तिहार महोत्सवको बाल उद्यानमा के के खेल्ने, के घुम्नेर?

कृष्ण खनाल
बुटवल, कात्तिक । 
अहिले बुटवलमा जारी तिहार महोत्सवमा वाल उद्यानमा पनि विगतका मेलाहरुमा भन्दा फरक फरक बस्तुहरु राखिएका छन् । ति सबै कुरा मेलामा जाने जो
कोहीलाई पनि जानकारी नहुन सक्छ । तर विगता मेलाहरुमा भन्दा फरक केही मनोरञ्जनका साधानहरु राखिएका छन् । नेपालमै पहिलो पटक र्दुइ तल्ला भएको स्टीलले छाएको मौतका कुवा राखिएको छ । जुन यस क्षेत्रका लागि  नयाँ हो भने  विगतमा मेलाहरुमा एक साईडमा मात्र रेन्जर खेल राखिएकोमा अहिले दबै साईडमा खेल्न मिल्ने गरी रेन्जर पनि राखिएको छ । 
सोनी हरिष ईमजमेन्ट कम्पनी कम्पनी काठमाण्डौका हरिष भट्टलेका अनुसार  मेलामा रोटेपिङ्ग, नाउ, क्रस झुला, ब्रक डान्स, जादु, नागीन, बच्चाहरुकोलागि ३० वटा जति बच्चाहरुको , जम्मा ३८ वटा आईटम  राखिएको छ । मेलामा वाल उद्यानको सम्पूर्ण जिम्मा लिएका भट्ट भन्छन्–‘दर्शहरुले बढि मन जितेको युवा पुस्ताहरुले मन पराएको रेन्जर हो, पहिलो पटक हामीले ल्याएका छौ । मौतका कुवा पनि  आर्कषण कै केन्द्र छ ।’
उनी थप्छन्–‘बच्चाहरुको लागि स्वीमिङ्ग खेल पनि महत्वपूर्ण छ,जुन बुटवलमा पहिलो पटक ल्याएका हौं ।’ युवा युवतीहरुको लागि रोटे पीङ्ग र रेन्जर प्रमुख रोजाईमा पर्ने गरेको छ  । त्यो खेलमा कुनै पनि जोखिम नहुने गरेको कारण युवा युवतीहरुको बढि रोजाईमा पर्ने गरेको छ । मृगी रोगी र  व्लड प्रेसर हाई  र लो भएका व्याक्तिहरुले बाहेक अन्यले यो खेल मज्जाले खेल्न सक्छन् । 
अन्य स्थानमा प्रर्दशन गरिएको भएपनि यस क्षेत्रमा पहिलो पटक पानीमा बच्चाहरुले खुट्टाको माध्यमबाट खियाएर  डुङ्गा जस्तै गरी मनोरञ्जन लिन सक्ने स्वीमिङ्ग राखिएको छ । जुन स साना बच्चाहरुको लागि प्रमुख कार्कषणको केन्द्र बनेको छ । 
अहिले मेलामा दर्शकहरुको संख्या बढेको कारण बाल उद्यानमा पनि राम्रै उपस्थिती रहेका छन् । मेलामा अहिले बालवालिकाहरुको बढि उपस्थिति रहेको छ  । सोनी हरिष ईमजमेन्ट कम्पनी कम्पनीका सञ्चालक भट्टा भन्छन्–‘दर्शकहरुको उपस्थिति सन्तोष जनक छ ।’
मेला महोत्सव आयोजना हुँदा भारतीय ईक्वीमेन्ट भारतीय कम्पनीले ल्याउने गरेकोमा यस बर्ष नेपाली कम्पनीहरुबाट नै मेलाको बाल  उद्यानको व्यवस्थापन गरिएको छ । मेलमा आउने दर्शकहरुको मागलाई लक्षितगरेर अन्य मेला भन्दा रेन्जर खेलको टिकट मुल्य आधा घटाइएको सञ्चालक भट्ट बताउछन् । उनी भन्छन्–‘एक पाखे रेन्जरको टिकट शुल्क अन्य मेलामा २ सय थियो रे, मैले दुई पाखे रेन्जरको मुल्य आधा घटाएर १ सय रुपैयाँ  राखेको छु ।’

मेलामा राखिएको ठुलो मनोरञ्जनको साधानहरुको टिकट मुल्य ८० रुपैया र सानोको ५० रुपैयाँ कायम गरिएको छ । सञ्चालक श्रेष्ले भने–‘अहिले सम्मको सबैभन्दा धेरै आईटम राखिएको छ, रमाईलो मेलामा आउनुहोस् मनोरञ्जन लिनुहोस् ।’
तस्वीरः सञ्चालक हरिष भट्ट
, तिहार महोत्सवमा  स्वीमिङ्ग ढुङ्गामा रम्दै बालवालिका, जुन पहिलो पटक बुटवलमा ल्ययाइएको हो । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे  । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण् 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै