Posts

Showing posts from March, 2016

मालपोतमा सेवाग्राहीलाई भन्दॉविचौलियालाई हतारो’

Image
कृष्ण खनाल बुटवल, १९ चैत । घर–जग्गा खरिद गर्नुप¥यो या विक्रिभने जग्गा धनिले आफ्नै सक्रियतामा उक्त काम फत्ते गर्छु भनेर सोँच्नु मुर्खाता हुने देखिएको छ  । कुनै पनि घर जग्गा खरि वा विक्रिको लागि  दैलो अगाडी नै पुग्ने जग्गा दलालहरुको बन्धनमा बाँधीएका सेवा ग्राहीहरुले सरकारी कार्य फत्ते गर्न मालपोतमा समेत विचौलियाकै बोलबला हुने गरेको हो । बुटवलमा मालपोत कार्यालय स्थापना भएको धेरै भएको छ । गत कार्तिक–८ गतेबाट बुटवलमा मालपोत कार्यालयले आफ्नो सेवा सुरु गरेको हो ।  भैरहवामा जस्तै बुटवलको मालपोत कार्यालयमा सेवाग्राहीलाई भन्दा पनि बढि हतारो विचौलियालाई हुने गरेको पाइएको छ । जग्गा दलाल मार्फत जग्गा विक्रि तथा खरिद गर्ने सेवाग्राहीहरुले पहिला देखि नै दलालको फन्दामा परेका हुन्छन् । जग्गा दलालहरुले मालपोत कार्यालयमा पुग्दा अर्को दलाल अर्थात विचौलियालाई जिम्मा लगाउछन् । विहिबार दिउँसो मालपोत कार्यालयमा अनौठो दृश्य देखियो । जग्गा पासको लागि भन्दै आएका सेवाग्राही संग जग्गा दलालले अर्क दलात अर्था विचौलिया लेखा पढीलाई जिम्मा लगाईदिए ।  लेखापढिको लाईसेन्स भिरेका भएपनि  दलाल भन्दा पनि   फरक नदेखिएक

कृषिलाई यान्त्रीकरण गरी आत्मनिर्भर बन्न सकिन्छ

Image
भुवनपोखरी गाविस–३ पाल्पामा जन्मीएका विनोद ज्ञवालीले प्राथमिक शिक्षा भुवनपोखरी ३ पाल्पाबाट पुरा गरे । माध्यमिक तहको शिक्षा बलेटक्सार–५ गुल्मीमा पुरा गरी कृषि स्नातक र स्नाकोत्तर तह कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर पाल्पाबाट पुरा गरे । वि.स.२०७०साल असार महिनाबाट बर्दिया जिल्लाको बाली विकास अधिकृतमा स्थायी जागिरखाएका  ज्ञवाली अहिले जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा बालि विकास अधिकृतको रुपमा रहेका छन् । तिनै अधिकृत ज्ञवाली संग रुपन्देहीको समग्र कृषि क्षेत्रको विषयमा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी  ।  रुपन्देहीमा वालि विकासको अवस्था कस्तो छ?  –यो जिल्ला कृषि उत्पादनका लागी उर्वर भुमी हो । करिब ८२६२२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ ।  धान र गहुँ यस जिल्लाको प्रमुख बालीहरु हुन । यस जिल्लामा ६९६०० हेक्टर क्षेत्रफलमा धान लगाई करिब ४.६ मे.टन प्रति हेक्टर उत्पादन भएको छ । माटोको स्वास्थ अवस्था सुधार गर्न सकेमा हाल रहेको उत्पादन तथा उत्पादकत्वलाई अझै बृद्धि गर्न सकिने छ । गहुँबाली करिब २९६०० हे. क्षेत्रफलमा लगाइएको छ । यस बर्ष करिब ८० हजार मे.टन गहुँको उत

बहुमूल्य बनस्पती उत्पादनमा नयाँ सोच

Image
कृष्ण खनाल बुटवल, १७ चैत ।  सामाजसास्त्रमा स्नाकोत्तर उत्र्तीण गरेका हरि गैरेले करिव ३ बर्ष पहिला रुपन्देहीको मानपकडी गाविसमा ३ विघा क्षेत्रफलमा तरकारी खेती गर्दथे । जग्गा लिज(भाडा)मा लिएर तरकारी खेती गर्दै आएका गैरेको मनमा एकदिन अनौठो कुरा खेल्यो, नेपालमा भएका केही बहुमुल्य जडिबुटीको बारेमा सुन्दै, पढ्दै आएका उनले त्यतिबेला नै सोच बनाए–‘अव, तरकारी खेती होईन, बहुमुल्य जडिबुटीको खेती गर्छु ।’  करिव ३ बर्ष देखि  गर्दै आएको तरकारी खेती चट्क्क छाडेर गैरेले वि.स.२०७० सालमा अन्य ३ जना लगानीकर्ताको सहयोगमा बुटवल–१४ बेलबासमा ‘ग्रीन एन्जल एग्रो एण्ड रिसर्च सेन्टर’ नामको संस्था दर्ता गरे र सोहीबाट बहुमुल्य जडिबुटीका विरुवा उत्पादनतर्फ लागे । उनी भन्छन्–‘विभिन्न तालिमहरुमा जाँदा नेपालमा रहेका बहुमुल्य जडिबुटीको खेती गर्न सकिन्छ भन्ने सोच पलायो, अनी तरकारी खेती छोडेर यसतर्फ तानिए ।’   ‘कुराको खेती होईन, खेतीका कुरा गरौ’ भन्ने मुल नाराको साथ स्थापना भएको त्यहि रिसर्च सेन्टरले अहिले बार्षिक ३० लाख रुपैयाँ बराबरको बहुमुल्य जडिबुटी(बनस्पती)का विरुवाहरु विक्रिगर्दैै आएको छ ।  वि.स.२०७० साल

आयात प्रतिस्थापन गर्न ‘चैते धान खेती’

Image
कृष्ण खनाल बुटवल, चैत ।    चैत १५ को दिन चर्को गर्मीमा कोही हिलो सम्याउदै छन् त कोही खेतको आली सम्याउन, कोही धानको विउ गोड्न त कोई ट्या्रक्टरले खेत जोत्न । झट्ट हेर्दा  किसानको असारे माचो जस्तै देखिन्छ । रोपारेहरु धामाधम खेतमा धान रोपीरहेका छन् भने प्राविधिकहरुले ‘साचोँ’ मार्फत लाईन मिलाईरहेका छन् । रुपन्देहीको सिक्टहन गाविस वडा नम्बर–७ छोट्की गुम्मी गाविसमा रहेको ‘सामुहिक बहुउदेश्यि कृषि उपज तथा विथरण समुह’को परिषरमा  सोमबार दिउसो देखिएको दृश्य हो यो ।  जिल्ला कृषि विकास  कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीमै पहिलो पटक यसरी चैते धान रोपाई गरिएको हो । नेपाल सरकार कृषि मन्त्रालयको केन्द्रीय कार्यक्रम अन्र्तगत‘खाद्यान्न आयातमा प्रतिस्थापन गर्ने नीति अनुसार’ यो अभियान सुरु गरिएको  हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रुपन्देहीमा यस वर्ष ३० हेक्टर क्षेत्रफलमा चैते धान रोपीने छ । जसको सुरुवात सोमबार सिक्टहनबाट सुरु भएको छ ।

सुरक्षा गार्डमा महिला, ‘हामी पनि कम छैनौं ’

Image
कृष्ण खनाल बुटवल,  १५ चैत ।  विगत ३ बर्ष देखि कान्ती उच्च माविमा महिला सेकुरेटी गार्डको रुपमा कार्यरत रहेकी विमला पन्थीको दिनचर्या विहान ५ बजेबाट नै सुरु हुन्छ । विहान  विद्यालय खोल्यो, विद्यार्थी, शिक्षक शिक्षिकाको आगमनमा निगरानी गर्नुको साथै विद्यालय सुरु भएको पहिलो घण्टी पनि पन्थी आफै बजाउँछिन् । विहान ६ बजे देखि १० बजे सम्म प्रविणता प्रमाणपत्र तहमा अध्ययन गर्ने विद्यार्थीहरुको निगरानी, उनीहरुलाई आवश्यक सहयोग गर्दै उनी दिउसो १० बजे पछि शिसु कक्षा देखि देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई आवश्यक सहयोग र प्रत्येक घण्टाको समय सुचक संकेत दिदैमा उनको दिन वित्ने गर्दछन् । आफ्नो पेशाबाट सन्तुष्ट पन्थिी  सबैको सहयोगले सन्तोष  मिलेको बताउछिन् । विद्यालयले गार्डको रुपमा नियुत्ती गरेको र सोही अनुसारको भुमिका निर्वाह गर्दै आएको उनको भनाई रहेको छ । गुल्मी जिल्लाको वाग्ला गाविस घर भएकी पन्थीले विहान ५ बजे देखि साझ ८ बजे सम्म ड्युटीमा खटिनुपर्दछ । उनी भन्छन्–‘काम गर्न अफ्ठारो ता छैन, तर धेरै समय खटीनुपरेको छ ।’ खाजा नास्ता सहित मासिक रुपमा ९ हजार तलब पाउदै गरेकी उनले उनका श्रीमान् पनि

बाँजो जमिनमा बहुमुल्य बनस्पती खेती गर्दै कुँवर

Image
भविश्यमा ‘बोटानिकल गार्डेन’ बनाउने योजना  कृष्ण खनाल बुटवल, १४ चैत ।  गत माघमहिनामा बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा कृषि मेला लागिरहेको थियो । पाल्पाको  खस्यौली गाविस–३ का ४० बर्षिय  युवा मेजरजंग कुँबर कृषि मेला अवलोकनको लागि पुगे । मेलामा राखिएको बहुमुल्य बनस्पतीमा उनको ध्यान गयो । बुटवल–१४ बेलबासमा कार्यालय रहेको ग्रीन एन्जल एग्रो एण्ड रिसर्च सेन्टरले राखेको स्टलमा उनको ध्यान अडियो । यस क्षेत्रमा पहिलो पटक बहुमुल्य बनस्पतीको विरुवा उक्त स्टलमा राखिएको थियो । उनी भन्छन्–‘मेलामा गएर बहुमुल्य बनस्पतीको विषयमा बुझ्ने मौका पाए ।’ तत्काल मेलामा उनी ग्रीन एन्जल एग्रो  एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक हरि गैरेबाट परामर्स लिए । अहिले तिनै ४० बर्षीय युवा मेजरजंग कुँवरले अहिले आफ्नो जन्मथलो पाल्पाको खस्यौली गाविस–३ हार्थोकमा व्यवसायिक रुपमा बहुमुल्य बनस्पती खेती सुरु गरेका छन् । उनी भन्छन्–‘नेपालमै बहुमुल्य बनस्पतीको खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि अहिले आफ्नै बारीमा विरुवा रोपेको हुँ ।’ आईतबार जन्मस्थान खस्यौली–३ हार्थोकमा भेटिएका कुँवरले

दोब्बरबढि साजाँय,पिडीत किन बेखबर ?

Image
अपाङ्गता भएका महिलामाथि हिंसा भए कृष्ण खनाल बुटवल, ८ चैत ।   कपिलवस्तु जिल्लाको कुहरिया गाविसकी कुन्ता श्रेष्ठलाई  उनका श्र्रीमान्ले पटक÷पटक शाररिक र मानिसिक हिंसा गरे । वि.स.२०६२ सालमा विवाह बन्धनमा बाँधीएकी उनले  सोही बर्ष नै छोरी जन्माईन् ।  तर श्रीमान्को पटक पटकको शाररिक र मानसिक याताना सहन नसकेपछि उनी अहिले कपिलवस्तु नेत्रहिन संघको संरक्षणमा सोही कार्यत्रलयमा बस्दै आएकी छिन् ।  उनी भन्छीन्–‘न्यायको लागि धेरै ठाउ धाए तर श्रीमान्ले पटक पटक जाड, रक्सी खाएर कुटपीट मात्र होईन यौन हिंसा समेत गरे, अहिले सहन सकेर आश्रयमा बस्दै आएको छु ।’ पुर्णरुपमा दृष्टिविहिन श्रेष्ठका श्रीमान् पनि दृष्टिविहिन नै हुन् ।  धादिङ्ग जिल्ला घर भएका पिडक अहिले काठमाण्डौमा बस्द्रै आएका छन् । वि.स.२०७० सालबाट अपहेलित भएकी श्रेष्ठले नेत्रहिन सं केन्द्रीय कार्यालय लगायत विभिन्न निकायमा उजुर गरिन् तर अहिले सम्म कुनै न्याय पाएकी छैनीन् । उनी भन्छन्–‘मिलापत्र गराएर छोड्नेमात्र काम भएको हुन्छ तर घर आएपछि पुःनहिंसा सहन बाध्य भएर २०७१ असोज महिनादेखि अलग बसेकी छु ।’ प्रहरीसमक्ष उजुरी नगरेकी उनी भन्छन्–‘प

सन्र्दभः५१ औं अन्र्तराष्ट्रिय विभेद विरुद्वको दिवस ...‘जो विभेदविरुद्व लडेर न्याय पाए’

Image
कृष्ण खनाल बुटवल, ७ चैत ।  बुटवल नगरपालिका–४ मैनाबगर  १८ बर्षिय स बिता बिश्वकर्मा लाई अहिले कुनै विभेद छैन ।  श्रीमान्, सासु–ससुरा सहित बस्ने २०७१ बैशाख ३१ गते उनको जीवनमा एउटा घटना घट्यो । राती करिव ८ बजे धारामा पानी भर्दा जाँदा ‘कमिनी भएर पहिला पानी भर्न पाइन्छ भन्दै मैनावगर श्रीराम टोलकी बिष्णु क्षेत्री सहित उनकी दुई छोरीले सबितालाई कुटपिट गर्दा उनी बेहोस भइन् । सबिता बिश्वकर्मा गर्भबती पनि थिइन् । बेहोस भइसकेपछि तत्काल सबितालाई भैरहवा मेडिकल कलेजमा लगियो । यता प्रहरीलाई खबर गरी पिडितको सासु सहित दुइजना पिडकलाई एकरात भरी इलाका प्रहरी कार्यालयमा राखियो । अर्को दिन सामान्य कुटपिट भन्दै दुबै पक्षलाई तारेखमा छोडिएको थियो ।  उक्त घटना स्थानीय दलित अगुवा मार्फत आफुले थाहा पाएको समुदाय सहजकर्ता सुदिप पहाडीले घटनाबारे भन्छन्–‘पिडकको घम्कीका कारण पिडितले घटनालाइ बाहिर लैजान सकेका थिएनन्’ । पछि उत्त घटना सार्वजनिक भयो पिडकललाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि छुवाछुत गरेवापत २५ हजार रुपैया जरिवाना गर

कहिले सञ्चालनमा आउछ ‘बधसाला’ ?

Image
बुटवल टुडे फ्लोअप कृष्ण खनाल बुटवल, ६ चैत ।  बुटवलमा व्यवस्थित रुपमा पशु बधगर्ने भन्दै निर्माण गरिएको बधसाला भवन अलपत्र अवस्थामा छ । भवन निर्माण भएको करिव आधा बर्ष पुरा हुँदा समेत सम्बन्धीत निकाय बुटवल उपमहानरपालिकाले ठोस कार्ययोजना अगाडी नबढाउदा करोड लागनी गरिएको बुटवलको पशुबधसाला सञ्चालनमा आउन सकेको छैन । बुटवल–१२ रामनगरमा बुटवल धागोकारखाना नजिकै निर्माण गरिएको पशुबधसालाको लागि आवश्यक पर्ने न्युनतम आधारभुत संरचनाहरु समेत निर्माण नभएको कारण सञ्चालनमा आउन कठिनाई भएको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल बताउछन् । उनका अनुसार पशु बधको लागि भनेर निर्माण गरिएको उक्त भवनमा अहिलेसम्म  आधारभुत आवश्यकताहरु जस्तै, खानेपानी, विजुली र बाटो  समेत निर्माण गरिएको छैन ।  नेपाल सरकार पशु–पंक्षि विकास निर्देशानलयले निर्माणसम्पन्न गरि बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपनि उक्त भवनको यथोचित प्रयोग हुन सकेको छैन । जसको कारण करोडौ लगानी अहिले बालुवामा पानी सरह भएको सरोकारवालाहरु बताउँछन् । 

छि मुखैमा ‘डम्पीङ्गसाईड’

Image
कृष्ण खनाल बुटवल, ६ चैत । रुपन्देही उद्योग संघ, रुपन्देहीका प्रष्ठिीत व्यवसायीहरुको साझा संस्था हो । त्यहि संस्थाको कार्यालयमा जाने  प्रवेशद्ववार सुन्दर ढंगले सजाईएको छ । जुन कार्यालयमा जाने व्यवसायीहरु लाखौ रुपैयाका चिल्ला गाडी चढेर जाने गर्दछन् । तर आफ्नै संस्थाबाट भएको फोहर मैला व्यवस्थापन नगर्दा, गेटै अगाडीको नाली (खोल्सा) मा हुईकाईदिदाँ चिल्लो गाडीमा चढेर कार्यालय जाने उद्योगी व्यवसायीहरु नाक थुन्न बाध्य हुन्छन् । उद्योगी व्यवसायीहरु मात्र होईन उद्योग संघ र अर्को प्रतिष्ठित संस्था विश्व हिन्दु महासंघले पनि आफ्नो हल भाडामा लगाउँने गर्दछ । विवाह, ब्रतबन्ध, पूजा, अधिवेशन, साधारण सभा जस्ता काममा बुकिङ गरिदा फालिने फोहारको कारण उक्त टोलका बासिन्दाहरु आजित भएका छन्  । उनिहरु गर्मियाम सुरु भएलगत्तै ति क्षेत्रका फोहरबाट आउने ‘ह्वास्स गन्धको कारण नाथ थुनेर बस्न बाध्य’ छन् । बुटवल–६ मा रहेको रुपन्देही उद्योग संघको मुल प्रवेशद्वार नजिकै विगत लामो समय देखि पान पसल चलाउदै आएका रत्न पौडेलले नालीमा भएको दुगन्र्धको कारण नाक थुनेर व्यापार गर्नुपरेको बताउछन् । उनी भन्छन्–‘यति ठुला ठुल

अस्पतालको चरम लापरबाही,, पिलो चिर्न दुई लाख !

Image
कृष्ण खनाल बुटवल, ३ चैत । सामान्य तया मानिसको  शरिरमा आएको पिलो चिर्न खती खर्च लाग्छ होला ? सबैको अनुमान हुन्छ बढिमा ५ हजार । तर यो अनुमान अहिले आएर फेल खाएको छ । बुटवलको एक नीजी अस्पतालमा शरिरको नितम्ब आएको पिलोको उपचार गर्न गएका एक जना विरामीले करिव २ लाख रुपैया तिरेर फर्किएका छन् । गुल्मी जिल्लाको हसारा गाविस–१ खैरनी घर भई हाल बुटवल–१२ कालिकानगरमा बस्दै आएका बैकुण्ठ भण्डारीले सामान्य पिलोको उपचारको लागि करिव २ लाख रुपैया तिर्नुपरेको छ । गत माघ २६ गते‘ नितम्ब आएको पिलोको उपचारको लागि उनी अञ्चल अस्पताल पुगेका थिए । सोही दिन सार्वजनिक विदा परेको कारण पर्सिपल्ट मात्र अस्पतालमा खुल्ने जानकारी उनले पाए । उपचारको लागि गएका भण्डारीले नजिकै रहेका सुरक्षा गार्डलाई पिलोको उपचार कहा हुन्छ भनेर सोधे । सुरक्षा गार्डले भने–‘अव तिन दिन अस्पताल बन्द छ, तिन दिन पछि आउनुस्, नभए डा. नविन श्रेष्ठलाई उपचार गराउनस् ।’ डा. नविन श्रेष्ठलाई कहा भेट्ने भन्ने भण्डारीको  जिज्ञासमा सुरक्षा गार्डले भने–‘डाक्टर साव जनसेवा मेडिकल हलमा हुनुहुन्छ त्यहा जानुस् भेटिन्छ ।’ ततपश्चात उनी बुटवलको अस्पताल लाईन

बराजुका गीत गाएका बाबुराम

Image
कृष्ण खनाल बुटवल, २८ फागुन । पाल्पाको भैरवस्थान गाविस–७ मा जन्मीएका बाबु राम गन्धर्भको दैनिक अहिले परिवर्तन भएको छ । केहीदशक पहिला गाउँमा राजा, महाराजाहरुले दिएको सन्देश, केही घटना विशेष जानकारीलाई गायनको माध्यमबाट गाउ गाउमा  गीत र सारङ्गीको धुन संगै सन्देश प्रवाह गर्ने  बाबुराम गन्धर्व अहिले मेला महोत्सवमा भेटिन्छन् । वि.स.२०४६ सालमा रुपन्देही झरेका गन्धर्वले लामो समय सम्म बुटवल देखि पुर्व चल्ने बसमा गित गाए । बुटवल देखि नारायणगढ सम्म पुगेर गीत  गाएको उनको अनुभव छ ।  विगतका बर्षहरुमा सार्वजनिक यातायातका  साधानहरुमा गीत  गाउने बाबुराम  गन्र्धव अहिले विभिन्न स्थानमा हुने मेला महोत्सवमा सारङ्गी रेट्दै आएका छन् । केही समय दोहोरी साझमा समेत काम गरेका  गन्र्धभले वि.स.२०४४ सालबाट औपचारिक रुपमा सारङ्गी रेट्दै गीत गाउदै आम्दानी गर्न थालेका हुन । अहिले बुटवल र यस आसपासमा आयोजना हुने सास्कृतीक कार्यक्रममा सारङ्गीवाधको रुपमा हाजिर हुने उनले  आम्दानी पनि रामै्र गर्दै आएका छन् ।

राजनीति मोह छाडेर कृषि कर्ममा मासिक ३ लाख आम्दानी गर्दै भुर्तेल

Image
कृष्ण खनाल बुटवल, फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का ज्ञान प्रसाद भुर्तेलको दैनिकी पछिल्लो केही बर्ष यता फेरिएको छ । केही बर्ष पहिला एक विहान उठेर खाना खाएर विभिन्न राजनीतिक कार्यत्रममा सहभागी हुने भुर्तेल आजभोली धेरै कम मात्र राजनीतिक कार्यक्र ममा सहभागी हुन्छन् । भुर्तेलको दैनिकी एका विहानै उठेर भैसीको स्याहार सुसारमा वित्ने गर्दछन् । विहान ४ बजे नै उठेर आफ्नो फर्ममा रहेका भैसीको स्याहार सुसारको लागि उनी आफ्ना सहयोगीहरुलाई सघाउछन् भने दुध दुहुन, दुहेको दुध डेरी सम्म पु¥याउनको पनि उनी आफ्ना सहयोगी संगै तल्लीन हुनछ ।  विगतलामो सयय राजनीतिक जिवनलाई अहिले विश्राम लगाएर ज्ञान प्रसाद भुर्तेल  व्यवसायीक कृषि मोहमा तानिएका छन् ।  केही बर्ष पहिला स्थानिय साथीहरुको सहयोगमा स्थापना भएको ‘सामुहिक बुहुदेश्यिक पशुपालन कृषक समुह’ सञ्चालन गर्न समुह असफल भएपछि उनले उक्त फर्म एक्लै किनेर सञ्चालनमा ल्याएका छन् ।  तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा वि.स.२०६९ सालमा स्थापना भएको फर्ममा अहिले १ सय वटा भैसी पालेका छन् । ‘समुहले फर्म चलाउन नसकेपछि मैले किनेको  हु ।’– उनी भन्छन् । उनको फ

यातायतमा सेवाग्राहीलाई सधै सास्ती ‘सर्भर खराबी आएको’ भन्दै सेबा बन्द

Image
कृष्ण खनाल बुटवल, २३  फागुन ।  यातायात व्यवस्था कार्यालय लुम्बिनी मा आईतवार विहान १० बजे नै कार्यालय पुगेका राम बहादुर शाहीले लु.१ ज ३००७ नम्बरको आफ्नो जीपको राजश्व बुझाउन पाएनन् । शुक्रबार देखि नै  ईन्टरनेट सर्भरमा खराबी आएको भन्दै सेवा सञ्चालनमा  नआएको सेवा आईतबार कार्यालय समय आउँदा समेत बन्न सकेन् । दिउँसो २ बजे सम्म सर्भर ठिक होला र काम बन्ला भनेर आशा गरेका सेवाग्राहीहरु जस्तै साही पनि विना काम घर फर्के । विहान करिव १२ बजे मात्र कार्यालयले  सूचना टाँस  गरी सेवा बन्द भएको जानकारी दिएको सेवाग्राही साहीको भनाई छ । बुटवल यातायात समितिका कोषा्रध्यक्ष समेत रहेका शाहीले भने–‘आज मात्र होईन, यातायतामा पटक पटक यस्तो प्रकृतीको काम भैरहेकोछ, ईन्टरनेट विग्रीयो भन्दै सेवाग्राहीहरुमाथि खेलवाड गर्नुभएन नी ? ’ शनिवार कार्यालय बन्द हुने र आईतबार राजश्व बुझाउन, गाडी पास गर्नका लागि यातायात व्यवस्था कार्यालय(सवारी)मा आएका कुनै पनि सेवाग्राहीहरुले सर्भरमा खराबी आएको भन्दै राजश्व शाखा बन्द भएको कारण सेवा लिनबाट बञ्चित भए । ‘जनतालाई दुख  िदने बाहेक अन्य केही काम भएन, के विग्रीएको हो त्यो बनाए

अवैध ‘बैठकी कर’ले हाटबजार व्यवसायी आजित

Image
कृष्ण खनाल   बुटवल, २५ फागुन । रुपन्देहीमा सञ्चालनमा आएका हाटबजारबाट उठाउने अवैध ‘बैठकी कर’को कारण व्यवसायीहरु आजीत बनेका छन् । जिल्लाका विभिन्न १ सय २० स्थानमा लाग्ने हाटबजारहरुबाट हाटबजारको ठेक्का लिएका  विभिन्न व्याक्ति, संघ सस्था, मन्दिर तथा समुहका पदाधिकारीहरुले अवैध रुपमा व्यवसायीहरुबाट  प्रत्येक पटक उठाउने ‘बैठकी कर’को कारण व्यवसायीहरु आजित बनेको  रुपन्देही हाटबजार व्यवसायी समितिका अध्यक्ष भिमलाल ज्ञवाली बताउछन् ।  अहिलेपनि रुपन्देही धेरै स्थानमा स्थानिय निकाय, गाविस, जिविस, नगरपालिका र  उपमहानगरपालिकाबाट स्वीकृत विना नै हाटबजारहरु सञ्चालन भएको र यसरी सञ्चालनमा आएका हाटबजारहरुका ठकेदारहरुले अवैध रुपमा विभिन्न बाहनामा हाट बजार व्यवसायीहरुबाट अवैधरुपमा रकम उठाउदै आएको  रुपन्देही हाटबजार व्यवसायी समितिका अध्यक्ष भिमलाल ज्ञवाली बताउछन् । उनी भन्छन्–‘जिविस, गाविस र नपाबाट हाटबजार सञ्चालनको लागि स्वीकृती नै नलिई संरचना विना नै हाटबजारहरु सञ्चालन भएका छन्, ति हाटबजारमा व्यवसाय गर्ने  व्यवसायीबाट बैठकी करको रुपमा रकम असुल्ने काम रोकीएको छैन ।’ आफुखुसी रुपमा विभिन्न क्वल, व्या

‘कुशको औंठीबाट स्वयंवर गरी विहे’

Image
कृष्ण खनाल बुटवल, २२ फागुन ।  शनिवार बुटवलमा फरक प्रकृतिको विवाह सम्पन्न भएको छ  । विना गरगहना, विना तडक भडक, विना मासुजन्य र मदिरा जन्य पदार्थ विना नै बुटवलमा सभ्य विवाह सम्पन्न भएको छ । एउटै मण्डपबाट सम्पन्न भएका दुई जोडी बेहुला बेहुलीको विवाह कार्यमा कुशको औंठीबाट स्वयंवर सुरु  गरेर सम्पन्न गरेका छन् ।  श्रीकृष्ण गण्डकी–२ स्याङजाका बेहुला जनार्दन न्यौपाने  र रामपुर १५ पाल्पाकी यशोदा ओस्ती र मालुङगा ८ स्याङजाका सुन्दर  भण्डारी र चापाकोट ६ स्याङजाकी समिक्षा डोटेलका विचमा एउटै मण्डपबाट अन्य भन्दा फरक र नौलो विवाह भएको हो । विवाहमा गरिने तडकभडक र होडबाजीले समाजमा धनी र गरिबको विचको खाडल झनै गहिरिँदै गएको भन्दै विवाहलाई गरगहना र धनदौलत प्रदर्शन गर्ने नभई दुई सम्बन्धलाई जोड्ने पवित्र कार्यको रुपमा विकास गर्नुपर्ने ज्वोतिस जनार्दश न्यौ पानेले प्रतिक्रिया दिए । विवाहका सबै विधीसहित १४ जना पण्डित र बटुकबाट स्वस्ती बाचन गरिएको उक्त विवाहमा चार परिवारको चार स्थानमा गरिने भोज समेत एकै स्थानमा गरिएको थियो। तर विवाहको भोजको खर्च समेत बेहुली पक्षलाई बेहोर्न बन्देज लगाईएको थियो । ‘ज

अव ई–रिक्साबाट ट्राफिक निगरानी

Image
कृष्ण खनाल बुटवल, २२ फागुन ।  सधैजसो गाडीमा हुईकिने ट्राफिक प्रहरी अव  विद्युतीय रिक्सा(ई–रिक्सा)मा बुटवल बजारको फन्को लगाउदा नौलो मानिन् छैन । ईन्धन नचाहिने बातावरण मैत्री  विद्युततिय रिक्सामा चढेर अव पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरीहरु सुरक्षाको लागि गस्तीमा हिड्ने भएका छन् । यस क्षेत्रमा नै पहिलो पटक ई रिक्सा डिलर्स एशोसियसन लुम्बिनीले साईरन जडीत विद्युतिय रिक्सा शनिवार पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेपछि प्रहरीले अव विद्युतीय रिक्सा प्रयोग गरि सुरक्षा गस्ती लगायत आवश्यक ट्राफिक व्यवस्थापनमा खटिने भएका छन् । ई रिक्सा डिलर्स एशोसियसन लुम्बिनीका अध्यक्ष बाबुराम अधिकारीले सामाजि क उत्तरदायित्व अभियान अन्र्तगत सुरक्षा क्षेत्रको लागि आफुहरुले विद्युतीय रिक्सा प्रदान  गरेको जानकारी दिए । उनले भने–‘व्यवसायी भएर व्यवसायिक नाफा भन्दा पनि समाजको लागि केही योगदान गरौ भन्ने उदेश्यले हामीले ट्राफिक प्रहरीलाई ई रिक्सा प्रदान गरेका हौ, हामी आशा गछौं यसबाट अवश्यक पनि राम्रो हुनेछ ।’ पश्चिम क्षेत्रीय ट्रा

ल्यडफिल्ड साइड ‘व्यवस्थिती कम्पोष्ट मल उद्योग’

Image
कृष्ण खनाल बुटवल, २० फागुन ।  बुटवल उपमहानगर पालिकाको महत्वकाक्षि योजनाको रुपमा रहेको ल्यडफिल्ड सार्ईट(फोहर मैला प्रसोधन केन्द्र)लाई व्यवस्थीत कम्पोष्ट मल उद्योगको रुपमा विकास गरिने गरी कार्य अगाडी बढाइएको छ । बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले ड्रिम पोजेक्टको रुपमा रहेको यो आयोजनालाई व्यवसायीक रुपमा कम्पोष्ट मल उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्न लागिएको जानकारी दिए । नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको शहर एकिकृत शहरी वातावरण सुधार परियोजना अन्र्तगत एशियाल विकास बैंको ऋण स्रम्झौतामा उक्त योजना अगाडी बढाइएको हो । बुटवल–९ शिवनगरको सामुदायिक वन भनभने खेलाको दाया किनारामा ८.८४ हेक्टर जमिनमा फोहर प्रसोधन केन्द्र निर्माण गरिदै छ । जसको लागि २.६ हेक्टर क्षेत्रफल ओगट्ने प्रसोधन केन्द्रको क्षमता ११३५६४.६ घनमिटर रहेको बुटवल उपमहानर पालिकाले जनाएको छ ।  सन् २००१६ बाट सुरु हुने परियोजनाको लागि बुटवल उपमहानरपालिकाले दैनिक रुपमा संकलन गर्ने फोहरलाइ भिन्दा भिन्दै  रङ्गको भाडामा संकलन गरी सानो गाडी मार्फत फोह

अर्गानिक नगर उन्मुख ‘देवदह’

Image
कृष्ण खनाल बुटवल, १९  फागुन । कृषिमा रुपन्देही विस्तारै आत्मनिर्भर बन्दै गएको छ । खाद्यान्न विउ उत्पादन र माछामा आत्मनिर्भर बनेको रुपन्देही जिल्लो यहाको माग पुरा गरी अन्य जिल्लामा पनि आपुर्ती गर्दै आएको छ । गहुको विउ नेपालमा मात्र नभई भारतमा समेत निर्यात हुदै आएको छ ।  सोही अनुरुप गौतमबुद्धको मावलीको रुपमा पहिचान बनाएको रुपन्देहीको देवदह नगरले पछिल्लो समयमा कृषि क्षेत्रमा पनि छलाङ्ग मार्दै गएको छ ।  केही समय पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अर्गानिक  गाउँको रुपमा  पकेटक्षेत्र घोषणा गरेको देवदहको सरङ्गवारीबाट सुरु भएको अर्गानिकअभियान अहिले देवदह नगरका विभिन्न स्थानहरुका किसानहरुले सिको गर्दै गएका छन् । जिल्लामै नमुना कृषि व्यसायको रुपमा देवदह नगरपालिका–९ सरङ्गवारीमा किसानहरुले अर्गानिक रुपमा तरकारी उत्पादन गर्दै आएका छन् । सोही कुरालाई व्यवसायीक रुपमा  अहिले देवदहनगरका बुद्धनगर, कलुवा, प्रगतिबजार, गुरुङ्गटोलका किसानहरुले समेत व्यवसायीक रुपमा नगदेवालीतर्फ तरकारीखेती खेतीलाई अगाडी बढाएका छन् ।   देवदहमा कृषिजन्य उत्पादनहरु, पशुपालन र दुग्धजन्य उत्पादनमा जिल्लामा नम

कृषिमा युवाहरुको फरक सोँच

Image
दोस्रो राष्ट्रिय देवदह मेला–२०७२  कृष्ण खनाल बुटवल, १९ फागुन । एक पटक प्रयोग गरि फ्याँकीएका जुत्ता, प्लाष्टिकका बोत्तल, गमला, सिसिमा हराभरा गरी   पलाएका तरकारी, छेवैमा परम्परागत पानीबाट चल्ने कुटानी सामाग्री । देवदहमा जारी दोस्रो औद्योगीक प्रर्दशन कृषि तथा पर्यटन महोत्सवमा जाने जो कोहीको मन एक छिन यि दृश्यमा टक्क अडिन्छ ।  कृषि पेभिलियनको एक स्टलमा ‘देवदह युा कृषक समुह’ देवदह नगरपालिका –७ लक्ष्मीनगरका युवा किसानहरुले प्रयोग भएर  फ्याँकीएका विभिन्न सामग्र्रीहरुबाट विभिन्न तरकारी जन्य उत्पादन र सजावटकाको लागि तरकारी जन्य उत्पादनहरुलाई प्रर्दशनमा राखेका छन् । एक पटक प्रयोग भएर फ्याकिएको पानीको बोटलमा, प्याज, लसुन तथ अन्य   तरकारीका विरुवाहरु उत्पादन  गरेका छन् भने काटेर फालिएको गाजरको डाँढलाई पुन सिसाको गिलासमा उत्पादन गरेका छन् ।  प्याज तथा लसुनको पात तरकारीमा हालेर खानको लागि उनीहरुले सिसाको बोतलमा प्याज र लसुन समेत उत्पादन गरेका छन् । आज भन्दा करिव १ बर्ष पहिला विदेशका विभिन्न भुमिकामा पसिना बगाएर कृषिको विकासमा केही गरौं भन्ने सोचका साथ आएका ७ जना युवा किसानहरुले यस्त