बुटवल–वेलहिया दुई बर्षमा सररर...

कृष्ण खनाल
बुटवल, मंसिर । 
करिव ५ बर्ष पहिला सुरु भएको
बुटवल–वेलहिया व्यापारिक मार्ग नदिजन्य पदार्थ प्राप्त मात्रामा  उपलब्ध भएमा अवको करिव २२ महिनामा पुरा हुने आयोजनाले जनाएको छ । 
आर्थिक बर्ष वि.स.२०६८÷०६९ मा मा सुरु भएको व्यापारिक मार्ग विस्तार आयोजनाले काम सुरु भएको करिव ५ बर्ष पुरा भएको छ । नदिजन्य पदार्थको अभावको कारण समयमा नै व्यापारिक मार्ग विस्तारमा अवरोध हुने भएको कारण ‘बुटवल –बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना’ले प्राप्त मात्रमा नदिजन्य  पदार्थको लागि माग समेत गरेको छ । करिव ७ बर्षमा पुरा गर्ने गरि आयोजना सुरु भएको  व्यापारिक  मार्ग विस्तार आयोजना प्रमुख सालिकराम रेग्मी बताउछन् । 
उनका अनुसार बुटवल देखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाका सम्म पुग्ने सिक्स लेनको सडक आर्थिक बर्ष ७५÷७६ मा सम्पन्न हुने छ ।   आयोजना प्रमुख रेग्मी भन्छन्–‘प्राप्त मात्रामा नदिजन्य पदार्थको आपुर्ती हुन सकेकमा अवको करिव २२÷२३ महिनामा आयोजना पुरा हुन्छ ।’
बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका ईन्जीनियर लिला बहादुर भण्डारीका अनुसार अहिले  सम्म करिव ४० प्रतिशत सडक निर्माण काम पुरा भएको छ , भने करिव ६० प्रतिशत काम अवको २२ महिनामा पुराहुने छ  । ५ अरव ६८ करोड रुपैयाँ लागतमा सुरु भएको आयोजनाले अहिले सम्म करिव २ अरब २८ करोड खर्च भैसकेको छ  । ईन्जीनियर भण्डारी भन्छन्–‘अहिले सम्म  करिव ८ किलोमिटर सडक  निर्माण कार्य पुरा भएको छ , अव  करिव १९ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।’
 परियोजनाले अहिले  सडक निर्माण कार्यलाई विभिन्न खण्ड खण्डमा विभाजन गरी ठेक्का दिएको छ । बुटवल देखि वेलहिया सम्मको करिव २७ किलोमिटर सडकलाई भिन्दा भिन्दै ११ वटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । जुन ठेक्का मध्ये अहिले सम्म ५ वटा ठेक्काले ८ किलोमिटर सडक निर्माण सम्पन्न गरिसहेका छन् । भने अझै ६ वटा ठेक्काले सडक निर्माणको काम जारी राखेका छन् । 

व्यापारिक मार्ग विस्तारकै क्रममा २ वटा ठेक्का, मणिग्राम र भैरहवा चालु अवस्थामा रहेको ठेक्का पुरानो सम्झौताको ठेक्का हो, जुन अवको करिव ६ महिनामा पुरा हुन्छ । भने अन्य ४ वटा ठेक्का गत आर्थिका बर्षमा मात्र सम्झौता भएर फागुन महिनामा काम सुरु भएको हो । 
नदी जन्य पदार्थको अभावको कारण सडक निर्माणमा समस्या भएको भन्दै पटक पटक व्यापारिक मार्ग विस्तार आयोजनाले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति देखि मन्त्रालय, विभाग र प्रधानमन्त्री सम्मलाई पत्र काटेको छ । आयोजना प्रमुख रेग्मी भन्छन्–‘म  यहा आएको करिव १० महिना जती भयो, रुपन्देहीमा मात्र होईन, नवलपरासी, कपिलवस्तु र  रुपन्देहीमा पनि नदिजन्य पदार्थको समस्या रहेको  थियो, अहिले केही समस्या समाधानको बाटो देखिएको छ,  जसको कारण अव सडक निर्माण कार्य  तिब्र गतीमा अगाडी बढ्छ ।’
आयोजनाले जिल्ला विकास समितिलाई पत्र लेखेर २ लाख ४० हजार घनमिटर जनदीजन्य पदार्थ(गीट्टी, बालुवा र ढुंगा) माग गरेको भएपनि जिविसले अहिले १ लाख ३ घनमिटर मात्र उपलब्ध गराउने गरी पत्र पठाएको आयोजनका प्रमुख रेग्मीको भनाई रहेको छ । 
 ‘यो आर्थिक बर्षमा हामीले २ लाख ४० हजार घनमटिर मागेका थियौं, तर करिव ४५ प्रतिशत मात्र मात्र  उपलब्ध गराउछौ भन्ने  आश्वासनको पत्र पाएका छौं,’–परियोजना प्रमुख रेग्मीले थपे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै