विदेशको सीपले स्वदेशमा पशु फर्म

कृष्ण खनाल
बुटवल, मंसिर ।
रोजगारीको शिलशिलामा जापान मा करिव १८ बर्ष विताएका एक जना  उद्यमीले  स्वदेशमा फर्किएर पशु फर्म  स्थपना गरेका छन् । रोजगारीको  शिलशिलामा  जापानमा रहेको बेला त्यहाँ  सिकेको सिपलाई सदुपयोग गरि स्वदेशमा नै गाई तथा भैसी फर्म स्थापना ग
रेका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ नयाँमिलमा करिव १ करोडको लागतमा  उद्यमी राम बहादुर बस्नेत ले गाई भैसी फार्म सञ्चालन गरेका हुन ।  उनी संगै फर्ममा यमबहादुर थापाले समेत लगानी गरेका छन् । 
१ करोडको लागानी, भविश्यमा बायोप्लान्ट खोल्ने तयारी 
वि.सं. २०७२ साल माघ महिनाबाट सञ्चालनमा आएको भएपनि हालै मात्र औपचारिक रुपमा शुभारम्भ भएको बस्नेत गाई भैंसी फार्ममा अहिले गाई र भैसी गरी ५० वटा रहेका छन् । सञ्चालक बस्नेतले जापानमा काम गर्दाको अनुभवलाई लिएर फार्म सञ्चालन गरेको बताए । 
मुर्रा, हरियाणा, जातका भैसी र होल्टोन र जर्सि गाई समेत फममा रहेका छन् ।  ४० वटा उन्नत भैसी भारतबाट ल्याइएको हो छ । 
सञ्चालक बस्नेत भन्छन्–‘विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरौ भनेर फर्म स्थपाना गरेका हौं ।’ अहिले ६ जनाले प्रत्यक्ष रुपमा फर्ममा रोजगारी पाएको जानकारी दिदै उनले दैनिक २ सय लिटर दुध संकलन हुन र घरबाट नै विक्रि वितरण हुने गरेको जानकारी दिए ।

आफ्नै जग्गामा रहेको फार्मका लागि आवश्यक घाँस जग्गा भाडामा लिएर घाँस खेती गर्दै आएका छन् । डेढ बिघा क्षेत्रफल रहेको फार्मले घाँस खेतीकै लागि ३ विघा भाडामा लिई खेती गर्दै आएको छ । 
निकट भविश्यमा बायोग्यास र डेरी खोल्ने योजना रहेको बताउदै सञ्चालक बस्नेतले डेरी उद्योग स्थापनाको लागि प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए । उनले भने–‘अवको केही दिनमा नै डेरी उद्योगको लागि प्रक्रिया अगाडी बढ्ने छ ।’

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै