यस बर्ष धेरै फल्यो धान

कृष्ण खनाल
 बुटवल, मंसिर । 
विगत केही बर्ष पहिलाको भन्दा यस बर्ष रुपन्देहीमा बढि धान उत्पादन भएको छ । अन्य बर्षहरुको तुलनामा १० प्रतिशत बढि खाद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार  गत वर्षको तुलनामा यस बर्ष धान रोप्ने बेलामा राम्रोे वर्षा हुनुका साथै रासायनिक मल प्रयाप्त रुपमा उपलब्ध भएपछि यस बर्ष  धानको उत्पादन १० प्रतिशतले वृद्धि भएका हो । 
रुपन्देहीमा २०७१ सालमा ३ लाख १४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष २०७२) मा बढेर तीन लाख २० हजार १६० मेट्रिक टन पुगेको थियो । गत वर्षमा प्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन भएको थियो भने यस वर्ष समय अनुकलताका कारण प्रति हेक्टर ५ मेट्रिकटन उत्पादन भएकोले यस वर्ष १० प्रतिशतले वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी जानकारी दिए । 
गत बर्ष रोपाइको समयमा लामो समय सम्म खडेरी परेका कारण उत्पादन घटेको थियो यस भने जेठको दोस्रो सातादेखि वर्षा सुरु भयो र समयमै कृर्षकहरुले रसायनिक मल प्राप्त गरेकोले सबै क्षेत्रमा धान उत्पादन बढेको छ । 
रुपन्देही धानखेतिको लागि पकेट क्षेत्र मानिएता पनि जिल्लामा बढ्दो सहरीकरण र जग्गा प्लटिङ्, किसानमा व्यवसायीकता नहुनु, परम्परागत शैलीमा खेति गरिनु, प्राङ्गारिक मलको सट्टा रासायनिक मलको अधिक प्रयोग गरिनु, माटोको चेकजाँच नगरिनु जस्ता कारणले रुपन्देहीमा उत्पादनमा वृद्धि गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । 
सिंचाई सुविधा पुगेका क्षेत्रमा र नपुगेका सबै क्षेत्रमासमयमै रोपाइ हुनु र निरन्तर बर्ष भएकाले जिल्लाभर उत्पादन बढेको हो । 
 जिल्लामा ७० हजार ५ सय हेक्टर क्षेत्रमा धान उत्पादन हुँदै आइरहे पनि बढ्दो सहरीकरणका कारण गत वर्ष देखि उत्पादन क्षेत्र घटेर ६९ हजार ६ सय हेक्टरमा मात्र खेति हुन थालेको छ । जसमा ६० प्रतिशत क्षत्रेमा सिंचाई सुविधा पुगेको छ भने अन्य क्षेत्रमा आकाशे भरमा खेती गनुपर्नेमा अवस्था रहेको छ । ६० प्रतिशत क्षेत्रमा सिंचाई भएतापनि बाहै्र महिना सिंचाई सुविधा पुग्ने क्षेत्र जम्मा १२.५ प्रतिशत मात्रै रहेको छ । 
रुपन्देहीमा जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन भएतापनि सहर केन्द्रित बसाई बढ्दै जाँदा खाद्यान्न उत्पादनमा कमी आउँदै गरेको छ । किसानलाई समयमै माटोको उर्वरा शक्ति बारे जानकारी गराउने, उन्नत बीउ र सिंचाई सुविधा र जग्गा प्लटिङ्कलाई रोक्ने हो भने जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी उत्पादन गर्न सकिने सम्भावना रहेको क्षेत्र हो । 

जिल्लामा धानको उत्पादन वृद्धि गर्न यान्त्रिकरणको प्रयोग समेत गरिएको छ । गत वर्षदेखि चैते धानको खेती पनि शुरु गरिएको छ । मर्चवार, लुम्बिनी, मझगावा, धकधही, बोधबार, मानपकडी, मानमटेरिया, हर्नैया, देवदह, रुद्रपुर क्षेत्र धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् ।
धान उत्पादन समयका आधारमा अगौटे, मध्यमा र पछौटे गरि ३ भागमा विभाजन गरिएको छ । रुपन्देहीमा अगौटे धान २५ प्रतिशत, मध्यम धान ३५ प्रतिशत र पछौटे धान ४० प्रतिशत गरि ३ किसिमको धान लगाने गरिन्छ । जस मध्ये अगौटे धान भित्रि सकेको छ भने मध्यमा धान भित्राउने शुरु भएकोले ३० प्रतिशत धान काटिई सकिएको छ । अगौटे धानको उत्पादनको लागि ११०–१२५ दिन, मध्यमा धानकोलागि १३५–१४५ दिन र पछौटे धानको लागि १४५ दिन भन्दा बढी लाग्ने गर्दछ ।जिल्लामा गोरखनाथ, लोकनाथ, सावित्री, राम धान, सावा मन्सुली, गोल्डेन मन्सुली, लगायतका धान लगाइएको छ ।




भोजराज सापकोटा
बरिष्ठ कृषि विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय, रुपन्देही
गत वर्षको तुलनामा यस बर्ष धान रोप्ने बेलामा राम्रोे वर्षा हुनुका साथै रसायनिक मल प्रयाप्त रुपमा उपलब्ध भएपछि यस बर्ष  धानको उत्पादन बढेको हो ।   

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै