खोजी समाचार

भाषा नजान्दा गाविस सचिवलाई सहायकको भर 

कृष्ण खनाल

भैरहवा , २७ पुस । 
बैशाख, २०७० मा लोकसेवा आयोग उत्र्तीण गरेर रुपन्देहीको रायपुर गाउ“ विकास समिति सचिवमा नियुक्त नारायण ठडराईले सुरुमा धेरै समस्या भोगे ।  मधेसी समुदायको  बाहुल्य रहेको  सीमावर्ती रायपुरमा पहिलो पटक पुगेका उनका लागि भाषाको  समस्या परेको हो । सचिव ठडराईले नेपाली भाषा बोल्ने तर भोजपुरी भाषी गाउ“लेले नबुझ्ने र उनले भोजपुरी बोल्न नजान्ने समस्याले गाविसको कामकाज नै प्रभावित भयो । 
“भाषाको समस्याले शुरुमा सामान्य कुरामा पनि विवाद  हुन्थ्यो, अझै पनि समस्या छ, उनले भने । भाषाको कारण समस्यामा परेका ठहराई एक्ला  होइनन् । रुपन्देहीका दुई दर्जन गाविस सचिवलाई काम गर्न अप्ठारो परेको छ । 
 
रायापुर गाविस सचिव ठडराईले भाषाको  कारण गाविसको कामकाजमा समस्या भएपछि  कार्यालय सहायकलाई भाषा सहयोगीको रुपमा प्रयोग गरे ।  
“भाषा बुझ्न नै गाहे भएपछि सहकार्यबाट भाषाको उल्था गराएर काम गर्दै आएको छु”— उनले भने—यसो गर्दा बल्ल काम गर्न सजिलो भएको छ ।”
 पिपरहवा गाविस सचिव शेखरनाथ अर्याल पनि भाषाको कारण कैयौंपल्ट  समस्या झेलेका छन् । भोजपुरी भाषा बोल्न नजान्ने र बोलेको समेत नबुझ्ने अर्यालसंग भाषाका कारण धेरै समस्या परेको अनुभव छ । 
नागरिकलाई कानुनी प्रक्रिया बुझाउन समस्या परेको छ । 
“मैले भोजपुरी बोल्न नजान्ने गाउ“लेले नेपाली बोल्न नजानेकाले कामकाजमा धेरै समस्या भएको छ, नागरिकलाई कुरा बुझाउन  नसक्दा धेरै समस्या हु“दोरहेछ—उनले भने ।
१ चैत, २०६९ मा पिपरहवा गाविस सचिवको नियुक्ति पाएका उनीजस्ता नया कर्मचारीलाई तराईका गाउ“मा भाषाको समस्या परेको छ । पहाडी समुदायमा जन्मे हुर्केर पढाई सकेपछि लोकसेवा आयोग उत्तीर्ण  गर्ने बित्तिकै तराईको दक्षिणी क्षेत्रका गाउ“मा जा“दा भाषाको धेरै समस्या परेको छ ।
मर्चवार क्षेत्रमा बस्दै आएका मानवअधिकारकर्मी रामविकास चौधरी  भाषाको कारण धेरै समस्या भएको बताउछन् । गाविस कार्यालयमा मात्रै नभएर प्रहरी चौकी, स्वास्थ्यचौकीमा समेत भाषाको समस्याले सेवाग्राहीलाई समस्या परेको उनको भनाई छ । 
भाषाको कारण कर्मचारी र सेवाग्राहीलाई समस्या परेकोले समाधानको उपाय के त ? सरकारले कर्मचारी खटाउदा जुन क्षेत्रमा खटाउने हो त्यही  क्षेत्रको भाषा र वस्तुस्थिति बारे जानकारी दिएर  पठाउ“दा कामको प्रभावकारिता बढ्ने चौधरीको भनाई छ ।  
 
चौधरीको भनाईसंग गाविस सचिव हकहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष अच्युत भट्टराई पनि सहमत छन् । नया“ कर्मचारीलाई नया“ ठाउ“मा पठाउ“दा  पर्ने समस्या बारे सरकारी  तहबाट समाधान भयो भने कामकाज छिटो  छरितो हुने भट्टराईको भनाई छ ।
रुपन्देहीमा २०६८ को जनगणना अनुसार कुल महिलाको संख्या ४ लाख ४८ हजार ३ जना रहेका छन भने पुरुषको संख्या ४ लाख ३२ हजार १ सय ९३ गरी कुल ८ लाख ८० हजार १ सय ९६ जना रहेका छन भने घरधुरीको संख्या १ लाख ६३ हजार ९ सय १६ रहेको छ ।
रुपन्देही जिल्लामा करिव ६१ प्रतिशत मानिसहरु भोजपुरी भाषा बोल्छन । त्यस्तै नेपाली भाषा बोल्नेहरुको संख्या २,४४,९४५ जना रहेको छ । त्यस्तै मैथलि भाषा बोेल्नेको संख्या १,५८१जना, भोजपुरीबोल्नेको  जनसंख्या ३,५९,७१७ जना, थारु भाषा बोल्नेको संख्या ४४,७९३ जना, तामाङगभाषा बोल्ने ६१४जना, नेवारी बोल्ने ९,१९१ जना रहेका छन । गुरुङग भाषा बोल्ने ९,१९७ जना, लिम्बु भाषा बोल्ने ६३जना, शेर्पा भाषा बोल्ने १११जना,  हिन्दी भाषा बोल्ने ५१६२ जना,  सुनुवार भाषा बोल्ने २३ जना रहेका छन ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै