Posts

Showing posts from January, 2014

कालो बजारी गर्ने प्रहरी फन्दामा

Image
कृष्ण खनाल  भैरहवा, १६ माघ ।  रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल ईण्डष्ट्रिजका सञ्चालक सौरभ अग्रवाललाई अन्ततः प्रहरीले पक्राउ गरि कार्यवाही अगाडी बढाएको छ । कालो बजारी गर्नेलाई प्रहरीद्धारा उन्मुक्तिको प्रयास लगायतको समाचार यस अघि बुटवल टुडे दैनिकमा प्रकाशन भए पछि प्रहरीले दबावमा आएर उनलाई पक्राउ गरेको हो ।  पक्राउ गरे पनि पक्राउ गरेको सूचना प्रहरीले गोप्य राखेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक बिक्रम सिंह थापाले अग्रवाल सोमबार नै पक्राउ गरेको जानकारी बुधबार दिए । उता पक्राउ परेको बारेमा जानकारी लिनको लागि गएको सञ्चार कर्मीको टोलीलाई  रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी दिपक न्यौपाने “ यस बारे म केही बोल्दिन तपाईहरुलाई मेरो बारेमा जे लेख्नु छ लेख्नुस ” भन्दै पत्रकार माथी नै खनिएका थिए ।  कार्यालय प्रमुख बिक्रम सिंह थापाले सञ्चालक अग्रवाललाई पक्राउ गरि कडा भन्दा कडा कार्यवाहीको माग सहित सरकारी वकिल समक्ष पेश गरेको बताएका छन । प्रहरीले बनाएको चार्जसिटमा अग्रवाल आफैले कालोबजारी गरेको स्विकारेको उल्लेख छ । भारतबाट तोरीका गेडा आयतित गरि उक्त

बर्षौ देखि सडकमा आश्रीत ईलाका प्रशासन

Image
ईलाका प्रशासन कार्यालय बुटवलको जिर्ण भवन ।  तस्वी रःकृष्ण खनाल कृष्ण खनाल  बुटवल, १३ माघ ।   एक महिनामा करिव एक लाख भन्दा बढि राजश्व संकलन गर्ने एउटा सरकारी कार्यालय भवन कस्तो होला ।  जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । एउटा पक्की विल्डीङ्ग, प्रमुख तथा अन्य पदाधीकारी बस्ने स्थानमा एयरकन्डिसन् र  सेवाग्राहीको लागि एथेष्ट स्थान । तर यो अनुमान बुटवलको एक सरकारी कार्यालयमा मेल खादैन ।  बुटवल–११ नयाँबसपार्क नजिकै रहेको  ईलाका प्रशासन कार्यालयको स्थापना देखि नै नत आफ्नो भवन छ नत सेवाग्राहीको लागि प्रयाप्त स्थान र कार्यालय प्रमुखको लागि सुविधान सम्पन्न कोठा । बर्षौ देखि बुटवलको ईलका प्रशासन कार्यालय सडक डिभिजन कार्यालयको बुटवलको केही भवनमा आश्रीत हुदै आएको छ ।  सामान्य टिनले छाएको भवनमा  चर्को पानी पर्दा सेवाग्राहीको काम नै गर्न नसक्ने  अवस्था आउछ भने चर्को गर्मीमा टिनको  छानोले भत भतीपोलेर सेवा ग्राहीमात्र होईनन् कार्यालयमा काम गर्ने कर्मचारीहरुको सेवामा पनि प्रभाव प्रार्दछ ।    वि.स. २०५२ सालमा बुटवललमा  स्थापना भएको ईलाका प्रशासन कार्यालय अहिले सम्म कहिले भाडाको घरमा, कह

सरकारी भवन यौन क्रिणस्थल बन्दै

Image
कृष्ण खनाल बुटवल, १२ माघ । आईतबार साझको करिव ९ बजे मिलनचोक व्यापारी तिर्थ काफ्ले ईभिनिङ्ग वाक(साझको हिडाईं) को क्रममा बुटवलको अस्पताल लाईन, बसपार्क हुदै मिलनचोक तर्फ झर्दै थिए । बुटवलको नयाँ बर्ष पार्क नजिकै रहेको सडक डिभिजन कार्यालय र इलाका प्रशासन कार्यालय नजिकै जाँदा उनी एक पटक अच्चमीत भए ।   तस्वीर बुटवलको नयाँबसपार्क नजिकै सडक डिभिजनकार्यालयको पर्खाल वाहिरको भवन । जहा रातको समयमा यौन क्रियाकलाप हुने गर्दछ । तस्वीरःकृष्ण खनाल /बुटवल टुडे । कारण थियो ईलाका प्रशासन कार्यालय बुटवलको को कम्पाउण्ड वाहिर पुराना भएर पनि नभत्काइएको भवनबाट आवाज केही आवाजहरु आईरहेका थिए । रातको समयमा त्यैपपनि सरकारी भवनको वाहिरपट्टीका खाली कोठामा केही युवा युवतीहरुको आवाज आईरहेको सुनेपछि उनी झनै अचम्मीत भए । यसो नजिकै गएर नियालेर हेर्दो त भित्र केही  युवा युवतीहरुलाई आपत्तीजनक अवस्थाम फेला पारे । ‘पहिला त कुनै बास नभएको मानिसहरु होलान् भनेर सोचेको पछि त उनीहरु बाहिरबाट आउने गरेका मानिसहरुपो रहेछन ।’–व्यापारी काफ्लेले भने । बाहिर एक छेउमा मोटरसाईकल पार्कीङ्ग गरेर उनीहरुले भित्र यौन क्रियाकलाप गर्

उपचार गराउन सिमापारी

Image
कृष्ण खनाल  भैरहवा, ९ माघ ।  विहिवार नवलपरासीको सुनवलबाट आफ्नो बुवाको उपचार गर्नकोलागि आएका दिपेन्द्र गुप्ता भैरहवामा रहेको भिम अस्पतालमा आए । सुनसान अवस्थामा रहेको उक्त अस्पतालमा एक दुईजना बाहेक अन्य कुनै पनि विरामी तथा  नर्स र स्टाफहरु बाहेक कोही थिएन्न । उक्त अस्पतालमा उपचार नहुने छाँट  नदेखेपछि उनले आफ्नो बुबाको उपचार भारतमा गराउने निणर्य गर । “यहा उपचार हुदैन जस्तो लाग्यो त्यै भएर बुबाको उपचार भारतमा गराउने भनेर म त उतै लागे ।”— दिपेन्द्र यादबले भने । गोरखपुरमा उपचार गराउने निधो गरी उनी बाबु, आम र स्वयम् बस चढेर भारततर्फ लागे । भैरहवाको बैंक रोडमा रहेको भिम अस्पताल काठमाण्डौमा अनसनरत डा. गोविन्द केसीको सर्मथकमा डाक्टरहरुले ईमेरजन्सीका विरामी बाहेक अन्य कुनैपनि विरामी नहेर्ने भएपछि गुप्ता जस्ता दजर्नौ मानिसहरुले अहिले  उपचारको लागि भारततर्फ लागेका छन । विहिवार अस्पताल परिसरमा जाँदा इमेरजन्सी वार्डमा एक जना विरामी बाहेक अन्य कुनै पनि विरामी थिएन्न् । जनरल वार्डमा एक जना स्टाफ(नर्स) मात्र थिईन भने प्रसुती गृहमा ३ जना जती विरामीहरु थिए । अक्मात दुर्घटना परेका व्याक्तिहरु तथा

चोरीको मोटरसाईकलमा प्रहरी

Image
कृष्ण खनाल भैरहवा, ७ माघ । केही दिन अगाडी रुपन्देहीको सिद्धार्थनगर भैरहवामा रहेका एक व्यवसायी सिद्धार्थ सिंह स्कुटीमा हिड्दै गर्दा एक्कासी झस्कीए । कारण थियो उनी चढेको स्कुटरको नम्बर र उनकै अगाडी हुईकीरहेको मोटरसाईकलको नम्बर एउटै थियो । उनी पहिला अचम्मीत भए, अनि तुरुन्त ट्राफिक प्रहरीलाई सम्पर्क गरी जनाकारी गराए ।  फोटो विवरण व्ययवसायी सिद्धार्थ सिंहको स्कुटरको नम्बर राखेर चलाइएको  चोरीको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिषरमा । उक्त मोटरसाईकलको नम्बर उजुरी परेपछी परिर्वतन गरिएको छ । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे  ट्राफिक प्रहरीबाटउनले उक्त ‘उक्त मोटरसाईकल पछ्याउनु’  भन्ने जवाफ पाए । तुरुन्त बुद्धचोकबाट नारायण पथ हुदै हुईंकीएको गाडीलाई पछ्उदै गर्दा बर्मेली टोलमा ट्राफिक फेला पारे । ट्राफिकलाई आफ्नो स्कुटरको पछाडी बस्न लगाई उक्त गाडी पछ्याउदै लागे । उनीहरु मोटरसाईकल पछ्याउदै गर्दा झन अच्चमीत भए । मोटरसाईकल नारायण पथको बोटो हुदैँ प्रहरी टोलमा पुगेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रवेश गर्यो । यसरी एउटै नम्बरको मोटरसाईलक अरु कसैले नभई घुमुवा प्रहरीले चढेको कुर

छ महिनामा ३ महिला सहित १ सय ८७ जना व्याक्ति पक्राउ

Image
रुपन्देहीमा लागू औषधको अवस्था  कृष्ण खनाल  भैरहवा, ७ माघ ।  रुपन्देहीमा पछिल्लो समयमा लागूऔषध बरामद गर्ने लहर नै चलेको छ । गत माघ ४ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा शाखाले  चेकजाँच गर्ने क्रममा प्रहरीले बरामद गरेको टि डि जेसिक –फेनारगन, नुफिन, डाइजेपाम गरी कुल २ सय ४० थान सहित रुपन्देही जिल्ला सिनपा–१२ का २३ वर्षीय भोला कुर्मीलाई पक्राउ गरेको प्रहरीले बुझाएको थियो । त्यसैगरी टि डि जेसिक–फेनारगन, नुफिन, डाइजेपाम गरी कुल ६० थान गरी तनहु जिल्लाका २२ वर्षीय जङ्ग बहादुर मल्ललाई प्रक्राउ गरेको थियो ।  त्यसको ठिक एक दिन पछि शनिवार सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सिनपा– १ का ३६ वर्षीय जोखन मल्लाह र जिल्ला पोखरा उपमहानगरपालिका–१२ का २६ वर्षीय पर्वत गुरुङ्गबाट टिडि जेसिक नुफिन, फेनारगन र डाइजेपाम गरी कुल २ सय ५५ थान सहित पक्राउ गरेको थियो । यो उदाहरण मात्र हो । पछिल्लो समयको एक साता यता रुपन्देहीको वेलहिया नाकाबाट दैनिक जसो नै लागुऔषध बरामद हुदै आएको छ ।  पछिल्लो समयमा रुपन्देही प्रहरी प्रमुख विक्रम सिंह थापाको सक्रियतामा धमाधाम रुपमा लागूऔषधको साथै

अझै पक्राउ परेन्न अंकुर तेलका सञ्चालक

Image
कृष्ण खनाल  भैरहवा, ३० पुस ।  खाद्य अनुसन्धान तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको अखाद्य प्रमाणित रिर्पोट  रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल इन्डष्«िटजबाट उत्पादित तथा विक्री वितरण भइरहेको अंकुर ब्रान्डको तेल गुणस्तरहिन र स्वाथ्यमा गम्भिर प्रभावपार्ने भनेर प्रमाणित भएको महिनौ वित्दा समेत रुपन्देही प्रहरी प्रशासनले  उद्योगका सञ्चालकलाई कारवाहीमा आनाकानी गरेको सरोकारवालाहरुले बताएका छन ।    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देही प्रहरीलाई  २०७० मंसिर १३ गते चलानी नम्बर ३८६१ को पत्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक छानबिन गरी कालोबजारी ऐन अन्तर्गत सम्बन्धित उद्योगका सञ्चालकलाई कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक पत्र पठाए पनि  रुपन्देही प्रहरीले पनि अहिले सम्म सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सकेको छैन ।  गत पुस १६ गते जिल्ला प्रहरी कार्यालयले उद्योगका सञ्चालक  सौरव अग्रवाललाई पक्राउ गर्न वडा प्रहरी कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको करिव दुई साता वित्दा समेत प्रहरीले  सञ्चालकलाई ठोस कारवाही गर्न  नसकेको हो । गो

अखाद्य प्रमाणित अंकुरतेल लाई कारवाहीमा प्रहरीको आनाकानी

Image
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको अखाद्य प्रमाणित रिर्पोट कृष्ण खनाल भैरहवा, २७ पुस । रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल इन्डष्«िटजबाट उत्पादित तथा विक्री वितरण भइरहेको अंकुर ब्रान्डको तेल अखाद्य, गरणस्तरहिन र स्वाथ्यमा गम्भिर प्रभावपार्ने भनेर प्रमाणित भएको महिनौ वित्दा समेत रुपन्देही प्रहरी प्रशासासनले कारवाहीमा आनाकानी गरेको छ । अखाद्य भएको प्रमाणित भएको  महिनौ वित्दा समेत  रुपन्देहीको प्रहरी प्रशासनले कारवाही गर्न  नसक्नु र बजारमा छ्याप छ्याप्ती मात्रामा उक्त गुणस्तरहिन तेल पाइनुले प्रहरी प्रशासन भित्र मोटो रकमको आर्थिक चलखेल भएको स्थानियहरुको आशंका रहेको छ । आम उपभोक्ताको स्वाथ्यमा गम्भिर प्रभाव  पार्ने खालको तेल उत्पादन गरेको  आयल इन्डष्«िटजले अहिले पनि आफ्नो कालो बजारी कायम राखेको छ । अर्को अचम्मको कुरा के छ भने  जिल्ला प्रशासन  कार्यालय बाट रुपन्देही प्रहरीलाई उक्त अखाद्य तेल उत्पादन गर्ने कम्पनीका सञ्चालकलाई प्रक्राउ गरी कारवाही गर्नु भनेर आदेश आईसकेको छ । सोही अनुसार  रुपन्देही प्रहरीले पक्राउ पुर्जी समेत सञ्चालककालाई थमाईदिएको भएपनि अहिलेसम्म पक

भाषा नजान्दा गाविस सचिवलाई सहायकको भर

Image
कृष्ण खनाल भैरहवा , २७ पुस ।  बैशाख, २०७० मा लोकसेवा आयोग उत्र्तीण गरेर रुपन्देहीको रायपुर गाउ“ विकास समिति सचिवमा नियुक्त नारायण ठडराईले सुरुमा धेरै समस्या भोगे ।  मधेसी समुदायको  बाहुल्य रहेको  सीमावर्ती रायपुरमा पहिलो पटक पुगेका उनका लागि भाषाको  समस्या परेको हो । सचिव ठडराईले नेपाली भाषा बोल्ने तर भोजपुरी भाषी गाउ“लेले नबुझ्ने र उनले भोजपुरी बोल्न नजान्ने समस्याले गाविसको कामकाज नै प्रभावित भयो ।  “भाषाको समस्याले शुरुमा सामान्य कुरामा पनि विवाद  हुन्थ्यो, अझै पनि समस्या छ, उनले भने । भाषाको कारण समस्यामा परेका ठहराई एक्ला  होइनन् । रुपन्देहीका दुई दर्जन गाविस सचिवलाई काम गर्न अप्ठारो परेको छ ।  रायापुर गाविस सचिव ठडराईले भाषाको  कारण गाविसको कामकाजमा समस्या भएपछि  कार्यालय सहायकलाई भाषा सहयोगीको रुपमा प्रयोग गरे । “भाषा बुझ्न नै गाहे भएपछि सहकार्यबाट भाषाको उल्था गराएर काम गर्दै आएको छु”— उनले भने—यसो गर्दा बल्ल काम गर्न सजिलो भएको छ ।”  पिपरहवा गाविस सचिव शेखरनाथ अर्याल पनि भाषाको कारण कैयौंपल्ट  समस्या झेलेका छन् । भोजपुरी भाषा बोल्न नजान्ने र बोलेको समेत नबुझ्ने

आफ्नै बुबाले गरे नावलिका छोरीको बलात्कार

Image
बलात्कार सम्बन्धी घटनाको बारेमा जानकारी दिदै रुपन्देही प्रहरी प्रवक्त डिएपी दिपक न्यौपाने ।    तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । कृष्ण खनाल भैरहवा,२४ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वर्डा नम्बर —७ भैरहवागाँउका एक जना व्याक्तिले आफ्नै छोरीलाई ६ दिन सम्म घरमा थुनेर पटक÷ पटक बलात्कार गरेको घटना वारि आएको छ । आमा घरमा नभएको समयपरि उनले  छोरीलाई घरबाट वाहिर निस्कन समेत  नदिई पटक पटक बलात्कार गरेको कुरा पिडीत वालिकाकी आमाले प्रहरीलाई उजुरी गरेपछि उक्त घटनाको रहस्य वाहिर आएको हो । भैरहवामा रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका ४६ बर्षका काले (नाम परिर्वतन) ले १२ बर्षीकी नावलिका आफ्नै छोरीलाई पटक÷ पटक बलात्कार गरेका  कुरा वाहिर आएको छ ।। पिडीत बालिकाकी आमा वैदेशिक रोजगारीको जाने शिलशिलको लागि काठमण्डौ कागजपत्र मिलाउन गएको समयमा काले ले ६ दिन सम्म आफ्नी छोरीलाई घरबाट बाहिर निस्कनसमेत नदिएको पटक पटक यौन कुर्तत गरेको हुन । कसैलाई भनेमा  मारिदिने धम्की दिदैँ  काले ले आमालाई समेत उक्त कुरा नबताउनको लागि भनेका थिए ।   गत पुस १३ गते साझ ८ः२० बजे देखि पुस १८ गते सम्म पटक पटक आफ्नै बाबुले १

‘नमुना’को भष्ट्राचार छानविनमा आनाकानी

Image
आफु दुई दिन सम्म रिहाव सेन्टरमा बसेको ९ हजार रुपैयाको विल देखाउदै प्रितम शाह ।  कृष्ण खनाल भैरहवा, २२ पुस । नमुना एकिकृत विकास परिषद् भैरहवा विरुद्ध परेको भष्ट्राचार सम्बन्धी मुद्धाको छानविनका लागि अहिले सम्म कुनै पहल थालिएको छैन । भष्टचार सम्बन्धी अख्तिार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा  उजुरी परेको एघार दिन वितीसक्दा पनि क्षेत्रीय कार्यालयले  कुनै पहल नथालेको हो । भष्टचार नियन्त्रणको लागि भन्दै खुलेको अख्तियारले नै छानविन नथालेपछि  सम्बन्धीत कार्यालय(नमुना)बाट कागजपत्र हिनामिना गर्न सक्ने आशंका समेत बढेर गएको छ । नमुनाले विभिन्न वाहनामा पुर्व कर्मचारी एव्म  उपचारमा आएका लागु औषध प्रयोग कर्ताबाट नक्कली दुईवटा विल बनाएर ठग्दै आएको प्रमाण सहितको उजुरी पर्दा समेत आयोगबाट छानविनमा ढिलाई भएपछि थप आंशका बढ्दै गएको हो । आवश्यक छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टान्सपेरेन्सी ईन्टरनेशन नेपाल (टीआई नेपाल), पारदर्शी नेपाल र राष्ट्यिता सर्तकता केन्द्रमा उजुरी परेको थियो । तर यि संस्थाहरुले अहिले सम्म कुनै पनि कानुनी प्रक्रिया थालेका छैन्न । टान्सपरेन्सी