Posts

Showing posts from May, 2012

अधिवाचन कार्यक्रम सम्पन्न

कृष्ण  खनाल बुटवल ८ साउन  राष्ट्रिय अपाङ्ग महासंघ पश्चिम क्षेत्रीय  समितीको आयोजनामा ‘स्थानीय साधन स्रोतमा पहुच तथा शान्ती प्रक्रियामा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता का लागी अधिवाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल का केन्द्रय अध्यक्ष विरेन्द्रराज पोखरेलको विशिष्ट आतिथ्यता तथा रुपन्देही जिल्ला का प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवाचन कार्यक्रममा सहजकर्ताको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल का अध्यक्ष विरेन्द्र राज पोखरेलले अहिलेको बजेटमा अपाङ्गता सम्बन्धी कुनै खास कुरा परेको या नपरेको भन्ने बारेमा अहिले अवलोकन गर्ने काम भईरहेको बताउदै सरकारले अपाङ्गता क्षेत्रमा कुनै खास काम गर्न नसकेको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको  लागी पहिचान गर्ने परिचय पत्र आफैमा बाझिएको भन्ने कुरामा  मन्त्रालयले नियमबाली  परिर्वतन गरेको कारण यस्तो भएको बताए । उनले आफुहरुले प्रस्ट रुपमा बर्गिकरणको आधार तोकेर मन्त्रालयमा परिबर्तन गरेको समेत बताएका थिए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघ का अध्यक्ष कलाधर न्यौपाने , ज

‘सिजनल’ व्यवपारबाट राम्रो आम्दानी ।

कृष्ण खनाल  बुटवल ३ असोज ।  पछिल्लो समयमा ठेलामा व्यपार गर्ने व्यवसायीहरुले बर्सेभरि एकै किसीमको व्यपार नगरी सिजनल (मैसमी )व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका छन । विभिन्न ठेला व्यवसायीहरुले एकै प्रकृतीको व्यपार नगरी फरक –फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरुले कहिले फलफुल  ,कहिले जुस तथा फलफुलमा पनी  एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन । अर्घाखाची स्थायी घर भई विगत ५ बर्ष यता बुटवला ठेलाको व्यापार गर्दे आएका राम प्रसाद भुषालले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यपारमा लागेको बताए  । उनले  विगत केहि बर्ष यता कहिले फलफुल ,कहिले उखुको जुस तथा कहिले ठेलामा फेन्सी कपडाहरु राखेर विक्रि गर्दे आएको जनाकारी दिए  । उनले भने – ‘चाड पर्व तथा मौसम अनुसारको व्यपार गर्दा राम्रो आम्दानी हुन्छ त्यहि भएर यस्तो व्यपारमा लागेको हु । मंगलबार बुटवलको ट्रफिक चोकमा फेन्सी कपडाको व्यापार गर्दे  रहेका उनले दशै नजिकिदै जादा मानिसहरुले विभिन्न कपडाहरको कि

विद्यालय छाडेर ‘झोलाको व्यापार’

Image
कृष्ण खनाल बुटवल १८ कात्तिक । बुटवलको उजिरसिंह माध्यमीक विद्यालय कक्षा –५ मा अध्यायनरत विद्यार्थी सलीम खा“न बुधवार विहानको करिब ११ बजे बुटवल –६ को हाटबजारमा भेटिए । उनी विद्यालयको समयमा कक्षा छाडेर हाटबजारमा किनमेलकालागि आएका भने हाईन्न । कारण भने अर्कै छ ,उनि घरको आर्थिक अवस्था नाजुक भएको कारण घर परिवारमा दुई चार रुपैया  आम्दानी हुने आशामा हाटबजारमा प्लाष्टिकको झोला बेच्न आएका लागि आएका हुन । घरमा आमा बुवा र आफु मात्रै रहेका उनका  बुवा घर बनाउने काम गर्छन् भने आमा घरको काम गर्ने गर्दछिन ।  आर्थिक अभावको कारण  सरकारी विद्यालयमा भर्ना भएका उनी  घरमा केहि रुपैया भए उनि घरमा केहि भए पनी आर्थिक बोझ की हुने र केहि रुपमा भए पनी आम्दानी  हुने भएको कारण उनी  हरेक  शनिवार र बुधवार सधै जस्तो हाटबजारमा प्लाष्टीकका झोला विक्रिका लागि आउने गर्दछन । आफुले होलसेलमा प्लाष्टिकको प्याक किनेर फुटकर रुपमा सानो प्लाष्टिकको झोला  २ रुपैया र ठुलो प्लाष्टिकको झो ५ रुपैयाका २ बटा विक्रि गर्ने गर्दछन । प्लाष्टिक बेचेर आएको पैसा आफ्नी आमालाई दिने गरेको समेत उनको भनाई थियो ।दिनमा १ सय रुपैया सम्म आम्दा