Posts

Showing posts from May, 2017

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

Image
कृष्ण खनाल बुटवल, २४ बैशाख ।  कुनै पनि यौनजन्य हिंसा तथा घरेलु हिंसाबाट पिडीत हुनुभएको छ, आवश्यक स्वाथ्य उपचार तथा मानोपरामर्स पाउनुभएको छैन भने अव तपाईहरुको लागि खुुसिको कुरा छ । पहिला लैङ्गिक  हिंसामा परेका व्याक्तिहरु प्रहरी कार्यालयमा न्याय माग्न पुग्दछन् । तर त्यहाँबाट पनि उचित न्याय नपाएका, उचित उपचार तथा मनोपरामर्स  पाउनबाट बञ्चिात भएकाहरुको लागि पनि लुम्बिनी अञ्चल अस्पातलमा नयाँ सेवा सुरु भएको छ ।  कुनै पनि प्रकृतिको  लैङ्गिक हिंसाबाट पिडीत भएका महिला वा पुरुषहरुको लागि ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र’ सुरु भएको हो । जसमा  कुनै पनि लैङ्गिक हिंसामा परेका महिला तथा पुरुष हरुले निःशुल्क रुपमा उचित स्वाथ्य उपचारको साथै अस्थायी तथा स्थायी प्रकृतिको आवासको समेत सुविधा पाउछन्  ।  हिंसा पिडकलाई आवश्यक कारवाहीको लागि  सोही केन्द्रमा खटिएको संमन्वय समितिबाट नै कार्य हुन्छ ।  यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा आईतबारबाट नयाँ सेवा थपीएको छ ।  नेपाल  सरकार स्वाथ्य मन्त्रालयको केन्द्रीय कार्याक्रम अनुसार ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

Image
कृष्ण खनाल बुटवल, बैशाख ।  कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) को संयुक्त लगानीमा बुटवलमा निर्माण भ एको विषादी परीक्षण केन्द्र सञ्चालनमा आउन सकेको छैन । बुटवलको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नेपालका सातवटा प्रदेशमा सात स्थानमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने केन्द्रीय कार्यक्रम अनुसार स्थापना भएको केन्द्र सञ्चालनमा आउन सकेको छैन ।  यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको संयोजनमा केन्द्रको स्थापना गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रको दोस्रो तल्लामा उपकरण जडान कार्य, प्रयोगशाला स्थापना गर्नुको साथै कर्मचारी समेत व्यवस्थापन गरिए पनि  निर्वाचन आचारसंहिताको कारण समुद्घाटनमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाकाअनुसार उपज केन्द्रमा उपकरण जडान तथा कर्मचारीको समेत व्यवस्थापन भैसकको छ । उनी भन्छन्– ‘एकजना अधिकृतस्तरको कर्मचारी, एक जना प्राविधिक र एकजना कार्यालय सहयोगीको व्यवस्थापन समेत भै

नियम मिच्नेलाई ‘कक्षा’

Image
कृष्ण खनाल बुटवल, बैशाख ।   मितिः २०७४।०१।०४ गते  समयः विहानको ठिक १०ः १५ बजे सोमबार स्थानः पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालय परिषर  एक हुल सवारी चालकहरु पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय परिषरतर्फ हिडिरहेका हुन्छन्, केही अहिल पहिला नै गएर प्रतिक्षालयमा बसेका हुन्छ । यि सबै सवारी चालकहरुमा एउटै मात्र जिज्ञास हुन्छ के हुन्छ होलॉट्राफिक कक्षा’ मा ।  कसैको हातमा  कापी र कलम समेत हुन्छ भने कोही खालीहुन्छ । सवारी चालकहरु कापी कलम बोकेर विद्यालय वा अन्य कक्षमा सहभागी नभई  ट्राफिक नियम मिचेको कारण सचेतना कक्षामा सहभागी हुन आएका हुन ।  जुन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको अनिवार्य नियम हो ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यसरी नै  सवारी साधनचेकजांचको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरु ल्गायत ट्राफिक नियम मिच्नेहरुलाई नियमति रुपमा  ‘सचेतना कक्षा’ सञ्चान गरेको छ ।   गत बैशाख ४ गते मदक पदार्थ सेवन गरी सवारी चलाएका १४ जनाको कागज पत्र नियन्त्रणमा लिई कार्यालयका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले ट्राफिक नियम, सवा