भौतिक प्रगति पुरा नभएपनि लाभांवित !
कृष्ण खनाल बुटवल, भदौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीले गत आर्थिक बर्षमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुबाट पनि लाभांवित संख्या जनसंख्या उल्लेख गरी बार्षिक प्रगति प्रतिवेदन बनाएको पाइएको छ । गत आर्थिक बर्ष २०७२÷०७३ मा खानेपानी डिभिजनबाट सञ्चालन गरिएका आयोजनाहरुमा भौतिक पुर्वाधार निर्माण अर्थात भौतिक प्रगति नै पुरा नगरी लाभांवित जनंख्याको विवरण उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय रुपन्देहीले गत आर्थिक बर्षमा कुल २८ करोड ८ लाख ४१ हजार बजेट विनियोजना गरेकोमा कुल २५ करोड ६६ लाख, ८२ हजार रुपैयाँ खर्च गरेको छ । जसबाट २ वटा मात्र आयोजना शिर्षकमा काम पुरा भएर लाभांवित जनसंख्याको विवरण राखिएको छ । भने ३ वटा मात्र कार्यक्रमहरुको भौतिक प्रगति १ सय प्रतिशत देखाइएको छ । उक्त आर्थिक बर्षमा कुल ४० वटा आयोजनाहरुमा डिभिजन कार्यालयले काम गरेको थियो । तर बजेटको शिर्षमा भने लेखा प्राणाली अनुसार ८ वटा बजेट उपशिर्षकका खर्च र भौतिक प्रगतिको विवरण राखिएको छ । गत आर्थिक बर्षमा सम्पन्न भएको योजनाको बार्षिक प्रगति विवरण पुस्तीकामा उल्लेख