Posts

Showing posts from August, 2014

नगरपालिका द्वारा ‘टुक्रे आयोजनामा’ बढि खर्च

Image
कृष्ण खनाल बुटवल, १५ भदौ ।  –सुकुम्बासी र अव्यवस्थित बसोबास  –सार्वजनिक जग्गा संरÔणमा कठिनाई –बढ्दो शहरीकरण र बस्ती विकास –खानेपानी व्यबस्थापन –सडक बत्ती व्यबस्थापन –भु–Ôय, पहिरो नियन्त्रण र नदी कटान –बिग्रका कालोपत्रे सडक मर्मत  –नगर स्वास्थ्य केन्द्रको संचालन व्यवस्थापन –नदीजन्य पदार्थको अभाब –ठूला योजना कार्यान्वयनमा समस्या –योजना प्राथमिकीकरण –योजना र कार्यक्रमलाई पूर्णता दिन नसकिनु (टुक्रे योजना) माथि प्रस्तुत गरिएका विववरण बुटवल नगरापलिका भित्र रहेका विद्यमान समस्यहरुका केही अंस हुन् ।  यो समस्याहरुको  सुची कुनै एनजिओ या आईएनजिओ ले तयार पारेको नभई बुटवल नगरपालिका आफैले तयार परेको छ ।  आईतबार बुटवल नगरपालिकाद्वारा  आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति विवरणको समिक्षा बैठकमा नगरापलिकाका बरिष्ठ लेखा अधिकृत शिव नारायण शाहले प्रस्तुत गरेका हुन । उनले प्रस्तुत गरेको यि समस्या तथा चुनौतीको विवतराण प्रतिनिधि विवरण हुन् । नगरपालिका भित्र सरकारी आँखाले देखेका यि समस्याहरु भएपनि सयौ संख्यामा समस्याका पोका र  चुनौतीहरु रहेका छन् ।  गत आर्थिक बर्षमा नगरपा

‘छोराले गलत्याए’पछि आश्रमको बास

Image
कृष्ण खनाल बुटवल, १४ भदौ ।   गुल्मी जिल्लाको हार्थोक गाविसका सिरुखर्कका मान बहादुुर सिंजाली कुनै कमी थिएन् । प्रसस्त्र मात्रामा सम्पत्ती थियो । छोरा विस्तारै हुर्कदै गए विवाह गरे । बुहारीबाट ५ जना नातिनीहरु पनि जन्मे  ।  नातीनी सबैको विवाह समेत भयो, अहिले नातीनीबाट पनि पनाती पनातीनाहरु जन्माईसकेका छन् । साहारको रुपमा रहेकी उनीकी श्रीमतीको करिव १५ बर्ष पहिला निधन भएको थियो । भने केही बर्ष पछि बुहारीको पनि निधन भयो ।    श्रीमतीको निधन भएपनि छोरा र बुहारी रहेकोले उनले आश्रयको आश गरेका थिए । तर त्यसो भएन ।   छोराले अर्की बुहारी विवाह गरे । दुखःसुख गरेर हुर्काको छोरा र बुहारीले उनलाई ‘जाती मानेनन्’ र विकल्पको रुपमा आश्रममा लैजाने उपाय रोज उनीहरुले  ८ बर्ष पहिला उनलाई छोरा गुन बहादुर सिंजालीले बुटवल नजिकैको एउटा होटलमा छोडेर गए । त्यसपछि  मानबहादुर  सिंजालीले आश्रम रोज्ने निणर्य गरे ।  तिनै सिंजाली अहिले बुटवल–४ पाखापानीमा रहेको ‘दुर्गा भवानी शिव कुमारी शैजु(पाका पुस्ता गृह) वृद्धा आश्रममा विगत ७ बर्ष देखि बस्दै आएका छन् ।  छोरा नातीलाई अर्ति उपदेश दिने बेलामा उनी अहिले आश्

खुला दिशा मुक्त घोषणा गर्न ‘मिनी मेला’

Image
कृष्ण खनाल   बुटवल,१० भदौ ।  कसले जेरी पकाईरहेका छन्, कसैले समसा मटर, चाउमिन र पानी पुरी कसैले विस्कुट, चाउचाउ तथा मिठाई । झट्ट हेर्दा लाग्छ कतै मेला र महोत्सव हो की । विच विचमा बज्ने भोजपुरी गीत संगीतको तालले जो कोहीलाई पनि मेला महोत्सवको झल्को दिन्छ ।  टाढा टाढा सम्म राखिएको स्वागत गेट र साउन्ड सिस्टमले मंगलबार रुपन्देही मैनिहवा गाविसको  माहोले तातेको थियो । उक्त कार्यक्रम कुनै मेला महोत्सव नभई गाविसलाई खुला दिशा मुक्त घोषणा गर्ने कार्यक्रम थियो ।  गाविस स्तरीय सरसफाई समन्वय समितिले मंगलबार मैनिहवा गाविसमा कार्यक्रम गरी खुला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । यो संगै रुपन्देहीका १८ वटा गाबिस खुला दिसामुक्त भएका छन् ।  कार्यक्रममा सहभागी मैनहिया गाविस–४ का पशुपति थारुले आफुहरुलाई यो खुला  दिशा मुक्त घोषणा कार्यक्रम आफुहरुको लागि मेला महोत्सव जस्तै भएको बताए । उनले भने–‘अहिले रोपाई सकेको अवस्था रहेको छ, अनि फुर्सदमा यो कार्यक्रम आयोजना गरियो जुन उपयुक्त  छ ।’ उनले परिवारका सबै कार्यक्रममा सभागी भएको उनको तर्क थियो । कार्यक्रममा  धेरै जसो  परिवारका सबै  सदस्यहरु नै सहभागी भ

आधा बढ्यो तरकारीको भाउ

Image
कृष्ण खनाल बुटवल, ९ भदौ ।  बेमौसम र बर्षातको कारण उत्पादन भएका तरकारी ढुवानी हुन नसक्दा पछिल्लो समयमा तरकारीको भाउ आकासिएको छ । आज भन्दा ठिक ४ महिना अगाडी बैशाख महिनामा बुटवलको ‘बुटवल कृर्षी उपज थोक बजार केन्द्र’ को तरकारीको बजार भाउ र अहिलेको बजारभाउको अन्तर करिव ५० प्रतिशत बढि भएको पाइएको छ । खासगरी हरियो तरकारीको भाउ आकासीएको हो । २०७१ को सालको सुरुको महिना बैशाख २ गते बुटवल कृषी उपज थोक बजार केन्द्रमा थोक बजार मुल्य सिमी प्रतिकिलो  औसत मुल्य ६२.२ रुपैया थियो । तर त्यसको ठिक चार महिना पछि ७१ भदौ महिनाको एक गते ५४ रुपैया प्रतिकिलो रहेकोमा भदौ ९ गते ७५ रुपैया प्रतिकिलोमा थोक मा विक्रि भईरहेको छ । त्यस्तै टमाटर बैशाख महिनाको २ गते मात्र ३० रुपैया  प्रतिकिलो थियो भने  जेठ १ गते ३२.५ रुपैया, असार महिनाको २ गते २० रुपैया प्रतिकेजी रहेकोमा साउन महिनाको २ गते ३० रुपैया प्रतिकिलो भयो भने भदौ महिनाको ९ गते  ७० रुपैया प्रतिकिलो भएको छ । यसरी तरकारीको भाउ आकासिनुको कारण बर्सातको मौसम हुनुको साथै बेमौसमको कारणले भएको बुटवल कृषी उपज थोक बजार केन्द्र बुटवलका पुर्व अध्यक्ष कलाधर पन्थी बता

रुपन्देहीमा कृषि सहकारीको खडेरी

Image
कृष्ण खनाल बुटवल, ८ भदौ । जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले  समय÷समयमा कृषकहरुको हितको लागि सहकारी मार्फत विभिन्न काम गर्दै आएको छ । कहिले अनुदानको गहँुको, धान, प्याज तथा अन्य  गेडागुडीको  विउ वितरणका साथै  अनुदानको मलखाद (मल युरिया, डिएपी) समेत वितरण गर्दै आएको छ ।  जिल्ला कृषि विकास कार्यालयले आफैले यि कार्यहरु गर्नु भन्दा पनि सहकारी मार्फत काम गराउने भन्दै समय ÷समयमा  सूचनामार्फत सहकारीहरुलाई सहकार्यको लागि आउनको लागि आग्रह गर्दछ । सहकारी मार्फत काम गर्दा बास्तविक किसान लाभांवित हुने भएको कारण यसो गरिएको कार्यालयको भनाई रहेको छ । तर यस्तो अनुदानको मल तथा विउ  वितरण गर्ने कार्यममा रुपन्देहीमा मुस्किलले ५÷७ वटा मात्र सहकारीले निवेदन दिने गर्दछन्  । पछिल्लो समयमा जिल्लामा १ सय ८ वटा कृÈी सम्बन्धी सहकारी रहेकोमा जम्मा २२ वटा मात्र सहकारी संस्था डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएका छन् ।   दर्ता भएका ति सहकारीहरुले समेत बचत तथा ऋणको काम गर्ने गरेको कारण रुपन्देहीमा बास्तविक कृषकको हितमा काम गर्ने ‘कृषि सहकारी’को ‘खडेर लागेको’ समेत आंकलन गर्न थालिएको छ ।

बुटवल ९ र १० को खानोपानी दल जिम्मेबार नहुँदा परियोजना अन्यौल

Image
कृष्ण खनाल बुटवल, ७ भदौ ।   नेतृत्व गर्ने दलका नेता जिम्मेबार नहँुदा एशियाली विकास बैंक (एडिवि) को ५० प्रतिशत अनुदानमा निर्माण हुने भनिएको बुटवल–९ र १० को खानेपानी परियोजना अन्यौलता छाएको छ ।  ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादी लगायतका नेताहरु खानेपानीको विषयमा ‘कागजी एकता गर्नै’ तर व्यवहारमा आफ्ना कार्यकर्ताहरुलाई ‘सम्हाल्न नसकेको कारण’ परियोजना पुरा हुनेमा आशंका बढ्दै गएको विश्लेषण गर्न थालिएको छ ।  दलका नेताहरुले बैठकमा गएर ‘परियोजना कुनै पनि हालतमा पुरा गछौ’ भनेर हस्ताक्षर गर्न गरेका भएपनि व्यवहारमा उक्त कुरा लागू नगर्दा बुटवल–९ र १० का उपभोक्ताहरुले समयमै उक्त परियोजनाबाट  पानी उपभोग गर्न पाउने स्यवम् उपभोक्ताहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।  २०७१  साउन १६ गते बुटवल नगरपालिकामा भएको सर्वदलिय संयन्त्रको बैठकमा नेपाली कांग्रेसका खेलराज पाण्डे, नेकपा एमालेका ज्ञानप्रसाद अर्याल, एमाओवादीका प्रेम बहादुर गुरुङ्ग, नेकपा–माओवादीका अमर आर.सी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुनाराम पाखरेल, नेपाल सद्भावना पार्टी आनन्ददेवीका राजेन्द्र कुमार अग्र

सरकारी कार्यालयको दुर्गतीः फाईलहराएर सेवाग्राहीलाई सास्ती

Image
कृष्ण खनाल बुटवल, ५ भदौ । बुटवल–१४ बेलवास पत्थरगञ्जका ओम थापाले वि.स.२०७१ असार ३ गते ईलाका प्रशासन कार्यालय बुटवलमा मेसिन रिडेवल पासपोर्ट (एमआपी) बनाउनको लागि निवेदन दिए । पहिला पनि केही बर्ष विदेशमा बसेर आएका उनी संग साधारण प्रकारको राहदानी थियो । तर सरकारले साधारण प्रकारको राहदानी नचल्ने नीति ल्याएपछि उनले एमआरपी बनाउनको लागि दिएका थिए । नगद रसिद काटेर ५ हजार रुपैँया जम्मा गरेका उनलाई करिव एक महिनापछि राहदानी लिन आउनको लागि ईलाका प्रशासन कार्यालय बुटवलबाट निर्देशन भयो । सोही अनुसार साउन महिनाको अन्तिम तिर थापा ईलाका प्रशासन कार्यालय ।  उनले राहदानी त पाएनन् नै उल्टै कार्यालयका कर्मचारीबाट यस्तो जवाफ पाए –‘फाईल हरायो फेरी भर्नुस्’  थापाले प्रतिप्रश्न गरे–‘फेरी पनि फाईल हराउँछ की हराउदैन सर ?’ उता बाट कर्मचारीले भने –‘फेरी पनि नहराउने भन्ने ग्यारेन्टी छैन ।’ उनी एउटा उदाहरणमात्र हुन् । पछिल्लो महिनाभरमा जम्मा भएका राहदानीकोको फाईल महिनाको अन्त्यमा ईलाका प्रशासन कार्याललयले परराष्ट मन्त्रालय राहदानी विभागमा पठाउने गर्दछ । ईलाका प्रशासन कार्यालय बुटवलबाट अघिल्लो महिनामा काठमाण्डौ गए

७० जना दृष्टिविहिनलाई साढे तिन लाख निब्र्याजे ऋण लगानी

Image
कृष्ण खनाल बुटवल, ३ भदौ । रुपन्देही जिल्लामा रहेका दृष्टिविहि हरुलाई सक्षम बनाउनको लागि अभियान सुरु गरिएको छ । गत बर्ष जस्तै यस बर्ष पनि उक्त अभियानलाई अगाडी बढाउने तयारी गरिएको छ । गत आर्थिक बर्षमा नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७० जना  दृष्टिविहिनहरुलाई ३ लाख ५३ हजार रुपैया निब्र्याजे ऋण प्रदान गरिएको छ । जसबाट दृष्टिविहिन भएका व्याक्तिहरुले आफ्नो व्यवसाय सञ्चालन गरी राम्रो आय आर्जन गरिरहेका छन् । जसबाट उक्त आर्थिक बर्षमा २ लाख ६१ हजार ६ सय रुपैया पुर्नस्थापना कार्यक्रममा फिर्ता भएको छ । कार्यक्रम अन्र्तगत दृष्टिविहिनहरुले जिविको पार्जनको लागि मैनबैत्ति  बनाउने, अगरवत्ती बनाउने, सर्फ तचथा झोल साबुन बनाउने, बासको मुढा बनाउने, उन्नत कृर्षि तथा बेमौसमि तरकारी खेती, चिया तथा मसला प्याकिङ्ग, कुचो बनाउने, सानो व्यापार तथा किराना पसल सञ्चालन गरिरहेका छन् । रुपन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक छैन । केही बर्ष अगाडी आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भ

ट्युवेलको माग भन्दा आपुर्ती ३० गुणा कम

Image
६ जिल्लामा भुमिगत सिंचाही प्रणाली कृष्ण खनाल बुटवल, ३ भदौ ।  रुपन्देहीको रुद्रपुरका किसान ओमहरि ढुंगानाले केही बर्ष पहिला ७०÷८० फिट जमिनमा पाईप गाडेर चापाँकल निर्माण गरे । केही बर्ष उनको ट्युवलेबाट निरन्तर पानी आयो । पानी तान्नको लागि न त चाँपाकल प्रयोग गर्नुपर्दथ्यो न त कुनै मोटर लगाएर  पानी तान्नु पर्दथ्यो । केही बर्ष  निरन्तर पानी आयो तर केही बर्ष पछि उनको घरको ट्युवेलमा पानी आएन् । पानी नआएपछि  उनले  विद्युतीय मोटर लगाएर पानी तान्न बाध्य भए । उनी एउटा प्रतिनिधी पात्र हुन । भुमिगत जलस्रोतको प्रवल संभावना रहेको र सहजताको हिसावले पहिलो जिल्ल मानिने रुपन्देहीमा पछिल्लो समयमा  भुमिगत पानीको स्रोतहरु पातलिदै गएको विश्लेषण गर्न थालिएको छ ।  खासगरी बर्षातको समयमा पानीको लागि कुनै समस्या नभएपनि हिँउदको समयमा भने किसानहरुले ठुलै सास्ती खेप्नु पर्दछ । रुद्रपुर गाविसमा पनि करिव ७०÷८० फिट गहिराईमा पाईप गाडेपछि निरन्तर पानी आउने करिव १ सय २० वटा ‘अटिज्म् ट्युवेल’हरु रहेको तथ्यांकमा पाईन्छ । तर ति ट्युवेलबाट अहिले मोटर लगाएपछि मात्र पाउन आउने स्थानिय ओमहरि ढुगांनाको भनाई रहेको छ

आयु घटाउदै तरकारीको विषादी

Image
बुटवलमा बार्षिक २ करोडको विषादी कारोवार, विश्वमा ५० लाख मानिसको मृत्यु कृष्ण खनाल बुटवल, २९ साउन । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग–३ घरभई बुटवल बस्दै आएका विष्णु प्रसाद खानलले केही दिन पहिला बुटवलको हाटबाजरबाट तरकारी ‘चिचिन्नो’ किने । कोठामा ल्याएर धोईपखाली पाकाएको खाँदा तरकारी मुखमा हाल्न नसकिने गरी तितो भयो । त्यसपछि उनले पुनःदोस्रो पटक अर्को तरकारी पकाएर खाना खाए ।  उपभोक्ता खनाल भन्छन्–‘तरकारी ल्याएर पकाएर खाँदा तितो भएर झण्डै बान्ता भएन, अनि त्यो चिचिन्नो फालेर अर्को आलुको मात्र तरकारी पकाए  खाना गाईयो ।’ उनी एउटा उदाहरण मात्र हुन् । उनी जस्ता कयौँ उपभोक्ताहरु बर्षौ देखि तरकारी प्रयोगमा  ठगिएदै आएका छन् । नजिककै हाटबजारबाट तरकारी किनेर घरमा लैजाँदा पकाउँदा  मुखमा राख्नै नसकिने गरी तितो हुने तथा तरकारीको स्वाद नै हराउने गरेको कारण पटक ÷पटक उपभोक्ताहरु ठगिएका हुन् । जसको कारण पछिल्लो समयमा बुटवलको विभिन्न हाटबजारहरुमा हरियो तरकारीको व्यापार विस्तारै ओरालो लाग्दै गएको व्यसायीहरु बताउँछन् । राष्ट्रिय बालि संरक्षण निर्देशनालय ललितपुरका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले पछिल्लो समयमा

दृष्टिविहिन महिलाको पिडा,ऋण काडेर श्रीमान्को किरिया

Image
कृष्ण खनाल  बुटवल, २७ साउन ।  वि.स.२०२६ मा जन्मीएकी सन्तकुमारी सुनार २५ बर्षीकी भईन् उनको जिवनमा कहिल्यै नसोचेको  घटना घट्यो । सामान्य आँखा चिलाउनेर पाक्ने गरेकामा उनी उपचारको लागि  अस्पतालन गईन् तर सदाको लागि आँखाको ज्वोति गुमाईन् ।  गरिबीको कारण उपचार गर्न समेत जान नपाएकी उनलाई गाउमै छिमिकीको सल्लाहमा फिटकिरी र अन्य स्थानिय विषादी हालिन् । जसको कारण उनको आँखाको ज्वोती सदाको लागि गुम्यो ।   जेनतेन अर्काको निमेक गरेर जिविको पार्जन गर्दै आएकी सुनारको दिन  आँखाको ज्वोतीपछि परिर्वतन भयो । त्यसपछि उनी अर्काको  घरमा परिश्रम गर्न जान छोड्नि ।  २ जना छोरा र २ जना छारीकी आमा उनीलाई थप अर्को आपत आईलग्यो । श्रीमानलाई क्षयरोग अर्थात टिबी लाग्यो । निर्माण मजदुरको रुपमा रहेका उनीका श्रीमान्लाई डाक्टरले मदिरा जन्य कुनै पनि चिज नखानको लागि सल्लाह दिएका थिए ।  केही समय उनले ‘मुख बारे’ तर पछि रक्सी खान थालेपछि उनले पनि संसार छोडे ।   बुटवल–१३ सुकुम्बासी बस्तीमा विगत १० बर्ष देखि बस्दै आएका सुनारको परिवारमा अहिले १९ बर्षिय जेठो छोरा मनोज सुनार र १५ बर्षको कान्छो छोरा शम्भु सुनार

४ करोडको लागतमा व्यवसायीक माछा पालन सुरु

Image
माछाको अयात प्रतिस्थापन गर्ने लक्ष्य  कृष्ण खनाल बुटवल, २४ साउन ।  रुपन्देहीको दयानगर गविस–२ छपिया वैदलीमा करिव ४ करोडको  लागतमा व्यवसायीक माछा पालन सुरु  गरिएको छ । करिव एक महिना अगाडी  ३ जना युवा उद्यमीहरुको लागतमा ‘रेन्वो मत्स्य  तथा कृषि फार्म प्रा.लि.’ स्थानपना गरी व्यवसायीक रुपमा माछा पालन सुरु गरिएको हो ।  करिव ९ विगाहा अर्थात ६ हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन सुरु गरिएको प्रालिका अध्यक्ष दिवाकर भुाषाल(दिपु)ले  जानकारी दिए । उनका अनुसार उक्त प्रालिले ७ वटा माछा पोखरी निर्माण गरेको छ ।  प्रालिले अहिले ६ विगाहा क्षेत्रफल अर्थात ४ हेक्टरमा माछा पोखरी निर्माण गरेको छ भने अन्य क्षेत्रफलमा व्यवसायीक रुपमा सफल रहने ‘टिक, श्रीखण्ड, रक्तचन्दन, पाउलोनिया (चाईनीज साल) का विरुवाहरु रोपीएको छ ।  युवा उद्यमीहरु दिवाकर भुषाल (दिपु) लोचन  भुषाल र मिनराज भुषालको लागानीमा उक्त फार्म खोलिएको हो ।  निकट भविश्यमा  यस क्षेत्रमा भारतबाट आउने मासुजन्य सामग्रीको आयात प्रतिष्थापनको लागि वृहत्तर योजना निर्माण गरी  मत्स्य तथा कृषि फार्मको स्थापना गरिएको प्रालिका अध्यक्ष दि

विद्यालय जान नपाएका किशोरी साक्षर

Image
कृष्ण खनाल  बुटवल, २३ साउन ।  रुपन्देहीको साडी गाविस–४ गैवहवा गाउँकी १८ बर्षिय मनोरमा चौधरी विद्यालय जादिन्न । सनो उमेर छँदा घरायसी कामको कारण देखाउदै अभिभावकले विद्यालय पठाएन्नन् । तर तिनै मनोरमा चौधरी अहिले शाक्षर मात्र भएकी छैन्न, गाउँमा किशोर किशोरीमा आउने यौन तथा अन्य सामाजिक समस्याहरुको बारेमा निर्धक्क छलफल गर्न र बताउन सक्ने भएकी छिन् ।  गाउँमा पहिला÷पहिला कोही नयाँ मान्छे देख्दा घर भित्रै लुक्ने उनी अहिले नयाँ मान्छेसंग निर्धक्कसंग परिचय गर्न र कुराकानी गर्नसक्ने भएकी छिन् । उनी मात्र होईन उक्त गाउकी  १५ बर्षिय चन्द्रकला चौधरीमा पनि अहिले थुपै परिर्वतन आएका छन् ।  ‘रजश्वला हुँदा मलाई मेरी आमाले घरको एक कुनामा लुकेर बस्न भनिन्, बाहिर निस्कन समेत दिईन्न तर मेरो आफ्नै बहिनी पहिलो पटक रजश्वला (महिनावारी) हुँदा संगै बस्ने र खाने गरियो, घर वाहिर पनि निस्कने परिवारले दिए’–मनोरमाले आफ्नै  चौधरी भाषामा भनिन् । उनले थपिन्–‘दुई वटा दाईको विहे भएर छुट्एिर बसेका छन्, उनीले  पनि उमेर छँदा पढ्न पाएन्न तर म भने केही साक्षर भएर मात्र विहे गर्ने छु, यौन तथा अन्य स्वाथ्य समस्याको बारेमा

घट्यो मापसेको राजश्व , १ बर्षमा १ सय ४१ जना कारवाहीमा

Image
कृष्ण खनाल बुटवल, २० साउन ।  अघिल्लो आर्थिक बर्षको  सुरु महिना साउनमा ४३ हजार मादक पदार्थ सेवन(मापसे) गरेबापत राजश्व शंकलन गरेको ईलाका प्रशासन कार्यालय बुटवलले आर्थिक बर्षको अन्तीम महिना असारमा जम्मा ४ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।  जुन आर्थिक बर्षको सुरुको महिना र अन्तिम महिनामा राजश्व अन्तर ३९ हजारको रहको छ ।  यस तथ्यांकबाट के प्रष्ठ हुन्छ भने मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने मानिसको संख्यामा कमी आएको छ । गत आर्थिक २०७०÷०७१ मा  ईलाका प्रशासन कार्यालय बुटवलले १ सय ४१ जना विभिन्न व्याक्तिहरुबाट कुल १ लाख ४१ हजार रुपैयाँ संकलन गरेको छ ।  ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत यज्ञश्वर शर्मा मरासिनीका अनसार पछिल्लो समयमा पादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाउने व्याक्तिबाट आउने जरिमाना घट्दै गएको छ । उनले भने–‘पहिला दिनहुँ जसो १÷२ वटा  जरिवाना तिर्नको लागि आउथे तर अहिले महिनामा पनि निकै कम आउने गरेका छन् ।’  प्रहरी प्रशासनले कडाई गरेपछि अहिले पछिल्लो समयमा मदाक पदार्थ  सेवन (मापसे) गरेरे सवारी साधन चलाउन हँुदैन भन्ने धारणा विस्तारै विक