‘टमाटार खेती गर्दा यि कुरामा ख्याल गरौ’


कृषि वार्ता
युवराज आचार्य
निमित्त प्रमुख, कृषि सेवा केन्द्र पर्रोहा रुपन्देही
वि.स.२०७० साल मंसिर २३ गते देखि नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगतको कृषि सेवा केन्द्रमा  खैरेनीबाट सेवा सुरभम्भ गरेका युवाराज आचार्य अहिले रुपन्देहीको  सैनामैना नगरपालिका पर्रोहामा रहेको कृषि सेवा केन्द्रमा निमित्त प्रमुखको रुपमा कार्यरत रहेका छन् । अवको किसानहरुले टमाटर लगाउने समय हो । यो मौसममा के कसरी टामाटर खेती गर्नुपर्दछ भन्ने विषयमा केन्द्रीत रहि  नावय प्राविधिक साहायक निमित्त कार्यालय प्रमुख आचार्य संग बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

कृषि सेवा केन्द्रले किसानको लागि के के काम गर्दछ ? 
–अहिले हाम्रो कृषि सेवा केन्द्र पर्रोहा अन्र्तगत युवा  लक्षित तरकारी उत्पादन कार्यक्रम अन्र्तगत आवेदन खुलेको छ, आईडब्लुआरएपी र  कृषि प्रसार कार्यक्रम अन्र्तगत २ वटा क्षेत्रका किसानहरुकोलागि अनुदान कार्यक्रमको फारम संकलन, सिफारिस तथा आवश्यक परामर्सको काम गरिरहेका छौं । यस्तै विउको लागि सिफारिस गर्ने काम भैरहेको छ भने जैविक मलको लागि किसानहरुको कति आवश्यकता हो भन्ने विषयमा डिमाण्ड संकलनको काम भैरहेको छ । तोरी, मुसुरोको विउ ५० प्रतिशत अनुदानमा यहिबाट वितरण गर्ने काम भैरहेको छ । 
किसानले कसरी पाउछन्? 
–जिल्ला कृषि विकास कार्यालयले निर्धारण गरेको कोटा अनुसार किसानले अनुदानको विउ पाउने हो । बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत हुन्छ । यो यहाँबाट ३ देखि ४ क्वीन्टल तोरीको विउ, ढाई क्वीन्टल मुसुरोको विउ वितरणको काम भैरहेको छ । 

अवको सिजन किसानहरुको लागि के के हो? 
–यो समय भनेको किसानहरुको लागि तरकारीमा लौका, काक्रा, बन्दा वोडी, सिमि, घिरौला लगायत का सबैजसो लहरे तरकारी वाली खेतीको सिजन हो । हाम्रो कार्यालयको अनुसार टिपीएस आलुको समेत डिमान्ड किसानहरुले गरेका छन् । च्याउ खेतीको लागि र टमाटारको लागि धेरै नै माग संकलन भैरहेको छ । 

टमाटरको खेती कसरी गर्नुपर्दछ ? 
–अहिले टमाटरको बेर्ना अथार्त विउ जमानउ बेला आएको छ । तराईको लागि भद्रा देखि नै  कार्तिक सम्म टमाटरको विउ व्याड राखिन्छ । अहिले किसानहरुको लागि टमाटरको बेर्ना जमाउने बेला केही खस्केको छ ।यो समयमा किसानले व्याड राख्दा समयमा नै उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्छन् ।  उचित समयमा उचित आम्दानी पाउदा किसानको लागि राम्रो हुन्छ । 

व्याड कसरी राख्ने ? 

–टमाटारको व्याड राख्दा लाईन वाई लाईनमा राख्नुपर्दछ  । टमाटरको विउ हाईब्रेड महङ्गो पर्ने भएको कारण बढि ख्याल गर्नुपर्दछ । एक मिटर चौडाई मा लम्बाई आवश्यकता अनुसार किसानहरुले व्याड राख्नु पर्दछ । यसको लागि किसानले माटोको तयार गर्दा मसिनो बुरबुराउदो माटो बनाउनुपर्दछ । लाईन २ ÷२ सेन्टीमिटरको  खली स्थान छोडेर राख्नुपर्दछ । 

यस क्षेत्रको लागि उयुक्त जात केके हो ? 
–तराईको लागि स्थानिय जात भन्दाद किसानहरुले हाईबेड जात बडि लगाउने गरेको पाइएको छ । तराईको हावापानीको लागि उपयुक्त हिमशोना, हिम किङ्ग जात रहेका छन्  । अन्य थुप्रै जात निस्केका छन्, मनिषा, ईन्डम जात पनि छन् । 

विरुवा रोप्दा कसरी रोप्ने ? 
–विउरुवा तयार भएपछि बेर्ना सार्ने समय भन्दा पनि किसानले ४ वा ५ पाते भएपछि मात्र बेर्ना सार्नुपर्दछ । अग्ला जातको लागि ७५÷४५ को दुरीमा रोप्नुपर्दछ । यसमया ड्याङ्ग देखि ड्याङ्गको दुरी ७५ सेन्टीमिटर र बोट देखि बोटको  दुरी ४५ सेन्टीमटिर हो ।  हिमसोना अग्लो जात हो । होचा  जातको लागि ६० वाई ४५ सेन्टीमिटरको दुरीमा बेर्ना रोप्नुपर्दछ । विरुवा रोप्दा आवश्यकता अनुसारको मलखात राखेपछि बल्ल रोप्नुपर्दछ । 

टमाटारको लागि मलखत कति आवश्यक हो ? 
–कम्पोष्ट मल २०० केजी एक रोपनीको लागि उपयुक्त हुन्छ, यस्तै नाईट्रोजन १० किलो  प्रतिरोपनी र फस्फोरस १० किलो प्रतिरोपनी र पोटास पनि ७ किलो प्रतिरोपानीको लागि सिफरिस गरिएको छ । 
सिंचाई कसरी र कुन समयमा आवश्यक छ । 
बेर्ना सारेपछि ख्याल गर्नुपर्ने भनेको सिंचाईंको लागि हो ।  विहान बेलुका वा आवश्यकता अनुसार बेना जागे सम्म सिंचाईं गर्नुपर्दछ । भने ड्याङ्ग–ड्याङ्गमा विरुवा रोपेको कारण हामीले ड्याङ्ग सिंचाही गर्नु आवश्यक पर्दछ ।  यो समय भनेको सुरुमा विरुवा नजागे सम्म, फुल फुल्ने समयमा र फल  पाक्ने समयमा बढि भन्दा बढि सिंचाईं दिनुपर्दछ । किसानले टमाटर रोपेको करिव ३ महिनामा टमाटर फल्न थाल्छ । 

टमाटरमा रोग के के लाग्छ ? 
–पाला भन्ने रोग लाग्छ । जसलाई कृषिका भाषामा अगौटे डडुवा र पछौटे डढुवा हो । डढुवाको कारण  किसान चिन्तीत हुन्छन् । यसको लागि किसानले नियमित रुपमा निरिक्षण गर्नुआवश्यक छ । डढुवा रोक्नको लागि सुरुपमा व्याडमा डाईथानियम ४५, मेटाएक्सल र मिन्कोजोम मिश्रीत विषादी  छर्नुपर्दछ । त्यसपछि एक दुईवटा बाटेमा  डढुवा लागेको छ भने तुरुन्त विषादी प्रयोग गर्नुपर्दछ । जनावारको गहुँत प्रयोग गरेर पनि नियन्ण गर्न सकिन्छ, सानो आकारमा   पाला लागेमा , अन्यथा  विषादी प्रयोगको विकल्प छैन । 
फलपाकेपछि विभिन्न किराहरुबाट बचाउनु आवश्यक छ । गवारो, माटो मुनीको जराकाट्ने किरा, खुम्रे किरा, सेतो झिंगे किरा, नोमाटोड, खरानी रोग पनि लाग्छ, यसको लागि किसानले समयमा नै ख्याल गरी विषादी प्रयोग गर्न सकिन्छ  । किरा र रोग वाहेक भाईसर पनि लाग्छ, पात बटारिने गरी  मोज्याक भाईसर लाग्छ । 

टमाटर टिप्दा कसरी टिप्ने हो ? 
–टमाटर टिप्दा अधिकांस किसानहरुले भेट्ना विना नै टिप्ने गरेको पाइएको छ, तर त्यसो होईन, टमाटर टिप्दा जहिले पनि भेट्ना सहित टिप्नुपर्दछ जसको कराण रोग र किरा लाग्न पाउदैन ।  जसले गर्दा टिकाउ पन बढि हुन्छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै