कृषि कर्मबाट सफल महिला समुह, बार्षिक १ करोड बढि आम्दानी

कृष्ण खनाल
बुटवल, कात्तिक । 
वि.स. २०६८  साल भन्दा पहिला रुपन्देहीको सैनामैना–५ (साविक पर्रोहा गाविस–७ ) कुस्मा की सतकली चौधरीको घरमा शौचालय पनि थिएन । 
सौचको लागि बाटो, खेतमा जानुको विकल्प थिएन् । उनी विगत सम्झीदै भन्छिन्–‘कसैले देख्लाकी भन्ने डरले छिटोछिटो शौच गरिन्थ्यो, अध्याँरोमा जाँदा कयौपटक लडियो, सर्प र जुकाको  पनि समस्या थियो ।’  तर अहिले उनको दैनिक परिर्वतन भएको छ । उनी संगै जय दुर्गा महिला समुहमा आवद्व भएका महिलाहरु  कुनै पनि सौचको लागि खेत, बाटोमा जादैन, घरमा नै सौचालय बनाएका छन्  । 
यति मात्र होईन्, समुहमा आवद्व भएका केही महिलाहरुले राम्रो आम्दानी गरेका छन्, भने आफ्नै पहलमा प्रत्येक शनिवार गाउमा हाटबजार समेत लगाउदै आएका छन् । आफुले उत्पादन गरेको सामान विक्रिका लागि हाटबजार लगाउने गरेको जय दुर्गा समुहकी अध्यक्ष शारदा शर्मा बताउछिन् । उनी भन्छिन्–‘गाउँमा उत्पादन भएको बस्तु विक्रिका लागि बजार जानुपर्ने बाध्याता अन्त्यको लागि आफ्नै हाटबजारको सुरुवात गरेका हौं  । 
प्रत्येक शनिबार साप्ताहिक रुपमा लाग्ने हाटबजारमा समुहमा आवद्व भएर उद्यममा लागेका महिलाहरुले आ आफ्नो उत्पादन लगेर विक्रि वितरण गर्दै राम्रो आम्दानी गरेका छन् । 
त्यहि आम्दानीबाट समुहले बार्षिक रुपमा १ करोड १८  लाख १५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । समुही अध्यक्ष शर्माका अनुसार तरकारी खेती, दुध, बाख्रा पालन, कुखुरा, च्याउ, परेवा, अन्न, तेल, दाल र अन्य गरी  सबै महिलाहरुको आम्दानीको   विवरण जम्मा गर्दा उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका हुन ।  अन्र्तराष्ट्रिय गैर सरकारी संस्था हेभर ईन्टरनेशनको सहयोग र स्थानिय सामुदायिक कल्याण कार्यक्रम नामक संस्थाको संमन्वयमा वि.स.२०६८ साल मंसिर १ गते समुह गठन गरिएको  थियो । 

२९ जना  महिला आवद्व रहेको उक्त समुह २०६९ साल बैशाख महिनामा मात्र  सामुदायिक कल्याण कार्यक्रम र हेफरको साझेदारीमा लघु उद्यमी शशक्तीकरण परियोजनामा आवद्व भएको थियो । 
समुहकी  कोषाध्यक्ष माँया चौधरीका अनुसार समुहले विभिन्न निकायसंग संमन्वय गरेर गाउँमा ४७ वटा शौचालय बनाएको छ । सरसफाईमा उल्लेखनिय योगदान पु¥याएको भन्दै  महिला समुहलाई १०हजार रुपैयाँको पुरस्कार समेत प्रदान गरेको थियो । सौचालय बनाउनको लागि महिला समुहले आफ्नो घुम्तीकोषबाट ६ हजार रुपैयाँ निव्र्याजे रकम प्रदान गरेको थियो । जसबाट  गाउमा थप १४ वटा शौचालय निर्माण गरिएको कोषाध्यक्ष चौधरीको भनाई रहेको छ । 
जिल्ला विकास समितिको सहयोगमा ५ लाख रुपैयाँको लागतमा महिलाहरुले कृषि संकलन केन्द्र निर्माण गरेका छन् । जसमा साप्ताहिक हाटबजार लाग्ने गर्दछन् । 
नेपालभरबाट उत्कृष्ठ समुहको रुपमा घोषणा भएको जय दुर्गा समुहलाई हेफर ईन्टरनेशनल ले ७० हजार रुपैयाँ राशीको स्वर्णीम प्रतिभा पुरस्कार प्रदान गर्न लागेको छ । कृषि राज्य मन्त्री राधिका तामाङ्गको उपस्थितिमा यहि कात्तिक ३ गते सैनामैनामा एक विशेष कार्यक्रम आयोजना गरी पुरस्कार प्रदानगर्न लागिएको हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत अनन्त शिलवाल बताउछन् । जुन पुरस्कार पाउने यस क्षेत्रको पहिलो समुह हो । 
हेफरको कार्यक्रम कार्यान्वयन गर्ने स्थानिय संस्था सामुदायिक कल्याण कार्यक्रम का संयोजक चित्र गौतमका अनुसार स्वणीम प्रतिभा पुरस्कार यस अघि रुपन्देहकि सुनमती चौधरीले प्राप्त गरी सकेकी छिन् । 
आर्थिक बर्ष २०७३÷०७३ मा समुहगत आम्दानीमा समुहले तरकारी विक्रिबाट कुल १४ लाख ५३ हजार, दुधबाट ३ लाख ७८ हजार, बाख्रा विक्रिबाट ४ लाख २३ हजार, स्थानिय कुखुरा विक्रिबाट १ लाख ३ हजार, च्याउ विक्रिबाट ३ लाख ८४ हजार, परेवा विक्रिबाट १६ हजार, अन्नवाली विक्रिबाट २४ लाख ३३ हजार, तेलबाली विक्रिबाट ५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै दाल वालीबाट ६ लाख ५५ हजार, अन्य रोजगारी, ज्यादा मजदुरीबाट ५४ लाख ४२ हजार रुपैया गरी कुल १ करोड १८ लाख १५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । 
 समुहमा आवद्व भएका महिलाहरुको व्याक्तिगत आम्दानीमा शुसिला चौधरीले ७ लाख ५६ हजार, पहुनी चौधरीले ४ लाख ४२ हजार ७ सय, मायाँ चौधरीले ७ लाख ५३ हजार ८ सय, चादनी चौधरीले ५ लाख ४२ हजार, मायाँ कुमारी चौधरीले ११ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन आम्दानी तरकारी खेती, अन्नवाली विक्रि, परेवा विक्रि, दालबाली विक्रि, दुध, तेलबाली, बाख्रा विक्रिबाट हो । 

 भनाई
शारदा शर्मा
अध्यक्ष, जयदुर्गा महिला समुह
विगतका दिनहरुमा हामी समुहमा बोल्न, जम्मा हुन पनि डर लाग्थ्यो, अहिले समुहमा आवद्वभएपछि महिलाका एक अर्काका समास्याबारे छलफल गर्न थालेका छौ । सुगम जिल्लाको ग्रामिण स्थानमा खोलीएको महिला समुहले ७० हजार रुपैयाँको पुरस्कार पाउनु आफैमा गौरवको विषय हो, हामी समुहमा आवद्वभएर आफु मात्र आम्दानी गरेका छैनौं, अन्यलाई पनि आम्दानी गर्नेबाटो देखाईरहेका छौं । 





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै