Posts

Showing posts from March, 2014

रुपन्देहीका ४० प्रतिशत हाटबजार शौचालय विहिन

Image
कृष्ण खनाल बुटवल, १८ फागुन । सन् २०१७ सम्म रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला बनाउने अभियान अहिले जारी रहेको छ । सार्वाजजिनक सौचालय निर्माण नगरी खुला दिशा मुक्त अभियान बनाउनु खोज्दा अपुरो हुने सरोकारवालाहरुको भनाई रहेको छ ।खुला दिशा मुक्त क्षेत्र बनाउने अभियानमा सर्वजनिक स्थान खासगरी साप्ताहिक र नियमित रुपमा लाग्ने हाटबजारमा सौचालय निर्माण नहुदा खुला दिशा मुत्त m अभियान बाधक बन्न सक्ने देखिएको छ । जिल्लामा अहिले ४ हजार संगठीतरुपमा हाटबाजार व्यवसायीहरु रहेका छन भने अशंगठीत रुपमा करिव १५ हजार व्यवसायीहरु संगठीत रहेका हाटबजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा अहिले रहेका १ सय १९ वटा साप्ताहिक र पाक्षिक रुपमा लाग्ने हाटबजारहरु मध्ये जम्मा ४० प्रतिशत हाटबजार हरुमा मात्र सार्वजनिक सौचालय रहेको छ । अन्य करिव ६० प्रतिशत हाटबजारहरुमा सार्वजनिक सौचालय छैन । जसको कारण जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नको लागि हाटबजारहरुमा सार्वजनिक सौचालय जस्ता पुर्वाधारहरुको विकास नभएसम्म चुनौती हु

नेत्रहिन संघको भवन निर्माणको लागि ‘एक एक व्याक्ति एक इँटा’ अभियान

Image
कृष्ण खनाल  बुटवल, २५ चैत ।   रुपन्देहीमा अपाङ्गता भएका व्याक्तिहरुले भवन निर्माणको लागि उदाहरणिय कार्यको सुरुवात गरेका छन । अहिले निर्माणधिन रुपमा रहेको रुपन्देही नेत्रहिन संघको पूर्णतया अपाङ्गमैत्री भवन निर्माणको लागि एक जना अपाङ्गता भएका व्याक्तिहरु बापत एउटा ईंटा बराबरको सहयोग अभियान  सुरु गरिएको हो ।  यसको अगुवा रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम पौडेलले गरेका छन् । वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ल  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो । विभिन्न सरकारी निकाय तथा व्याक्तिगत रुपमा चन्दा संकलन गरेर भवन निर्माणको लागि ढलान कार्य सम्पन्न भएको भएपनि अन्य  भवन निर्माण पुरा गर्नको लागि  अहिले आर्थिक अभाव देखिएको छ ।  बुटवल–१४ तामनगरमा करिव ३ कठ्ठा क्षेत्रफलमा अहिले रुपन्देही नेत्रहिन संघको भवन निर्माणधिन अवस्थामा छ ।  ४ वटा कोठा र एउटा तालिम  हलको समेत निर्माण गरिने उदेश्य लिइएको उक्त भवनको अहिले सम्म ढलान कार्य मात्र पुरा भएको छ ।  भाविश्यमा उक्त स्थानलाई सम्पूर्ण अपाङ्गता भएका व्याक्तिहरुको ताल

रुपन्देहीमा द्वन्द्व पिडीतको १ करोड ५७ लाख भन्दा बढि रकम पाउन बाँकी

Image
कृष्ण खनाल बुटवल, १५ चैत । नेपाल सरकार र तत्कालिन  नेकपा माओवादी विचमा भएको विस्तृत शान्ती सम्झौता भएको पनि करिव ७ बर्ष वितिसकेको छ । तर रुपन्देही जिल्लामा सरकारले द्वन्द्व पिडीतहरुलाई दिने भनेको राहत अहिले सम्म पनि पुर्ण रुपमा पाउन सकेका छैन्न । वि.स.२०६३ मंसिर ८ गते नेपालमा वृस्तृत शान्ती सम्झौता भएको थियो । जसमा द्वन्द्वको समयमा मृत्यु भएका  प्रत्येक व्याक्तिहरुको परिवारलाई राहत स्वरुप नगद १० लाख रुपैया दिने उल्लेख भएको थियो । तर रुपन्देही जिल्लामा सरकारी तथ्यांक अनुुसार १ सय ५१ जना  व्याक्तिरुको मृत्यु भएको थियो । जस मध्ये १ सय ५१ ज्ना मृतकको परिवारले अहिले सम्म पनि सरकारले तोकेको १० लाख रुपैया पाएका छैन्न । स्थानिय शान्ती समिति रुपन्देहीका सचिव प्रेम ज्ञवालीका अनुसार रुपन्देही जिल्लामा द्वन्द्वको कारण १ सय ५१ जना  मानिसहरुको मृत्यु भएको थियो । उनका अनुसार द्वन्द्वको समयमा मृत्यु भएका, वेपत्ता भएका घाईते भएका, तथा सम्पतीमा क्षती पुगेका व्याक्तिहरु सबैले राहत नभएको भन्ने अवस्था छैन । बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘रात नै नपाएको अवस्था छैन, सरकारबाट तोकिएको रकम जि

ज्यामिरेका विद्यार्थीको पिडा

Image
तिन घण्टा पैदल हिडेर विद्यालय कृष्ण खनाल  बुटवल, १३ चैत ।   बुटवल नगरापलिका  वडा  नम्बर १४ ज्यामिरे बस्तीकी २५ बर्षिय देव कुमारी गाहालाई अहिले आफु जस्तै छोरी अशिक्षीत होलानी भन्ने चिन्ता लागेको छ ।  २ सन्तानकी आमा बनेकी देवकुमारी गाहा का काखमा २ बर्षको छोरा छ भने अर्को छोरी भर्खरै मात्र ५ बर्षमा लागेकी छिन । ५ बर्षमा लागेकी छोरी छाँया गाहा र उनको छोरा देव बहादुर गाहा लाई आफुले जस्तै विद्यालयको मुख देख्न नपाउने हुन कि भन्ने चिन्ताले उनलाई रातमा निद्रा समेत लाग्दैन । कहिलेकाही त आफ्ना श्रीमान संग उनले भन्ने गर्दछिन–‘यो जग्गा बेचेर कतै तल (तामनगर) तिर गएर बसौ छोरा छोरीको भविश्य त बनाउन प¥यो नी ।’ यसरी देवकुमारी गाहा एउटा प्रतिनिधी पिडा हो । उस्तै ज्यामिरे बस्तीका अधिकांस मानिसहरुको पिडा यस्तै रहेको छ । श्रीमान खेती किसानीमा व्यस्त रहने र आफु पनि घरको चुलो चौको र पशुपालनमा व्यस्त हुने भएको कारण छोराछोरीहरुलाई पढाउन गाहा परिवारले पाएको छैन । कारण हो नावलक छोरील गाउमा पढ्ने स्कुल छैन ।  ५ बर्षीय उनीकी छोरी अध्यायनको लागि तामनगरमा करिव ३ घण्टा पैदल हिडेर जानुपर्ने बाध्याता छ ज

विकास पखिरहेको गाँउःज्यामीरे

Image
कृष्ण खनाल  बुटवल,१२ चैत ।  बुटवल नगरपालिका भित्र नै एउटा यस्तो बस्ती छ जहा विजुलीको त कुरै छाडौ सडक यातायातले समेत छुन सकेको छैन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्ने कुरा रहेन अव । बुटवल नगरपालिका वडा नम्बर १४ मा एउटा यस्तो बस्ती छ  जहा न्युनतम आधाभुत विकास निर्माणको आभास त्यहाका स्थानिय जनताहरुले पाउन सकेका छैन्न ।  वि.स. २०३९ सालमा पाल्पा जिल्लाका विभिन्न स्थानहरुबाट आएका मानिसहरुको बस्ती रहेको छ उक्त गाउमा । बुटवल नगरपालिका वडा नम्बर १४ अन्र्तगत चारपाला सामुदायिक वनको  करिव मध्यभागमा रहेको ‘ज्यामिरे बस्ती’  साँचै नै उपेक्षित बनेको छ । मंगलबार उक्त स्थानमा गएको केही सञ्चार कर्मीहरुको टोलिले उक्त  बस्तीको स्तलगत अध्ययन गरेको थियो ।  बुटवल नगरपालिका  कार्यासम्पादन तथा मुल्यांकनको आधारमा अघिल्लो बर्ष नेपालकै नमुना नगरपालिका घोषणा भएको थियो । तर त्यहि नगरपालिका भित्रको एउटा बस्ती जसमा स्थानिय निकायको कुनै पनि ध्यान जान सकेको छैन ।  उक्त बस्ती प्रकृतीक रुपमा यति सुन्दर छ की त्यहा जाने जो कोहीको मन एका एक चङ्गा हुन्छ । जम्मा ८ वटा मात्र घर रहेको छ  उक्त बस्त

ग्रमिण भेगमा पशु खोपमा जनचेतना जाग्दै

Image
कृष्ण खनाल बुटवल, ९ चैत ।  मानपकडी गाविस वडा नम्बर २ मैनीहवाका भगोतीराम यादबले बर्षौ देखि नै  बाख्रा तथा भैसी पाल्दै आएका छन । व्यवसायीक रुपमा बाख्रा र घरको गर्जो टार्नको लागि भैसी पाल्दै आएका छन । केही बर्ष पहिला उनलाई पशुमा खोप लागउनुपर्दछ भन्ने चेतना थिएन । तर विगत दुई बर्ष यता उनले नियमित रुपमा नै आफुले पालेका पशु, भैसी र बाख्रालार्यइ खोप लगाउने गरेका छन ।  विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा रहेको मानपकडी गाविसको पशु सेवा केन्द्र मानपकडीमा उनी आफुले पालेका ७ वटा बाख्रा लिएर उपस्थित भएका थिए । उनले आफ्नो पशुमात्र होईन यसो छिमेमा वरपरका आफन्त तथा छिमेकीहरुलाई  पशुमा नियमित खोप लगाउनको लागि आग्रह गर्ने गर्दछन ।  विहिवार खोप केन्द्रमा भेटिएका उनले भन्दै थिए–‘पशुहरुमा पुर्ण खोप लगाइएको भने रोग लाग्ने वात नै हुदैन ।’ उनले केही बर्ष पहिला खोपको बारेमा खासै जानकारी नभएको भएपनि अहिले भने नियमित रुपमा आफुले पालेका पशुहरुको नियमित खोप लाउदै आएको जानकारी गराए ।  विहिवार पिपिआर रोगबाट बचाउनको लागि मानपकडी पशु सेवा केन्द्रमा मानपकडी गाविसका वडा नम्बर ४ का सयौ किस

मानपकडी चौथो पुर्ण खोप गाविस

Image
कृष्ण खनाल  बुटवल,७ चैत ।  ‘खोप लगाउन पाउनु बालबालिकाको अधिकार हो ।’ भन्ने नाराका साथ रुपन्देही जिल्ला पूर्ण खोप युक्त जिल्ला बनाउने अभियानमा जिल्ला जनस्वाथ्य कार्यालय लागेको छ । सोही अभियान अन्र्तगत विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिणमा रहेको मानपकडी गाविस पुर्ण खोप युक्त  गाविस घोषणा गरिएको छ । ७ हजार ७६ जना बालबालिका रहेको गाविसमा १ बर्ष देखि २ बर्ष सम्मका १ सय १८ जना वालवालिकाहरुले  सम्पूर्ण खोप  लगाएपछि पुर्ण खोप गाविस घोषणा गरिएको हो । विहिवार मानपकडी गाविसमा एक बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका  बरिष्ठ जनस्वाथ्य अधिकृत तथा कार्यालय प्रमुख ऋषिप्रसाद लामिछानेले पुर्ण खोप गाविस घोषणा गरेका थिए । उनले जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले पूर्ण खोप  युक्त गाविस भएको प्रमाण पत्र मानपकडी  गाविसका सचिव रुद्रमणी गिरीलाई प्रदान गरेका थिए । मानपकडी स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ जिल्ला जनस्वाथ्य अधिकृत ऋषि प्रसाद लामिछानेले पूर्ण खोप गाविस बनाउनमा एक्लै संभाव नभएको भन्दै यसको लागि सबैको सहकार्य जरुरी रहेको बताएका थि

मुर्दा शान्ति कायम गर्दै रुपन्देही प्रहरी !

Image
कृष्ण खनाल  बुटवल, ४ चैत ।  सोमबार दिउसो करिव ढाई बजे बुटवल–११ मिलनचोकमा शिव शक्ति अटो पार्टस्का अशिम् गुरुङ्गलाई प्रहरीले कुनै गल्ती विना नै नराम्रोसंग हान्यो । केही दिन यता ज्वरो आएको औषधी सेवन गरिरहेका उनी होलीको दिन होली नखेल्ने  विचारमा थिए । आफ्ना केही साथीहरुले कर गरेपछि केही अविर मात्र के दलेका थिए, प्रहरीको गाडी आयो र  साथीहरुलाई तितरवितर पारिदियो ।  घर नै त्यहि भएको कारण गुरुङ्ग र उनका एक साथी त्यहि नै बसे । प्रहरीले आफूलाई भनेको भनाई उद्दृत गर्दै उनले भने–‘ यहाँवाट गईहाल नत्र गाडीमा हाल्छौ ।’ गुरुङ्गले आफ्नो घर नै यहि भएको कारण त्यहिनै होली खेल्ने उनका साथीले भन्दै गर्दा गुरुङ्गलाई प्रहरीले गालामा नराम्रो संग नै चटकन लगाईदियो ।  यति मात्र होईन विना कारण हो हल्ला नै नगरी बसीरहेको बेला उनलाई गालामा हानेन गाडी भित्र हालेर लैजान समेत खोज्यो । ‘अझ बढि हुन्छस् गाडीमा हाल केटा हो यसलाई लैजा’– एक प्रहरीको भनाई सम्झदैं बुटवलटुडेसँग उनले दुखेसो पोखे ।  यो कुरा थाहा पाएपछि  पिडीत गुरुङ्गकी आमा आईन अनि विना कसुर आफ्नो छोरालाई लैजान खोजेकोमा प्रहरी संग कुराकानी गरिन् । रक

रुपन्देहीमा होलीको लागि थप ३ सय प्रहरी परिचालन

Image
कृष्ण खनाल बुटवल, ३० फागुन ।  होलीलाई मध्यनगर गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला सुरक्षा परिषद्को बैठक बसी कुनैपनि अपृय घटना नघटोस भनेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्ने जनाएको छ । विहिवार भैरहवामा बसेको सुरक्षा परिषद्को बैठकलले होलीको समयमा मा जिल्लामा थप ३ सय प्रहरी परिचालन गर्ने निर्णय गरेको रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले जानकार िदिए ।  उनका अनुसार गाँजा, भाङ्ग, चरेश तथा मादक पदार्थ सेवनलाई पुर्णरुपमा रोक लगाईएको छ । चैत २ र ३ गते  जिल्लामा कुनै पनि प्रकारको मादक पदार्थ,  गाँजा, भाङ्ग, चरेश  खरिद विक्रीमा  रोक लागाइएको एसपी विक्रम सिंह थापाले जानकारी दिए ।  बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘गाँजा, भाङ्ग, चरेश लगायतका  बस्तुहरु सेवन गर्न  सधैको लागि  निष्तेज गरिएको छ, अझ २ र ३ गते कडा रुपमा यसको कार्यान्वयन गरिने छ ।’ प्रहरी प्रमुख थापा ठाँउ ठाँउमा प्रहरी परिचालन गरी होलीको समयमा चेक जाँच गरिने र २४ सै घण्टा प्रहरीको मोवाईल गस्ती परिचालन गरिने समेत जानकारी दिए ।  कसैले ईच्छा विपरित रङ्ग दल्ने, लोला हान्ने गरेको सुचना प्रहर

घरेलु मदिरामा ‘भित्री बस्त्र’

Image
कृष्ण खनाल  बुटवल, २९ फागुन । के तपाईको  नियमित रुपमा वा कतै फाट्ट फुट्ट लुकिछिपी घरलु मदिरा पिउने गर्नुभएको छ ? यदि त्यसो हो भने तपाईले मदिरा संगै अन्य निकृष्ठ बस्तुहरु समेत खाने गर्नुभएको छ ।   बुटवलमा केही दिन यता प्रहरीले सञ्चालन गरेको घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ । प्रहरीले बुटवल लयायत आसपासका क्षेत्रहरुबाट मदिरा बनाउने स्थानबाट नियन्त्रणमा लिएको मदिरा बनाउने कच्च पादर्थ (जाँड)मा महिलाले पहिरिने भित्री बस्त्र पेन्टी, ब्रा तथा कट्टु समेत मिसाउने गरेको पाइएको हो । यसको अलवा स्थानिय लोकल रक्सी बनाउने व्याक्तिहरुले जुत्ता, चप्पल र मोजा समेत मिसाउने गरेको प्रहरीले फेला परेको छ । वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरिक्षण राजेन्द्र श्रेष्ठका अनुसार प्रहरीले गएको तिन दिन यता बुटवलका रामनगर, शिवनगर , दिपनगर र देवदह गाविसको चरङ्गेका विभिन्न घरेलु मदिरा बनाउने स्थानहरुमा छापा मारी भारी परिमाणमा घरेलु मदिरा र अहिले सम्मकै सबैभन्दा बढि मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ(जाँड) नियन्त्रणमा लिएर नस्ट गरिएको छ ।  रक्सी बनाउनको लागि तयारी अवस्थामा राखेको जा

परिक्षा फारम भर्न ४ घण्टा लाम !

Image
कृष्ण खनाल बुटवल, २६  फागुन । सोमबार बुटवल बहुमुखी क्याम्पस स्नातक तह तेस्रो बर्ष शिक्षा  संकायमा अध्यायरत विद्यार्थी बसन्ती न्यौपाने विहान १० बजे देखि परिक्षा फारम भर्नको लािग लाईनमा बसेकी थिईन् । त्रिभुवन विश्व विद्यालयमा अन्र्तगतको स्नातक तह तेस्रो बर्षको परिक्षा फारम भर्नको लागि लाईनमा बसेकी उनको पालो दिउसो ३ बजे  मात्र आयो । लाईन लामो भएको कारण लाईनमा बस्दा बस्दा पालो नआएपछि वाक्क बनेकी उनले  भनिन्–‘ यो फारम बुझ्ने प्राणली ठिक भएन, दुईवटा मात्र लाईन ले गर्दा अफ्ठारो पा¥यो ।’ केही विद्यार्थी नेताहरुले भित्र गएर आफु निकट विद्यार्थीहरुको सुटक्क फारम भरिदिने र लाईनमा पनि  पछिआएको मान्छेले विचमा घुस्दा  सोमबार विद्यार्थीहरु झर्नै आक्रोशित बनेका थिए । यसै क्रममा विद्यार्थी  न्यौपाने भनीन–‘बलियोको लागि नियम छैन निर्दौको लागि मात्र नियम छ यहा ।’ सेमेष्टर प्रणाली  लागू गरेकोमा देश भरिनै  एकै पटक लागू गरिनुपर्ने भन्दै विद्यार्थीहरुले केही संगठनले आन्दोलन गरेर देशभरका त्रिभुवन विश्व विद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा केही दिन देखि तालाबन्दी गरेका थिए । ताला आईतबारब

लागूपदार्थ दुव्यर्वसनी विरुद्वको अभियानमा प्रहरी

Image
कृष्ण खनाल बुटवल, २४ फागुन ।   पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूपद्धार्थ  विरुद्वका जनचेतना मुल कार्यक्रमलाई तिब्रता  दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख विक्रम  सिंह थापको नेतृत्वमा विभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमसमेत आयोजना हुदै आएको छ ।  केही दिन अगाडी लागू पदार्थको सम्बेदनशिल मानिने रुपन्देहीको देवदह गाविसमा सयौ विद्यार्थी, आमा समुह, स्थानिय बुद्धिजिवी, महिला  स्वयम सेविका तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा जनचेतना ¥याली निकालिएको थियो ।  कार्यक्रममा सहभागीहरुले पछिल्लो उर्जावान युवा शक्ति लागू पदार्थको दुव्यवसनीमा फस्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।  सोही अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्र्तगत प्रहरी ईकाई श्रवणपथले आयोजना गरेको  जनचेतनामुल ¥यालीमा सयौं विद्यार्थी, आमा समुह, सरोकारवाला नियकाहरुको सहभागीतामा रहेको थियो । जुन कार्यक्रमका सहभागीहरुले पछिल्लो पुस्तामा बढ्दै गएको लागू पदार्थ दुव्यसर्नीको  लत प्रति चिन्दा व्यक्त गरेका थिए ।  कार्यक्रमा प्रमुख अतिथी रहेकका रुपन्देही प्रहरी प्रमुख एसपी

संगठित हुदै अपाङ्गताभएका महिलाहरु

Image
कृष्ण खनाल  बुटवल, २३ फागुन ।  भर्खरै मात्र २० बर्षमा प्रवेश गरेकी मोतिपुर गाविस–७ कपिलबस्तुकी  बसन्ती चौधरीको एक बर्ष अघिको दैनिकी यस्तो थियो–विहान उठ्यो,अध्यानको लागि विद्यालय गयो अनि घरमा  आयो । पुनः अर्को दिन उनको  दैनिक  त्यस्तै पाराले वित्दथ्यो खासमा कुनै पनि नयाँ काम हुने थिएन । तर ठ्याक्कै एक बर्ष पछि उनको दैनिकमा धेरै परिर्वतन आएको छ । अहिले उनी क्याम्पस जाने र आउनेको अलवा समाजमा रहेका अपाङ्गता भएका महिलाहरुलाई जनचेतना फैलाउने, गाउँमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेको साथै आपाङ्गता भएका  छोराछारीहरुका अभिभावकहरुलाई  सम्झाई बुझाई विद्यालयमा पठाउने वातावरण समेत  निर्माण गर्न थालेकी छिन ।  शाररिक रुपमा अपाङ्गता रहेकी चौधरी ह्वील चियरको सहायतमा मात्र हिडँडुल गर्न सक्दछिन । एक बर्ष पहिला समाजमा कसैले आफुलाई देखेर गिज्याउक कि भनेर बाहिर समेत निस्कन डर मान्ने उनी अहिले विभिन्न कार्यक्रममा सहभाागी हुनुको साथै प्रमुख अतिथी समेत बन्ने गरेकी छिन ।   गाउमै रहेको एक उच्च माविमा  कक्षा ११ मा अध्यायन गर्दै गरेकी चौधरी अहिले उनको गाउँमा गठन भएको स्वाभलम्बन अपाङ्गता

कर्णधार बचाउने अभियानमा देवदहवासिहरु

Image
कृष्ण खनाल  बुटवल, २३ फागुन ।  आज भन्दा  ५ बर्ष पहिला  देवदह–५ सितलनगर जागृतीटोलमा रहेको ‘नमुना आमा समुह’मा आवद्ध हुँदा  निर्मला अधिकारीलाई लागू पादर्थ दुव्यवसनीको वारेमा कमै जानकारी थियो । सुरुमा गाउमा रहेको आमा समुहमा सदस्यको रुपमा प्रवेश गरीकी अधिकारी अहिले  उक्त आमा समुहको अध्यक्ष बनेकी छिन ।  उनी आमा समुहको अध्यक्ष मात्र बनेकी छैन्न गाउमा जनचेतना  फैलाउने  काम आमा सहुका अन्य सदस्यहरुलाई एकै साथ लिएर लाग्ने गरेकी छिन । उनी मात्र होईन सोही आमा समुहका आवद्ध भएकी निरु श्रेष्ठ पनि अध्यक्ष अधिकारीको साथमा विभिन्न जनचेतनामुल कार्यक्रमा लाग्नेका गरेका छन ।   पछिल्लो समयमा लागू पादर्थ दुव्यसनीहुनबाट आफ्ना सन्तती बचाउनको लागि  उक्त आमा समुहले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।  नियमित बचत तथा आमा सहुको नियमित क्रियाकलाप बाहेका गाउमा पादक पदार्थ सेवन गरे हो हल्ला गर्ने तथा आफ्नै श्रीमानले श्रीमतीलाई गर्ने विभिन्न हिंसामा उनीहरु  पुगेर सम्झाउने तथा बुझाउने काम गर्दछन । २ वटा छोरा १ छोरीकी आमा निरु श्रेष्ठको  अहिले चिन्ताको विषय बनेको छ ‘कतै मेरा सन्तती पादक पदार्थ तथ

जाँच गराउन जादैन्न रुपन्देहीका गर्भवती महिला

Image
कृष्ण खनाल बुटवल, २१ फागुन । लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये रुपन्देही जिल्ला सुगम जिल्लाको रुपमा मानिन्छ । रुपन्देही जिल्लामा दजनौ स्वाथ्य तथा शैक्षिक संस्थाहरुको स्थापना भएका छन । मातृ शिशु मुत्युदर घटाउन सफल भएको भन्दै राष्ट्रिय स्तरको पुरस्कारबाट समेत रुपन्देही पुरस्कृत समेत भएको छ । तर यहि जिल्लामा गर्भवती भएका महिलाहरु स्वाथ्य जाँच गराउनको लागि सरकारी होस या निजी स्वाथ्य संस्थाहरुमा नजाने गरेको एक तथ्यांकले देखाएको छ । जिल्ला जनसंस्वाथ्य कार्यालय रुपन्देहीका हेल्थ अशिष्टेन अधिकृत (पोषण कार्यक्रम फोकल पर्सन ) कृष्ण प्रसाद पोखरेलले उपलब्ध गराएको तथ्यांकमा रुपन्देही जिल्लामा गर्भवती भएका महिलाहरु सबै स्वाथ्य चौकी मा जाँज नगराईकन घरमै बच्चा जन्माउने गरेको पाइएको हो । उनका अनुसार गएको तिन बर्ष यता गर्भवती भएपछि पहिलो पटक स्वाथ्य जाँच गराउने महिलाहरु २०६७÷०६८ मा १ सय १४ प्रतिशत आर्थिक बर्ष २०६८÷०६९ मा १ सय २२ प्रतिशत र आर्थिक बर्ष २०६९÷०७० मा १ सय ५ प्रतिशत गर्भवती महिलाहरुले जाँच गराउने आउने अपेक्षा जिल्ला जनस्वाथ्यले गरेको थियो । तर पहिलो पटक आर्थिक बर्ष २०६८÷०६९

भत्कायो सडकले मापदण्ड भित्रका भवन

Image
  समाचार प्रभाव कृष्ण खनाल    बुटवल, 21 फागुन । सडक विस्तारको क्रममा ‘सडक मापदण्ड’ भित्र परेको भौतिक संरचनामा तुरुन्त डोजर चलाउने सडक विभाग डिभिजन सडक–४ नम्बर बुटवलले आफ्नो स्वामित्वमा रहेका मापदण्ड भित्रका भवन भत्काउन आलटाल गरेको थियो । सडक मापदण्ड (८२ फिट) भित्र पर्ने आफ्नो डिभिजन सडक कार्यालयको ४ वटा भवनका केही कोठाहरु भत्काउनको लागि सडक विभागले आनाकानी गर्दै आएको समाचार माघ २५ गते बुटवल टुडे  दैनिकमा प्रकाशन भएपछि अहिले आएर भवनहरु भत्काउन सुरु गरेको छ ।  सडक मपदण्डअनुसार (८२ फिट) भित्र  पर्ने बुटवलको नयाँ बषपार्क नजिकै रहेको डिभिजन सडक कार्यालययको स्वाभित्वमा रहेको ४ वटा भवनको ४ वटा कोठा मापदण्डभित्र पर्ने भन्दै भित्रबाट वाल (पर्खाल) लगाएको करिब एक बर्ष पछि सडकले कामदार लगाएर भत्काउन थालेको हो । गत आईतबार बाट भवनहरु भत्काउन सुरु गरेको सडक डिभिजन कार्यालय–४ नम्बर रुपन्देहीले जनाएको छ ।  अघिल्लो बर्षको  असार महिनामा बुटवलको फोरलेनसडक (नाम सिक्सलेन) विस्तारको क्रममा मापदण्डभित्र पर्ने अहिले ईलाका प्रशासन कार्यालय बुटवल रहेको १ भवन  र अन्य ३ वटा अवासको लागि प्रयोग भएक

सुर्ती खाए प्रहरी फन्दामा !

Image
कृष्ण खनाल  बुटवल, १८ फागुन  । तपाईंको नियमित सुर्तीजन्य बस्तु सेवन गर्ने बानी छ ? यदि घर वाहिर निस्कदा सार्वाजनिक स्थानहरुमा सुर्तीजन्य बस्तुहरु सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । किनभने प्रहरीले तपाईंलाई सर्वाजनिक स्थानमा सुर्ती जन्य वस्तु सेवन गर्दै गर्दा अव जस्तो सुकै अवस्थामा पनि प्रहरीले नियन्त्रणम लिन सक्ने छ । बुटवलमा पछिल्लो समयमा शान्ती सुरक्षा सुदृढ बनाउनको लागि सुरु गरेको अभियान अन्र्तगत सार्वजनिक स्थानहरुमा सुर्ती जन्य वस्तु सेवन गर्ने व्याक्तिहरुलाई नियन्त्रणमा लिई अवश्यक कारवाही गर्ने प्रहरीले नयाँ रणनीति ल्याएको छ । ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले संयुक्त रुपमा आज(सोमबार) देखि शान्ती सुरक्षा अभियान अन्र्तगतका ६ वटा विषयमा विभिन्न सुधारका कामहरु लागु गर्दै छ । ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलिले विभिन्न दुव्यर्वसनी नियन्त्रण गर्ने उदेश्यका साथ सार्वजनिक स्थानमा हो हल्ला गर्ने, शान्तीपूर्ण वातावरणमा असर पार्ने क्रियाकलाप गरेमा नियन्त्रणमा लिई तत्काल कारवाही गर्ने भएको हो । त्यस्त