Posts

Showing posts from November, 2014

अनाथ आश्रमबाट ईन्जीनियरिङ्गको पढाई

Image
कृष्ण खनाल बुटवल, १३ मंसिर ।  तनहुँ जिल्लाको डुम्रबेसी  गाविस –९ मा जन्मीएका विजय भण्डारीले आफ्नो आमाको न्यानो काख कस्तो हुन्छ भन्ने कुरा अनुभव गर्न पाएनन् । उनी जन्मदा खेरी प्रसव पिडा खप्न नसकि आमाले संसार छोडेर गईन् । धन्य उनी बाच्न सफल भए । यसरी आमाको निधन भएको केही समय पछि बुबालले पनि क्षयरोग अथार्त टिबी लाग्यो र उनको पनि निधन भयो । घरमा अभिभावक गुमाएर अथान भएका उनलाई रुपन्देहीको आनन्दबन गाविस मणिग्राम (हाल तिलोत्तमा नगरपालिका–७) मा रहेको ‘अनाथ तथा असाय महिला कल्याण समाज, आत्मसान्ती अनाथ आश्रम’ की अध्यक्ष  तथा प्रमुख संरक्षक मैनादेवी भण्डारीका भाईले उनलाई उक्त आश्रममा ल्याए । अहिले उनी विगत ८ बर्ष देखि  सोही आश्रममा आश्रित छन् । यति मात्र होईन् सोही आश्रमबाट अहिले उनी लुम्बिनी ईन्जीनियरिङ्ग क्याम्पस भलवारी रुपन्देहीमा ईलेक्टीकल ईन्जीनियरिङ्ग विषय डिप्लोमा तेस्रो बर्षमा  पढ्दै आएका छन् ।  क्याम्पसले पूर्ण छात्रावृत्ति दिएको छ । उनको एउटै ईच्छा छ भविश्यमा आफुजस्तै  अनाथ बालबालिकाहरुलाई आफुले पाएको भन्दा पनि  धेरै सेवा सुविधा दिएर आश्रमा खोल्ने योजना रहेको छ ।  शनिवार आश

अव मृगौलाको उपचार बुटवल मै

Image
कृष्ण खनाल बुटवल, १२ मंसिर ।    के तपाईंकोे मृगौलामा समस्या छ ? यदि छ भने यसको उपचारको लागि राजधानी धाउनुपर्ने बाध्यता तपाईंको हटेको छ । नेपालमा एक मात्र राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा काठमाण्डौमा मात्र मृगौला रोगको उपचार हुने गर्दछ । तर राजधानी बाहिर पहिलो पटक बुटवलमा मृगौला रोगको उपचार केन्द्र स्थापना हुने भएको छ ।  जसको कारण मृगौलाको उपचारको लागि राजधानी वा अन्य विदेशमा जानुपर्ने बाध्याता टर्ने छ ।  गौतम बुद्ध सामुदायिक स्वाथ्य संस्थाले यस क्षेत्रमा नै पहिलो पटक मृगौला उपचार केन्द्र स्थापना गर्न लागेको हो  । संस्थाका अध्यक्ष एजाज आलमका अनुसार २०७० पुस १० गते बाट संस्थाले ‘गौतम बुद्ध सामुदायिक मुटु अस्पताल’ स्थापन गरि अहिले सञ्चालन गरिरहेको छ । सोही अस्पतालसंगै सटेको घरमा ‘मृगौला उपचार केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो ।  बुटवल–१२ रामनगरमा अहिले उपचार केन्द्रको लागि डेकोरेसनको काम जारी रहेको छ । अध्यक्ष आलमले भने–‘रोटरी क्लव अफ बुटवल साउथ संगको सहकार्यमा हामीले यो यात्राको सुरुवात गरेका हौ ।’ उनले  गौतम बुद्ध  सामुदायिक मुटु अस्पताल रुपन्देही उद्योग संघ र रोटरी

९० बर्ष पुरानो मन्दिर ओझेलमा

Image
कृष्ण खनाल बुटवल, ११ मंसिर । बुटवल–५ पुलचोकमा वि.स.१९८० सालमा स्थापना भएको लक्ष्मीनारायाण मन्दिर आझेलमा परेको छ । यस क्षेत्रमा पुरानो मन्दिरको रुपमा रहेको लक्ष्मी नारायण मन्दिर अहिले आझेलमा परेको भन्दै स्थानियहरुले संरक्षणमा चासो देखाएका छन् । केही बर्ष पहिला सम्म संरक्षणको अभाव झेलेको मन्दिरले अहिले स्थानिय नारायण युवा क्लवको साथ पाएको  छ । पछिल्लो सयमममा  नारायण युवा क्लवले मन्दिरको परिसरमा सरसफाई लगायत  मन्दिरको स्तरउन्नती तथा थप मन्दिर स्थापना गर्ने लक्ष्यलिएर अगाडी बढिरहेको नारायण  युवा क्लवका अध्यक्ष राजु पौडेल ले जानकारी दिए ।  मन्दिरमा जाने बाटो(निकासा) सानो हुनुहको साथै मन्दिर परिसरमा स्थापना भएका पुर्वाधारहरु जिर्ण बनेको कारण मानिसहरुको आवातजावत कम हुने गरेको क्लवका सचिव सैलेस थापा बताउछन् । निकट भविश्यमा किरिया पुत्री भवन समेत निर्माण गर्नेयोजना रहेको भन्दै सचिव थापाले भने–‘यस मन्दिरको जिर्णद्धार गरी केही समयमा नै आन्तरिक पर्यटक तथा धार्मिक पर्यटक आउने बातावरण मिलाउन लागेका छौ ।’ वि.स.२०३० साल देखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएकी ७१ बर्षिय विष्णुमाया उपाध्ययका अ

भौतिक पुर्वधार, कर्मचारी अभाव झेल्दै नयाँ नगरपालिका

Image
कृष्ण खनाल बुटवल, १० मंसिर ।  नवलपरासी जिल्लाको वदर्घघाट नगरपालिकामा अहिले ३ जना सहयाक स्तरको कर्मचारी  र एक कार्याकारी अधिकृत रहेका छन् । यो सानो जनशक्तिले दैनिक ३ सय जना भन्दा बढि जनताको सेवा गर्नुपर्ने बाध्याता रहेको छ । त्यस्तै रुपन्देहीकी नयाँ नगरपालिकाको रुपमा रहेको सैनामैना नगरपालिका साविकको पर्रोहा गाविसको कार्यालयमा रहेको छ । जसमा दैनिक जसो सयौ स्थानियहरुले विभिन्न काम लिएर आउछन् । सानो स्थान, धेरै मानिसहरुको सेवा गर्नुपरेको कारण कर्मचारी वाक्क छ ।  त्यस्तै नयाँ नगरपालिकाकै रुपमा रहेका रुपन्देहीको तित्तलोत्तमा नगरपालिका अहिले एक निजी घरमा भाडामा लिएर काम चलाईरहेको छ ।  यि उदाहरण प्रतिनिधि उदाहरण मात्र हुन । नेपाल सरकारले २०६८ को बजेट  वक्तव्यमा घोषणा भए पनि कार्यान्वयन हुन नसनकेका ४१ नगरपालिकासमेत थपेर कुल ७२ वटा नगरपालिका बैशाख महिनामा  घोषणा गरेको थियो ।  लुम्बिनी अञ्चलको नवलपरासीमा ५, रुपन्देहीमा ४, कपिलवस्तुमा २, पाल्पामा १, अर्घाखाँचीमा १ र गुल्मीमा १ वटा नयाँ नगरपालिका थपेको थियो । नवलपरासीमा सुनवल, कावासोती, गैंडाकोट, देवचुली र  बर्दघाट, रुपन्देहीमा सैनामैना

मुष्ठीदानबाट गुरुकुल विद्याआश्रम सञ्चालन

Image
कृष्ण खनाल बुटवल, ७ कार्तिक ।  विगत ७ बर्ष देखि बुटवल–९ दिपनगर र सुख्खानगरका एक टोली प्रत्येक महिना घर घरमा मुष्ठी दान संकलनको लागि आउछन् । उनीहरुले मुष्ठि दानको रुपमा कसैबाट चामल, तरकारी फलफफुल लिन्छन भने  अधिकांसबाट नगद  ५१ रुपैयाँ । यसरी प्रत्येक महिना स्थानियको घर घरमा गएर ५१ रुपैया संकलनगर्ने स्थानियहरु बुटवल–९ मा रहेका निलकण्ठ बाबा धामका पदाधिकारीहरु हुन् । उनीहरु मन्दिरको भौतिक संरचना निर्माणको लागि वा मन्दिर सञ्चालनको लागि खर्च नपुगेर यसरी मुष्ठी दान संकलन गर्न हिडेका भने अवश्य होईन्न । उनीहरु हिड्नुको  एक  मात्र कारण हो गुरुकुल विद्याआश्रम सञ्चालनको लागि हो ।   अहिले विभिन्न जिल्लाका ४० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको गुरुकुलमा  कक्षा ६ देखि १०  सम्म अध्यपन हुदै आएको छ । जसको लागि ७   जना आचार्य  गरेका तथा शिक्षामा मास्टर गरेका र  पिएच्डी गर्न लागेका शिक्षकहरुबाट अध्यापन हुदै आएको छ ।  जसको खर्चको लागि  प्रत्येक महिना निलकण्ठ बाबा धामका पदाधिकारीहरु मुष्ठी दान संकलन गर्न हिड्दछन् । स्थानियहरुले स्वथ स्फुर्त रुपमा यसरी मुष्ठीदान संकलनको लागि आएको टोलीलाई नगद हु

सोह््र छत्तिसको अस्तित्वको लागि कालीगण्डकी डाईर्भस अनिवार्य

Image
कृष्ण खनाल बुटवल, ५ मंसिर ।  आज भन्दा करिव १३ बर्ष पहिला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सुर्यदेव न्यौपानेको खेतमा हिउँदको समयमा पनि छ्यालव्याल पानी आउथ्यो । स्याउला, किला र ढुंगाको बाँध बनाई जनश्रमदानबाट उनीहरुले खेतमा पानी लैजान्थे र सिंचाही गरी प्रसस्त्र मात्रामा तरकारी तथा अन्य खाद्यान्न उत्पादन गर्दथे । तर त्यस केही बर्षपछि तिनाउ नदिमा बाँध पनि निर्माण भयो । पक्की बाँधले उपभोक्ता तथा किसानहरुले धेरै राहात दियो । तर पक्की बाँध संगै तिनाउ नदिमा पानीको  सतह सुक्दै जाँदा अहिले त्यहाका स्थानियहरुले हिउँदको समयमा केही महिना सिंचाही गर्न पाउदैनन् ।  वि.स.२०२३ सालमा रुपन्देहीको मर्चवार क्षेत्रमा समेत सिंचाही गर्नको लागि भनेर बनाईएको सोह््र छत्तिस सयुक्त सिंचाही प्रणालीमा अहिले हिउदको समयमा रुपन्देहीको तिलोत्तमा नगरका स्थानियको खेतमा पानी पुग्दैन । कारण पानीको सतह घट्नु हो । स्थानिय उपभोक्ता तथा छत्तिस मौजाका सदस्य लक्ष्मण खनालका अनुसार अहिले उक्त सिंचाही प्रणाली केही व्यवस्थीत भएको भए पनि हिउदामा भने पानी खेत सम्म नपुग्दा समस्या रहेको छ ।  उनी भन्छन्–‘नदिमा पानीको  सतह घट्दै

स्रोत र साधानको उच्चतम प्रयोग गरे नयाँ नमुना बन्छ नयाँ नगरपलिका

Image
कृष्ण खनाल बुटवल, ४ मंसिर । सरकारले केही महिना अगाडी मात्र घोषणा गरेका नयाँ नगरपालिकाहरुले त्यहा उपलब्ध सो्रत र साधानको उच्चतम प्रयोग गरि देशकै नमुना नगरपालिका बन्न सक्ने सरोकारवालाहरुले बताएका छन् । भौतिका पुर्वाधार, जनशक्ति व्यवस्थापनको अभावको बाबजुत स्रोत साधानको उच्चतम प्रयोग गरि नयाँ नगरपालिकाहरु देशकै नमुना नगरपालिका बन्न सक्नेमा सरोकारवालाहरुको जोड रहेको छ । बुटवल पब्लिकेशन प्रा.लिद्वारा प्रकाशित बुटवल टुडे दैनिकको दोस्रो बार्षिक उत्सवको अवसरमा विहिवार बुटवलमा आयोजना गरिएको‘नवगठित नगरपालिकाका अवसर र चुनौती’ विषयक अन्र्तरक्रिया कार्यक्रमा सहभागी विभिन्न नयाँ तथा पुराना नगरपालिकाका कार्यकारी अधिकृतहरुले कुनै पनि नगरपालिका विकासीत नगरपािलका  हुनको लागि निश्चित योजना हुनुपर्ने भन्दै भौतिक पुर्र्वाधारको अभाव,  जनशक्तिको अभाव र आर्थिक स्रोत परिचालनको अभावलाई विस्तारै सुल्झाई नमुना नगरपालिका बन्न सुझाव दिएका हुन । बुटवल पब्लिेशन प्रा.लिका अध्यक्ष हरीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल नगरपालिकाका कार्यकारी अधिकृत धुव्र व खड्काले नयाँ नगरमा समस्यै समस्या छन, जनप

एक कृषी प्रविधिक ८ हजार कृषक परिवार निर्भर

Image
कृष्ण खनाल बुटवल, ४ मंसिर  ।   राष्ट्रिय  जनगणना २०६८ अनुसार रुपन्देहीको कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेको छ । महिलाको संख्या ४४ लाख ८ हजार ३ र पुरुषको संख्या ४३ लखा २ हजार १ सय ९३ जना रहेको छ  । रुपन्देही जिल्लामा कृषि पेसामा लागेका मानिसहरुको संख्या ५ लाख ५९ हजार ४ सय १४ रहेको छ ।   तर रुपन्देही जिल्लामा कृर्षी प्राविधिकहरुको संख्या भने सक्रिय ग्र्रामिण कृषि कार्यकर्ता सख्या ४० जना र निस्कृय ग्रामिण कृषि कार्यकर्ताको संख्या २० जना रहेको छ । सोही अनुपातमा हेर्ने हो भने रुपन्देही जिल्लामा एक जना कृषि प्राविधिकले ८ हजार १३ जना कृषकलाई हेर्नु पर्ने बाध्यता रहेको छ  । धान उत्पादन र  गहुको विउमा विस्तारै आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लामा कृषी प्राविधिकको अभाव भएको  महसुस गरिएको छ । जिल्ला कृर्षी विकास कार्यालय रुन्देहीका अनुसार जिल्लामा धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् ।  त्यस्तै देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडीमा ७ वटा कृषि सम्पर्क केन्द्रहरु रहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ जना प्

समस्यै समस्यामा नेपालको जडीबुटी व्यवसाय

Image
कृष्ण खनाल बुटवल, ३ मंसिर । विश्व बजारमा नेपाली जडीबुटीहरुबको माग उच्च भएपनि यसको समुहचित  विकासहुन सकेको छैन । आम्दानीको गतिलो स्रोतको रुपमा जडिबुटी रहेपनि यसको व्यवसायीकता नहँुदा यसले राम्रो प्रतिफल दिन सकेको छैन ।  नेपाल जडिबुटी तथा हर्वल उत्पादक संघका केन्द्रीय अध्यक्ष गोविन्द घिमिरेका अनुसार अहिले नेपालका ग्रामिण समुदायका करिव ९० प्रतिशत मानिसको आयाआर्जजनको स्रोतको रुपमा जडीबुटी रहेको छ तर  नेपालमा उत्पादन भएका जडिबुटीहरुको उचित प्रसोधन केन्द्रको  अभावको कारण सस्तो मुल्यमा उत्पादकले विक्रि गर्दा उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन् । अध्यक्ष घिमिरेका अनुसार नेपालको कुल राष्ट्रिय उत्पादको ५ प्रतिशतमा जडुवटीले योगदान दिने गरेको छ । तर पनि  जडीबुटी उत्पादक कृषकहरुले यसको पुर्णरुपमा लाभ लिन सकेका छैन् । एक तथ्यांक अनुसार नेपालमा सन् २००६ देखी २०१२ सम्ममा १५ प्रतिशतले बृद्धि भएको  जडीबुटीको निर्यात बढेको छ भने  करिव ८० प्रतिशत निर्यात भइरहेका जडीबुटी मध्ये उच्च मूल्यका २० प्रजति जडीबुटीहरु  रहेका छन् । नेपालको हिमाल क्षेत्रमा पाइने औषधि जन्य जडीबुटी ७०० प्रजातिको रहेको पाईन्छ ।

सुकुम्बासी आयोगमा आवेदन,अधिकांसले भर्न नपाएको गुनासो

Image
कृष्ण खनाल बुटवल, ३ मंसिर  । विगत ११ बर्ष देखि बुटवल –१3नागरिकता बनाउनको लागि रुपन्देहीको खैरनीमा गएकी उनलाई त्यहाका गाविस सचिवले‘यो समय नागरिकता बनाउने होईन, फारम भर्ने हो।’ भन्दै फिर्ता पठाए । ५ दिन सम्म धाउदा समेत नागरिकता बनाउन नपाएछि सन्तकुमारीले फारम भर्न पाईन्न । आईतबार बुद्धनगर बस्तीमा भेटिएकी सन्तकुमारीका श्रीमान् केही समय पहिला वितेका थिए । बसाई सराईको कागज, मृत्यु दर्ताको कागज को प्रक्रिया लामो भएको कारणले सन्तकुमारीको परिवारले फारम भर्न पाएन । उनी  जस्तै बुटवल–१३ बुद्धनगर बस्तीका राम बहादुर कुमालले  पनि फारम भरे पनि फारम सम्बन्धीत आयोगमा पुग्नेमा आशंका व्यक्त गरे । आईतबार बुद्धनगर बस्तीमा  भेटिएका राम बहादुर कुमालले भन्दै थिए –‘फारम भरे पनि आश छैन, वडा कार्यालयबाट फामर गएको छैन भन्छन कुन्नी  ।’ त्यस्तै  सोही बस्तीकी बुद्धमाया आले ले लामो समय देखि बस्तीमा बस्दै आएकोमा यस पटक लाल पुर्जा पाउनेमा आशा पलाएको बताईन् । करिव २ वर्ष पहिला पनि लाल पुर्जाको   लागि फारम भरेकोमा नपाएको भन्दै उनले भनिन्–‘यस पटक पनि पाईएला भन्ने आशा छैन ।’ उता, प्रगतीनगर बस्ती विकास तथा प्रबन्ध समितिका

रुपन्देहीको कृषकलाई साढे ३ करोड अनुदान

Image
कृष्ण खनाल  बुटवल, ३० कार्तिक ।  चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कुल बजेट ४ करोड ६६ लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ । जुन बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा ७७ प्रतिशतले  बढि हो ।   अघिल्लो आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुर्पैयाँ थियो । चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ११ वटा  कार्यक्रमबाट सयौं कृषकहरुलाई अनुदान स्वरुप बजेट ३ करोड ३२ लाख ५४ हजार रुपैया प्रदान गर्ने भएको छ ।  जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार चालु आर्थिक बर्षमा विभिन्न ११ वटा कार्यक्रमम मार्फत उक्त कृषकलाई अनुदानको रकम प्रदान गर्न लागिएको हो । अहिले पछिल्लो समयमा माछा पालन गर्ने किसान र च्याउ खेती गर्ने किसानलाई युवा लक्षीत कार्यक्रम अन्र्तगत फारम संकलन कार्य जारी रहेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले आईतबारे आर्थिक बर्ष २०७१÷०७२ मा कृर्षि विकास सम्बन्धीत अनुदान प्रदान गरिने कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो

च्याउ खेती गर्ने र मौरी पाल्ने युवालाई अनुदान

Image
कृष्ण खनाल बुटवल, २५ कार्तिक ।  तपाई बेरोजगार वा अर्ध वेरोजगार हुनुहुन्छ  र कृषि क्षेत्रमा नमुना काम गरेर देखाउने आँट छ भने तपाईको लागि  एउटा सुनौलो अवसर रहको छ ।  जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले अर्ध वेरोजगार र वेरोजगार युवा युवतीहरुको लागि आर्थिक बर्ष २०७१÷०७२को  वार्षिक स्वीकृत कार्यक्रम अनुसार च्याउ खेती र मौरीपालन कार्यक्रमको माध्यमबाट स्वरोजगार प्रवद्र्धन गर्ने कार्यक्रम  अगाडी सारेको छ । १८ देखि ५० वर्ष ननाघेका व्याक्तिहरुबाट आवेदन दिन सकिने जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।  उनका नअुसार अर्ध वेरोजगार, वेरोजगार युवा–युवतीहरुको लागि च्याउ खेती र मौरीपालन गरिने स्थल प्राविधिक, भौगोलिक तथा आर्थिक दृष्टिकोणले उपयुक्त हुनुपर्नेछ । प्रवधान रहेको छ । त्यस्तै ब्यवसाय संचालन गर्ने युवा जुनसुकै जिल्लाको भएता पनि यसै जिल्लामा नै पकेट क्षेत्रको (क्लष्टर) रुपमा च्याउ खेती र मौरीपालन गर्ने गरि प्रस्ताव गरेको हुनुपर्ने छ ।  जिल्ला कृर्षि विकाउ कार्यालयका अनुसार मौरीपालनमा २० जनाले एकैस्थानमा (प

पिकिनिक जाने रकम अपाङ्ग आश्रमलाई सहयोग

Image
कृष्ण खनाल बुटवल, २४ कार्तिक ।   दिपावली सकिएपछि अहिले कतिपय क्लव, समुह वा संघ संस्थाहरुले देउसी भैलोमा संकलन भएको रकमको लेखा–जोखा गरिरहेका छन् भने कुनै संघ–संस्था, समुह वा क्लवहरु पिकनिकको बसमा हुटिङ्ग गर्दै हुईकीने गरेका दृश्यहरु पछिल्लो समयमा बढि मात्राम देखिने गरेको छ ।  कुनै कुनै समुह, संस्था तथा क्लवहरु टुरको प्याकेज बनाएर  डुलिरहेका छन् । तर रुपन्देहीको एक निजी उच्च माविका कक्षा १० का विद्यार्थीहरुले आफुले देउसी भैलो खेलेको रकमबाट जोगाएर अपाङ्गता भएका व्याक्तिहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।  ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ शंकरनगरमा रहेको पामिर एकेडमीका कक्षा १० का विद्यार्थीहरुले देउसी भौलोबाट जम्मा भएको रकम नेपाल आपाङ्ग आश्रम बुटवल–१३ देविनगरलाई प्रदान गरेको हो ।  कक्षा १० मा अध्यायन गर्ने विद्यार्थीहरुले विभिन्न नेपाली सास्कृती र परम्पराअनुसार देउसी भैलो खेलेर जम्मा भएको रकम बुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमको भौतिक पुर्वाधार निर्माणको लागि सौचालय बनाउन प्रदान गरेका छन् ।  देउसी भैली जम्मा भएको रकम खर्च कटाएर २५ हजार सोमबार आश्रमका अध्यक्ष ड

स्वच्छ खादैन्न नेपाली उपभोक्ता

Image
कृष्ण खनाल बुटवल, २४ कार्तिक ।  नेपाल सरकार बाणिज्य तथा आपुर्ती मन्त्रालय बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागले चालु आर्थिक बर्षको नेपालभर करिव ९ हजार वटा विभिन्न संघ संस्था तथा फर्मको अनुगमन ग¥यो । जसमा ३ हजार वटा व्यवसायीक फर्म कैफियत भेटिएको छ । कैफियत(त्रुटी) भेटिएका व्यवसायीक फर्महरुमध्ये ५ वटा  फर्म माथि मुद्दा दायर भएको छ भने ४ दर्जन फर्मको विषयमा सरकारी वकिलको कार्यालयमा मुद्दा अनुसन्धानमा रहेको छ ।  उक्त तथ्यांक बाट के प्रष्ट हुन्छ भने २१ औ शताब्दीमा आउदा सम्म पनि नेपाली उपभोक्ताहरुले ढुक्क संग कुनै पनि बस्तु उपभोग गर्न सकिरहेका छैन्न ।  बेला बेलामा हुने छिटपुट अनुगमनबाट दर्जन भन्दा बढि  व्यवसायीक फर्महरु कारवाहीमा पर्ने गर्दछन् भने अन्य अनुगमनमा नपर्ने व्यवसायीक फर्महरुले के कती मात्रामा उपभोक्ताहरुमाथि ठगी गरिरहेका छन् भन्ने बारेमा सहजै अनुमान लागाउन सकिन्छ ।  काठमाण्डौ  उपत्यका ३ वटा जिल्लामा बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभाग, ५ वटा जिल्लाहरु विराटनगर, विरगञ्ज, भैरहवा , नेपालगञ्ज र कैलालीमा बाणिज्य कार्यालय र अन्य १९ वटा जिल्लाहरुमा घरेलु तथा साना उ

पुल निर्माण पछि जिवन परिर्वतनहुने स्थानियको आशा

Image
कृष्ण खनाल बुटवल, २१ कार्तिक ।  रुपन्देहीको मानपकडी गाविस–७ वेलहवा का ६५ बर्षिय बादल थारु तरकारी खेती गर्छन् । उनको खेतमा तरकारीको राम्रो उत्पादन हुन्छ । तर उत्पादीत तरकारी विक्रिको लागि प्रमुख बजार मानिने बुटवलम आउनको लागि उनले ४ दशक देखि दानब नदिमा जोखिम मोलेर तरकारी पिठुयुमा बोकेर तार्ने गर्दै आएका छन् ।  यति मात्र होईन उनको रहेको वडामा गाविस भवन छैन । वडा नम्बर ४ मा रहेको गाविस भवन आउनको लागि उनी  कि त तामनगर हुदै  बेलबासको पुल तरेर  आउनु पर्दछ भने  कि त दानव नदि तर्नुको विकल्प छैन ।  त्यहि दानव नदिबाट सिंचाही गरेर  कृषकहरुले बर्षेनी लाखौको आम्दानी गर्दै आएका छन् भने  हिउद वा बर्सातमा उत्पादन गरेको तरकारी विक्रिको लागि बाधक त्यै दानव नदि बन्ने गरेको छ  । मनपकडी गविस २ र ७ नम्बर वडालाई दानब नदीले विच्छेद गरेका छ  । तर शुक्रबार भौतिक  पुर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा पक्की पुल को शिलन्यास भएको छ । पुल निर्माण हुने भएपछि पानकपडी गाविसका २ र ७ का किसानहरुले राहत पाउने आशा पलाएको छ ।  उक्त दानब नदिमा ९ करोड २५ लाख रुपैयाको लागतमा सडक डिभिजन कार्यालय बुटवलको मा

रुपन्देहीको कृषिमा साढे चार करोड लगानी, गत बर्ष भन्दा ७७ प्रतिशतले वृद्धि

Image
कृष्ण खनाल बुटवल, १९ कार्तिक ।  खाद्यान्न उत्पादनमा प्रमुख जिल्लाको रुपमा रहेको रुपन्देहीमा सरकारी स्तरबाट समेत बजेट यथेष्ठ मात्राम बजेट विनियोजना हुने गरेको छ । गत आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको बार्षिक कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेकोमा यस आर्थिक बर्ष ७७ प्रतिशतले वृद्धि भएर ४ करोड ६६ लाख ४७ हजार ५ सय  रुपैया पुगेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारीले जानकारी दिए ।  यस बर्ष जिल्ला कृषि विकास कार्यालयले फराकिलो, समाबेशीमूलक कृषि कार्यक्रम संचालन गरी दिगो कृषि उत्पादन तथा उत्पादकत्व अभिबृद्घिको माध्यमले गरिबी निवारण र रोजगारी बृद्घिमा सहयोग पु¥याउने लक्ष्यका साथ मौषमी तथा बेमौषमी तरकारी खोती, खाद्यान्नबाली वीउ उत्पादन, मत्स्य पालन, च्याउ खेती,मौरीपालन, फलफूल खेती (केरा, आप, लिची) खेतीलाई प्रहिलो प्रथमिकतामा राखेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी अधिकृत कृष्ण भद्रअधिकारीले भने–‘ जिल्ला कृषि बिकास कार्यालय हामीले नियमन सेवा, कृषि प्रसार सेवा, स

प्लाटिङ्गको करण घट्यो जिल्लाको उर्वर भुमि, धान उत्पादन ११ प्रतिशत घट्ने संकेत

Image
कृष्ण खनाल बुटवल, १८ कार्तिक ।  जिल्ला कृÈि विकास  कार्यालयका रुपन्देहीका अनुसार जिल्लाको कुल खेती योग्य जमिन मध्ये ७० हजार ५ सय हेक्टर Ôेत्रफलमा  मात्र खेती हुने गरेको छ  भने ८४ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ ।  खेती योग्य विस्तारै अवास क्षेत्रमा परिणत हुदै जाँदा कृषी क्षेत्र सम्बन्धी व्याक्तिहरुले चासो देखाएका छन् ।  जिल्ला स्तरिय कृषक संमन्वय समिति रुपन्देहीका कोषाध्यक्ष जगन्नाथ कुर्मीका अनुसार जिल्लाको मर्चवार बाहेक अहिले सबै क्षेत्रमा उर्वर भुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् ।  केही समय पहिला मन्त्रीपरिष्दीय निर्णयबाट नेपाल भरका जग्गा प्लटिङ्गमा रोक लगाएको छ । तर समयमै मन्त्रीपरिषद्को निर्णय नआएको कारण रुपन्देहीमा उर्वरभुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् । जसको असर  खाद्यान्नमा  उर्वर र धान खेतीको लागि  प्रमुख जिल्लाको रुपमा रहेका रुपन्देहीमा यसको प्रत्यक्ष असर परेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार प्लटिङ्ग र केही स्थान बाँजो भएको कारण यस बर्ष धान उत्पादन घट्ने भएको छ ।  उनका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा र

विश्व खाद्य दिवसमा उत्कृष्ठ कृषक सम्मानित

Image
बुटवल, १८ कार्तिक ।  ‘पारिवारीक खेती, सबैलाई खुवाऔं पृथ्वीलाई जोगाऔं’ भन्ने मुल नाराका साथ  ३४ औं विश्व खाद्य दिवस रुपन्देहीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला कृषि विकास कार्यालयले भैरहवामा विशेष कार्यक्रमको आयोजना गरी विश्व खाद्य दिवस मनाएको हो । जिल्ला विकास  समिति रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि अधिकृत कृष्ण भद्र अधिकारीको अध्यक्षता  रहेको थियो ।  कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ठ ३ जना कृषकहरुलाई राष्टपति कृषक सम्मान २०७१ बाट नगद सहित सम्मान गरेको छ । मानमटेरियाका कृषक रमेशचन्द्र मिश्र, मानटरियाकै नारदमुनी यादव, सैनामैना नगरपालिकाका शेर बहादुर क्षेत्रीलाई नगद १०÷१० हजार रुपैया सहित सम्मान गरिएको हो ।  त्यस्तै सोही कार्याक्रममा ‘पारिवारीक खेती, सबैलाई खुवाऔं पृथ्वीलाई जोगाऔं’ विषयमा भएको जिल्ला स्तरिय निवन्ध प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्रप्त गर्ने विद्यार्थीहरुलाई  नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको