मेलाको कृषि पेलियनले किसानलाई सिक्ने अवसर’


हुमनाथ  न्यौपाने
संयोजक, कृषि पेभिलियन तिहार महोत्सव–२०७३
बुटवलमा अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही र केन्द्रीय कार्यालयको संयुक्त आयोजानमा  तिहार महोत्सव–२०७३ चलिरहेको छ । तिहार महोत्सवमा छुट्टै पेभिलियनको रुपमा कृषि पेभिलियन पनि निर्माण गरिएको छ । मेलाका विविध विषय तथा कृषि पेभिलियनका विषयमा केन्द्रीत रहेर कृषि वार्तामा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

कृषिमा कतिवटा स्टल रहेका छन् । 
–३२ वटा
कस्तो कस्तो प्रकृतिका कृषिजन्य उत्पादन प्रदर्शनको लागि राखिएको छ रु 
–विशेष गरेर अर्गानिक तरकारी, खाद्यान्न, फलपूmल राखिएको छ । यस्तै नौलो प्रयोगको रुपमा मेलामा पहिलो पटक माछाको मःम राखिएको छ । जुन उपभोक्ताको आकर्षणको केन्द्र बनेको छ । यस्तै केराको मःमः, केराको चिप्स, अचारलगायत पनि उपभोक्ताले मन पराउनुभएको छ । च्याउको मःम र जुम्लाको स्याऊ पनि राखिएको छ । 

कृषिमा उपभोक्ताहरुको प्रमुख आकर्षण केमा छ  ?
– प्रमुख आकषणको रुपमा केराको मःम र माछाको मःम रहेको छ । किनभने यो मेलामा पहिलो पटक माछाको मःमः राखिएको कारण उपभोक्ताहरुको आकर्षण बढेको हो भने च्याउको मःम र केराका विभिन्न परिकाररु पनि रुचिको विषय बनेको छ । 

विगतमा विभिन्न संघ संस्थाले आयोजना गर्ने मेला महोत्सव भन्दा यस मेलामा कृषिमा के फरक छ  ? 
–विशेष गरीकन हामीले यहाँ विशेष कृषि अन्र्तरक्रिया कार्यक्रम आयोजना गरेका छौं । किसान, सरोकारवाला निकाय तथा  अन्य उद्योमीहरुको विचमा अन्तरक्रिया बनाई कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा हामीले अन्तरक्रिया आयोजना गरेका हौं । 

किसानलाई मेला स्थलमै तालिम पनि दिनेगरिन्छ, तपाईहरु गर्नुभएको छ  ?

–हामीले अन्य संघ संस्थाहरुले  गरेको काम भन्दा पनि फरक कार्य गर्न खोजेका छौं । यसको उदेश्य भनेको कृषिलाई कसरी माथी उठाउने,  उद्योगी व्यवसायीहरु, किसानहरु जुन टुक्रे उत्पादनमा लागीरहेका छन्, उनीहरुलाई व्यवसायीककरणरुपमा वृहत रुपमा कृषि कर्ममा सहभागी गराउनको लागि हाम्रो योजना हो । 

कृषि पेभिलियनका किसानहरुलाई विशेष छुटको व्यवस्था पनि छ कि  ?
–कृषि पेभिलियन अन्य पेभिलियन भन्दा फरक छ, त्यसकारण हामीले कृषि पेभिलियनमा सहभागी हुने किसानहरुको लागि अन्य भन्दा कृषि प्रदर्शनीको लागि निःशुल्क र व्यवसायीकहरुलाई लागि छुट पनि छ ।  उत्कृष्ठ  पेभिलियन सहभागीहरुलाई हामीले उचित पुरस्कार समेत प्रदान गर्ने सोच बनाएका छौं । पुरस्कार यति नै हुन्छ भन्ने विषयमा अझै निधो भएको छैन । 

सरकारी निकायबाट सहयोग के कस्तो छ  ?
–जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगायतले हाम्रो मेलालाई भरपुर सहयोग गर्नुभएको छ । स्टल पनि राख्नुभएको छ । जसबाट कृषि तथा पशुजन्य उत्पादनको प्रसार प्रसार तथा प्रवद्र्धनको लागि विशेष भुमिका खेलेको छ । 
अन्त्यमा  ?
किसानहरुलाई टुक्रे उत्पादनले हामीलाई जिविकोपार्जनको बाटो देखाए पनि खासमा आम्दानीको दरिलो माध्यम बन्न सक्दैन । हामीले कृषिलाई व्यवसायीकरण गर्नको लागि टुक्रे होइन, ठूलो क्षेत्रमा आधुनिक र व्यवसायीक खेती गरौं । विश्वमा हामीले आत्मनिर्भर बन्नको निम्ति कृषिलाई अगाडी बढाउनुपर्दछ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै