Posts

Showing posts from April, 2015

महाविपत्तीबाट बाँचेर फर्केरहरु भन्छनः–‘यस्तो आपत्ती कहिल्यै नआओस’

Image
कृष्ण खनाल बुटवल, १६ बैशाख ।  गुल्मी जिल्लाको ईस्मा गाविस–३ का गोकर्ण भण्डारी काठमाण्डौको घट्टे कुलोमा  विहानको खादै थिए । शनिवारको दिन भएकोले अलि ढिला गरी खाना बनाएर खादै गर्दा जमिन कापेजस्तो भयो । उनी भन्छन्–‘शरिर काँपेर रिंगटा लाग्ला  जस्तो भयो, घर पिङ्गखेजस्तो भयो, जुठै हाट खान छोडेर भागियो ।’  शंकरदेव क्याम्पसमा विविएस तेस्रो बर्षमा पढ्दै गरेका उनीको समुहमा अन्य ३ जना साथिहरु रहेका छन् । बुधवार नीजि विद्यालयहरुले उपलब्ध गराएको निःशुल्क बसमा बुटवल आएका उनले भने–‘यस्तो आपत्ती देख्न नपरोस ।’  दुई तल घरमा बाहालामा बस्दै गरेका उनीहरु  गुल्मीका साथीहरुको समुह बनाएर काठमाण्डौमा अध्यायनको लागि बसेका थिए । मंगलबार  समुहका सबै साथीहरु  सकुसल  बुटवल सम्म आए । तर आँखै अगाडी अन्य मानिसहरुको रगताम्मे लास देख्दै अझै पनि खुट्टा काँपीरहेको गुल्मीकै ईस्मा गाविसका सुशिल गौतमले बताए ।  काठमाण्डौ देखि प्याब्सन, एनप्याब्सन र हिसान लगायतका नीजि विद्यालय संगठनहरुले  उपलब्ध गराएको रेडईभेन्ट कलेजको गाडीमा चितवनको नारायणगढ सम्म आएका उनीहरुलाई नारायणगढ देखि बुटवल सम्म एक्स आर्मि बोर्डिङ्ग  स्कुलको

स्वणीम सहकारी प्रकरण लेखा परिक्षणले भन्यो–‘अधिकांस कार्य सहकारी मापदण्ड विपरित’

Image
कृष्ण खनाल  बुटवल, ११ बैशाख ।  लामो समय देखि विवादमा रहेको स्वर्णीम बचत तथा ऋण सहकारी संस्था बुटवलको छैठौ साधारण सभा कडा सुरक्षाका विच मंगलवार सम्पन्न भएको छ । निक्षेप कर्ताहरुले आफुले जम्मा गरेको रकम तुरुपन्त पाउनुपर्ने भन्दै केही समय साधारण सभा समेत अवरोध गरेका थिए । पछि असार मसान्त भित्रमा निक्षेप कर्ताहरुको सम्पूर्ण रकम फिर्ता दिने भन्ने सञ्चालक समितिको भनाई पछि साधारण सभाले नयाँ कार्यसमिति र लेखा समिति गठन गरेको छ । साधारण सभामा प्रस्तुत गरिएको लेखा परिक्षण प्रतिवेदनमा अधिकांस कार्य–‘सहकारी मापदण्ड–२०६८’ विपरित भएको उल्लेख गरिएको छ । सि।एम। एण्ड एशोसिएट्स चार्टड एकाउन्टेडण्न्ट पारशमणी अर्यालय तयार गरेको लेखा परिक्षणको प्रतिवेदन अनुसार सहकारी संञ्चालकहरुले करिव दर्जन भन्दा बढि  कार्य सहकारी मापदण्ड अनुसार नगरेको पाइएको हो ।  लेखा परिक्षणको क्रममा देखिएका कैफियत तथा सुझावहरु महलमा १२ वटा बुदाँ उल्लेख गरिएकोमा १२ वटै बुदामा सहकारी मापदण्ड विपरित काम भएको र  सहकारी विभागद्वारा जारी सहकारी मापदण्ड व्यवस्था लागु गर्न सुझाव दिएको छ ।  अन्य कैफियतमा १४ वटा बुँदा उल्लेख भएक

उद्योगीहरुद्वारा विद्युतमा धर्ना, प्राधिकरण भन्छ–‘वेतुकको आन्दोलन’

Image
कृष्ण खनाल बुटवल, ८ बैशाख ।  गत सोमबार बाट नेपाल विद्युत प्राधिकरण बुट वल वितरण शाखामा बुटवल औद्योगीक क्षेत्र उद्योग संघको नेतृत्वमा भएको तिन दिने धर्ना कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरणले ‘अर्थहिन आन्दोलन’को संघा दिएको छ । नेपाल सरकार औद्योगीक नितीमा नै उल्लेख नभएको माग ‘औद्योगीक क्षेत्र लोडसेर्डिङ्ग मुक्त बनाउनुपर्ने’ भन्दै गत सोमबार आधा घण्टा, मंगलबार १ घण्टा लालटिन सहित उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखामा धर्ना दिदै आएका छन् ।  बुधवार पनि २ घण्टा धर्ना कार्यक्रम रहेको औद्योगी क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्याल बताउछन् ।  नेपालको औद्योगीक नितीमा  औद्योगीक क्षेत्रका उद्योगहरुलाई लोड सेर्डिङ्ग मुक्त बनाउने भन्ने उल्लेख गरिएको छैन तर  बुटवल औद्योगीक क्षेत्र उद्योग संघका उद्योगीहरुले  प्राधिकरणको वितरण शाखामा धर्ना कार्यक्रम गर्नुलाई ‘बेतुकको आन्दोलन’को संघा दिएको छ । केन्द्रीय स्तरमा नेपाल सरकारलाई दबाब मुलक कार्यक्रम गरी देशभरका औद्योगीक क्षेत्रलाई लोडसेर्डिङ्ग मुक्त बनाउन तर्फ पहल गर्नुको साटो स्थानिय स्तरमा धर्ना कार्यक्रम गर्नुको कुन

रुपन्देही धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य

Image
कृष्ण खनाल   बुटवल, ७ बैशाख । गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बनिरहेको बेला  रुपन्देहीकै अर्को स्थानमा समेत धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने आँकन  गरिएको छ ।   विश्वभर रहेका बौद्ध धर्माम्बलीहरुको  उत्कृष्ठ गन्तव्यको रुपमा रहेको गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि केही कोस टाढा नेपालमा ४ धाम र भारतका ४ धाम गरी ८ धाम निर्माण गरिने भएपछि  रुपन्देही जिल्ला  अझै बलियो धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बन्न सक्ने मोक्षधाम सेवा आश्रम भलवारीका अध्यक्ष रोमणी प्रसाद पाठक बताउँछन् ।  गौतम बुद्धको जन्मभुमी नजिकै यस्तो प्रकारको मोक्षा धाम निर्माणले लुम्बिनीमा आउने केही मात्र पर्यटन मोक्षा धाम ल्याउन सकेमा त्यस क्षेत्रको साथै रुपन्देहीको  कायापलट हुने उनको धारणा रहेको छ । उनी भन्छन्–‘रुपन्देहीमा मोक्षधाम निर्माण भएरपछि चारधामको लागि भारत जानुपर्ने तथा अन्य धामको लागि देशभर जानुपर्ने  बाध्यताको अन्त्य हुने छ ।’ आठ धाम निर्माणको लागि बुटवलमा बैशाखको ९ देखि १९ गते सम्म ‘श्रीमदभागवत शिवार्चन पितृ मोक्ष मोक्षधाम धार्मिक महोत्सव २०७२’ आयोजना गर्न लागिएको छ

जुत्ता मेला–२०७१ : स्वदेशी उत्पादनमा उपभोक्ताको चासो

Image
कृष्ण खनाल बुटवल, ६ बैशाख ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शंकरनगरकी शरिता गिरी बुटवल उद्योग बाणिज्य संघकोहलमा जारी जुत्ता मेलामा स्यान्डील छान्दै थिईन् । उनी संगै बहिनी, आमापनि थिईन् । विगतका दिनमा भारतिय स्यान्डील, जुत्ता लगाउने गरेकी उनीले भन्दैथिईन्–‘नेपाली  स्यान्डील र जुत्ता पनि भारतिय भन्दा के कमी रहेछ र ? ’ उनले थपिन्–‘देख्दा क्वालीटी राम्रो छ , अरु कुरा लगाएर थाहा होला । ’ उनको सबै परिवार ले अफ्नो परिवारमा चाहिने जुत्ता र किचनमा प्रयोग हुने चप्पल समेत किने ।  butwal today, 2072, 01, 06  गुल्मी जिल्लाको शान्तीपुर घर भई अहिले बुटवल बहुमुखी क्याम्पमा स्नातह तक तेस्रो बर्षमा पढ्दै गरेका बसन्त भुषाल ले पनि अर्को स्टलमा क्याम्पस पोशाकमा लागउनुपर्ने ल्यादरको जुत्ता किन्दै थिए । जुत्ता किनेपछि प्रतिक्रिया दिदै उनले भने–‘क्वालीटी राम्रै छ, अन्य भन्दा पनि सस्तो छ ।’ यो आईतबार बुटवलमा जारी जुत्ता मेलाका किनमेलका लागि आएका केही प्रतिनिधी उदाहरण मात्र हुन । गत बैशाख ३ गते देखि नेपाल युवा उद्यमी मञ्चको आयोजनामा बुटवलमा जारी जुत्ता चप्पल मेलामा आईतबार सम्म करिव ७  हजार ल

उत्कृष्ट सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै गाह्रो

Image
कृष्ण खनाल बुटवल, ५ बैशाख । अहिले जिल्ला–जिल्लामा भर्ना अभियान जारी छ ।  विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न अनुरोध सहित  विद्यालयका शिक्षक तथा विद्यालय यव्यवस्थापन  समितिका पदाधिकारीहरु घरदैलोमा रहेका छन् । कुनै विद्यालयमा विद्यार्थी अभावको कारण बन्द हुने अवस्थामा छन् भने कयौ विद्यालय मर्जरको प्रक्रियामा रहेका छन् ।  तर रुपन्देहीका केही उत्कृष्ठ सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु थेग्नै विद्यालयलाई अफठारो परेको छ । भर्नाको लागि केही निश्चित कोटा निर्धाण  गरेको भएपनि आवश्यक भन्दा तिन गुण बढि विद्यार्थीहरु भर्नाको लागि आएपछि विद्यालयहरुले प्रवेश परिक्षा(ईन्ट्रान्स )समेत सञ्चालन गरेका छन् ।  रुपन्देहीको उत्कृष्ठ सामुदायिक विद्यालयको पहिचान बनाएको कालिका उच्च माविमा शुक्रवार प्रवेश परिक्षामा ७ सय २९ जना विद्यार्थी उपस्थिती भएर प्रवेश परिक्षा दिएका छन् ।  विद्यालयले जम्मा ४ सय ३८ जना विद्यार्थीहरुलाई मात्र भर्ना गर्ने गरी संख्या निर्धारण गरेर प्रवेश परिक्षा लिएको छ ।  अंग्रेजी र नेपाली माध्यममा कक्षा नर्सरी देखि कक्षा ९ सम्म अप्राविधिक र प्राविधिक समेत गरी  निश्चित  स

अव बुटवलबाट कम्पनी दर्ता उद्योगीलाई काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य

Image
कृष्ण खनाल बुटवल, २७ चैत । गत चैत ११ गते बुटवल उद्योग बाणिज्य संघ बुटवलको कायालयबाट ‘सुनौलो विहान ईन्भेष्मेन्ट कम्पनी लिमेटेड’ नेपाल सरकार कम्पनी रजिष्ट्रिार कार्यालय काठमाण्डौमा दर्ता भयो । कम्पनी दर्ता मात्र भएन, दर्ता भएको प्रमाण पत्र समेत तत्काल  सञ्चालकले हाता पारे । उक्त कार्यको लागि कम्पनीका सञ्चालकले नतकुनै कानुनी व्यवसायीलाई गुहार्नु प¥यो, न काठमाण्डौ नै जानु पर्ने झन्झट ।   मोफसलमै कम्पनी दर्ता गरी प्रमाणपत्र को  दिने  सहज व्यवस्था मिलाएको थियो बुटवल उद्योग बाणिज्य संघ बुटवलले ।   वि.स.२०७० साल पुस १२ गते  नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघका विचमा भएको सम्झौता अनुसार सोही मितिबाट बुटवल उद्योग बाणिज्य संघले समेत उक्त कामको सुरुवात गरेको भएपनि व्यवहारिक कार्यान्वयन हुन सकेको थिएन् । विभिन्न पुर्वाधार र जनशक्तिको कारण उक्त कार्यको थालनी गर्न नसककेमा वि.स.२०७१  चैत ११ गते पहिलो उद्योग दर्ता भएको प्रमाण पत्र बुटवल उद्योग बाणिज्य  संघले उद्योगीलाई हस्तानान्तरण गर्न सफल भयो ।  एउटा  मात्र प्रमाण पत्र होईन, यस क्षेत्रका नयाँ उद्योगीहरुले कुनै पनि उद्योग, संघ सं

फिचर समाचार : अपाङ्गताले छेकेनःमहिला उद्यमीलाई

Image
कृष्ण खनाल बुटवल,  २ ६ चैत ।    प्रवेशिका परिक्षा दिँदाको दिन सम्म उनीमा कुनै समस्या थिएन् ।  प्रवेशिका परिक्षा दिँदा २०४९ सालमा प्रवेशिका परिक्षा दिदै गर्दा उनले ज्यामितिमा सोधिएका प्रश्नको धर्सा चिन्न सकिनन् । त्यसपछि उनको आँखामा समस्या सुरु भएको । पर्वत जिल्लाको ठुलिपोखरी गाविस–१ मा जन्मीएकी कुमारी शर्माले तत्काल आँखाको उपपचार गराउन पाईनन् ।   जसको कारण उनको   दृष्टि गुम्यो । विवाह बन्धनमा बाधिँएपछि उनी न्युन दृष्टिविहिन बनेकी थिईन । अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवा मोहनपुरमा बस्दै आएकी  उनै  न्युनदृष्टिविहिन कुमारी अहिले घरमा दरिलो आर्थिक खम्बाको रुपमा उभिएकी छिन् ।   ४ बर्ष पहिला नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देही नामक गैरसरकारी संस्थाबाट २ हजार ५ सय रुपैया ऋण लिएर शर्माले अगरवत्ती उत्पादन गर्न थालिकी थिईन् ।  सुरुमा २ हजार ५ सयबाट सुरु भएको उनको व्यवसायमा अहिले स्थीरपुँजी करिव ५० हजारको रहेको छ ।  सिजनको बेला २५ देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको बताउने उनी भन्छीन्–‘दृष्टिविहिनरुले समाजमा केही  गर्न सक्दैनन् समाजको बोझमात्र बन्छन् भ

पशु चिकित्सको आन्दोलन ले लाखौ किसान मर्कामा

Image
कृष्ण खनाल बुटवल, १९ चैत । रुपन्देहीको मोतिपुरका कुखुरापालक किसान राम बहादुर थापाको पोल्ट्री फर्ममा अहिले ९ सय कुखुरा तयारी अवस्थामा रहेका छन् ।  कु खुरा बजारमा पठाउनको लागि तयार भएपनिउनले कुखुरा बेच्न पाएका छैनन् । उनले पोल्ट्री फर्ममा उत्पादन भएका कुखुरा बाहिर पठाउन पाएका  छैनन् भने बाहिरबाट चल्ला समेत ल्याउन सकेका छैनन् । जसको कारण हो पशु चिकित्सकहरुको आन्दोलन ।   नेपाल पशु चिकित्सा परीÈद (भेटेरिनरी काउन्सिल) ऐन २०५५ ले पशुचिकित्सा विज्ञानमा कम्तिमा स्नातक उर्तीण व्यक्तिलाई मात्र काउन्सिलमा दर्तागर्ने र त्यसरी दर्ता भएका चिकित्सकबाट गठन भएको कार्य समितिले देशभरका पशु चिकित्सक र शिÔालयको नियमन गर्ने व्यवस्था गरेको छ । जुन व्यवस्था परिर्वतन गरेर भेटेरिनरी जेटी जेटीएलाई पनि काउन्सिलमै राख्न खोजिएको छ ।  पशु चिकित्सहरुले उक्त प्रवधान खारेजी हुनुपर्ने भन्दै सम्पूर्ण कामकाज ठप्प पारेका छन् । जसको कारण खुकुरा पालक किसान मात्र नभई पशुपालक किसान देखि दाना उत्पादक कम्पनी र व्यवसायीहरु समेत प्रत्येक्ष मारमा परेका छन् ।   कुनैपनि पोल्ट्री फर्मबाट कुखुरा बाहिर पठाउँदा वा फर्ममा ब

रुपन्देहीमा मानव अधिकार उलंघनका उजुरी बढ्दो

Image
2071/12/19   मा प्रकाशित कृष्ण खनाल बुटवल, १९ चैत गएको ६ महिनाको तथ्यांक अनुसार ईलाका प्रहरी कर्यालय बुटवलमा १८ वटा बलत्कारका उजुरी दर्ता भएका छन् । जसमा जवरजस्ती करणीका ११ जटा र जवरजस्ती करण उद्योेगमा ७ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये अधिकांस उजुरीहरु कानुनी प्रक्रिया अनुसार अगाडी बढिसकेका छन् । सोही अवधिमा ४० वटा महिला हिंसा अन्र्तगतका उजुरी दर्ता भएका छन् जसमध्ये ३३ वटा कानुनी प्रक्रियामा आगाडी बढेका छन् भने ७ वटा उजुरी मिलापत्रमा टुङ्गाएको छ । यो ईलाका प्रहरी कर्यालय बुटवलको मात्र तथ्यांक हो । रुपन्देही जिल्लमा विभिन्न स्थानरुमा रहेका ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत यसरी घटनाको उजुरी दिने क्रम विस्तारै बढ्दै गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दिलिप घिमिरेका अनुसार सो अवधिमा बहुविवाहका ३ वटा मुद्धा कानुनी प्रक्रिया अन्र्तगत अदालतमा पेश भएका छन् । पछिल्लो समयमा समाज विस्तारै अराजतकतर्फ बढ्दै जाँदा मानव अधिकार उलंघन र सामाजिक अवराध बढ्दै गएको मानवअधिकार कर्मीहरुको भनाई रहेको छ । यस क्षेत्रमा लामो समय देखि कार्यरत रहेको