आम्दानी उच्च, सेवा सुस्त

कृष्ण खनाल
बुटवल,  कात्तिक । 
लुम्बिनी अञ्चल अस्पतालको आर्थिक बर्ष २०७२÷७३ मा कुल  १७ करोड ९६ लाख २२ हजार ४ सय १० रुपैयाँ ७४ पैसा खुदआम्दानी गरेको छ । उक्त आर्थिक बर्षको पहिलो चौमासिकमा अस्पतालले विभिन्न शिर्षक अन्र्तगतमा कुल ६ करोड १३ लाख ५३ हजार ६ सय ४६ रुपैयाँ आम्दानी गरेको गरेको थियो । 
अहिले चालु आर्थिक बर्ष २०७३÷०७४को पहिलो चौमासिक
मा कुल ३ करोड २५ लाख ९६ हजार ६ सय ३९ रुपैयाँ ७१ सञ्चित नाफा गरेको छ ।  आर्थिक बर्ष २०७१÷०७२ मा  अस्पताले कुल १ करोड २५ लाख २३ हजार ६  ससय ३४ रुपैयाँ २७पैसा आम्दानीगरेको छ । लुम्बिनी अञ्चल अस्पतल बुटवलका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीमा अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्त महिना सम्म  घरभाडावापत अस्पतालले कुल ४ करोड २६ लाख ८२ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ ।
 अस्पतालको अम्दानी करोडौं रुपैयाँ भएपनि सेवा ग्राहीहरुले पाउने सास्ती भने उस्तै छ । अस्पतालमा केही विकास निर्माणका कामहरु गरिएपनि निर्माण पुरा हुन सकेको छै । अन्तरङ्ग सेवामा जहिले पनि विरामीहरुले  चिकित्सकलाई भेट्न घण्टौं सम्म लाईनमा बस्नुपर्ने बाध्यता छ भने ल्याव, एक्सरे मेसिनमा पनि हालत उस्तै छ । अस्पतालले आफ्नो सेवा शुल्क कुनै कुनैमा सत प्रतिशत नै बढाएको छ । तर सेवा प्रवाहको प्राभावकारीतामा खास उपलब्धी हुन सकेको छैन । 
अस्पताल विकास  समितिका अनुसार पछिल्लो समयमा अस्पताले नयाँ सुरु गरेको एनआईसीयुका कर्मचारी २२ जनालाई  अस्पताल विकास समितिले नै  व्यहोर्दै आएको छ । सुचना अधिकारी लक्ष्मीराज रेग्मीका अनुसार सटरको भाडा वृद्धी नहुदा सम्म बार्षिक ८५ लाख रुपैयाँ आम्दानी गर्दै आएकोमा भाडा वृद्धी पछि अहिले बार्षिक ८ करोड रुपैयाँ आम्दानी हुदै आएको छ । 
 अर्धबार्षिक लेखा समितिको प्रतिवेदनमा सबैभन्दा बढि अस्पतालले औषधी खरिदमा खर्च गरेको पाइएको छ । सो अवधीमा अस्पताल विकास समितिले कुल १ करोड २३ लाख ९ हजार ७ सय ७१ रुपैयाँको औषधी मात्र खरिद गरेको छ भने  दोस्रो स्थानमा कर्मचारीको तलब भत्तामा बढि रकम खर्च गरेको छ । १ करोड, २१ लाख ९८ हजार ८ सय २२ रुपैयाँ कर्मचारीहरुलाई तलब भत्ता खुवाउनको लागि खर्च गरिएको लेखा समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ कोे प्रारम्भमा समितिमा जम्मा रहेको कूल सचित रकम ३ करोड २५ लाख ९६ हजार ६ सय ३९ रुपैयाँ ७१ पैसा आम्दानी गरेको छ । 
लुम्बिनी अञ्चल विकास समितिका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास देवकोटाले अस्पतालको आर्थिक अम्दानीको स्रोत वलियो हुदैँ जानु आफैमा राम्रो पाटो भएको बताउदै अन्य ठुल–ठुला विभिन्न परियोजनाहरुमा ध्यान केन्द्रीत हुँदा स साना सेवाहरुमा ध्यान पुग्न नसकेको स्वीकार गर्दछन् । उनी भन्छन्–‘ठुला केही महत्पूर्ण काम गरेका छौं, तर सानो सानो  ल्याव, लाईनको व्यवस्था, टिकको व्यवस्था लगायतमा खासै ध्यान दिन सकेका छैनौं, तर यसमा विस्तार सुधार गर्दै लैजाने योजनामा छौं ।’ उनले अहिले अस्पताल विकास समितिले अन्तरगंग विभाग(ओपीडी)को विहान साढे ८ बजे देखि  विहान साढे ११ बजे सम्म टिकट काट्ने व्यवस्था गरेकोमा यसको समयावधी बढाउने योजनामा रहेको जानकारी दिए । विहान १० बजे देखि दिउसो ३ बजे सम्म ओटी समय भन्दा बाहिर कुनै पनि चिकित्सकहरुले अस्पताल  छाड्न नपाउने नियम भएको भन्दै उनले  कुनै चिकित्सकहरुले लापरवाही र ढिला गरेमा आवश्यक सचेत गराईने जानकारी दिए । 
पछिल्लो समयमा अस्पतालको आर्थिक अवस्था मजवुद हुदै गएपनि सेवाग्राहीहरुले सेवा प्रवाहमा खास ठोस प्रभावको महसुस गर्न नपाएकोप्रति अस्पताल विकास समिति गम्भिर भएको र यसमा अस्पतालको आम्दानीलाई निश्चित योजना बनाएर खर्च गरिदै लैजाने मेडिकल सुपरिटेण्डन्ट डा. देवकोटाको भनाई रहेको छ । उनले भने–‘आम्दानी भयो भनेर जथावाभी खर्च गर्ने कुरा आउदैन, यसको निश्चित योजना बनाएर हामी  विकासका योजनाहरु बनाउदैं लैजाने छौं ।’
लुम्बिनी अञ्चल अस्पताल विकास समितिका प्रमुख लेखा अधिकृत मित्रलाल त्रिपाठी अस्पतालको आम्दानीको स्रोत बलियो हुँदै गएको कारण अहिले आईसीयु र एनआईसीयु सञ्चालन भएको बताउछन् । 
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्डर अधिकृत तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार शुल्क वृद्धि अझै थोरै भएको बताउछन् । उनले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालले  सेवा शुल्कमा गर्ने लगानी र  सेवा शुल्क एकै प्रकृतिको हुनुपर्ने नियम रहेको उनको दावि रहेको छ ।
 अस्पताल विकास समितिले अञ्चल अस्पतालबाट पाउने सेवा  शुल्क र  सेवा प्रवाह गर्दा लाग्ने शुल्कको रकम बराबर हुने गरी  शुल्क निर्धारण हुनुपर्ने नियम अन्र्तराष्ट्रिय परिवेसमा रहेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘विदेशमा के भन्दो रहेछ भने जति खर्च गर्छौ त्यहि बमोजिमको सेवा प्रवाह गर्नु भन्ने रहेछ । ’
अस्पताल नाफामा गएको भन्दा पनि विस्तार स्वलम्बन बन्दै गएको अस्पताल विकास समितिले जनाएको छ । वि.स.२०६८ सालमा दातृ निकायले बनाएको भवनमा अहिले एनआईसीयु कक्ष सञ्चालन गरिएको छ । सञ्चालन खर्च अस्पताल विकास  समितिले व्होर्ने गरी एनआईसीयु कक्ष निर्माण गरिएको जनाइएको  छ । 

00000
अस्पतालको आर्थिक स्रोत बलियो हुँदै गएको छ जुन राम्रो पक्ष हो, हामी अस्पतालमा  अन्य विशेष सेवा प्रावहको क्रमम एनआईसीयु, आईसियुय  सेवा सुभारमभ गर्दै गर्दा केही ससाना कुराहरुमा ध्यान दिन नसकेको पक्कै हो, यसमा हाम्रो ध्यान केन्द्रीत हुने छ, सानो सानो कुरा भएपनि विरामीहरुले सास्ती पाउने कुरा हुनुहुदैन, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । 
डा. विकास देवकोटा
मे.सु.लुम्बिनी अञ्चल अस्पताल 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै