Posts

Showing posts from September, 2016

पाँच बजेपछि गुड्दैनन् सार्वजनिक यातायात

Image
विकासउन्नुख सहरः सौ. फर्साटिकर  कृष्ण खनाल  बुटवल, असोज ।  केही दिन पहिला काठमाडौं जान हिडेका रुपन्देहीको सौ.फर्साटिकर गाविस–४ जुगडियाका स्थानिय जीत बहादुर घर्तिमगर विच बाटो बाटै घर फकर्नु प¥यो । साँझ करिव ५ बजे फर्साटिर बजार नजिकै बाटोमा सार्वजनिक बस कुरेर बसेका उनी बाटो कुर्नुभन्दा पहिला नै बस छुटेछ ।  त्यो दिन  उनी काठमाण्डौं जान पाएनन् । अर्को दिन विहान मात्र उनी बुटवल सम्मको  यात्रा गरेर काठमाण्डौ पुगे । उनी मात्र होईन, रुपन्देहीको दयानगर गाविस, सुर्यपुरा, मनमटेरिया, र अमुवा गाविसका स्थानियहरुको पिडा उनको जस्तै साँझ छ । अर्थात साँझ करिव ५ बजेबाट सार्वजनिक यातायातका साधानहरु पाउँदैनन् । सहर उन्मुख बजारको रुपमा पहिचान बनाउदै गरेका फर्साटिर सहर लगायतका विभिन्न स्थानबाट साँझ ५बजे पछि सार्वजनिक यातायातका साधानहरु नचल्दा स्थानियहरुले सास्ती खेप्नुपरेको छ ।   स्थानिय जीत बहादुर घर्तिमगर भन्छन्–‘बाटोको हालत उस्तै खत्तम छ, ५ बजे पछि गाडी नपाउँदा झनै सस्या छ ।’ कुनै पनि व्याक्ति विरामी भएर बुटवल या अन्य स्थानमा जानको लागि एम्बुलेन्स र नीजि गाडी बाहेक अन्यको विकल्प नभएको स्थ

धान दश प्रतिशतले बृद्धि हुने अनुमान

Image
कृष्ण खनाल बुटवल, १२ असोज । गत बर्ष नाकाबन्दीको कारण  समयमा नै मलखाद उपलब्ध नभएकोले रुपन्देहीको धान उत्पादन घटेको थियो । तर, यस बर्ष किसानहरुले समयमा नै मलखादको उचित व्यवस्थापन गर्न सकेको कारण धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालीविकास अधिकृत विनोद ज्ञवालीका अनुसार किसानहरुले लगाएको धानमा यस बर्ष खासै समस्या नआएको कारण धान उत्पादन १० प्रतिशत सम्म बढ्ने अनुमान गरिएको छ ।  उनी भन्छन्– ‘यस बर्षमा किसानले धान रोप्ने समयमा केही दिन डिएपी मलको अभाव भएको थियो तर १० दिन भित्र नै त्यो समस्या समाधान भैसकेको थियो, जसको कारण अहिले खास समस्या भएन ।’ उनकाअनुसार यस बर्ष किसानले रोपेको धानमा अघिल्लो बर्षहरुमा भन्दा कम रोग किरा लागेको  छ । अहिलेसम्म मौसमले पनि साथ दिएको कारण धान उत्पादन बढ्ने अनुमान गरिएको हो ।   रुपन्देहीमा यो बर्ष कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  गरिएको छ । अहिले किसानले रोपेको करिव १० प्रतिशत धान काट्ने गरि पाकेको छ । दशंै पछाडि किसानहरुलाई धानकाट्नको लागि अझ बढि चटारो पर्ने देखिएको छ ।  यस बर्ष समयमा नै पा

काठमाण्डौमा खुल्यो, बुटवलमा मंगलबारदेखि

Image
दशैलाई अग्रमी टिकट बुकिङ्ग कृष्ण खनाल बुटवल, असोज ।   बिजया दशमी नजिकिदै गर्दा विस्तारै चहल पहल ब ढेको छ । बिजया दशमी हिन्दुहरुको ठुलो चाडको रुपमा रहेको हुदा यो चाडपर्वको प्रभाव रहने गर्दछ ।  नजिकिएको चाडलाई मध्यनजर गरी काठमाण्डौ उपत्याकाबाट देशका विभिन्न स्थानमा जाने सार्वजनिक यातायातका साधानहरुको अग्रिम टिकट बुकिङ्ग शुक्रबारबाट  खुलेको छ । भने बुटवलबाट विभिन्न जिल्लामा जाने सार्वजनिक यातायातको टिकट बुकिङ्ग यहि  असोज ११ गते अर्थात आगामी मंगलबारबाट खोल्ने  तयारी गरिएको सम्बन्धीत  यातायात व्यवसायी संस्थाले जानकारी दिएका छन् ।  यस क्षेत्रकै सबैभन्दा ठुलो यातायता व्यवसायीहरु आवद्व भएको पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दघिराम खरेलले आगमी मंगलबार देखि दशैको लागि अग्रीम टिकट बुकिङ्ग खुल्ला गर्न लागेको जानकारी  दिए ।  अहिले  काठमाण्डौमा यसै विषयको बैठकमा सहभागी हुन पुगेका अध्यक्ष खरेलले यहि असोज १० गते पदाधिकारी तथा रुट व्यवस्थापन समितिका विभिन्न जिम्मेबार व्यवाक्तिहरुसंग बैठक बसेपछि मंगलबारबाट अग्रीम  टिकट बुकिङ्ग सुरु गर्न लागेको जानकारी दिए । उनले भने–‘म अहिले काठ

खुर्साने गाउँ कृषि कर्ममा सफल

Image
कृष्ण खनाल बुटवल, असोज ।   सिद्धार्थ राजमार्गअन्तर्गत दोभानबाट करिव ४ किलोमिटर दुरीमा रहेको छ,  खुर्साने गाउँ । आज भन्दा करिव १६ बर्ष पहिला खुर्साने गाउँका स्थानीय वासिन्दाको आम्दानीको स्रोत भनेको धान खेती मात्रै थियो । मौसम राम्रो भएमा धान खेती र हिउँदमा गहँु खेती गर्दै आएका थिए । अधिकांश दलित समुदायका मानिसहरुको बसोबास रहेको उक्त गाउँमा अहिले परिर्वतनका लहरहरु देखा परेका छन् ।  स्थानीय बरपोखरी समुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्षसमेत रहेका स्थानीय मोहनलाल विश्वकर्माकाअनुसार सामुदायिक  वि.स. २०५७ सालमा गठन भए पनि स्थानीयहरुमा उद्यमशीलताको विकास भएको हो । उनी भन्छन्– ‘५७ सालमा गठन भई २०५९ सालमा दर्ता भएको सामुदायिक वनले किसानहरुलाई ऋण लगानी गरे पनि स्थानीयरुको आर्थिक विकास भएको हो ।’  सामुदायिक वनबाट निव्र्याजे ऋण लागानी गरेपछि अधिकांश किसानहरुले खेतीपाती, मौरी पालन, बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन व्यवसायमा लागेका छन् ।  ५० घर परिवार रहेको उक्त गाउँ दोभान गाविस–९ मा पर्दछ । स्थानीयहरुले जिल्ला विकास समिति, सामुदायिक वन समन्वय समिति र  राष्ट्रपति चुरे मधेश संरक

पानी पर्दा आहाल, गर्मिमा वेहाल

Image
तामनगर–फर्साटिकर  सडक कृष्ण खनाल/स्वस्तिक श्रेष्ठ बुटवल, असोज । विकाउन्नुख शहरको रुपमा पहिचान बनाउँदै गरेको रुपन्देहीको सौ.फर्साटिकर गाविस पुर्व–पश्चिमा राजमार्ग देखि मात्र ९ किलोमिटर भित्र पर्दछन् । अधिकांस व्यवाक्तिहरु कृषि खेतीमा लागेको यो गाविसमा जाने बाटोको अवस्था बेहाल छ ।  सौराह फर्साटिकर गाविसको प्रवेशद्वारको रुपमा रहेको बुटवल–१८ सेमलारमा स्थानिय विजय चौधरीको मोटरसाईकल वक्सर्प छ । उनकै वकसर्पदेखि फर्साटिकर नुग्दासम्म कुनैपनि यात्रुले खाल्डा, हिलो र धुलोको सामना गर्नुको विकल्प छैन ।   नौं किलोमिटर बाटो मध्ये करिव ७ किलोमिटर बाटो ‘नाम मात्रको कालोपत्रे’ रहेको स्थानिय विजय चौधरी बताउँछन् । उनी भन्छन्–‘पानी पर्दा मान्छे नै डुब्छ की भन्ने गरी सडकमा खाल्डा पर्छन्, गर्मिमा त झनै बेहाल, धुलोकै कारण पसल बन्द गर्नुको विकल्प छैन’ स्थलगत रिपोर्टीङ्गको लागि पुगेका संवाददातासंग उनले भने ।   बाटोमा ओहोर–दोहोरगर्ने,चुन ढुङ्गा बोग्ने गाडीहरुबाट दुई÷चार ढुङ्गागरी करिव डेड गाडी ढुङ्गा  एउटा खाल्डो पुर्नमा सकिएको सकिएको छ । ‘मान्छे  नै डुब्नेगरी सडकमा खाल्डो परेको धेरै भयो, कसैले

उद्धार गरिएका वाललिका राख्ने ठाउ खोई, सरकारी कागजमा एउटा व्यवहारमा अर्कै

Image
सन्र्दभः राष्ट्रिय वाल दिवस  कृष्ण खनाल बुटवल, भदौ । बालश्रमीकहरुको पक्षमा काम गर्दैआएको श्रम कार्यालय बुटवलले गत आर्थिक बर्षमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र अर्घाखाँचीका होटल, रेष्टुरेन्ट तथा उद्योगहरुको अनुगमन ग¥यो ।  कार्यालयका निमित्त प्रमुख रोमलाल पुरीका अनुसार ४ वटा जिल्लामा २९ स्थानमा गरिएको अनुगमनमा एक जना पनि ‘वालश्रमिक भेटिएन्न’ । कार्यालयले बार्षिक प्रगति प्रतिवेदन पुस्तिकामा यो ‘रिर्पोट’ लेखेको छ । कागजी प्रक्रियाको लागि मात्रै अनुगमनगरि रिर्पोट तयार गरिएको भन्ने उक्त ‘कुराबाट प्रस्ट’ देखिन्छ ।  ४ वटा जिल्लाका गरिएको अनुगमनलाई कतिपयले ‘झारा टार्ने अनुगमन’को रुपमा व्याख्या गरेका छन् । लुम्बिनी र राप्ती अञ्चलका जिल्लाहरुलाई हेर्ने गरी बुटवलमा स्थापना भएको श्रम कार्यालयले मजदुर, बालश्रमिक, बैदेशिक रोजगारीमा  ठगीएका व्याक्तिहरुको पक्षमा काम गर्दछ । तर आमसर्वसाधारणहरुले बालश्रमिकहरु होटल, रेष्टुरेन्ट तथा उद्योगमा प्रयोग गरिएको देखिन्छ । तर सरकारी प्रतिवेदनमा भने कुनै पनि वालवालिकाहरु नभेटुनुले सरकारी अनुगमनमा नै शंका उत्पन्न गरेको छ ।   निमीत्तकार्यालय प्र

‘न्याय महङ्गो, ढिलो र झन्झटीलो छ भन्नु भ्रम हो’

Image
भीम कुमार श्रेष्ठ रजिष्टार, पुनारावेदन अदालत बुटवल ।   तनुँह जिल्लाको गजपुर गाविसमा जन्मीएका भीमकुमार श्रेष्ठले वि.स.२०५२ सालबाट सरकारी सेवामा प्रवेश गरेका हुन । सुरुमै कानुनमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेस गरेका उनीसंग विभिन्न जिल्ला अदालत, न्याधिककरण लगायत सर्वोच्च अदालतको शाखा अधिकृतको रुपमा समेत कार्य सम्पादन गरेको अनुभव रहेको छ । हाल पुनारावेदन अदालत बुटवलको रजिष्टारमा विगत डेढ बर्षदेखि कार्यरत रहेका श्रेष्ठ संग अदालतका विविध विषयसंग रहेर बुटवल टुडेले गरेको कुराकानी ।    पुनारावेदन अदालत बुटवलमा मुद्धा फस्र्यौटको अवस्था कस्तो छ  ?  –गत आर्गिक बर्षमा पुनारावेदन अदालतबुटवलबाट २ हजार ५ सय ५३ लगत रहेकोमा १५ सय ८५ थान मुद्धा फस्र्यौट भएको छ । बाँकी ९ सय ८८ थान मुद्धा बाँकी रहेको थियो । सबै मुद्धाको हकमा देवयान मुद्धा, फौजदारी मुद्धा, सरकारी, परामदेशी, रिट  मुद्धाहरुको विवरण हो यो ।  आज सम्मको रेकर्ड हेर्दा १२ सय ८० थान मुद्धा दर्ता भएको देखिन्छ भने २ सय २ थान यो आर्थिक बर्षमा फस्यौट भएको छ । १ हजार ७८ थान मुद्धा बाँकी रहेका देखिन्छ । १५.७० प्रतिशत मुद्धा यो आर्थिक ब

साना मझौला ढुवानी साधन, पार्किङ्ग र दर्तामा समस्या

Image
कृष्ण खनाल बुटवल, भदौै । पछिल्लो समयमा थोरै परिमाणमा ढुवानीको काम गर्दै आएका साना तथा मझौला ढुवानी व्यवसायीहरु पार्किङ्ग समस्याको कारण चेपुवामा परे का छन् । केही बर्ष देखि सानो परिमाणमा  सामान ढुवानीको काम गर्दै आएको  छोटा हात्ती नामले चिनिने दुई सिलिन्डर म्याजिक गाडी र अलि ठुलो टाटा एस र बलेर जीपको पार्किङ्ग  समस्याको कारण आफुहरु मर्कामा परेको लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण बहादुर क्षेत्री बताउछन् ।  उनका अनुसार कोठा सर्दा होस् या सा सानो फर्निचरका सामानहरु ढुवानी  गर्दा अत्याबश्यक साधन बनेको गाडीलाई सहर देखि टाढा पार्किङ्गको व्यवस्थापन गरिदा थप समस्या भएको अध्यक्ष क्षेत्रीको भनाई रहेको छ । रुपन्देहीमा वि.स.२०७० सालमा स्थापना भएको संघमा अहिले २ सय ५० वटा गाडी दर्ता भएका छन् । भने व्यवसायीहरुको संख्या करिव २ सय २५ जना  रहेको छन् ।  अहिले साना तथा मझौला व्यवसायीहरुले बुटवलको होटल सिन्दुर पछाडीको क्षेत्रमा र केही गाडीहरु बुटवल–६ राममन्दीर लाईनमा पार्किङ्ग गर्दैै आएका छन् । अत्यावश्यक साधनको रुपमा बन्दै गएको उक्त गाडी पार्किङ्ग व्यापारिक क्षेत्

घरवाहाल ऐन कार्यान्यन फितलो लाखौं, राजश्व गुम्दै

Image
कृष्ण खनाल बुटवल, ।   बुटवल उपमहानगरपालिकाको जनसंख्या वि.स.२०६८ को जनगणना अनुसार १ लाख ३८ हजार ७ सय ४२ जनसंख्या रहेको छ । बुटवल क्षेत्रमा घरधुरीको संख्या २९ हजार ६ सय ६२ रहेको छ । जसमा नयाँ थपिएका गाविसहरु  सेमलार र मोतिपुरको तथ्यांक समाबेस गरिएको छैन । बुटवलमा घरवाहलमा लगाएर घरधनीहरुले माहिना मै लाखौं रुपैयाँ आम्दानी गर्ने गर्दछन् । महिनामा २ लाख भन्दा बढि आम्दानी गर्ने घरधनीहरु समेत बुटवलमा रहेको नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष शंकर कोइराला बताउँछन् । उनका अनुसार महिनामा २ लाख रुपैयाँ भन्दा बढि बाहल उठाउने घरधनीहरुको संख्या करिव १ सय जना रहेको छ । तर स्पष्ट घरबाहाल नितीको अभावको कारण बुटवलमा घरवाहल कर उठाउने उप–महानगरपालिकले उथेष्ठ मात्रामा कर उठाउन सकेको छैन ।  बुटवल उप–महानगरपालिकाले घर बाहलमा लगाएको रकमको बार्षिक रुपमा २ प्रतिशत र जग्गा भाडामा लगाएको छ भने १ प्रतिशत कुल रकमको बाहल कर उठाउने नीति बनाएको छ ।  बुटवल उप–महानगरपालिका क्षेत्र भित्र बनेका भौतिक संरचना घरको सटर कोठाहरुको  घर वहाल कर असुली प्रयोजनका लागि न्यूनतम मासिक वहाल दर न्युनतमा प्रति सटरको १ ह

नगर मै हप्ता देखि देखि अध्याँयारो

Image
कृष्ण खनाल बुटवल, भदौ ।  तीजको दरखाने दिनभन्दा एक दिन अगाडी टान्सर्फमर जलेको कारण अध्यारोमै तीजदर खान बाध्य भएका रुपन्देहीको सैनामैना नगरपालिकाका स्थानियहरु अझै विजुली बाल्न पाएका छैनन् । सैनामैना नगरपालिका–४ परमेश्वर टोल, बर्माडाँडा, पिपलडाँडा र बक्सड डाँडाका स्थानियहरुले  साता दिन वित्दा समेत विजुली बलेको छैन । गत भदौ १७ गते शुक्रवार टान्सफर्मर जलेको कारण विद्युत विना अध्यारोमा बस्न वाध्य भएका स्थानियहरुले साता दिन सम्म पनि  नेपाल विद्युत प्राधिकरणले मर्मतकोलागि चाँसो नदेखाएको कारण अक्रोश व्यक्त गरेका छन् । सैनामैना–४ परमेश्वरटोलकी स्थानिय  हस्तकला उपाध्यायका अनुसार स्थानियहरुले मोवाईमा चार्ज सकिएको कारण नगरपालिका भित्रै सञ्चार विच्छेद भएको छ । कतिपय स्थानियहरुले नजिकै रहेको पर्रोहा परमेश्वर बोलबम धाममा गएर जेनेरेटरबाट मोवाई चार्ज गर्ने गरेका छन् । उनी भन्छीन्–‘एक सातासम्म पनि विद्युत प्राधिकरणलाई खबर गरेको वास्ता गरेको छैन, स्थानियहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।’ नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका अनुसार अहिले सैनामैना–४ रानिवगिया  क्षेत्रका ३ स्थानको टान्सफर्मर

४० बर्ष शिक्षण पेशापछि व्यवसायीक माछापालन

Image
कृष्ण खनाल बुटवल, २३ भदौ ।   कुनै पनि पेशाबाट सेवा निवृत्तभएपछि अधिकांस व्याक्तिहरुले सुःख शान्तीमा जिवन विताउने गर्दछन् । अधिकांस व्याक्तिहरुले सेवा निवृत्त व्याक्तिहरु काम भन्दा पनि ऐस आराममा दिन विताउने मन पराउदछन् ।  तर गुल्मी जिल्लाको गुल्मी वम्घा गाविस–६ पागाका किसान कृष्ण प्रसाद ज्ञवालीले ४० बर्ष शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि व्यवसायीक माछा तथा फलफुलपालनमा लागेका छन् ।  वि.स. २०५६ सालमा २ वटा माछा पोखरीबाट सुरु गरेका ज्ञवालीले अहिले १० वछा माछा पोखरी बनाएका छन् । पहाडी जिल्लामा माछा पालन व्यवसाय फस्टाउदैन भन्ने धारणालाई चिर्दैै उनले व्यवसायीक रुपमा माछा पालन सुरु गरी मनग्य आम्दानी समेत गर्र्दै आएका छन् । सुरुका बर्षमा  बार्षिक २० हजार रुपैयाँ आम्दानी गरेका उनले अहिले एक पटको सिजनमा माछाबाटै  करिव २ लाख रुपैयाँ आम्दानी गर्दैै आएका छन् ।  रुपन्देहीको छपिया,  भैरहवा, र पत्थर डाँडाबाट माछाको भुरा लगेर उनले गाउमा माछा पोखरी निर्माण गरी माछापालन गरेका हुन । स्थानिय जनबोध उच्च मावि रानीबास मा अग्रेजी विषयको अध्यायपन  गराउदै आएका उनले स्वच्छिक अवकास लिएपछि  व्यवसायीक कृ
Image
बुटवलको हाटबजारमा विक्रिका लागि राखिएका खसीबोका । चाडनजिकीदै गर्दा खसी बोकाको व्यापार बढेको छ । तस्वीरः कृष्ण खनाल ÷बुटवल । 

कसैको आँखा नपरेको एउटा बाल गृह ,स्थायी आम्दानी नहुँदा समस्या

Image
कृष्ण खनाल बुटवल, २० भदौ । बुटवल शहरदेखि केही टाढा, रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको अनाथ बालगृहमा कसैको ध्यान गएको छैन । अधिकांस सामाजिक संघ संस्था तथा क्लवहरुले बुटवल र यस आसपासका आश्रममा गएर  सहयोग गर्ने गरे पनि अलि टाढा रहेको यो वालगृहमा कमैमात्र सहयोग पुग्ने गरेको छ । अधिकांस मुगु जिल्लाका द्वन्द्वपिडीत वालवालिका हरुले आश्रय लिदै आएको उक्त वालगृहमा १० जना वालवालिकाहरु आश्रित छन् । मुगु जिल्लामा सानै उमेरमा बुबा–आमा गुमाएका जयप्रकास थापाले कहिल्यै तराई देखेका थिएनन् । द्वन्द्वको कारण बेसाहारा भएका थापाले तराईको ठुला–ठुला घर देख्दा पहिलो पटक अच्च मानेका थिए । तराइ कस्तो होला, के होला भनेर कल्पना गर्ने थापा अहिले यहि तराईमा हुर्केका छन् । सानैमा आमाबाबु गुमाएका उनी आमा बुवाको मायाँबाट बञ्चित भएका थिए । आफन्तीको सहयोगमा जिल्ला बाल कल्याण समितिबाट उनी अहिले रुपन्देहीको सैनामैना–१ बनकट्टामा रहेको अभियान नेपाल बाल गहमा आश्रीत छन् ।  आफ्ना  आमाबुबा गुमाएपनि उनी जस्तै ९ जना मुगुका १ जना पाल्पाका बालबालिकाहरुले अहिले उक्त आश्रममा  आमा बुबाको जस्तै  मायाँ र साथ प

‘लगानी मैत्री वातावरण बनाऊ, युवाशक्ति पलायन रोक’

Image
बुटवल उवासंघ को ६३ औं साधरण सभा कृष्ण खनाल  बुटवल, २० भदौ ।  देश शान्ती प्रक्रियामा प्रवेश गरेको लामो समय भएपनि अझै पनि उद्योगी तथा व्यवसायीहरुबाट  निर्धक्क रुपमा लगानी गर्ने वातावण सृजना नभएको भन्दै लगानी मैत्री वातावरण निर्माणमा सरोकारवालाहरुले दिएका छन् । बुटवल उद्योग बाणिज्य संघको ६३ औ बार्षिक साधारण साभामा बोल्दै उद्योगी व्यवसायीहरुले देश शान्ती प्रक्रियामा प्रवेश गरेको बर्षौ भए पनि निर्धक्क रुपमा उद्योग व्यवसाय सञ्चालन र नयाँ उद्योगधन्दामा लगानी गर्ने वातावरण नभएको भन्दै सरकार संग लगानीमैत्री वातावरण निर्माणको लागि आग्रह गरेका हुन ।  कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले नेपाल उद्योग धन्दाको लागि संभावना बोकेको देश भएपनि प्रशस्त्र मात्रामा लगानी नहुनु विडमम्बनाको कुरा भएको बताएका छन् । उनले भने–‘अझै पनि देशमा युवा पलायन रोकिएको छैन, जसको कारणले पनि देश कोलायप्स हुन नसक्ला भन्न सकिदैन ।’ रेमिट्यान्सको आधारमा देश सञ्चालन भएको भन्दै उनले रेमिट्यान्सबाट  देश धानिनु आफैमा जोखिम र क्षणिक समयको लागि लाभदायक भएपनि दिर्घकालिनर

अञ्चल अस्पतालको भ्रम खेती , अस्पतालमै झुक्काउने बडापत्र

Image
कृष्ण खनाल बुटवल, भदौ ।  यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पतालको प्रमुख प्रवेशद्धार को दाँया पट्टीको भित्ता एउटा ठुलो ‘वालपेन्टीङ्ग’ गरी नागरिक वडा पत्र तयार पारिएको छ ।अस्पतालले दिने सेवा सुविधा र सेवाग्राहीले तिर्नुेपर्ने शुल्को विषयमा बडेमान वडापत्र रा खिएको छ । तर अस्पतालमा जाने जो कोहीले त्यो वडापत्रको आधार मानेर जाने हो भने सबै झुकिन्छन् । अस्पतालको वडा पत्रमा ओपीडी शाखाको लागि सामान्य टिकट शुल्क रु १० रुपैयाँ भनेर उल्लेख गरिएको छ । यदि पुरानो टिकटमा पुननयाँ बनाउदा ५ रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । तर भित्र काउन्टरमा जाने जो कोहीले सामान्य टिकटको मुल्य रु ३० बुझाँउछन् । लुम्बिनी अञ्चल अस्पतालले २०७३ बैशाख १ गते अस्पतालले सेवाशुल्कमा व्यापक वृद्धि गरेको थियो । शुल्क वृद्धि गरेपनि नागरिक वडा पत्र परिर्वतन गर्न सकेको छैन । अस्पतालले यही वैशाख १ गतेदेखि सेवाशुल्कमा ८० देखि शतप्रतिशतसम्म वृद्धि गरेको हो । अस्पताल विकास समितिले २०५७ साउन १८ गतेपछि पहिलो पटक सेवाशुल्क वृद्धि गरिएको हो ।  तर नागरिक वडा पत्रमा भने सबै पुरानै सेवा  सुविधा र शुल्क

‘सेज ऐन’पारित उद्योग स्थापनाको बाटो खुल्यो

Image
कृष्ण खनाल  बुटवल, १३ भदौ ।   विगत लामो समय देखि भैरहवामा स्थापना भएर पनि सञ्चालनमा नआएको विशेष आर्थिक क्षेत्र(शेज) सञ्चालनको बाटो खुलेको छ । व्यवस्थापिका संसदले सोमबार विशेष आर्थिक क्षेत्र (सेज) ऐन पारित गरेपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।  विगत केही बर्ष यता विशेष आर्थिक क्षेत्र सञ्चालनको लागि पहल गर्दै आएको सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले उद्योगीहरुको लागि शेज ऐन पारीत  हुनु आफैमा  स्वागतयोग्य विषय भएको जानकारी दिए । उनका अनुसार विगत लामो समय देखि उद्योगीहरुले ऐन छिटो भन्दा छिटो पारीत गर्नको लागि दबाब समेत दिदै आएका थिए । उनले भने–‘ढिलै भएपनि ऐन पारित भएको छ, जुन स्वागत योग्य विषय हो ।’ अध्यक्ष शर्माले ऐन  परिथ भएर केही विकासका पुर्वाधारहरु  निर्माण भएपनि अझै विद्युत सञ्चालनको बाटो निर्माण नभएको कारण अझै पनि उद्योग स्थापना हुनलाई समस्या भएको जानकारी दिए । उनले विद्युत विना कुनै पनि उद्योग सञ्चालन हुन नसक्ने भन्दै अविलम्ब विद्युतको लागि पहल गर्न समेत  सरकार संग माग गरे ।  यता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशम

उन्नत विउद्वारा साढे ५ करोड पुजी परिचालन

Image
कृष्ण खनाल बुटवल, भदौ ।  किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कार्यक्रम लागु भएपछि हाल सम्म कुल ३ सय ६७.९७ मेट्रिक टन उन्नत विउ उत्पादन गरेको छ । जसको कारण का र्यक्रम लागु भएका जिल्लाहरु ीवउमा आत्मनिर्भर भएको प्र्रोग्राम म्यानेजर लक्ष्मण प्रसाद पौडेल बताउछन् । उनका अनुसार सन्२०१२ डिसेम्बर २ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म कार्यक्रम लागू भएको हो ।  कार्यक्रममा हाल सम्म कुल ५ करोड ८७ लाख ९७ हजार रुपैयाँ पुजी किसानहरुलाई लगानी गरेको छ । साना किसान कृषि सहकारी संस्था गठन गरि किसानहरुलाई सहुलियत व्याजमा पुँजी लगानी गरेको जनाइएको छ । जसको लागि ३० वटा सना किसान कृषि सहकारी संस्था गठन गरिएको छ ।  ३० वटा साना किसान कृषि सहकारी गठन गरिएकोमा  २७ वटा समुदायमा हस्तानान्तरण गरिएको छ । लुम्बिनी अञ्चलका २ जिल्ला गुल्मी र अर्घाखाँची र राप्ती अञ्चलका ४ जिल्लाहरु प्यूठान, रोल्पा, सल्यान र रुकुम गरी कुल ६ जिल्लामा किसानका लागि उन्नत विउ विजन कार्यक्रम लागु गरिएको छ ।  ६ जिल्लामा कार्यक्षेत्र भएको किसानका लागि उन्नत विउ विजन कार्याक्रमको फिल्ड कार्यालय बुटवलमा रहेको छ ।    नेपाल सरकार क

प्रस्तावित मोतिपुर औद्योगीक क्षेत्र, पुससम्म डिपीआर सक्ने तयारी

Image
कृष्ण खनाल  बुटवल, ६ भदौ ।  बुटवलको मोतिपुरमा निर्माण हुन लागेको मोतिपुर औद्योगीक क्षेत्रको विस्तृत परियोजनामा सर्वेक्षण(डिपिआर) आगामी पुस महिना भित्र सक्ने गरी कार्ययोजना अगाडी बढेको औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । बुटवल उपमहानगरपालिका–२१ साविकको मोतिपुर, फर्साटिकर, अमुवा,टिकुलीगढ र आनन्द वन गाविसमा मा  ८ सय १४ विघा क्षेत्रफलमा  मोतिपुर औद्योगीक क्षेत्र स्थापनाको प्रक्रिया अगाडी बढेको हो । नेपाल सरकार बाट औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा समेत प्राप्त भएपछि अवको केही महिनामा विस्तृत परियोजना सर्वेक्षण(डिटेल प्रोजेक्ट  रिपोर्ट) तयारी गरी आद्योगीक क्षेत्र निर्माणको लागि टेण्डार आह्वान हुने औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक तथा अध्यक्ष नन्दकिशोर   बस्नेतले जानकारी दिए । उनका अनुसार आद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गाको स्वामित्व प्राप्त गरेपछि डिपीआरको लागि नेपाल सकारबाट ५ करोड बजेट विनियोजन गरिएको छ ।  अहिले मोतिपुर औद्योगीक क्षेत्रमा  विगत लामो समय देखि बसोबास गर्दै आएका स्थानियहरुले आफुहरुलाई विस्तापीत गर्न लागेको भन्द