबजार बुटवल नगरपालिकाबाट स्वीकृत नै नलिई आफुखुसी रुपमा सडक क्षेत्र धिकार र सरकारी जग्गा हड्पेर सञ्चालन हुदँै आएका छन् । बुटवल उप–महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ वटा हाटबजारलाई आधिकारिक रुपमा भौतिक पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याएको भएपनि करिब आधा दर्जन बढि हाटबजार अवैध रुपमा क्लव,विभिन्न समिति  र संघ संस्थाहरुले सञ्चालन गर्दै आएका छन् । जसको कारण लाखौ रुपैया राजश्व संकलन गर्ने बुटवल उप–महानगरपालिकालाई घाटा लागेको छ भने सवारीसाधान आवतजावतमा समेत यस्ता हाटबजारले अवरोध पु¥याउने गरेका छन् । बुटवल–७ मा रहेको हाटबजार, बुटवल–९ दीपनगरमा रहेको हाटबजार र बुटवल–१३  देवीनगरमा रहेको हाटबजार बाहेक अन्य स्थानमा हाटबजार सञ्चालनको लागि बुटवल उप–महानगरपालिकाले स्वीकृती प्रदान गरेको छैन ।  तर ति हाटबजारहरु बर्षौ देखि सञ्चालनमा आईरहेका छन् ।  बुटवलको पुरानो बसपार्कमा प्रत्येक शुक्रवार लग्ने हाटबजार,  बुटवल

मजदुर अभावको कारण ईट्टा उद्योगमा घोडाको प्रयोग

Image
कृष्ण खनाल बुटवल, २३  फागुन । ईट्टा उद्योगमा गर्ने काम जोखिमपुर्ण मानिन्छ । जसको करणले अधिकांस नेपालीहरुले ईट्टा उद्योगमा काम गर्न मान्दैनन् । रुपन्देहीमा अहिले सञ्चालन भईरहेका ईंटा उद्योगहरुले  अधिकांस मजदुर भारतबाट ल्याउने गरेका छन् ।  ईट्टा निर्माण गर्ने काम सहज भएपनि ईट्टा भट्टामा ईट्टा पोल्ने काम जोखिमपुर्ण मानिन्छ ।  ईट्टा निर्माण गर्ने काम सहज रुपमा भएपनि  नेपाली मजदुरहरुले  लाजको पनि काम गर्न मान्दैनन् ।  ईंटाभट्टा भन्दा बहिर ईंटा बनाउने काम गर्ने समान्य मजदुरहरुले दैनिक १ हजार दे खि १२ सय रुपैया सम्म आम्दानी गर्न  सक्छन् । तर पनि नेपालीमजदुरहरुले काम गर्न मान्दैनन्  जसको कारण ईट्टा कारखाना सञ्चालकहरुले भारतबाट मजदुर “हायर गरेर’ निश्चित समयको लागि ल्याउने गरेका छन् । मजदुर अभाव संगै यस क्षेत्रका ईट्टा व्यवसायीहरुले ईट्टा कारखानमा काचोँ, भट्टाबाट बाहिर निकालिएको ईट्टा बोक्नको लागि नया प्रयोग गर्न थालेका छन् । रुपन्देहीको देवदह नगरपालिका–१० मा रहेको मनकामना  ईट उद्योगका सञ्चालक जगत कार्कीले मजुदुरको सट्टा घोडाबाट चल्ने टाँगाको प्रयोग गरेको बताए । उनको उद्योगमा अहिले एक दर्जन

लाईसेन्स वितरणमा ढिलाई , जनशक्ति भएपनि ईच्छाशक्तिको अभाव

Image
कृष्ण खनाल बुटवल, १९ फागुन ।  नेपाल सरकार यातायात विभागले सवारी चालक अनुमती पत्र (लाईसेन्स)को लागि छुट्टै फाँट खडा गरेपनि यस क्षेत्रमा लाईसेन्स वितरणमा  ढिलासुस्ती भएको छ । विभागको निर्देशन अनुसार लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयले बुटवल–१० सुख्खानगरमा फागुन ४ गतेबाट मात्र नयाँ भवन भाडा लिएर कार्यालय सञ्चालन गरेपनि उक्त कार्यालयले अहिले सम्म सिन्को भाँच्न सकेको छैन ।   कार्यालय स्थापना भएको २ हप्ता भन्दा बढि भएको छ  ।  कार्यालय स्थापना पश्चात कर्मचारी अभावको कारण देखाउदै लाईसेन्स वितरण प्रक्रिया सुरु नगरेको लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र फाँटले अहिले  यातायात व्यवस्था कार्यालयबाट कर्मचारी गएपनि ‘होमवर्क नपुगेको’ भन्दै लाईसेन्स वितरण सुरु गर्न सकेको छैन ।  लाईसेन्स वितरण फाँट निमित्त प्रमुख उर्मिला गुवाजुले कर्मचारीकै अभाव रहेको र यातायात विभागबाट निर्देशन नआएको र कुन सवारीको कसरी लाईसेन्स खोल्ने भन्ने विषयमा छलफल नभएको कारण  लाईसेन्स वितरण सुरु गर्न नसेकको बताईन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनिन्–‘बल्ल मात्र कर्मचारी आउनुभए

महायज्ञबाट बहुउदेश्य भवन निर्माण

Image
कृष्ण खनाल बुटवल, १८ फागुन ।  विभिन्न समयमा विभिन्न उदेश्य का साथ महायज्ञ लगाउने गरिन्छ । कुनै महायज्ञ धार्मिक पुन्य कमाउने उदेश्यले लगाइएको हुन्छ भने कुनै महायज्ञ विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले । कुनै महायज्ञमा  दाताहरुले कबोल गरेअनुसारको रकम उपलब्ध नगराएको समेत गुनासो आउने गर्दछ । तर रुपन्देहीको सैनामैना नगरपालिका–१० मा वि.स.२०६९ साल चैत्र २९ देखि बैशाख ७ गते सम्म लगाइएको महायज्ञबाट संकलीत रकमले २ बर्ष पछि सार्थकता पाएको छ । सैनामैना नगरपालिका–१०मा त्यस क्षेत्रकै ठुलो सभाहल, मन्दिर र विश्राम स्थल(धर्मशाला) समेत निर्माण गर्ने गरी बहुउदेश्यीय भवन निर्माण गर्ने लक्ष्य लिइएको थियो ।  सत्चिन्ततन सामुदायिक प्रतिष्ठानले आयोजना गरेको उक्त महायज्ञबाट २ करोड १४ लाख रुपैया संकलन भएको थियो । सोही संकलीत रकमबाट सोमबार बहुउदेश्य भवन शिलन्यास भएको छ ।  रुपन्देही क्षेत्र नम्बर ५ का संविधान सभा सदस्य तथा राज्यमन्त्री भरत साहले भवनको शिलन्यास गरेका हुन ।  प्रतिष्ठानका अध्यक्ष बुद्धि प्रसाद न्यौपानेका अनुसार यज्ञशेषबाट जम्मा भएको रकमबाट सैना मैना नगरपालिका–१० रामापुरमा १२ कठ