Posts

Showing posts from August, 2021

प्रदेश राजधानी ‘उर्वर भूमि ’

Image
  कृष्ण खनाल    बुटवल लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ्ग जिल्लाको राप्ती उपत्यका अर्थात गढवा गाउँपालिका र राप्ती क्षेत्रमामा हाल कृषि योग्य भुमि प्रशस्त्र मात्रामा छन् । “कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार” नारा तय गरेको राप्ती गाउँपालिमा अहिले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी तोकिएको छ । गाउँपालिको १,२,३ गाउँपालिकालाई राजधानी बनाउने भनि प्रदेश सरकारको योजना रहेको छ । केही समय पहिला प्रदेशकै सरकारी कार्यालयले गरेको परिक्षण अनुसार यो क्षेत्रमा कृषि योग्य भुमि यथेष्ठ मात्रामा रहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशको भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गढवा गाउँपालिकामा गरेको अध्ययन अनुसार खेती योग्य भुमिका लागि आवश्यक पर्ने तत्वहरु यथेष्ठ मात्रमा रहेको पाईएको थियो । माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकका प्रमुख अमरराज शर्मा घिमिरे (बरिष्ठ कृषि प्रसार अधिकृत) अनुसार गढवा गाउँपालिकामा गरिएको स्थलगत अध्ययनमा अझै माटोको अवस्था बिग्रीसकेको छैन । गढवा गाउँपालिकाका कृषि प्राविधिक ना