कृषिजन्य उत्पादन प्रर्वद्धन गर्दैै मेला महोत्सव

कृष्ण खनाल
बुटवल, मंसिर । 

अहिले मेला महोत्सवको मौसम छ । मेला महोत्सवमा कृषि जन्य उत्पादनलाई अहिले  विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवहरुले प्रथमिकताको रुपमा राखेका छन् ।
 बुटवलमा  बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ८ गते देखि  व्यापार महोत्सव आयोजना हुदै छ । उक्त मेलामा पनि कृषि जन्य उत्पादनलाई विशेष  प्रथमिकताको साथ अगाडी बढाईने बुटवल  उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउँछन् । उनका अनुुसार कृषिजन्य उत्पादनको प्रर्वद्धन लागि छुट्टै प्रर्दशनी पेभिलियनको व्यवस्थापन गरिने छ । 
यहि मंसिर २४ देखि पुस ४ गते सम्म तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम राष्ट्रिय औद्योगीक व्यापार मेला, कृषि एव्म पर्यटन प्रर्वद्धन महोत्सव–२०७३’ आयोजना हुदै छ । मेलाको कृषि तथा पर्यटन प्रर्वद्धन समितिका संयोजक राजकुमार पाण्डेका अनुसार मेलमा कृषिलाई पहिलो प्रथमिकता लिइएको छ । 
मेलामा  जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय र मत्स्य विकास केन्द्र तथा मत्स्य व्यवसायीहरुको संयोजनमा विभिन्न प्रतियोगीता, कृृषि जन्य उत्पादन लाई प्रर्दशनीमा राखिने छ । यस्तै मेलामा माछाको मःम, केराको मःम लगायत माछा जन्य परिकारहरु  समेत राखिने छ ।  उनी भन्छन्–‘किसानले उत्पादन गरेको कृषि जन्य उत्पादनलाई  प्रतियोगितात्मक रुपमा पुरस्कृती समेत गरिने कार्यक्रम तय गरिएको छ  ।’
यसरी मेला महोत्सवमा राखिने मेला तथा महोत्सवमा आयोजकले अन्य व्यवसायीक स्टलहरु भन्दा आधा भन्दा बढि सहुलियतमा किसानहरुको स्टल राख्ने व्यवस्था गरेका छन् ।  संयोजक पाण्डेका अनुसार  च्याउको विभिन्न परिकार लगायत अन्य च्याउ जन्य उत्पादनको प्रर्वद्धनमा समेत विशेष जोड दिइएको छ । 

शान्ति, समृद्ध उधोग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार“ भन्ने मूल नारा सहित उधोग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको तेस्रो पश्चिमाञ्चल स्तरीय औधोगिक व्यापार मेला–२०७३ नवलरासीमा आजबाट सुरु हुने छ । 
राष्ट्रीय स्तरका उत्पादनहरुको बजार प्रवर्द्धन गर्ने मुख्य उद्धेश्यका साथ मंसिर २३ गते देखी पौष ०३ गते सम्म नवलपरासीको सुनवलमा सञ्चालन हुने मेलामा कृषि जन्य उत्पादनलाई विशेष जोड दिइएको नवलपरासी उद्योग बाणिज्य संंघका अध्यक्ष  भरत थापाले जानकारी दिए । 
उनका अनुसार मेलामा कृषिजन्य उत्पादन, प्रर्वद्र्धनका लागि छुट्टै कृषिको छुट्टै पेभिलियन राखिएको छ । मेलामा २०० स्टलमा कृषी प्रदर्शनीका स्टलमा जडिबुटी, औधोगिक कृषि मेशेनरी सामग्रीहरु राखिने छ । 
यसरी मेला तथा महोत्सव आयोजनाबाट  कृषि जन्य उत्पादनको   प्रर्वद्धनको लागि किसानको उत्पादन उपभोक्ता सम्म पु¥याउन सहज हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले यसरी आयोजना हुने विभिन्न मेला तथा महोत्सवका आ आफ्नो क्षेत्रबाट प्राविधिक तथा संयोजनात्मक सहयोग र्दै आएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । उनका अनुसार किसानले उत्पादन गरेको समान बजारीकरणको लागि मेला तथा महोत्सवको विशेष भुमिका रहने गर्दछ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै