सिस्नो बेचर मासिक ८ लाख !, ७१ जना प्रत्यक्ष रोजजगार

कृष्ण खनाल
बुटवल, कत्तिक । 
गाउँघरमा खेरा गैरहेको सिस्नोलाई बेचेर दाङ्गका केही महिला उद्यमीहरुले राम्रो आम्दानी गरेका छन् । खेरा गएको सिस्नुलाई हस्तकलाको माध्यमबाट विभिन्न बस्तु निर्माण गरी स्वरोजगार बन्नुको साथै राम्रो आम्दानी गरेका हुन ।
 बुटवलमा जारी तिहार महोत्सवमा सि
स्नोबाट बनेका विभिन्न बस्तुको विक्रिका लागि आएकी प्रेम नि.श.अल्लो(पुवा)धागो तथा तयारी पोशाक उद्योगकी अध्यक्ष प्रेम कुमारी पुनका अनुसार सिस्नो प्रजातिको अल्लोबाट बनेका विभिन्न बस्तु उत्पादन गरी समुहले राम्रो आम्दानी गरेको हुन् ।
द्वन्द्वको समयमा गाउँबाट विस्तापित भई रोल्पाको राङ्गकोट गाविसबाट दाङ्ग झरेका पुन  परिवारले सुरु गरेको  सिस्नोलाई प्रशोधन गरी विभिन्न प्रकारका  हस्तकलाका सामाग्रीहरु विक्रि वितरण बाट मासिक ८ लाख रुपैयाँ सम्म आम्दानी गर्नेै गरेको अध्यक्ष प्रेम कुमारी पुनले जानकारी दिईन् । उनले उद्योगबाट आफुमात्र स्वरोजगार नभई अन्य  महिला उद्यमीहरुलाई रोजगार समेत दिन सफल भएको जानकारी दिईन् । 
२३ बर्ष सम्म शिक्षण पशामा सलंग्न भएकी पुन वि.स.२०५८ सालमा दाङ्ग जिल्ला झरेकी थिईन् । दाङ्ग झरेकी उनले विस्तापीत जिवन संगै दैनिक जिविकोपार्जको लागि अल्लोबाट सामानहरु निर्माण गर्ने तथा विक्रि वितरण गर्र्दै आएको उनको भनाई रहेको छ ।
परिवारका सबै यहि उद्योगमा आश्रीत भएका उनले पहिला सिलाईकटाई व्यवसायबाट अल्लोका सामानहरु निर्माण गर्ने तर्फ लागेको बताउँछिन् ।  आफु जस्तै द्वन्द्व पिडीत, एकलमहिला र विपन्न महिलाहरु मिलेर सिस्नो खेती, प्रसोधन, सिलाई बुनाई गर्दै आएको छन् । 
कुरेली गाविसको भाडावाङ्ग प्रावि, सोही गाविसको उपावाङ्ग निमावि र राङ्गकोटको निमावि मौलाकोट र सोही गाविसको त्याम लामिडाडाँ माविमा अध्यायपन गराएको पुनको अनुभव छ । २३ बर्ष सम्म सम्म शिक्षण पेशा गरेर स्थायी भएको १५ बर्षमा शिक्षक श्रीमान् सहित दाङ्गमा झरेर व्यवसायको सुरुवात गरेको पुनले जानकारी दिईन् । 
शिक्षण पेशमा लागेको बेलामा उनी आमाबाट  सिकेका हुन । सहायक पेसाको रुपमा अल्लोको उत्पादन गर्ने गरेकोमा व्यवसायीक रुपमा दाङ्ग झरेपछि सुरु गरेका हुन । 
अहिले जुत्ता देखि  टोपी सम्म सबै, व्याग, सफारी सुट, कोट, जहारी कोट, आउटर, सल, पत्रकार झोला, सानो झोला, लेडिज झोला, लगायत विभन्न सजावटका समानहरु समेत  उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन् । 

सबैभन्दा बढि ग्राहकहरुको रोजाईमा जुहारी कोट पर्ने गरेको छ ।  अन्य भन्दा बढि टिकाउ हुने गरेको कारण उपभोक्ताहरुले मन पराउने गरेको अनुभव पुनको रहेको छ । जुहारी कोट १० बर्ष सम्म पनि केही नहुने, गर्दछ । 
अल्लोबाट निर्माण भएका सामग्रीहरुको आफ्नै विशोषता रहेको उनको भनाई छ । उद्योगलाई चाहिने कच्चा पदार्थ सेती महकालीबाट ल्याउने गरिन्छ भने रोल्पा रुकुमबाट पनि केही मात्रामा आउने भएपनि त्यहा उत्पादन भएको कच्चा पदार्थ  सबै त्यहि नै खपत हुने गर्दछ । 
उद्योगकी अध्यक्ष पुन भन्छ्न–‘केही मात्रमा दाङ्ग जिल्लाको सिस्ने खेलामा अहिले खेती भएकाने छ, जिल्लामा केही किसानहरुले स्थानिय पालुखाङ्ग सामुदायिक वनमा रोपेका छन्  । ’ 
सुरुमा  करिव साढे ५ लाखबाट उद्योग सुरु गरेको उद्योगमा अहिले ४८ लागको पुजी पुगेको छ । सिस्नो सानो हुन्छ, तर सिस्नोको प्रजाती ठुलो भाग अल्लो हो जुन सनपट जस्तै हुन्छ । 
उद्योगले केही समय पहलिा मासिक रुपमा करिव ६÷७ लाख रुपैयाँको गलैचाको लागि धागो विक्रि गर्दै आएको भएपनि अहिले भुकम्पको कारण व्यापार घटेको छ । ‘ ५ देखि ६ क्विन्टल धोगो विक्रि हुन्थ्यो, अहिले गलौचाको धागो विक्रि भएको छैन महत्व बुझेको  मान्छेले किन्न गर्दछ्न।’ अध्यक्ष पुनले थपिन् । 
समुहमा ७१ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् भने  अप्रत्यक्षमा ९ सय जनाले रोजगारी पाएको उद्योगले जनाएको छ ।  आम्दानी राम्रो छ । व्याक्तिबाट  ऋण लिएर  व्यवसाय सुरु गरेका गरेको भन्दै उद्योग सञ्चालकले  सरकारी निकायबाट बेला बेलामा तालिम दिएको र  घरेलु तथा साना उद्योगहरुले प्रविधि र तालिम प्रदान गरेको जानकारी दिईन् ।  गैर सरकारी संस्थाले सहयोगको नामाा कृषकको नाममा मागिखाने भाडाको रुपमा आरोप उनको छ ।  अल्लोबाट निर्मित सामान १ सय ५० रुपैयाँ देखि ८ हजार ४ सय ५० रुपैयाँ रुपैयाँमा उद्योगले विक्रि वितरण गर्दै आएको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै