भष्ट्राचार विरुद्व गुञ्जीए साहित्यकार



कृष्ण खनाल
बुटवल, २४ मंसिर । 

‘हिजो जंगलमा पाडो चराउने हरु आज ‘प्राडो’ चढेर हुईकीन थाले ।
हिजो खेतबारीमा पतेरो धपाउनेहरु आज ‘पजेरो’ चढ्ेर सुईकीन थाले ।।’
यहाँ उल्लेख गरिएको कविताको वाक्यांस बुटवलमा भष्ट्राचार विरुद्वको रचना वाचन कार्यक्रममा एक जना साहित्यकारले प्रस्तुत गरिएको हो ।
 कवितामा मानिसले भष्ट्राचार गरेर हिजो जंगलमा गाई बस्तु चराउदै गर्ने आज  सबैभन्दा  महङ्गो गाडी  चढेर हिड्न थालेको छ, त्यही अकुत सम्पत्तीको कारण मानिस हिजो खेतबारीमा थियो तर आज महङ्गो गाडी चढेर हुईकीन थालेको छ भनीएको छ । नेपाली समाजको स्पष्ट तस्वीरको एक अंशको रुपमा   प्रस्तुत गरिएको यो कविताले नेपाली समाजको भष्ट्राचार सम्बन्धी  प्रतिविम्ब गर्दछ । 
बुटवलमा शुक्रवार यस्तै प्रकृतीको कार्यक्रम आयोजना गरियो । गत बर्ष बुटवलको सडकमा सडक कविता बाचन कार्यक्रम आयोजना गरेको भष्ट्राचतार विरुद्ध कार्यरत संस्था पारदर्शी सरोकार समुहले ‘भष्ट्राचार विरुद्वको अन्र्तराष्ट्रिय दिवस’को अवसरमा रचना बाचन कार्यक्रम गरेको  हो   । 
रचना बाचन कार्यक्रममा नवपालुवा साहित्यकारहरु देखि साहित्यको क्षेत्रमा लागेर कपाल फुलाईसकेका साहित्यकारहरुले समेत भष्ट्राचार विरुद्वका रचनाहरु बाचन गरेका थिए । 
नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतनमा अध्यक्ष तथा बुटवल साहित्य परिषद्का अध्यक्ष समेत रहेका दीपक ज्ञवालीले साहित्य समाजको दर्पण भएको भन्दै गीत, कविता, कथा, गजल तथा अन्य साहित्यीक विधामार्फत भष्ट्राचार विरुद्वको अभियान सञ्चालन हुनु आफैमा अनुकरणीय कार्य भएको बताउछन् । उनी भन्छन्–‘समाजमा साहित्य मार्फत गरिएको जागरणले छिटो मानिसको मन छुन्छ, समाजमा यसको सकारात्मक प्रभाव छिट्टै देख्नि सकिन्छ ।’
पाल्पा जिल्लाको  पुर्व जिविस सभापती समेत भएका  अग्रज लेखक, झपेन्द्र जिसी भष्ट्राचार मानिस आफैबाट उत्पन्न हुने कलंक भएको भन्दै यसलाई जरै देखि नबढारे सम्म यसको प्रवृत्ती जहिले पनि पुनारावृत्ती हुने बताउछन् । 

अग्रज लेखक तथा जिवराज आश्रीत स्मृती प्रष्ठिान रुपन्देहीका अध्यक्ष देबेन्द्रराज घिमिरे साहित्यले मानिसको मानस्पटलमा छिट््टै प्रभाव पार्ने भन्दै यसको लागि कुनै पनि जागरणका विषयमा साहित्य दरिलो माध्यम बन्न सक्ने सुझाउछन् । 
साहित्यकार तथा लेखक डि.वि गुरुङ्गले जनचेतनाको स्तर माथि उकास्नको लागि साहित्यका विविध पाटाहरु गीत, कविता, कथा, उपन्यास, हाईकु, गजल, मुक्त सारथी बन्न सक्ने बताउछन् । 
‘हिजो फित्ता चप्पल पड्काउनेहरु आज, हेर्दा टोपी खस्ने घर बनाउदैछन् ।
महल हरुउने उनै हुन्, सहरका पनि उनै हुन्, अझै ठुला रहर बनाउदै छन् ।।’
साहित्यकारको यो पक्तिबाट पनि प्रष्ट हुन्छ,
की  भष्ट्राचारको जालोमा कहाँ सम्म फैलीएको छ । युवा साहित्यकार गीरी श्रीष, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, लिला मगर, धुब्रराज घिमिरे, महेन्द्र ज्ञवाली, शारदा खनाल, कल्पना नेपाल, कृष्ण गाउले, जयन्ती संग्रम, दिपक विश्वकर्मा लगायतले साहित्यीक रचना बाचन गरेका थिए । कार्यक्रममा बुटवल  उपमहानगरपालिकाका बरिष्ठ अधिकृत दामोदर ज्ञवाली, पारदर्शी सरोकार समुह रुपन्देहीका महासचिव महेन्द्र पाण्डेय, कोषाध्यक्ष दिपक ढकाल, कार्यक्रम अधिकृत देवी  डुम्रे लगायतले बोलेका थिए ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै