किसानलाई दसैं भन्दा खेती स्याहार्ने चटारो

कृष्ण खनाल
बुटवल, असोज । 

नेपालीहरुकै ठुलो पर्वको रुपमा रहेको दसैं  टुपलुक्कै आएको छ । अधिकांस किसानहरुको खेतमा अहिले धान पहेलपुर बनेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  अनुसार रुपन्देहीमा अहिले करिव १० प्रतिशत भन्दा माथि किसानहरुले लगाएको धान काट्ने अवस्थामा रहेको छ । भने कतिपय किसानहरुले धान काटछाँट गरी भित्र्याई सकेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा अहिले १०  प्रतिशत किसानले लगाएको धान पाकीसकेको छ भने कतिपय किसानहरुले अहिले धान भित्र्याउदै छन् त कतिपयले काट्ने तरखरमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत सापकोटाका अनुसार रुपन्देहीमा धान काट्नको लागि त्यती समस्या छैन । जिल्लामा करिव ६० देखि ७० प्रतिशत यान्त्रीकरण भएको कारण किसानहरुले धान काट्नको लािग आधुनिक यन्त्रहरुको प्रयोग गर्नेगरेका छन् । उनी भन्छन्–‘धान काट्नको लागि अव कामदार नै खोज्नुपर्ने, कामदार नै नपाउने स्थिति छैन । ’
रुपन्देही जिल्लाको भौगोलीक वातावारण अनुकुल भएको कारण किसानहरुले कम्बाईन्ड हारवेष्टर लगायतका आधुनिक उपकरण प्रयोगबाट धान काट्दै आएका छन् । यसको अलवा स सानो स्केलको लागि पनि मिनि हारवेष्टर समेत किसानलाई उपलब्ध गराइएको छ । 

जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई ५० प्रतिशत सम्म अनुदानमा आधुनिक धान काट्ने मेसिन कम्बाईन हारवेस्टर उपलब्ध गराएको छ । जसको कारण पनि धान काट्नको लागि किसानहरुले कामदार खोज्नुपर्ने अवस्थाको अन्त्य भएको हो । 
जिल्ला कृषि विकास कार्यालय प्रमुख भन्छन्–‘धान रोप्नको लागि केही समस्या थियो, आधुनिक मेसिनको अभाव थियो अहिले पनि छ, तर तर धान काट्नको लािगग समस्या छैन ।’
धान रोप्नको लागि अधिल्लो बर्ष देखि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले  विभिन्न किसान समुहहरुलाई अनुदानमा धान रोप्ने आधुनिक मेसिन प्रदान गरेको छ । आगामी दिनमा पनि यस्तै प्रकृतिका उपकरणहरु अनुदानमा प्रदान गर्ने गरी योजना अगाडी बढाइएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ  । 
रुपन्देही जिल्लामा आर्थिक बर्ष २०७२÷०७३ मा  कुल  ६९ हजार ६ सय हेक्टर मा धान खेती गरिएको छ । जसकबाट प्रति हेक्टर ४.६ मेट्रिक टन प्रतिहेक्टर क्षेत्रफलमा धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत नविन भण्डारीले जानकारी दिए ।
रुपन्देही जिल्लाको अलवा लुम्बिनी अञ्चलका अन्य जिल्लाहरु कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा पनिअधिकांस किसानहरुले धान भित्र्याउने चटारो परेको छ । खासगरी स्थानिय रैथाने धानको विउ रोपेका किसानहरु भन्दा पनि  आधुनिक हाईब्रेड धान रोपका किसानहरुको धान छिटो पाक्ने गर्दछ । अहिले मौसम अनुकुल भएको कारण रुपन्देही जिल्ला लगायत अन्य जिल्लाहरुमा पनि धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । 
कुन जिल्लामा कति धान खेती (लुम्बिनी अञ्चल)
क्र.स. जिल्ला खेती गरिएको क्षेत्र(हेक्टर)
रुपन्देही                   ६९,६००
कपिलवस्तु            ६९,८४०
नवलपरासी             ४६,५००
पाल्पा                      ८,७२०
अर्घाखाँची                        ८,१८१
गुल्मी                        १०,४६०
सोतः सम्बन्धीत जिल्ला कृषि विकास कार्यालय  । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै