Posts

Showing posts from October, 2015

इन्धन अभावले किसानलाई धान स्याहार्ने पिरलो

Image
साढे ४ लाख लिटर डिजेल आवश्यक ।।  २० प्रतिशत धान उत्पादन कम हुने संकेत कृष्ण खनाल बुटवल, १३ कार्तिक । रुपन्देही जिल्ला धान उत्पादनमा नेपालकै दोस्रो जिल्लाको रुपमा चिनिन्छ । झापा पछि सबैभन्दा बढि धान उत्पादनगरी अन्य जिल्लामा पनि निर्यात गर्ने जिल्लाको रुपमा पहिचान बनाएको छ । इन्धन अभावको कारण जिल्लाका किसानमा धान काट्ने, ढुवानी गर्ने  र थन्काउने चिन्ता थपीएको छ ।  करिव २ महिना देखि मधेसी मोर्चाले गरेको निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको कारण धान काट्ने मेसिन थ्रेसेरमा प्रयोग हुने ईन्धनको अभाव संगै थ्रेसरको कम उलब्धता र धान ढुवानी गर्ने ट्रैक्टरको समेत अभाव भएपछि कतै किसानको धान खेतमा नै रहने त होइन  ? भन्ने चिन्ता बढेको हो ।   रुपन्देहीको सर्युपुराका किसान नारदमुनी यावदले स्थानिय विद्यालयको जग्गा लिज(भाडा)मा लिएर व्यवसायिक, तरकारी, धान खेती गर्दै आएको तर ईन्धान अभावको करण कृषि उपकारण अभाव हुँदा थप चिन्ता बढेको बताउँछन् 

इन्धन अभावले दूध ढुवानीमा समस्या

Image
कृष्ण खनाल बुटवल, ११ कार्तिक । नवलपर ासी जिल्लामा ईन्धन अभावको कारण अत्यावश्यक साधन एम्बुलेन्स पनि प्रभावित भए, चितवनमा ईन्धन अभावको कारण दूध ढुवानी गर्न नसकेपछि किसानले दूध सडकमा पोखेर  विरोध गरे । तर  रूपन्देहीमा पनि डेरी व्यवसायीहरूले चर्को मूल्यमा खरि द गरेर  भएपनि दूध ढुवानी गरेका छन् । रूपन्देही डेरी व्यवसायी संघका अध्यक्ष अमृत भण्डारीका अनुसार  अन्य जिल्लामा ईन्धन अभावको कार ण दूध ढुवानीमा समस्या भएको जसको कार ण मिल्क होलीडेको कार ण किसान मर्कामा परेको भएपनि रूपन्देहीमा किसानको दूध संकलन गर्ने संस्थागत निर्णय अनुसार  ढुवानी नरोकिएको जानकारी गराए । उनले भने–‘अन्य जिल्लाहरूमा मिल्क होलिडे भएको छ तर  हामी, किसानलाई मर्कामा नपार्ने निर्णय अनुसार  किसानको दूध उठाउने गरेका छौं ।’ नेपाल डेरी एसोसिएसनका क्षेत्रीय संयोजक तथा रूपन्देही डेरी व्यवसायी समितिका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले भने–“मिल्क होलीडे अन्त्य गर्नको लागि २५०–३०० रूपैयाँ सम्ममा ईन्धन खरि द गर ेर  किसानको दूध ढुवानी गरेका छै । उनले किसानले उत्पादन गरेको दूध दसै तिहार  तथा छठको अवसर मा खेर  फाल्न नपरोस

अभाव,झेल्दै दसैं यात्रा

Image
कृष्ण खनाल  बुटवल, १ कार्तिक ।  अघिल्लो बर्षहरुमा पनि प्रयाप्त मात्रामा सार्वजनिक सवारी साधन  थप्ने  र सार्वसाधारणहरुलाई सहजरुपमा  यात्रा गराउने यातायात व्यवसायीहरुले प्रतिवद्वता जाहेरगर्दथे । नेपालकै सबैभन्दा बढि  यातायात व्यवसायीहरु संलग्न भएको पश्चिम नेपाल बस व्यवसायी संघले गत बर्ष साविक बसहरु भन्दा ५० प्रतिशत थप बस सञ्चालनमा ल्याएको थिायो । ति बसमा पनि यात्रुहरुको चापाँचाप उस्तै थियो । तर अहिले झन भारतले गरेको अघोसित नाकाबन्दीको का रण एउटै बसमा सयौं यात्रुहरु, बसको गल्ली, छत(हुट) मा  बसेर र झुण्डीएर यात्रा गरिरहेका छन् ।  सवारी साधनमा प्रयोग हुने ईन्धनको चर्को अभावको कारण पश्चिम नेपाल बस व्यवसायी संघले साविक दैनिक चल्ने गाडीहरुमा आधा कटौती गरेको छ । संघमा करिव २२ सय यातायता व्यवायीहरु आवद्व रहेका छन्  । दैनिक बुटवल बस पार्कबाट मात्र दशैको सयमा करिव ५ सय भन्दा बढि गाडीहरु बाहिरीरहेका छन् ।  पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले ईन्धन अभावको कारण  साविकको बस भन्दा आधा कटौती गरेको बताउछन् । विषम परिस्थीतको कारण गत बर्ष जस्तै यस बर्ष थप, दशैको लागि गाडी  सञ्चाल

मल अभावमा धान उत्पादन अाधा घट्ने संकेत

Image
कृष्ण खनाल बुटवल, २७ असोज ।  नयाँ संविधान जारी पछि परिर्वतनको आशा गरेका रुपन्देहीका किसानको आस निराशामा परिरण हुन पक्का भएको छ । नेपालको प्रमुख खाद्य बाली धान फुल खेल्ने र दाना पलाउने समयममा भएको मलखादको चरम अभावको कारण करिव ५० प्रतिशत नै धान उत्पादनमा कमी आउने संभावना बढेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार समग्र तराईको जिल्लामा धान उत्पादन मा करिव ७० प्रतिशत सम्म घट्ने संभावना भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी बताउँछन् ।  उनी भन्छन्–‘किसानले मल हाल्ने बेलामा मलखाद पाएन्न, सिंचाहीको लागि पनि जेनेरेटरमा हाल्ने तेल पाएनन्, जसले गर्दा करिव ५० प्रतिशत  धान उत्पादन घट्ने संभावना बढेको छ ।   रूपन्देहीबाट उत्पादितमध्ये ५० प्रतिशत धान जिल्लाबाहिर खपत हुन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार रूपन्देहीको ८२ हजार हेक्टर कृषियोग्य जमीनमध्ये ७० हजारमा खेती हुन्छ, जसबाट करीब तीन लाख टन धान उत्पादन हुन्छ । खडेरीले अन्यत्र रोपाईं प्रभावित भए पनि रूपन्देहीमा ९९ प्रतिशत खेतमा रोपाईं गरिएको थियो । तर,धानमा मल राख्ने

विकल्पमा ‘बाईपासप रोड’

Image
कृष्ण खनाल बुटवल, २१ असोज । बढ्दो शहरी करणसंगै सवारी साधनकोउच्च चाँपलाई घटाउनको लागि यस क्षेत्रका स्थानियहरुले बुटवलको राजमार्ग चौराह देखि बेलबास जोड्ने बाईपास  सडककाे माग गरेका छन् ।   बुटवलको राजमार्ग चौरहा देखि गोलपार्कसम्म अहिले कायम गरिएको ७५ फुट सडकमा बढ्दो सवारी चापलाई मध्यनगर गर्दै ‘बाईपास रोड’ को रुपमा राजमार्ग चौराह देखि बेलबास जोड्ने सडक अविलम्ब निर्माण गर्नुपर्ने  बताएका हुन  । सडक विभागले केही समय पहिला कायम गरिएको ७५ फुट सडकलाई अहिले ८२  फुट कायम गर्न भन्दै घर घरमा ‘रातो चिन्ह लगाईएको’ जसबाट अरवौंको क्षती हुने भन्दै  बजार क्षेत्रमा ७५ फुट नै कायम गर्नुपर्ने माग गरेका छन् ।  यस भन्दा पहिला सडक विभागले सडक क्षेत्राधिकार ७५ फुट कायम गरेको तर अहिले ८२ फुटको कुरा गर्नुआफैमा सान्र्दभिक नभएको  व्यवसायी तथा घरधनीहरुको भनाई रहेको छ  । विहिवार बुटवलमा  घरधनीहरुको भेलाबाट सडकले पहिला ७५ फुट र अहिले ८२ फुट कायम गर्न लागेको भन्दै यसमा ध्यानार्कषण भएको जनाइएको छ ।  बुटवल उपमहानर पालिकाकाले पहिला नै ७५ फिट  सडक क्षेत्र कायम गरी नक्सा पास गरेको भन्दै पुन अहिले सडक विभागले ८२

कृषि सहकारी मार्फत लगानी बढ्दो

Image
कृष्ण खनाल बुटवल, २० असोज ।  रूपन्देही जिल्लामा पछिल्लो समयमा कृषि सहकारी संस्था गठन गरी सामुहिक लगानी गर्ने क्रम बिस्तारै बढ्दै गएको छ । केही बर्ष पहिला पशुपाल न, पंक्षिपालनमा मात्र सीमित भएका कृषि सहकारी संस्थाहरूले पछिल्लो समयमा सहकारी मार्फत बहुउद्देश्यिक रूपमा लगानी गर्न थालेका छन् । कुनै एक क्षेत्रलाई लीज (भाडामा) लिएर त्यहाँ माछापालन, बंगुरपालन, गाईपालन देखि लिएर धान खेती तथा तरकारी खेतीमा समेत अग्रसर भएको पाइएको छ ।   डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार आर्थिक बर्ष २०७१÷७२ को असार मसान्त सम्म रूपन्देहीमा बहुउद्देश्यीय÷कृषि सहकारीको संख्या २ सय ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् । सोही समयमा बहुउद्देश्यीय कृषि सहकारी संस्थाले ८० करोड २८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब १९ करोड ५१ लाख ९ हजार लगानी गरेको डिभिजन सहकारी कार्यालय रूपन्देहीको वेभसाईटमा उल्लेख गरिएको छ । त्यस्तै सोही अवधिमा दुग्धजन्य सहकारीहरूले कुल ७ करोड, ६ लाख ५६ हजार निक्षेप संकलन गरी कुल २ करोड ७५ लाख ९० हजार रूपैयाँ ऋण लगानी

यहि अवस्थामा ‘अग्रीम बुर्किङ्ग टिकट’ खुल्दैन

Image
कृष्ण खनाल बुटवल, १९ असोज ।  दशैंको घटस्थापनाको दिन आउन अब ठ्याक्कै एक साता छ । आगामी मंगलबार घर–घरमा दशैमा प्रयोग हुने जमरा राख्ने, विधी र परम्परा अनुसार दशैघरमा फुलपाती भित्राउने गरिन्छ । अघिल्लो बर्ष  यो समयमा चलहल–पहल बेग्लै हुन्थो । ठाउँ–ठाउँबाट घरजानको लागि टिकट बुर्किङ्ग खुल्ला भएकोकारण बजार तथा यातायातामा  चहलपहल हुन्थो । यसबर्षको वडादसैं आउन दुई साता पनि समय छैन ।  तर नेपालकै सबैभन्दा बढि यातायाताव्यवसायीहरु संलग्न भएको पश्चिम नेपाल बस व्यवसायी संघले यातायातमा प्रयोग हुने ईन्धनको अभावको कारण अग्रमी बुकिङ्ग गर्न नसक्ने बताएको छ । ‘पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले ‘अहिलेकै  विषम परिस्थीतिमा अग्रीम टिकट बुकिङ्ग खोल्न नसक्ने ’ बताएका छन् । 

सहकारी चेतनाको अभावले एउटै प्रकृतीको सहकारीमा सदस्य हुने क्रम बढ्दो

Image
कृष्ण खनाल बुटवल, १७ असोज । सहकारी ऐन २०४८ अनुसार एउटा सहका नेपाल सरकारले ल्याएको राष्ट्रिय सहकारी नीति, २०६९ खण्ड १०को उपखण्ड ५.७मा सहकारी संस्थाहरूमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्न र लागत प्रभावकारिता कायम गर्न “एक सदस्य एक सहकारी” को नीति अंगिकार गरिने छ । भनेर उल्लेख गरिएको छ । नेपाल सरकारले एक व्याक्ति एक सहकारीमा पहुँच हुने गरी सहकारी मार्फत एकै व्याक्तिले धेरै स्थानबाट लाभ लिने भएकोले एक सहकारी बाट एक जनाले मात्र लाभ लिन पाउने गरी यस्तो व्यवस्था गरिएको नीतिमा उल्लेख गरिएको छ ।  सोही नितीको खण्ड १० को उपखड ५.८ मा कुनै निर्दिष्ट भौगोलिक क्षेत्रमा एउटा विषयको कारोवार गर्ने सहकारी  संस्थाहरूको संख्या अत्यधिक भई अस्वस्थ प्रतिस्पर्धाको स्थिति देखिएमा निश्चित अवधिका लागि त्यस्तो सहकारी बन्द गराउन सकिने समेत उल्लेख गएिको छ । ३३  हजार सहकारी संस्थाहरु रहेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नेपालका  अनुसार  नेपालमा १३ हजार ७ सय सहकारीहरुले बचत तथा ऋण को काम मात्र गर्दै आएका छन् ।  उनी भन्छन्–‘नेपालको कुल ग्रस्थ उत्पापदनमा कृर्षिमा ३३ प्रतिशत र  राष्ट्रिय अर्थतन्त्रमा ३ प्र

नाममात्रको वृक्षरोपणले लाखौ विरुवा खेरा

Image
जिल्ला वनको लागानी बालुवामा पानी कृष्ण खनाल बुटवल, १६ असोज । बुटवल हिलापार्क मनिविर बाटिका केही माथि भ्यु टावर नजिकै ठुलो फ्लेक्स बोर्ड टाँसीएको छ । ‘ईनरह्वील क्लव अफ बुटवल द्वारा गरिएको बृहत वृक्षरोपण कार्यक्रम,अध्यक्ष मिरा ओझा २०१५÷१६’ लेखिएको उक्त बोर्ड भन्दा करिव १० मिटर नजिकै अर्को टिनको बोर्डमा लेखिएको छ –‘नेपाल मगर महिला संघ नगर समिति बुटवलद्वारा वृक्षरोपण–२०७२’ यी  केही उदाहरण मात्र हुन । विभिन्न संघ–संस्थाले वृक्षरोपण गरिएको भन्दै बुटवलहिलपार्क परिषद्मा करिव दुई दर्जन  भन्दा बढि स्थानमा  क्लब, संघ–संस्था तथा समुहको होर्डिङ्ग बोर्ड अहिले पनि प्रस्ट  देख्न सकिन्छ ।  विहानको समयमा मर्डिङ्ग वाकको समयमा हिलपार्क पुगेका बुटवल मिलनचोकका देवबहादुरा थापाले भने–‘नाम मात्रको प्रचारको लागि गरिएको वृक्षरोपण हालत हेर्नुस्त ।’ मनविर बाटिकको पैदल मार्गको केही दायाँ पट्टी रोपेर तेतिकै छोडेपछि मरेका करिव १५÷२० वटा विरुवा देखाउँदै उनले भने ।  उनले थपे–‘वृक्षरोपण गरियो, वातावरण संरक्षणमा ठुलो  योगदान गरियो भनेर कार्यक्रममा भाषणा छाड्ने आयोजकले पछि कुनै पनिदिन उक्त विरुवा कस्तो भयो, विरुव

निरन्तरको बन्दले उद्योगी आजित

Image
ऋण लिएर उद्योगीलाई मासिक किस्ता बुझाउन समस्या   कृष्ण खनाल बुटवल, १७ असोज ।  ५० दिन देखि तरार्ईंमा भएको निरन्तरको बन्दले उद्योग धरासायी बन्दै गएको प्रति उद्योगीव्यवसायीहरु चिन्चित बनेका छन् ।  एकतर्फ लामो समय देखि भएको बन्दको कारण उद्योग धन्दामा कच्चा पदार्थको अभाव झेल्दै आएका उद्योगीहरु एकतर्फ उद्योग बन्द हुनु, उत्पादीत बस्तु बजारमा उपलब्ध गराउनु नसक्नु र कच्चा पदार्थको अभावले समेत त्रिपक्षिय मारामा उद्योग व्यसायीहरु परेको बुटवल उद्योग बणिज्य संघका व्यापार उपाध्यक्ष उज्जवल कसजु बताउछन् । उनी भन्छन्–‘लगातारको बन्दले उद्योग धन्दाको उत्पादन ठप्प हुँदा बैंक मार्फत ऋणमा काम गरेका उद्योगीहरुको उद्योग लिलाम हुने अवस्था समेत नआउला भन्न सकिदैन ।’ उनले रुपन्देहीको हक भारतबाट आयात हुने कच्च पादर्थ ढुवानीको समस्याको कारण उद्योग सम्म पुग्न सकेका छैनन् । बुटवल औद्योगीक क्षेत्रका उद्योगहरु आंशिक रुपमा सञ्चालन भएको भएपनि कच्चा पदार्थको अभाव र उत्पादित बस्तु बजारीकरणमा   ढुवानी समस्या भएकाले थप मारमा परेको उपाध्यक्ष कसजुको भनाई रहेको छ ।  उनले थपे–‘दैनिक,  साप्ताहिक र मासिक रुपमा किस्ता वुझाउने गर

मुगुका अनाथलाई रुपन्देहीमा आश्रय

Image
कृष्ण खनाल बुटवल, १४ असोज ।  मुगु जिल्लामा सानै उमेरमा बाउ आमा गुमाएका जयप्रकास थापाले कहिल्यै तराई देखेका थिएनन् । द्वन्द्वको कारण बेसाहारा भएका थापाले तराईको ठुलठुला घर देख्दा पहिलो पटक अच्चम मानेका थिए । तराइ कस्तो होला, के होला भनेर कल्पना गर्ने थापा अहिले यहि तराईमा हुर्केका छन् । सानैमा आमबाबु गुमाएका उनी आमा बुवाको मायाबाट बञ्चित भएका थिए ।  तर आफन्तीको सहयोगमा जिल्ला बाल कल्याण समितिबाट उनी अहिले रुपन्देहीको सैनामैना–१ बनकट्टामा रहेको अभियान नेपाल बाल आश्रममा आश्रीत छन् । आफ्ना  आमाबुबा गुमाएपनि उनी जस्तै ९ जना मुगुका १ जना पाल्पाका बालबालिकाहरुले अहिले उक्त आश्रममा  आमा बुबाको जस्तै  मायाँ र साथ पाएका छन् । नजिकै रहेको दुर्गा भवना उच्च माविमा पढ्दै आएका यि सबै वालवालीकाहरुको आश्रम नै घर लाग्ने गरेको बताउँछन् ।  विद्यार्थी जयप्रकास थापाले आफ्नो परिचय दिदै भने–‘मेरो नाम जयप्रकास थापा, म मगुबाट आएको, मेरो घर अहिले यहि हो, म दुर्गा भवान हाईयर सेकेन्डरी स्कुलमा पढ्छु ।’  दुर्गा भवानी उच्च मावि होला नी तिम्ले पढ्ने स्कुल है ? संवाददाताको प्रश्नमा उनले भने –‘होईन हाईयर से

१८ बर्ष विदेश भोगेपछि सहरमा मौरी पालन

Image
कृष्ण खनाल बुटवल, १३ असोज । पुर्खेली घर गुल्मीको दिगाममा हजुर ुबा तथा बुबाले पहिला देखि नै घरको वरी परी मुढे घार राखेर मौरी पाल्दै आएका थिए । कारणबस  उनको घर पुरै घर परिवार बसार्इं सरेर बुटवल आउनुप¥यो । बुटवल झरेर गाउँको जस्तै मौरी पाल्न सकिन्छ की सकिदैँन भनेर सोंचेका लेखनाथ बेल्बासेले अहिले बुटवल उप–महानरपालिका–१० सुख्खानगरमा व्यवसायीक रुपमा नै मौरी पालन गरेर उदाहरणीय बनेका छन् ।  गाउँबाट एक घार मौरी लाई झुल (मक्षणदानी) मा हालेर बुटवल ल्याएर मौरी पालन सुरु गरेका उनका घरमा अहिले २५ घार मौरी छन् । करिव ९ बर्ष पहिला बुटवल झरेका उनले गाउँमा आफ्नै दाईको घरबाट  बाउबाजेले पाल्दै आएको मौरीको एकघार मात्र ल्याएर  बुटवलमा मौरी पालन गरेका हुन् ।  बुटवल झरेको करिब ढेड बर्ष पछि मात्र मौरी सुरु गरेका बताउने उनले भने–‘यहा मौरी चरन ठाउँ छैन, मणिग्राममा लगेर राखेको पहिलो पटक मह काट्दा  ४ माना मह आयो  जसले थप मौरीको घार विस्तार गर्न मन लाग्यो ।’  सोही बर्ष उनले एक घारमौरीबाट ५ घार बनाए आधुनिक मौरी घारमा राखे । अहिले २५ घार मौरी मध्ये ९ घार छ  बुटवल र अन्य आफ्ना आफन्तीहरु  तिलोत्तमाको शिवपुर र मण