खोजी समाचार

भाषा नजान्दा गाविस सचिवलाई सहायकको भर 

कृष्ण खनाल

भैरहवा , २७ पुस । 
बैशाख, २०७० मा लोकसेवा आयोग उत्र्तीण गरेर रुपन्देहीको रायपुर गाउ“ विकास समिति सचिवमा नियुक्त नारायण ठडराईले सुरुमा धेरै समस्या भोगे ।  मधेसी समुदायको  बाहुल्य रहेको  सीमावर्ती रायपुरमा पहिलो पटक पुगेका उनका लागि भाषाको  समस्या परेको हो । सचिव ठडराईले नेपाली भाषा बोल्ने तर भोजपुरी भाषी गाउ“लेले नबुझ्ने र उनले भोजपुरी बोल्न नजान्ने समस्याले गाविसको कामकाज नै प्रभावित भयो । 
“भाषाको समस्याले शुरुमा सामान्य कुरामा पनि विवाद  हुन्थ्यो, अझै पनि समस्या छ, उनले भने । भाषाको कारण समस्यामा परेका ठहराई एक्ला  होइनन् । रुपन्देहीका दुई दर्जन गाविस सचिवलाई काम गर्न अप्ठारो परेको छ । 
 
रायापुर गाविस सचिव ठडराईले भाषाको  कारण गाविसको कामकाजमा समस्या भएपछि  कार्यालय सहायकलाई भाषा सहयोगीको रुपमा प्रयोग गरे ।  
“भाषा बुझ्न नै गाहे भएपछि सहकार्यबाट भाषाको उल्था गराएर काम गर्दै आएको छु”— उनले भने—यसो गर्दा बल्ल काम गर्न सजिलो भएको छ ।”
 पिपरहवा गाविस सचिव शेखरनाथ अर्याल पनि भाषाको कारण कैयौंपल्ट  समस्या झेलेका छन् । भोजपुरी भाषा बोल्न नजान्ने र बोलेको समेत नबुझ्ने अर्यालसंग भाषाका कारण धेरै समस्या परेको अनुभव छ । 
नागरिकलाई कानुनी प्रक्रिया बुझाउन समस्या परेको छ । 
“मैले भोजपुरी बोल्न नजान्ने गाउ“लेले नेपाली बोल्न नजानेकाले कामकाजमा धेरै समस्या भएको छ, नागरिकलाई कुरा बुझाउन  नसक्दा धेरै समस्या हु“दोरहेछ—उनले भने ।
१ चैत, २०६९ मा पिपरहवा गाविस सचिवको नियुक्ति पाएका उनीजस्ता नया कर्मचारीलाई तराईका गाउ“मा भाषाको समस्या परेको छ । पहाडी समुदायमा जन्मे हुर्केर पढाई सकेपछि लोकसेवा आयोग उत्तीर्ण  गर्ने बित्तिकै तराईको दक्षिणी क्षेत्रका गाउ“मा जा“दा भाषाको धेरै समस्या परेको छ ।
मर्चवार क्षेत्रमा बस्दै आएका मानवअधिकारकर्मी रामविकास चौधरी  भाषाको कारण धेरै समस्या भएको बताउछन् । गाविस कार्यालयमा मात्रै नभएर प्रहरी चौकी, स्वास्थ्यचौकीमा समेत भाषाको समस्याले सेवाग्राहीलाई समस्या परेको उनको भनाई छ । 
भाषाको कारण कर्मचारी र सेवाग्राहीलाई समस्या परेकोले समाधानको उपाय के त ? सरकारले कर्मचारी खटाउदा जुन क्षेत्रमा खटाउने हो त्यही  क्षेत्रको भाषा र वस्तुस्थिति बारे जानकारी दिएर  पठाउ“दा कामको प्रभावकारिता बढ्ने चौधरीको भनाई छ ।  
 
चौधरीको भनाईसंग गाविस सचिव हकहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष अच्युत भट्टराई पनि सहमत छन् । नया“ कर्मचारीलाई नया“ ठाउ“मा पठाउ“दा  पर्ने समस्या बारे सरकारी  तहबाट समाधान भयो भने कामकाज छिटो  छरितो हुने भट्टराईको भनाई छ ।
रुपन्देहीमा २०६८ को जनगणना अनुसार कुल महिलाको संख्या ४ लाख ४८ हजार ३ जना रहेका छन भने पुरुषको संख्या ४ लाख ३२ हजार १ सय ९३ गरी कुल ८ लाख ८० हजार १ सय ९६ जना रहेका छन भने घरधुरीको संख्या १ लाख ६३ हजार ९ सय १६ रहेको छ ।
रुपन्देही जिल्लामा करिव ६१ प्रतिशत मानिसहरु भोजपुरी भाषा बोल्छन । त्यस्तै नेपाली भाषा बोल्नेहरुको संख्या २,४४,९४५ जना रहेको छ । त्यस्तै मैथलि भाषा बोेल्नेको संख्या १,५८१जना, भोजपुरीबोल्नेको  जनसंख्या ३,५९,७१७ जना, थारु भाषा बोल्नेको संख्या ४४,७९३ जना, तामाङगभाषा बोल्ने ६१४जना, नेवारी बोल्ने ९,१९१ जना रहेका छन । गुरुङग भाषा बोल्ने ९,१९७ जना, लिम्बु भाषा बोल्ने ६३जना, शेर्पा भाषा बोल्ने १११जना,  हिन्दी भाषा बोल्ने ५१६२ जना,  सुनुवार भाषा बोल्ने २३ जना रहेका छन ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ