Posts

Showing posts from January, 2016

बुटवल क्यापसको लापरवाही निर्णय नगर्दा अपाङ्गता विद्यार्थी भर्ना हुनबाट बञ्चित

Image
  कृष्ण खनाल बुटवल, १५ माघ ।  बुटवल बहुमुखी क्याम्पसबाट स्नातकतह उत्र्तीण गरेका टिकाराम पौडेल न्युन दृष्टिविहिन अपाङ्गता भएका  विद्यार्थीहुन । सोही क्याम्पसबाट स्नातकतह उत्तीर्ण गरेका मुकुन्द चालिसे पुर्ण दृष्टिविहिन विद्यार्थी हुन । उनी जस्तै सिता पोखरेल, युवराज पौडेल, मिलन थापा, श्रीधर भुषाल पनि केही दृष्टिविहिन त कोही शाररिक रुपमा अपाङ्गता भएका विद्यार्थी हुन । उनीहरुले स्नातक तह उत्र्तीण गरे पनि उनीहरुलाई बुटवल बहुमुखि क्याम्पसले स्नाकोत्तर तह (मास्टरलेवल) मा भर्ना  लिन नामान्दा अध्यायपन गर्न बाट बञ्चित भएका छन् ।  केही समय पहिला अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको दिन बुटवल बहुमुखि क्याम्पस परिषरमा आयोजना गरेको कार्यक्रममा अतिथि बनेका क्याम्पस प्रमुख प्रकाशबन्दु रेग्मीले जुन सुकै तहसम्म अपाङ्गता भएका व्याक्तिहरुलाई निःशुल्क अध्यापन गराउने भन्दै भाषणा ठोके ।  कतीपय अपाङ्गता भएका विद्यार्थीहरुले समेत तालि बजाए र खुसी साटे । तर अपाङ्गता भएका व्याक्तिहरुलाई सबै तह सम्म निःशुल्क अध्यायापन गराउने भन्दै  भाषणा ठोक्ने क्याम्पस प्रमुख रेग्मीले निर्णयपुस्तिका पल्टाउन भ्याएका रैनछन् । ज

कृषि मेलाको तयारीमा बुटवलका व्यवसायी

Image
बुटवल उद्योग बणिज्य संघको आयोजनामा यहि माघ २२ देखि २७ गते सम्म बुटवलमा कृषि मेला–२०७२ आयोजना हुँदैछ । विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि विशिष्टकृत मेलाको रूपमा कृषि मेला आयोजना हुन लागेको हो । यस क्षेत्रमा कमै मात्रामा हुने विशिष्टिकृत मेला बुटवल उद्योग बाणिज्य संघले निरन्तरता दिएको छ । कृषि मेला आयोजना हुनु आफैमा चुनौतिपूर्ण कार्य हो । यस क्षेत्रमा आयोजना हुने विशिष्टिकृत मेलाले विशेष महहत्व राखेको छ । यसपटकको मेलालाई बैकल्पीक ऊर्जा प्रवद्र्धनको लागि पहिलो प्राथमिकतामा राखेको आयोजक संस्थाले जनाएको छ । मेलाको तयारी कहाँ पुग्यो त ? यस विषयमा मेला संयोजक, सह संयोजक तथा बस्तुगत समितिका संयोजकहरू सँग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी । ‘कृषि मेला आफैमा विशेष मेला हो’ महेशमान सिंह अध्यक्ष तथा संयोजक सातौं कृषि मेला–२०७२  बुटवल उद्योग बाणिज्य संघले विगतका बर्षहरूमा पनि विशिष्टिकृत मेला आयोजना गरेको थियो । यो बर्ष पनि मेला आयोजना हुँदैछ । बुटवलमा पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेपछि यस क्षेत्रमा विशिष्टिकृत मेला आयोजना हुँदै आएका छन् । यस क्षेत्रमा हामी

कृषि मेला–२०७२ कृषकलाई सिक्ने अवसर

Image
कृष्ण खनाल बुटवल, १३ माघ ।   प्रत्येक बर्ष बुटवल उद्योग बाणिज्य संघले कृषि मेला आयोजना गर्दछ । वि.स.२०६२ सालमा पहिलो पटक कृषि मेला आयोजना गरेको संघले मेलालाईनिरन्तरता दिएको छ । यस पटक पनि यहि माघ २२ गते देखि २७ गते सम्म बुटल मण्डपमा कृषि मेला–२०७२ आयोजना हुदैछ । जसको तयारी अहिले तिब्ररुपमा अगाडी बढाइएको छ । अन्य व्यापारिक मेला आयोजना गर्न तछाड मछाड गर्ने बुटवलका अन्य व्यापारिक संघ संस्थाहरुले समेत यस्तो खालको मेला आयोजना गर्न आँट गर्न सकेका छैनन । तर बुटवल उद्योग बाणिज्य संघले भने कृषि मेलालाई निरन्तरता दिइरहेको छ ।  आयोजकले मेलाले कृषकलाई सिक्ने अवसर र उत्पादित कृषिजन्य बस्तुको बिक्री हुनमा सहयोग  गर्ने अपेक्षा लिएका छन् । सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकतासँगै स्वदेशमै रही कृषि पेशालाई व्यवशायिक बनाउन चाहने यूवाहरुले मेलाबाट बढी फाइदा लिनेछन् । कृषि क्षेत्रलाई मात्रै समेटिएर मेला आयोजना गरिने हुँदा मेला आयोजना गर्नमा भने कम चुनौति छैन् ।  बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले विशिष्टकृत मेलाको रुपमा रहेको कृषि मेलालाई  निरन्तरता दिनु आफैमा चुनौतिपुर्ण काम

गाविस सचिवको लापरवाही अपाङ्ता परिचय पत्र छ, भत्ता छैन्

Image
कृष्ण खनाल बुटवल, १२ माघ ।   रुपन्देहीको सौ.फर्साटिकर गाविस–१ की कृष्ण थापाकी छोरी आशिका थापा शाररिकरुपमा अपाङ्गता भएकी व्याक्ति हुन । उनले अघिल्लो बर्ष नै गाँउ विकास समितिबाट सिफारिस बनाई महिला तथा वालवालिका कार्यालय भैरहवाको संमन्वयमा जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ बर्ग अर्थात निलो कार्ड बनाईन । पुर्ण अपाङ्गता भएकी आशिका थापाले नेपाल सरकारले प्रदान गर्ने ‘निलोकार्ड’ भएका अपाङ्गता भएका व्याक्तिले पाउने सामाजिक सुरक्षा भत्ताको लागि गाविसमा  विवरण भरेर पठाएकी थिईन् ।  तर एकबर्षमा उनले कुनै पनि सामाजिक सुरक्षा भत्ता पाईन्न् । उनी जस्तै श्रीमान् श्रीमती दुबै जना नै अपाङ्गताभएका सौ.फर्साटिकर गाविस–१ का रुपनारायण चौधरी  र लुदी चौधरीको पनि निलो कार्ड छ । कानुनी रुपमा उनले जिल्ला विकास समितिबाट सरकारी नियम अनुसार मासिक रुपमा ३ सय सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर कार्ड बनाएर विवरण पेश गरेको एक बर्ष सम्म पनि पाएकी छैन्न् ।  सोही गाविसकी देवी वि.क.की बैनी माँया विकको पनि सोही अवस्था छ । उनीहरु सबैले डेढ बर्ष पहिला नै  जिल्ला प्रशासन कार्यालयबाट अपाङ्गता परिचय पत्र बनाएका छन

ई–रिक्सा चलाउन अनिवार्य लाईसेन्स बुटवलमा पहिलो पटक ट्रयाल

Image
कृष्ण खनाल बुटवल, १० माघ ।  यस क्षेत्रमा विद्युतीय रिक्सा सञ्चालनमा आएपनि लाईसेन्सको व्यवस्थापन हुन सकेको थिएन । जसको कारण कुनै दुर्घटना चालक तथा अन्यले जोखिम  मोल्नुपर्ने बाध्याता थियो । पटक पटक व्यवसायीहरुले  विद्युतीय रिक्साको ट्रायाल परिक्षा गरी लाईसेन्स दिनुपर्ने माग उठाउदै आएका थिए । जुन मागको सुनवाई भएको थिएन । तर  सोमबारबाट बुटवलमा पहिलो पटक विद्युतीय रिक्साको ट्रायल सुरु भएको छ ।  सवारी चालक अनुमति पत्र (लाईसेन्स) कार्यालय लुम्बिनीले  पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलको संयोजनमा सोमबारबाट बुटवलमा पहिलो पटक  विद्युतीय रिक्साका लाईसेन्स वितरणको लागि ट्रायल सञ्चालन गरेको हो ।  यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र (लाईसेन्स) लुम्बिनीका प्रमुख बेद प्रकास अर्याल ले  व्यवसायीहरुको माग बढ्दै गएको कारण चालक अनुमती पत्रको लागि आवेदन संकलन गरी परिक्षा समेत सञ्चालनगरी ट्रायल सञ्चालन गरिएको जानकारी दिए ।  पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको संमन्वयमा बुटवल–१३  देविनगरमा रहेको ट्रायल सेन्टरमा ई–रिक्सा चालकहरुलाई (ग) बर्गको लाईसेन्स परीक्षा लिइएको हो ।

पुस्तक नीति ल्याउन पहल गर्छुः शिक्षा सचिव

Image
पुस्तक तथा स्टेशनरी व्यसायीको चौथो महाधिवेसन सुरु  कृष्ण खनाल  बुटवल, ९ माघ ।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेसन शनिवारबाट बुटवलमा सुरु भएको छ । ‘व्यवसायिक संरक्षण र सागठनिक सशक्तिकरण हाम्रो अभियान’भन्ने मुल नारासहित  सुरु भएको महाधिवेसनको समुद्घाटन कार्यक्रममा बोल्दै नेपाल सरकारका शिक्षा सचिव विश्वप्रकाश पण्डितले विगत लामो समय देखि  पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले उठाउदै आएको ‘पुस्तक नीति’ ल्याउनको लागि आफुले पहल गर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका शिक्षा सचिव पण्डितले भने–‘मैले अहिले नै नीति ल्याउछु भन्न सक्दिीन तर यथासक्य पुस्तक नीति ल्याउनको लागि सक्दो पहल गर्ने छु ।’ उनले अव बन्ने पुस्तक नितिमा कस्तो पुस्तक प्रकाशन गर्न पाईने, कस्तो पब्लिकेशनलाई पुस्तक प्रकाशनको लागि जिम्मा दिने तथा कस्तो व्याक्तिले पुस्तक लेख्ने जस्ता कुराहरुलाई समेटिने जनाए । जनक शिक्षा केन्द्र आवश्यक भएको भएपनि राजनीतिक भर्ती केन्द्र हुदा केन्द्रले काम गर्न नसकेको शिक्षा सचिव पण्डितले बताए ।  पछिल्लो समयमा शिक्षा क्षेत्रमा  विकृती आउनुको पहि

अमरपथको सडकपेट व्यपारीको कब्जामा !!

Image
कृष्ण खनाल बुटवल, ७ माघ ।  सडक पेटी कस्का लागि बनाईन्छ ? यसको सहज उत्तर हुन्छ ःसडकमा पैदल यात्रा गर्ने यात्रुहरुलाई जस्लाई सवारी सधानले ठक्कर नदेओस भन्ने हेतुले सडक पैदल यात्रुहरुको लागि । तर रुपन्देहीको अति व्यस्त  स्थानको रुपमा पहिचान बनाएको बुटवल–७ अमरपथ र दुर्गामन्दिर लाईन, गल्लामण्डी लगाएतका सडकमा निर्माण भएको सडक पेटी व्यापारीहरुले‘ कब्जान नै गरेका छन्’ भन्दा अतियुक्ति हुदै न ।  उक्त क्षेत्रका अधिकांस व्यपारीहरुले पैदलयात्रीको लागि व्यवस्थापन गरिएको सडक पेटीमा  सामानहरु राखेर अवरोध गर्ने गरेका छन् भने कतीपय व्यापारीहरुले फेन्सी पसल नै सडक पेटीमा टहरा हालेर सञ्चालन गरेका छन् । यती मात्र होईन कुनै फेन्सी पसले व्यापारीहरुले विक्रीको लागि राखिएको कपडाका डमीहरु नै सडक पेटीमा राखेर अवरोध गर्ने गरेका छन् ।  विहिवार अमरपथको जनता बैंक नजिकै एक पसलका व्यापारीले सडक पेटीनै अवरोध हुने गरी सडक पेटीमा असरल्त सामानहरु राखेका थिए । जसको कारण सडक पेटी प्रयोग गर्ने  व्याक्तिहरुले सडकको नै बाटो प्रयोग गर्न बाध्य थिए । अमरपथमा अधिकांस फेन्सीपल, गल्ला र भाडा पसलहरु रहेका छन् । ति पसलका सब

‘कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन ’

Image
प्रकाश खनाल अध्यक्ष, सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि समुह वि.स.२०३० सालमा तनहु जिल्लाको दुलेगौडा गाविस.–२ कोर्तेमा जन्मीएका प्रकाश खनाल व्यवसायीक संघर्ष गर्दै वि.स.२०४२ सालमा बुटवल झरेका हुन । बुटवलमा  फेन्सी कपडाको व्यवसाय सुरु गरेका उनी वि.स.२०७० सालमा केही उर्जावानउद्यमीहरु मिलेर सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि समुह सिक्टहन गाविस–२ मा स्थापना गरेका छन् । सिक्टहन माविको २४ विघा जग्गा भाडामा लिएर १६ विघा क्षेत्रफलमा व्यवसायी तरकारी खेती, माछा पालन, पंक्षि पालनसुरु गरेका छन् । व्यवसायीक योजनाको विषयमा रहेर उनी अध्यक्ष प्रकाश खनालसंग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानीको अंशः संस्था स्थापना कहिले र कसरी भयो?  –हामी बुटवलका केही उर्जावान उद्यमीहरु मिलेर वि.स.२०७० फागुन २२ गते स्थापना गरेका हुन । अहिले हामी १९ जना सञ्चालनहरु छन् । पहिला देखि कृषि कर्म गरेका केही व्यवसायी र अन्य विशुद्ध व्यवसायी गरेका हामीहरु मिलेर संस्था स्थापना गरेका हौ ।  व्यवासयबाट कसरी कृषि क्षेत्रमा प्रवेश गर्नुभयो ?  –हामी खासगरी विभिन्न अध्यायन अवलोकन भम्रणमा जाँदा खेरी सहका

अञ्चल अस्पतालको आफ्नै खाता आर्थिक चलखेल हुने आशंका बढ्यो

Image
कृष्ण खनाल बुटवल, ६ माघ ।  सरकारी स्वामित्वमा रहेको लुम्बिनी अञ्चल अस्पताल विकास  समितिले केही समय पहिला कोष तथा लेखा नियन्त्रण कार्यालयको मातहतमा सञ्चालन ल्याइएको बैंक खाता बन्द गराएर पुनः विकास समितिको खाता सञ्चालनमा ल्याएको छ । विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै केही समय  पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छा पा हानेर कागजपत्र नियन्त्रणमा लिएको थियो । अस्पतालमा निःशुल्क पाइने औषधीको व्यापक दुरुपयोग भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । यद्यपी अहिलेसम्म अख्तियारले यस विषयमा कुनै तथ्य वाहिर ल्याएको छैन  ।   आर्थिक अनियमतिता हुने गरेको आशंकामा अतियारले छापा मारेको केही समयमा लुम्बिनी अञ्चल अस्पताल बुटवलको खाता सरकारी निकाय कोष तथा लेखा नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले सञ्चालन गर्दै आएको थियो । तर केही दिन पहिला मन्त्रालयबाट निर्णय भएर आएको भन्दै लुम्बिनी अञ्चल अस्पतालले आफ्नै विकास कोषको बैंक खाता  खोलिएको जनाएको छ ।  अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीले मन्त्र

व्यवसायीक केरा खेतीमा नयाँ रोग

Image
कृष्ण खनाल  बुटवल, ६ माघ ।  रुपन्देहीको दयानगर गाविसका किसान बसन्त भुषालले गरेको व्यसायीक केरा खेतीमा नयाँ रोग लागेको छ । रुपन्देहीमा पहिलो पटक पहिचान नभएको रोग भेटिएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार  किसान बसन्त भुषालले  साढे सात विघा क्षेत्रफलमा  व्यवसायीक रुपमा गरेको केरा खेतीमा  पहिचान हुन नसकेको रोग देखा पारेको जानकारी दिए । ‘ग्रान्ड नैनी’ जातको केरामा यस्तो समस्या देखिएको हो ।  कार्यालय प्रमुख बरियठ कृषि विकास अधिकृत सापकोटा भन्छन्–‘केही दिन पहिला  केराको नयाँ पालुवा पलाउै कालो हुने र  मर्ने गरेको समस्या देखिएको हो  ।’ उनले यस्तो समस्या पहिलो पटक रुपन्देहीमा देखिएको बताएका छन् ।  किसानले यस्तो समस्या देखिएको जानकारी कृषि विकास कार्यालयमा गराएपछि जिल्ला कृषि विकास कार्यालयको टोली दयानगर पुगेर समस्याको बारेमा जानकारी लिएको थियो । के कारणले कुन रोग लागेको हो भन्ने विषयमा अनुसन्धानको  लागि नमुना परिक्षण(स्पाम्पल टेस्टीङ्ग) गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालयमा रहेको ल

अपाङ्गताको नाममा ‘चिठ्ठामा’ ठगीधन्दा

Image
  कृष्ण खनाल बुटवल, २४ पुस ।  अपाङ्गता भएका वालवालिकाहरुको सहयोगार्थ भन्दै लायन्स क्लवहरुले संयुक्तरुपमा ‘राफल चिठ्ठा २०७२’ भन्दै चिठ्ठा कटाएर अपाङ्गता बालवलिकाहरुको नाममा ठगी धन्दा भएको पाइएको छ । १३ वटा लायन्स क्लवहरुले संयुक्तरुपमा केही समय पहिला प्रति टिकट १ सय रुपैयाँको चिठ्ठा कटाएका थिए । यहि मंसिर १९ गते ट्राफिक चोकमा उक्त चिठ्ठा खोलिने बताएपनि उक्त दिन ति क्लवहरुले चिठ्ठा खोलिएको थिएन् । प्रथम पुरस्कार बजाज मोटरसाईकल राखिएको उक्त चिट्ठामा दोस्रो पुरस्कार हनि हन्टर मान्टेन बाईक, तेस्रो पुरस्कार उडी बेबी साईकल, चौथो पुरस्कार लुम्बिनी प्रेसर कुकर ५ जनलाई र सान्तव्ना पुरस्कार भित्ते घडी २५ जनालाई दिने बताइएको थियो ।  अपाङ्ग वालवालिकलाहरुलाई सहयोग गर्ने भन्दै खोलिएको उक्त चिठ्ठा १३ वटा क्ववहरुले आयोजना गरेका हुन । लायन्स क्लव अफ तिलोत्तमा, मणिमुकुन्द, फुलवारी, खस्यौली, सिटी, सयपत्री, न्युहोराईजन, भृकुटी, युथ, सैनामैना, देवदह, मणिमुकुन्द युथ र बुद्धमावली नामका लायन्स क्लवहरुले खोलेका थिए ।  चिठ्ठाका संयोजक ज्ञानेन्द्र सिंमागैडाले ट्राफिक चोकमा पुस ११ गते चिठ्ठा खोलिएको दावि

‘हाईब्रीड’बीउको उत्पादन फड्को मार्दै रुपन्देही

Image
कृष्ण खनाल  बुटवल, २१ पुस ।  रुपन्देही जिल्लामा खाद्यान्नको उवि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । क्रमस खाद्यान्न विउमा आत्मनिर्भर बन्दै गरेको रुपन्देहीले  जिल्लाको मागलाई पुरा गरी अन्य जिल्लामा समेत खाद्यान्नको विउ निर्यात गर्दै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमु ख बरिष्ठ कृषि विकास अधिकृत भोज राज सापकोटाका अनुसार गत आर्थिक बर्षमा रुपन्देही जिल्लामा  उन्नत उन्नत बीउको रुपमा  धान २ हजार १ सउ मेट्रिक टन उत्पादन गरी विक्रि वितरण भएको पाइएको छ । त्यस्तै गहुँको विउ २ हजार ५ सय मेट्रिक टन उत्पादन भई निर्यात समेत भएको छ भने दलहन वालीमा मुसुरो ४ मेट्रिक टन उत्पादन भएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहकिा अनुसार गत आर्थिक बर्षमा करिब गँहु को विउ १ हजार २ सय मेट्रिक  जिल्ला बाहिर विक्रि भएको छ भने  करिव ८ सय मेट्रिक टन  धानको विउ जिल्ला बाहिर बेच बिखन भएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत विनोद ज्ञवालीका अनुसार उक्त परिमाणमा विउ उत्पादन गरी विक्रि वितरण गर्दा रुपन्देहीले  बार्षिक करिब ३० करोड रुपैयाँ बराबरको बीउ बिजन मा का

उर्जासंकटको विकल्पः बैकल्पीक उर्जा

Image
कृष्ण खनाल बुटवल, २० पुस ।  ८३ हजार मेघावाट विद्युत उत्पादन क्षमता भएको हाम्रो देश नेपालमा अहिले हप्तामा ८६ घण्टा विद्युत विपभोग गर्न पाउदैनन् नेपाली जनताले । विद्युतबाट उद्योग धन्दा सञ्चालन गरेर नाफा कामउने उदेश्उय बोकेका व्यापारीहरुको उद्योग धन्दा चौपट भएको छ भने सर्वसाधारणहरुको दैनिकीमा समेत विद्युत अभावको प्रभाव परेको छ । यस्तो शंकटको बेला बल्पीक उर्जा उत्तम विकल्पको रुपमा स्थापना गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।   नेपालमा उर्जाको विकासको लागि प्रशस्त्र मात्रामा संभावना हुँदा हुदै पनि राजीनितिक अस्थिीरतको कारण उर्जाक्षेत्रमा लगानी मैत्री बातावरण सिर्जन हुन नसकेकी रहेको प्ररिबेक्ष्यमा उर्जाका बैकल्पीक  स्रोतहरुको उच्चतम प्रयोग गरी जिविको पार्जनमा सहयोगी भुमिका खेल्न सकिने रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली बताउछन् । उनी भन्छन्–‘उद्योग धन्दाको अवस्था अहिले चौपट छ, यस्तो अवस्थामा विद्युतका बैकल्पीक स्रोतको खोजीगरी प्रयोग गर्नुको कुनै विकल्प छैन ।’अहिले देखिएको ऊर्जा संकटलाई केहीहदसम्म समाधानका लागि सोलार विद्युत र  बायोग्यासलाई प्रवद्र्धन गर्नुप

बजेट बीनाका योजना बाड्दै उपमहानगरपालिका

Image
कृष्ण खनाल बुटवल, १९ पुस ।  बुटवल उपमहानर पालिकाले प्रत्येक बर्ष बार्षिक कार्ययोजना गोष्ठिमा नगरभित्र सोही आर्थिक बर्षमा पुरा गर्ने योजनाहरुमा निश्चित बजेट विनियोजन गर्दछ । नगरको आन्तरिक स्रोतबाट सम्पन्न गर्न नसकिने विभिन्न योजनाहरुलाई केन्दीय योजनाबाट बजेट माग गर्दछ । तर कयौ योजनाको बजेट बषौ सम्म पन प्राप्त हुन सकेको छैन ।  जसको कारण योनजनाको काम अगाडी बढ्न सकेको छैन । बुटवल  उपमहानर पालिकाको आर्थिक बर्ष २०७०÷०७१ को  बार्षिक कायैयोजना तर्जुमा गोष्ठीको निर्णय नम्बर ५० मा  ५३ वटा आयोजनाहरु बुटवल उपमहानर पालिकाले  जिल्ला परिषद् मार्फत राष्ट्रिय योजनामा सहभागीता गराउने निर्णय गरियो भनेर उल्लेख गरिएको छ ।  जसमा उल्लेख भएका अधिकांस योजना अहिले सम्म पुरा हुनाको त कुरै छाड्यौ सुरु समेत हुन सकेका छैनन ।  उक्त आर्थिक बर्षको बजेट पुस्तिीकामा उल्लेख भएअनुसारका केही आयोजनाहरु पुल निर्माण, नाली निर्माण, ओभरहेड  खानेपानी टंकी निर्माण लगायत सडक विस्तार स्टेडियम निर्माण, लगायतका योजनाहरु रहेका छन् । तर यि योजनामा नत केन्द्रबाट नत स्थानिय निकायबाट बजेट विनियोजन भएको पाइएको छ । उक्त आर्थिक बर्

अर्गानिकले तान्यो उपभोक्ताको मन

Image
कृष्ण खनाल बुटवल, १९ पुस ।  शनिवार रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा भएको मेला भर्नका लागि पाल्पाको गोठादी गाविसबाट आएकी शकुन्तला झेडा मगरले गुल्मीबाट मेलामा विक्रिका लागि ज्ञवाली कृषी फर्मले ल्याएको जुम्लाको दाल किनिन् ।  सोही स्टलबाट सिल्टीङ्गु र फाप/को पिठो पनि उनको रोजाईमा प¥यो । रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा ज्ञवाली कृषि फर्म स्थापना गरेका सञ्चालक ढाल बहादुर ज्ञवालीले पनि अर्गानिक बस्तुमा उपभोक्ताहरुको चासो बढ्दै गएको कारण व्यापार पनि राम्रो भएको बताउछन्  ।‘अन्य दिन भन्दा विदाको दिन मेलामा राम्रो कारवार हुने गरेको छ ।’–सञ्चालक ज्ञवालीले भने ।  अन्य दिनको तुलनामा सार्वजनिक विदाको दिनमा दैनिक ४० देखि ४५ हजार सम्मको अर्गानिक बस्तु विक्रि हुने गरेको उनको भनाई रहेको छ । केही महिना पहिला  पशुपालन व्यवसाय गाई फर्मबाट व्यवसायीक रुपमा कृषि फर्म सञ्चालन गरेका ज्ञवाली कृषि फर्ममा ३ जना सञ्चालन रहेका छन् । विकास ज्ञवाली, नारायण विष्ट र ढाल बहादुर ज्ञवालीले सञ्चालनमा ल्याएका छन् । जुम्लाबाट ल्याएको दाल, जुम्लाकै फापर, कोदो, सिल्टुङ्गु,समेत विक्रि गर्दै गरेको उनले जान